हालै एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ। उक्त परीक्षामा ४१.५७ प्रतिशत विद्यार्थीमात्र उत्तिर्ण घोषित भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीका अनुसार यसपल्ट परीक्षार्थी कुन विषयमा बढी असफल भएका छन् भन्ने अझै यकिन नभए पनि प्रारम्भिक अनुमानअनुसार विज्ञान विषयमा असफल हुने विद्यार्थीको संख्या सबैभन्दा बढी हुनुपर्छ। यसबाट विद्यालय तहमा विज्ञान विषयको पढाइ प्रभावकारी नभएको र अधिकांश विद्यार्थीलाई विज्ञान विषय कठिन लागेको पुष्टि हुन्छ। के वास्तवमै विज्ञान कठिन विषय हो वा विद्यालयमा विज्ञान पढाइने तरिकानै त्रुटिपूर्ण छ? यस पंक्तिकारको विचारमा विज्ञान कठिन विषय होइन, विद्यालयमा विज्ञान पढाउने विधि प्रभावकारी नभएको हो।
विज्ञान प्रमाणमा आधारित हुन्छ। विज्ञानको विशेषता भनेकै प्रमाणिकता र प्रयोगहरू हुन्। विद्यार्थीले कक्षामा पढेका वा सिकेका विज्ञानका सिद्धान्त, सूत्र तथा प्रक्रिया प्रयोगशालामा ठोस प्रयोगद्वारा प्रमाणित भएको हुनुपर्छ। विद्यार्थी आफँैले प्रयोगशालामा ती सिद्धान्त प्रयोगमार्फत् प्रमाणित गर्न सक्नुपर्छ। तर हाम्रा अधिकांश विद्यालयमा दस कक्षासम्म विद्यार्थीले कुनै वैज्ञानिक प्रयोग गरेका वा देखेका पनि हुँदैनन्। विशेषगरी सरकारी विद्यालयमा यसका लागि आवश्यक सुविधायुक्त प्रयोगशाला हुँदैनन्। भनिन्छ, विज्ञानमा सिद्धान्तबिनाको प्रयोग अर्थहीन हुन्छ र प्रयोगबिनाको सिद्धान्त अधुरो। त्यसैले विज्ञानमा सिद्धान्त र प्रयोग दुवैको त्यत्तिकै महत्व हुन्छ। तर हाम्रा शैक्षिक संस्थामा वैज्ञानिक प्रयोगलाई त्यति महत्व दिएको पाइँदैन। फलस्वरूप हाम्रो विज्ञान विषयको पठनपाठन सैद्धान्तिकमात्र हुने गरेको छ। विद्यार्थीले कक्षामा सिकेका विज्ञानका सिद्धान्त प्रयोगशालामा प्रयोगद्वारा प्रमाणित भएको देखेका हुँदैनन्। यिनै कारणले गर्दा पनि विद्यालय तहका विद्यार्थीका लागि विज्ञान गाह्रो विषय बनेको हुन्छ। अधिकांश विद्यार्थीका लागि जतिजति माथिल्लो कक्षा पुगिन्छ, विज्ञान उतिनै कठिन विषय बन्न थाल्छ। विज्ञान विषयको पठनपाठन प्रभावकारी बनाउन सैद्धान्तिक कक्षाको साथै प्रयोगात्मक कक्षामा पनि त्यतिकै जोड दिनु आवश्यक छ। त्यसो हुनसके मात्र विज्ञानका विषयवस्तु बु‰न विद्यार्थीलाई सहज हुन्छ र विज्ञान विषय सजिलो लाग्न थाल्छ। प्रयोगबिनाको विज्ञान शिक्षा अधुरो रहन्छ। वास्तवमा प्रयोगबिनाको विज्ञान शिक्षालाई साँचो अर्थमा विज्ञान शिक्षा नै भन्न मिल्दैन।
विद्यालय तहको शिक्षाका लागि सरकारले वर्षेनी अर्बौ लगानी गरेका हुन्छ। तर विद्यालयको विज्ञान प्रयोगशाला निर्माण गर्नेतर्फ उक्त लगानीको कुनै उल्लेखनीय अंश खर्चेको पाइन्न। अधिकांश विद्यालयमा या त कुनै विज्ञान प्रयोगशाला नै हुँदैन वा भए पनि त्यस्तो प्रयोगशाला दयनीय अवस्थामा रहेको हुन्छ। आजको वैज्ञानिक युगमा गुणस्तरीय विज्ञान शिक्षाको ठूलो महत्व छ। विद्यालय तहमा विज्ञान शिक्षाको गुणस्तर अभिबृद्धि गर्न हरेक विद्यालयमा सुविधायुक्त प्रयोगशालाको व्यवस्था हुनु आवश्यक छ। यसका लागि सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउन जरुरी छ। विद्यालय तहमा विज्ञान शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न नसकेसम्म उच्च माध्यमिक वा विश्वविद्यालय तहको विज्ञान शिक्षाको गुणस्तरमा पनि सुधार आउन सक्तैन। विद्यार्थीमा वैज्ञानिक सोच र उत्सुकता विकास गर्न पनि विद्यालय तहदेखिनै गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्नु जरुरी छ।
