भ्रष्टाचारलाई समाजको क्यान्सर भन्ने गरिन्छ। क्यान्सर नलाग्ने औषधिको आविष्कार गर्न नसके पनि भ्रष्टाचार भने नियन्त्रण गर्न सकिने विकृति हो। क्यान्सरले बिरामीको ज्यानै लिन सक्छ भने भ्रष्टाचारकै कारणले कुनै समाजको पतनै भइहाल्छ भन्न सकिँदैन। भ्रष्टाचारलाई कुशलतापूर्वक नियन्त्रण गर्ने प्रयास गर्ने मुलुक सफलता पाएको उदाहरण विश्वमा धेरै नै भेटिन्छ।
भ्रष्टाचारलाई प्राचीनकालदेखि नै ठूलो सामाजिक विकृति मान्ने गरिएको पाइन्छ। भ्रष्टाचारसम्बन्धी अध्ययन, विश्लेषण अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले हालसम्म भ्रष्टाचार शून्य भएको मुलुक एउटा पनि फेला पार्न सकेको छैन। यसबाट धेरथोर भ्रष्टाचार भए पनि सही नीति र नेतृत्व भएका मुलुकले आर्थिक तथा सामाजिक विकास गर्न सक्नेरहेछन् भन्ने पुष्टि हुन्छ। एसिया, अफ्रिका,र दक्षिण अमेरिकाका धेरै मुलुकमा भ्रष्टाचारको मात्रा बढी नै भए पनि केही देशले आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय सफलता हासिल गरेका छन्। ती मुलुकसँग तुलना गर्ने हो भने हाम्रो मुलुक भ्रष्टाचारले गर्दामात्र पछि परेको भन्ने देखिँदैन। अर्थात्, विकास निर्माणमा भन्दा भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्छ भन्ने सोच गलत हो।
यसो त ट्रान्सपरेन्सीले हरेक वर्ष प्रकाशित गर्ने भ्रष्टाचारसम्बन्धी तथ्यांकका सम्बन्धमा पनि प्रश्न उठ्ने गरेको छ। त्यस्ता सूचीमा नेपालको 'स्थान' ती संस्थाका विशेषज्ञले के, कसरी, कुन विधि र स्रोतबाट लिएको सूचना र तथ्यांकमा आधारित भएर निर्धारण गरेका हुन्? यसमा नेपाल सरकारका सम्बन्धित निकाय खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो राख्नु पर्ने हो। कदाचित् गलत र पूर्वाग्रहग्रस्त सूचना र तथ्यांकका आधारमा वा हचुवाका भरमा संकलन गरेको तथ्यांकका आधारमा नेपाललाई वास्तविकताभन्दा बढी भ्रष्ट मुलुकका रूपमा चित्रण गरिएको भए यो अत्यन्त गम्भीर विषय हो। त्यसै गरी ट्रान्परेन्सीले भ्रष्टाचारलाई कुन सूत्र प्रयोग गरेर निश्चित् अंक किटान गरेको हो भन्नेसमेत जानकारी लिनु आवश्यक हुन्छ। साथै, अख्तियार आफैँले पनि हरेक वर्ष भ्रष्टाचार नियन्त्रणमा भएको सुधार स्पष्ट देखिने गरी आफ्नो कार्य सम्पादनको आत्ममूल्याङ्कन जनसमक्ष राख्नु उचित हुन्छ। वर्षमा कति वटा मुद्दा दायर गरेकोमा कतिवटा मुद्दामा अदालतमा हारजित भयो भन्ने सतही सूचनाले मुलुकमा भ्रष्टाचारको मात्रमा थपघट भएको चित्रण हुन सत्तै्कन।
आर्थिक तथा सामाजिक विकासमा अरू धेरै मुलुकका दाँजोमा नेपाल पछि पर्नुको मुख्य कारण सत्ता चलाउने जिम्मा लिनेहरूको नेतृत्व क्षमताको कमजोरी र खासगरी नीति निर्माता र निर्णयकर्ता प्राथमिकता तोक्ने, निर्णय गर्ने र कार्यन्वयन गर्ने विकासका तीनै पक्षमा असफल हुनु हो। दोस्रो कारण राजनीतिक उथलपुथल र हरेक ९/१० महिनामा सरकार परिवर्तन हो। भ्रष्टाचारलाई तेश्रो कारणमा राख्दा धेरैलाई 'हजम' नहुन सक्छ तर तेस्रो विश्वको धेरै मुलुकको विकास गति र भ्रष्टाचारको मात्रालाई सूक्ष्म तरिकाले विश्लेषण गरे यो सजिलै प्रमाणित हुन्छ। नेपालभन्दा धेरै भ्रष्ट मुलुकले पनि विकास निर्माण र आर्थिक वृद्धिमा छलाङ मारेको थुप्रै उदाहरण भेटिन्छन्।
