देशमा संक्रमण लम्मिदा राष्ट्रियता असुरक्षित हुन्छ। नेपालमा लगभग चार वर्षको निरन्तर संघर्षपछि निर्णायक दोस्रो जनआन्दोलनबाट २०६३ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको थियो। त्यसपछिको संक्रमण सात वर्ष भइसक्यो। संविधानसभाको निर्वाचन २०६४ पछिलाई मात्र गणना गरे पनि २०७० मा ६ वर्ष पुग्यो।राजनीतिक निकास निस्केर संक्रमणकाल हट्ने र राज्यले एउटा बाटो लिने सम्भावना अझै पनि झिनो छ। अन्तरिम संविधानले किटान गरेको दुई वर्षमा संविधान किन बन्न सकेन? उग्रवाम र चरमदक्षिणपन्थीले निजी स्वार्थवश वाह्य शक्तिको पक्षपोषणमा आत्मसंपर्ण गर्दै राष्ट्रहित विपरीत हिँडेका कारण देशले निकास पाउन नसकेको हो। त्यही खेलमा नेपाली कांग्रेसका नेतासमेत मौलिक पहिचानबाट विमुख भएर कथित अग्रगमनको पछिलाग्दै जाँदा राष्ट्र घेराबन्दीमा फस्दै गएको छ।
जनआन्दोलनको भावना :
जनआन्दोलन, २०६३ को मूल माग राजाको कार्यकारिणी अधिकार हटाएर संसद् पुनर्स्थापना गरी सरकार बन्नुपर्छ भन्ने थियो। राजाको निरंकुश दमनकारी नीति शासनले दलहरू र राजाबीचको दूरी निकै बढाएको थियो। अर्कोतर्फ माओवादीको हिंसा चुलिँदा जनता आतंकित थिए। एउटा शक्ति शान्तिपूर्ण आन्दोलनमा अर्को शक्ति सशस्त्र युद्धमा तर दुवैको अप्राकृतिक मिलन भयो र अलोकप्रिय शक्ति राजासँग इबी साध्नैका लागि दिल्लीमा १२ बुँदे सहमति भयो। भारतले पछि त्यसको स्वामित्व पनि लियो।
नेपाली कांग्रेसको २००७ पछिको संविधान सभाको अधुरो चाहनालाई पाँच दशकपछि आफ्नो एजेन्डाका रूपमा माओवादीले स्थापित गर्ने प्रयत्न गर्योा। संसारका कुन साम्यवादी मुलुकमा संविधानसभाको निर्वाचन गरेर जनप्रतिनिधि लिखित संविधान बनेको छ र? कम्युनिस्ट शासनमा त एउटा दल हुन्छ। त्यसमा पनि नेताले सेनाको आडमा जनताको दमन गरेर शासन गर्ने गरेको देखिएको छ। यहाँ भने माओवादीले जनप्रतिनिधिले संविधान लेख्ने प्रजातन्त्रको सुन्दर पक्षलाई जनता झुक्याउने अस्त्रका रूपमा प्रयोग गर्योत।
समयक्रमले संविधान सभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष जस्ता सुन्दर विचार व्यवहारमा भने उल्टो देखिँदै गए। देश चक्रव्यूहमा फसेर राष्ट्रियता कमजोर भएको छ। यस गोलचक्करमा कांग्रेसले आफूलाई बिर्सिएको देखियो। उसले जनआन्दोलनको भावनामात्र होइन बीपीको विचार र नीतिविपरीत क्षणिक लोकप्रियताका लागि समय सापेक्ष नीति भन्दै राष्ट्र कमजोर हुने बाटामा आफूलाई हिँडाएको बिस्तारै प्रमाणित हुँदैछ।
अहिले राजनीतिले 'लिक' छाडेको छ। देशमा संक्रमण विस्तार हुँदा राष्ट्रिय अस्मिता बन्धक हुने लक्षण देखिएकाले नेपाली जनतामा आक्रोश र निराशा व्याप्त छ। यसबाट मुलुकलाई त्राण दिने जिम्मेवारी कांग्रेसको हो।
यसैले नेपाली कांग्रेसले अहिलेसम्म आफ्नो नेतृत्वमा जनताको शक्तिबाट हासिल निम्न उपलब्धिलाई सैद्धान्तिक मौलिकतासँग सझौता नगरी तत्काल अप्रिय लाग्ने भएपनि दीर्घकालीन राष्ट्रिय हितका पक्षमा निर्णय लिने समय आइसकेको छ।
गणतन्त्र :