उच्च माध्यमिक तहमाजस्तै विद्यालयमा पनि विज्ञान विषय पढाइने हरेक कक्षामा सैद्धान्तिकको साथै प्रयोगात्मक कक्षा अनिवार्य गर्नु जरुरी छ। यस्तो व्यवस्था तत्काल गर्न सम्भव नभए कम्तीमा कक्षा ९ र १० कक्षामा यो नियम लागु गर्नुपर्छ र क्रमशः सबै कक्षामा लागु गर्दै लानुपर्छ। निश्चय पनि देशभरका सबै सरकारी विद्यालयमा सुविधायुक्त विज्ञान प्रयोगशाला एकैपल्ट निर्माण गर्न कठिन पर्नेछ। तसर्थ विज्ञान मन्त्रालयजस्तो सम्बन्धित निकायले शिक्षामन्त्रालयसँग समन्वय गरी देशका सबै जिल्लाको सदरमुकाममा विज्ञान अध्ययन केन्द्र स्थापना गरेर जिल्लाअन्तर्गतका विद्यालयका विद्यार्थीलाई विज्ञानका प्रयोग गराउने व्यवस्था मिलाउन आवश्यक देखिन्छ। यसको लागि यस्ता केन्द्रमा विद्यालय तहमा पढाइने विज्ञानको पाठ्यक्रमअनुसारको वैज्ञानिक प्रयोगहरू गर्न गराउन आवश्यक प्रयोगशाला, उपकरण र अन्य सामग्री उपलब्ध हुनु जरुरी छ। यस्ता केन्द्रले घुम्ती विज्ञान प्रयोगशाला निर्माण गरेर जिल्लाका विकट ठाउँमा रहेका विद्यालयमा पुगी विज्ञानका प्रयोग गरेर देखाउने व्यवस्था पनि गर्न सकिन्छ।
विद्यालयमा विज्ञान शिक्षा सैद्धान्तिक कक्षामा सीमित हुने भएकाले नै विद्यार्थीले विज्ञान विषय राम्ररी बु‰न पाएका हुँदैनन्। फलतः विद्यार्थीलाई विज्ञान विषय जटिल र निरस बन्न पुग्छ। यसबाट धेरै विद्यार्थीमा विज्ञानप्रति नै वितृष्णा पैदा हुने गर्छ। त्यसै भएर कतिपय होनहार विद्यार्थीसमेत विज्ञान विषय लिएर उच्च अध्ययन गर्न चाहँदैनन्। विद्यालय तहमा विज्ञानको व्यापक कार्यक्षेत्रबारे पर्याप्त जानकारी नहुने भएकाले एसएलसी परीक्षामा राम्रो अंक प्राप्त गरी राम्रो श्रेणीमा उत्तीर्ण भएका र विज्ञान विषय लिएर पढ्ने अधिकांश विद्यार्थीले भविष्यमा ठूलो डाक्टर वा इन्जिनियरमात्र हैन वैज्ञानिक बन्ने वा विज्ञानका अन्य विषय पढ्ने सोचेकै हुँदैनन्। अधिकांश विद्यार्थी र तिनका अभिभावकलाई विज्ञान विषय पढेर डाक्टर वा इन्जिनियर बन्नुबाहेक अरू केही बन्न सकिन्छ भन्ने ज्ञानसम्म पनि हुँदैन। विद्यालयका शिक्षकले पनि आफ्ना विद्यार्थीलाई विज्ञान पढेर डाक्टर वा इन्जिनियरबाहेक अरू विषय पनि पढ्न सकिन्छ भन्ने ज्ञान दिनसकेको देखिँदैन। विद्यालयका शिक्षक आफ्ना विद्यार्थीले चिकित्साशात्र वा इन्जिनियरिङमा भर्ना पाउन सके आफूलाई पनि सफल भएको ठान्छन्।
