नेपालमा संघीयताको आधार एउटा मात्र हुन सक्दैन भन्ने यससम्बन्धी बहसहरुबाट स्पष्ट भइसकेको छ।
सामाजिक तथा राजनीतिक क्षेत्रबाट प्रस्ताव गरिएका संघीयताका आधारले नेपाली संघीयताका बहुआधार हुनुपर्दछ भन्ने पुष्टि गरेकाछन्। नेपालमा संघीयताको विषय सुरुमा जातीय क्षेत्रीय आन्दोलनले उठाएर राजनीतिक रुपमा स्वीकृत एजेन्डा हो। यसैले संघीयताको बहस अहिले जातीयरुपमा ध्रुवीकृत भएको हो।
जातीय आन्दोलनका पक्षधरले नेपालमा संघीयताको प्रमुख आधार थातथलो र जातीय नै हुनुपर्ने तर्क अघि सारेका छन्। यद्यपि नेपाल आदिवासी जनजाति महासंघ र यसमा आबद्ध जातीय संगठनले आफ्नो दस्तावेजमा संघीयताको आधारमा भाषा क्षेत्र प्राकृतिक स्रोतसाधन पनि उल्लेख गरेका छन्। आदिवासी जनजाति आन्दोलनमा पनि धेरै जनसंख्या भएका मगर गुरुङ राई लिम्बु तामाङ थारु र नेवारजस्ता प्रमुख जातिले जातीय आधारलाई प्राथमिकता दिएका छन् भने अन्य कम संख्या भएका जाति जातीय आधारको संघीयताले आफूहरुलाई समेट्ने कुरामा विश्वस्त देखिँदैनन्। यसैको परिणामस्वरुप हिमाली क्षेत्रका जनजातिले हिमाली स्वायत्तताको माग गरेका हुन्।
त्यसैगरी क्षेत्रीय आन्दोलन विशेष गरी मधेश आन्दोलनका पक्षधरले संघीयताको आधार भौगोलिक हुनुपर्ने तर्क अगाडि सारेका छन्। खासगरी मधेश आन्दोलनबाट अस्तित्वमा आएका राजनीतिक दलहरु मधेसी जनअधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी यसको पक्षमा छन्। किन्तु तराईका प्रमुख आदिवासी थारु जातिले भने जातीय आधारमा संघीयताको माग गरेको छ।
अर्कोतर्फ संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरुले पनि संघीयताका फरकफरक आधार पेस गरेका छन्। संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य दलहरुमध्ये एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले संघीयताको आधारस्वरुप जातीय र भाषिक बाहुल्य एवम् निरन्तरता सांस्कृतिक एकरुपता र सामिप्य ऐतिहासिकता र भौगोलिक सन्निकटता प्रशासनिक सुगमता एवम् आर्थिक स्रोतसाधनको उपलब्धतालाई प्रस्ताव गरेको छ। नेपाली कांग्रेसले भौगोलिक अवस्थिति र अनुकूलता जनसंख्या प्राकृतिक स्रोत आर्थिक सम्भाव्यता भाषिक जातीय एवं सांस्कृतिक सघनतालाई संघीयताको आधार मानेको छ। त्यसैगरी नेकपा एमालेले भौगोलिक अवस्थिति जनसंख्या र जातिगत बसोबासको अवस्था मातृभाषा र भाषा प्रयोगको अवस्था सांस्कृतिक सम्मिलनको अवस्था प्रशासनिक सुगमता आर्थिक-सामाजिक अन्तस्रम्बन्ध र साधन तथा स्रोतको उपलब्धता एवं ऐतिहासिकतालाई संघीयताको आधारका रुपमा अघि सारेको छ ।
माओवादी कांग्रेस र एमालेमा पनि संघीयतासम्बन्धी आधारहरुबारे जातीयरुपमा मतभिन्नता छ। आदिवासी जनजाती पृष्ठभूमीका नेताहरु जातीय आधारका पक्षधर छन् भने बाहुन क्षेत्री पृष्ठभूमीका नेताहरु जातीय आधार हुनै नसक्ने तर्क गर्छन्। भर्खरै संविधान सभामा रहेका सबै पार्टी निकट आदिवासी जनजाति सभासद्हरु ककस निर्माण गरी आत्मनिर्णयको अधिकारसहित जातीय स्वायत्तताको पक्ष उभिएका छन्। यो उनीहरु सम्बद्ध राजनीतिक दलको नीतिसँंग मेल खाँदैन । माओवादी आत्मनिर्णयको अधिकारसहितको जातीय स्वायत्तताको पक्षमा देखिए पनि कांग्रेस र एमाले यसको विपक्षमा छन्।