भ्रष्टाचारको विषयलाई अतिरञ्जितरूपमा प्रचारप्रसार गरिएको कारणले हाम्रो समाजमा डरलाग्दो गरी नकारात्मक सोच र निराशावादी चिन्तन व्याप्त हुँदैगएको छ। परिपक्व बुद्धिजीवी र जिम्मेवार सञ्चारकर्मीसमेतको निरन्तर अभियानले देशको छवि 'भविष्य नै नभएको थोत्रो र भ्रष्ट मुलुक' का रूपमा बेरोजगार युवा र विद्यार्थीमा जमेर बसेको छ। फलः हामी मातृभूमिप्रति नै नकारात्मक सोच भएको समाजमा परिणत हुँदैगएका छाँै। यति गम्भीर विषयमा गहन छलफल, बहस र अन्तर्त्रि्कया नगरीकनै सतहीरूपमा राजनीति, भ्रष्टाचार, अनियमितता र प्रजातन्त्रमा सबैतिर हुने केही झिनामसिना झैझगडामा मात्र राजनीतिकर्मी र बौद्धिक समुदायको ध्यान केन्द्रित हुनुलाई राम्रो लक्षण मान्न सकिन्न।
मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सर्वप्रथम एएटा सशक्त संस्था जरुरी हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यो भूमिका पूरा गर्नसक्छ। दोस्रो, भ्रष्टाचारविरुद्ध कडा ऐनकानुन र नियम हो। यसमा पनि नेपालको विद्यमान ऐन कानुन र नियमहरू दक्षिण एसियामानै उत्तम मानिन्छ। तेस्रो, महत्वपूर्ण आधार कार्यान्वयन पक्ष हो। यस पक्षमा भने ठूलै कमजोरी रहेको सबैले महसुस गरेका छन्। छछ वर्षसम्म अख्तियारमा प्रमुख आयुक्त नियुक्त गर्न नसक्नु सत्ता संचालन गर्ने राजनीति नेताको अक्षमता नै हो। धेरैको ध्यान नगएको अर्को कारण पनि छ। त्यो हो, आयोगका प्रमुख आयुक्तलगायतका आयुक्त नियुक्ति गर्ने विधि र प्रक्रियासम्बन्धी संवैधानिक व्यवस्था ऐन, नियम र निर्देशिका हो। सहमतीय निर्णय राम्रो हो तर ६/६ वर्षसम्म सहमतीमा निर्णय हुन नसकेपछि पनि बहुमतीय निर्णयमा जान नसकिने विचित्रको ऐन कानुनले गर्दा अख्तियारले यो दुर्गति भोग्नु परेको हो।
भ्रष्टाचार नियन्त्रण सम्बन्धमा सबैले चासो राखिराखेको आर्को पक्ष अख्तियारभित्रकै अनियमितता र भ्रष्टाचार पनि हो। आयोगका पूर्वकर्मचारीबाट केही गरी अनियमितता र भ्रष्टाचार भएको खण्डमा त्यसको छानबिन गर्न विद्यमान ऐन कानुनले त रोकेको छैन तर यस सम्बन्धमा छानबिनसम्म पनि भएको कुनै जानकारी आजको मितिसम्म सार्वजनिक भएको देखिँदैन। खरिदार सुब्बा स्तरमा हुने भ्रष्टाचारलाई प्राथमिकता दिई राजनीतिकर्मी र उच्च अधिकृतहरूले गर्ने भ्रष्टाचारप्रति भने अख्तियार सुस्त हुने गरेको अनभूति जनताले गरेेका छन्। विश्वभर स्थापिते मान्यता दृष्टिगत गर्दा भ्रष्टाचारविरुद्धको अभियान तथा कारबाही माथिल्लो तहबाट सुरु गरिएमात्र बढी प्रभावकारी हुने देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा उल्लेख गरेको 'सार्वजनिक पद धारण गरेका व्यक्ति' र 'सार्वजनिक संस्था' को अतिरिक्त 'निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक पार्टी'लाई पनि ऐनको परिधिभित्र राख्न वर्तमान ऐन संशोधन गर्ने आँट गर्नुपर्छ।