यस पंक्तिकारलाई विभिन्न उच्च माध्यमिक विद्यालयले विज्ञान विषय पढ्ने ११ कक्षाका नयाँ विद्यार्थीलाई आफ्नो अनुभव सुनाउन र विज्ञान विषयको सम्भावित कार्यक्षेत्रबारे जानकारी दिन समयसमयमा आमन्त्रित गर्नेगरेका छन्। विद्यार्थीहरूसँगको यस्तो अन्तर्त्रि्कयामा मैले उनीहरूलाई विज्ञान विषय पढेर डाक्टर वा इन्जिनियरबाहेक विज्ञानका अन्य थुप्रै विषयमा आफ्नो भविष्य निर्माण गर्न सकिने बताउने गरेको छु। यसैक्रममा मैले विद्यार्थीलाई वैज्ञानिक तथा अनुसन्धानकर्ता बन्न पनि प्रेरित गर्ने गरेको छु। मेरो यस्तो प्रयास कहिलेकाहीँ सफल पनि भएको पाएको छु। पंक्तिकारको व्याख्यान सुने पछि केही विद्यार्थीले आफू वैज्ञानिक बन्न चाहेको इच्छा व्यक्त गरेका हुन्थे। विद्यालयका शिक्षकलाई पनि आफ्ना विद्यार्थीलाई भविष्यमा चिकित्साशास्त्र वा इन्जिनियरिङबाहेक विज्ञानका अन्य विषयमा उच्च अध्ययन गर्न प्रेरित गर्न आग्रह गर्ने गरेको छु।
विज्ञानको विकासमा वैज्ञानिकहरूको महत्वपूर्ण योगदान हुन्छ। वास्तवमा विज्ञानका विद्यार्थीले हासिल गर्ने ज्ञानको सिर्जनाकर्ता भनेकै वैज्ञानिक हुन्। डाक्टर, इन्जिनियर वा अरू कुनै पनि प्राविधिज्ञले दैनिक जीवनमा प्रयोग गर्ने ज्ञान पनि कुनै वैज्ञानिक तथा अनुसन्धानकर्ताकै योगदान हुन्। वैज्ञानिक अनुसन्धान नहुने हो भने न नयाँ ज्ञानको सिर्जना हुनसक्छ न नयाँ प्रविधिको विकास हुनसक्छ। समाजको सन्तुलित विकासका लागि देशमा डाक्टर वा इन्जिनियरबाहेक विज्ञान विषयका अन्य मानव संसाधनको पनि आवश्यकता पर्छ। तर हाम्रो देशमा विज्ञान पढ्ने सबैजसो प्रतिभाशाली विद्यार्थी डाक्टर वा इन्जिनियरमात्र बन्न चाहने भएकाले हाम्रो देशमा वैज्ञानिक तथा प्राविधिक मानव संस्ााधनको सन्तुलित विकास हुनसकेको छैन। आज हाम्रो देशमा जति ठूलो संख्यामा डाक्टर वा इन्जिनियरको उत्पादन भइरहेको छ, त्यस अनुपातमा विज्ञानका अन्य विषयमा उच्च तहका दक्ष वैज्ञानिक उत्पादन हुन सकेको छैन। यसले देशको समग्र विकासमा प्रतिकूल असर पार्दै आएको छ।
आजको युग वैज्ञानिक युग हो। आजको समाज ज्ञानमा आधारित छ। ज्ञानको सिर्जना र उपयोग गर्नसक्ने समाजले मात्र आर्थिक विकास गर्न सक्छ। तसर्थ देशको आर्थिक तथा सामाजिक विकासका लागि देशमा वैज्ञानिक तथा प्राविधिक क्षमताको विकास गर्नु जरुरी छ। वैज्ञानिक तथा प्राविधिक क्षमताको विकासको लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मको विज्ञान शिक्षाको गुणस्तर राम्रो हुनु जरुरी छ। विज्ञान शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विज्ञान विषयको सैद्धान्तिक ज्ञानमात्र दिएर पुग्दैन। विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गर्नु पनि अत्यन्त जरुरी छ। यसको लागि विज्ञान विषयको पठनपाठन हुने हरेक शैक्षिक संस्थामा सुविधायुक्त विज्ञान प्रयोगशाला निर्माण गरिनुपर्छ। विज्ञानका हरेक विद्यार्थीले विज्ञानको पहिलो पाठ विद्यालयमा प्राप्त गर्ने भएकाले हरेक विद्यालयमा विज्ञान प्रयोगशालाको राम्रो व्यवस्था हुनु जरुरी छ। विद्यालय तहदेखि नै विद्यार्थीलाई गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्नसके मात्र देशमा सक्षम र दक्ष वैज्ञानिक तथा प्राविधिक मानव संसाधन उत्पादन गर्न सकिन्छ र देशले विकास गर्न सक्छ। तसर्थ विद्यालय तहमा विज्ञान शिक्षा प्रभावकारी बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। विद्यालयमा विज्ञान शिक्षा प्रभावकारी बनाउन सके भविष्यमा एसएलसी परीक्षामा असफल हुने विद्यार्थीको संख्या कम हुनेछ।