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले गणतन्त्र यसका लागि अस्वीकार्य हुँदैन। प्रजातन्त्रकै एउटा रूप हो – गणतन्त्र। नेपालको इतिहासमा राजतन्त्रले आफ्नै स्वार्थका लागि भए पनि राणा शासन फाल्न प्रजातन्त्रवादीलाई सघाउ पुर्याकएको थियो। तर, राजाले समयसँग प्रजातन्त्र आत्मसात् गर्न सकेनन्। विशेषगरी विसं २०६२ माघ १९ को राजाको कदमले जनतालाई त्रसित बनायो। यसले गणतन्त्रमा जान सहज भयो। तर सात वर्षमै श्रीपेच बिनाको थुप्रै राजा देखिँदा भने जनता निराश छन्। राष्ट्रियतामा ग्रहण लागेको छ। अब जनता प्रश्न गर्न लागेका छन् – राजा खराब थिए कि राजसंस्था?। गणतन्त्र हाम्रो उपलब्धि थियो। त्यो व्यवस्थापन गर्न नसकेर नेपाल वाह्य शक्तिको खेल मैदान भयो। कांग्रेसले स्थापना कालदेखि संवैधानिक राजतन्त्र मान्दै आएको थियो। बीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली कांग्रेसको आधारभूत सिद्धान्त माने। बीपीको विचारमा 'प्रजातन्त्र दश वर्षपछि प्राप्त होला तर राष्ट्रियता एकपटक गुमेमा फर्कदैन।' यही मन्त्रअनुसरण गरेर बीपी २०३३ मा प्राणको बाजी लगाएर देश फर्केका थिए। त्यसबेला दक्षिण एसियाको राजनीति तरल थियो। उनले त्यतिबेला प्रजातन्त्रका विषयमा विमति भए पनि राष्ट्रियताका सबालमा राजासँग गर्दन जोडिएको उद्घोष गरेका थिए। त्यस्तो सिद्धान्त बोकेको कांग्रेसले उग्र वामको चेपुवामा समयसापेक्ष भन्दै गणतन्त्र अपनायो। यथार्थमा २०३३ मा बीपीले चिन्ता गरेको समयभन्दा अहिले राष्ट्रियता झन् संकटमा छ। बेलायतमा चार्ल्स प्रथमलाई झुण्डाएपछि क्रमवेल गणतान्त्रिक तानाशाह बन्यो। उसको मृत्यु पछि छोराले शासन चलाउन सकेन। फ्रान्समा लुकेर बसेकी चार्ल्स प्रथमकी छोरीलाई अन्ततः ल्याएर राजगद्दीमा राखियो। अब कांग्रेसले गणतन्त्रकै नाउँमा राष्ट्रियता अरूलाई जिम्मा लगाउन सहमत हुने वा राष्ट्रियता जोगाउन वीपीको विचारलाई पच्छ्याउने? डरलाग्छ, कतै हामीले भुटान र कम्बोडियाको नियती भोग्नु पर्ने त हैन?
धर्मनिरपेक्षता :
भनिन्छ राज्यको कुनै धर्म हुँदैन। नेपाल पचासी प्रतिशत हिन्दुको बसोवास भएको देश हो। नेपाली कांग्रेसले आफ्नो स्थापनाकालमै झण्डाको चार ताराको मौलिक व्याख्या गरेको छ। चार तारामध्ये एउटा ताराले धार्मिक स्वतन्त्रतालाई बुझाउँछ। त्यसको अर्थ सबै धर्मको सम्मान हुनेछ भन्ने हो। त्यहाँ निरपेक्षताको कुरा गरिएको छैन। कांग्रेसले धर्मको राजनीति कहिले गरेन। विश्वमा धर्मका नाउँमा शासन चलाउने मुलुक पनि छन्। हाम्रो देशमा धर्म निरपेक्ष घोषणा भएपछि विभिन्न विदेशी धर्मावलम्बीको चलखेल असामान्य अवस्थामा वृद्धि भएको पाइन्छ। यसका पछाडि राजनीतिक अभीष्ट रहेको सहजै धेरैले गरेका छन्। दुर्गम पहाडमा सिंगो गाउँ क्रिश्चियन बनेको सुन्दा अचम्म लाग्छ। के हाम्रो गरिबी, अशिक्षा र पछौटेपनको फाइदा उठाउँदै धर्म परिवर्तन गराउनु र गर्न दिनु उचित हो? अनि चर्च र मस्जिदको संख्यामा असामान्य वृद्धि कसरी भइरहेको छ? यसका लागि यत्रो धनराशी कहाँबाट आइरहेछ? यसको पछाडिको उद्देश्य धार्मिकमात्र छ वा अन्य? यसतर्फ राज्यको मौनले अनीष्ट निम्त्याउन सहजै अनुमान हुन्छ। तसर्थ, कांग्रेसले आफ्नो मौलिक नीतिलाई आधार बनाएर राष्ट्रियतामाथिको जोखिम न्यून गर्न समयमै ध्यान दिन आवश्यक छ। कांग्रेसले कम्युनिस्ट चिन्तनमा आफ्नो सुरक्षा खोज्नु आत्मपहिचान मेटाउनु हो। कतै यस प्रकारको चलखेलबाट आफ्नो सुरक्षा र सामरिक रणनीतिमा असर परेको भन्दै हाम्रो सार्वभौमिकता कमजोर पार्ने निहुँ नबनोस् – धर्मनिरपेक्षता।