संघीयताको बहस हुने गरेको अर्को क्षेत्र समाजविज्ञान हो। समाजविज्ञानका अध्येतामा पनि संघीयताको आधारबारे जातीय विभाजन देखिएको छ। आदिवासी जनजाति पृष्ठभूमिका बौद्धिकहरु प्रायः जातीय आधारलाई जोड दिन्छन् भने गैरजनजाति अर्थात् बाहुन छेत्री पृष्ठभूमिका बौद्धिकहरु आफूलाई जातीय आधारको विपक्ष र भौगोलिक आधारको पक्षमा उभ्याउँदै आएका छन्। तर समाजशास्त्रीहरुले जतीयताको पक्षविपक्षभन्दा माथि उठेर संघीयताको विविध दृष्टिकोण जस्तै समाजशास्त्रीय मानवशास्त्रीय राजनीतिशास्त्रीय अर्थशास्त्रीय भौगोलिक र जनसांख्यिक कोणबाट साझा अवधारणा बनाउन सक्नुपर्छ। किनभने संघीयताले बहुआयामिक महत्व राख्दछ। यसमा कुनै एक मात्र विषयगत विज्ञताले पूर्णता पाउन सत्तैन। त्यसैगरी दलित महिला र अन्य अल्पसंख्यकजस्ता संघीयताका सरोकारवाला पक्षहरुले पनि जाति भाषा र भूगोल नै संघीयताका आधारका रुपमा स्वीकारेका छन् र जुन आधारमा संघीयता बनेपनि समानुपातिक प्रतिनिधित्वको सुनिश्चिततालाई उनीहरुले जोड दिएका छन्।
यी सबै बहसमा उठेका आधारहरु हेर्दा नेपाली संघीयताका बहुआधारमध्ये पहिलो र सबैभन्दा महत्वपूर्ण आधार अहिलेसम्म अभ्यास गरिएको केन्द्रीकृत र एकात्मक राज्य संरचनाबाट विभेद र असमावेशको सिकार बनेका जाति भाषा र क्षेत्र नै हुनुपर्दछ भन्ने देखिन्छ। नेपालमा संघीयताको माग पनि पहिलेदेखि यिनैले गर्दै आएका हुन्। यही नै नेपाली संघीयताको सबैभन्दा मौलिक आधार पनि हो। अर्को अर्थमा यो विभेद र उत्पीडनको आधार पनि हो। संघीय राज्यसंरचनामा पनि जुन जाति भाषा धर्म क्षेत्र लिङ्ग र वर्गका समुदायको प्रभुत्व रहँदै आएको छ त्यसैले निरन्तरता पायो भने नेपालमा संघीय व्यवस्था पनि असफल हुनेछ। संसारकासंघीय राज्यहरुको अनुभव हेर्ने हो भने जातीय भौगोलिक आधारमै अधिकांश संघ बनेको पाइन्छ।
दोस्रो नेपाली समाजको बहुलता र विविधता नै नेपाली संघीयताको अर्को मौलिक आधार हो। अहिलेसम्म अभ्यास गरिएको एकात्मक राज्यसंरचनाले नेपाली समाजको विविधता र बहुलताको प्रतिनिधित्व गर्न नसकेकै कारण संघीय विकल्प रोजिएको हो । नेपाली समाजको यस यथार्थलाई बिसे्रर संघीयताका अन्य आधार खोज्न लागियो भने नेपालमा बढ्दै गएको जातीय क्षेत्रीय लैंगिक र वर्गीय द्वन्द्व कायमै रहनेछ र नेपाल आन्तरिक द्वन्द्वमा फस्नेछ। नेपाली संघीयताको आधार बहुलता र विविधता स्वीकार गर्नु भनेकॊ नयाँ बहुसांस्कृतिक राष्ट्रवादको निर्माण पनि हो। दोस्रो जनआन्दोलनपछि नेपालको पुरानो राष्ट्रवादका तीन आधारस्तम्भ मानिएको हिन्दू धर्म राजतन्त्र र खस भाषाको प्रभुत्वको औचित्य समाप्त भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता बहुभाषिक नीति नयाँ नेपाली राष्ट्रवादका आधारका रुपमा स्थापित भएका छन्।
संघीयताका अन्य आधारमध्ये आर्थिक सम्भाव्यता र प्राकृतिक स्रोतसाधनको उपलव्धता उत्तिकै महत्वपूर्ण त छन् तर तिनीहरु संघीयताका सहायक आधार हुन्। किनभने यी आधारका लागि संघीय व्यवस्थामै जानु पर्दैन। न त यी कारणले गर्दा नै नेपाल संघीयतामा जान लागेको हो। बरु संघीय व्यवस्थामा कस्तो आर्थिक प्रणाली अवलम्बन गर्ने र प्राकृतिक स्रोतसाधन मात्र होइन सम्पूर्ण राज्यशक्ति र स्रोतको बाँडफाँट कसरी गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ। त्यसैले नेपालमा संघीयता भनेको बहुतहको संरचनाभन्दा पनि बहुपहिचानको संरचना हो। बहुपहिचानबाट नै साझा नेपाली पहिचान बनाउन र प्रदेशहरुबीचमा अन्तरसम्बन्ध र पारस्परिक अन्तर्निभरतालाई मजबुत बनाउन सकिनेछ। संघीयतामा असमान प्रदेशहरु नै बन्नेछन् र तिनीहरुले प्रतिस्पर्धात्मकभन्दा पनि समन्वयात्मक शासनको अभ्यास गर्नेछन्। यसरी नेपालमा संघीयताको यी बहुआधारलाई केन्द्रमा राखेर नेपाली माटोअनुसारको संघीय व्यवस्था स्थापना गर्न एक जाति र अर्को जातिबीचमा एक क्षेत्र र अर्को क्षेत्रबीचमा एक पार्टी र अर्को पार्टीबीचमा तथा सबै पक्षबीचमा बहुध्रुवीय बहस र सहमति निर्माण गर्नुको विकल्प छैन।
(लेखक संघीय व्यवस्थामा शिक्षा विषयमा अनुसन्धानरत छन्।)