संघीयता :
संघीयता पनि प्रजातान्त्रिक बहुलवादको मौलिक पक्ष हो। दोस्रो जनआन्दोलनमा भने 'संघीयता' किटेरै उठान गरिएको थिएन। संघीयता मधेस आन्दोलनको परिस्थितिजन्य उपज हो। संघीयता नभएको प्रजातान्त्रिक मुलुक विश्वमा धेरै समृद्ध र प्रभावशाली छन्। संघीयता भएको भारतमा पैंसठ्ठी वर्षको अभ्यासमा सोह्र राज्यबाट अठ्ठाइस पुगेर पनि बढ्ने क्रम रोकिएको छैन। तेलङ्गना छुट्टिने र युपीमा अर्को राज्य बन्ने क्रममा छ। सन् १९४७ मा स्वतन्त्र भएर संघमा जाँदा पनि भारत टुक्रिनबाट जोगिन सकेन। सन् १९७१ मा पाकिस्तान भाषाको द्वन्द्वबाट टुक्रियो र बंगलादेश बन्यो। हाम्रोजस्तो गरिब, बहुधर्म, जाती र भाषा संस्किृत भएको देशले संघीय शासनको व्यवस्थापन गर्न कति सक्ला? बितेका सात वर्षको अभ्यासले हामीलाई व्यवस्थापनको राम्रो संकेत दिएको देखिदैन। मधेस आन्दोलनको क्रममा लाहानको घटना संघीयताको उद्गम बिन्दु बन्यो। घटना चर्काउने मूल पात्र माओवादी नेता थिए। वीरगंज स्थित भारतको वाणिज्य दूतावासका कर्मचारीले कूटनीतिक मर्यादाविपरीत स्थानीय दलहरूका नेतालाई भेला गरेर जेठ २ गते काठमाडौंमा शीर्षनेताहरूबीच एघार प्रदेशमा सहमति भएलगत्तै 'मधेसमा एकभन्दा बढी प्रदेश हुने निर्णयले मेरो कलेजा छियाछिया भएको छ' भनेको उति बेलै सार्वजनिक भएको थियो। तिनको अभिव्यक्तिले दक्षिणको चाहना बताउँछ। हाम्रा नेतामा देखिने वाह्य प्रभाव र राजनीतिक इमानको अभावले कतै संघीयता अभिशाप बन्ने हो कि?
माओवादी र मधेस केन्द्रित दलले जातीय राज्यको किचलो उठाएर पाँच वर्षसम्म संविधान बन्न दिएनन्। । माओवादीको संघियताको रटान र रुझान रहस्यमय छ। कम्युनिस्ट सिद्धान्तले जनवादी केन्द्रीयताका नाउँमा बन्दुकको भरले शासन चलाउनुलाई वैधानिक ठान्छ। चीन, क्युबा, उत्तर कोरियामा कुन प्रकारको संघियताले जनताको मौलिक हक र स्वतन्त्रतालाई स्थानीय तहसम्म पुर्याजएको छ? अनि लेनिन र माओको फोटो पूजा गर्नेले जनताको स्वतन्त्रता र अधिकारको कुरा गर्नु नै पाखण्ड हैन?
नेपाली कांग्रेसले भोटको राजनीतिमात्र गरेर हुँदैन। किनभने, राष्ट्रियता र प्रजातन्त्रका लागि कांग्रेसले धेरै लामो संघर्ष र बलिदान गरेको छ। राजनीतिक दलहरूको निर्णय क्षमता कमजोर र छिमेकीबाट प्रभावित भएर दिनानुदिन हाम्रो घरेलु व्यवस्थापनमा भारतको हस्तक्षेप बढ्दो छ। अहिले छब्बीस जिल्लाको एकसठ्ठी ठाउँमा साठी हजार हेक्टर जमीन भारतीय पक्षले अतिक्रमण गरेको सुनिन्छ। त्यस्तो विषय अब नेपालका राजनीतिक दलहरूको नारा बन्न नसक्ने हुँदै गएको देखिन्छ। हामीले हाम्रो समस्या आफँै समाधान गर्नुपर्छ। धर्मनिरपेक्षता र संघीयताजस्तो गम्भीर विषय उठान भइसकेको तर विवादमै रहेकोले नेपाली कांग्रेसले जनमत सग्रहबाट निकास दिन अग्रसर हुनुपर्छ। कांग्रेसले २००७, ४६ र ६३ को आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिका सम्झेर अब प्रतिरक्षात्मक हैन नेतृत्वदायी भूमिकामा फर्कनुपर्दछ। अझै समय धर्किसकेको छैन।