ट्युनिसियाली १९ वर्षीय युवती अमिना टैलरले 'मेरो शरीर मेरै लागि हो, कसैको मानसम्मानको स्रोत होइन' भन्ने नारा आफ्नो नग्न छातीमा लेखिएको तस्बिर युक्रेनी र्यौडिकल नारीवादी संस्था फिमेनको वेभसाइड र आफ्नो फेसबुकमा पोष्ट गरिन्।अमिना एकाएक चर्चामा त आइन् तर उनले थुप्रै यातना र हत्याका धम्की पनि बेहोरिन्। ट्युनिसियाका धर्म गुरु अल्मी अदेलले अमिनालाई ढुंगाले हिर्काइहिर्काइ मृत्युदण्ड दिनुपर्ने अभिव्यक्ति दिए। कतिले उनको अनुहारमा तेजाब हाल्नुपर्ने भनी आक्रोश पोखे। अमिनाबारे विविध मिथक चर्चामा आए। उनको मानसिक अवस्थाबारे पनि विविध विवादास्पद खबर फैलिए।
अमिनाकै अभिव्यक्ति र नग्न तस्बिरलाई आधार बनाएर गत अप्रिल १४ गते युक्रेनी नारीवादी समूह फिमेनले मुस्लिम महिलाका ड्रेस कोड बुर्काबारे विश्वव्यापी बहसको उठान गर्ने भन्दै 'बुर्काबिहीन जेहाद दिवस' को नारासहित नारीवादी अभियानको घोषणा गर्योा। तर त्यसको प्रतिरोधमा मुस्लिम महिला नै एकताबद्ध भए र 'मुस्लिम महिला भएकामा गर्व दिवस' भन्दै बुर्काको बचाउ गरी फिमेन अभियानविरुद्ध उभिए। बुर्का विरोधी त्यस अभियानको पक्ष र विपक्षमा उठेको विवादलाई विश्वका सबैभन्दा शक्तिशाली मिडियाहरूले राम्रो कभरेज दिएको देखियो। विश्वका चल्तापूर्जा नारीवादी लेखकहरू यस बहसमा सहभागी भए। आफ्नो तह र तप्काबाट तिनले खुलेर बोले, लेखे। त्यसमध्येकी एक हुन् दी गार्जियन, अलजजीरा र सालोन अखबारका राजनीतिक विश्लेषक मुर्ताज हुसैन। उनले युक्रेनी फिमेन समूहको बुर्का विरोधी आन्दोलन मुसिलम महिला मुक्तिमैत्री नभई उल्टै मुस्लिम महिलाको सांस्कृतिक भावना र आस्थालाई भड्काउने आसयले आएकाले लक्षित वर्गका महिलाबाटै यो प्रतिकारको शिकार बनेको तथा नग्नता महिला मुक्तिको विम्ब कदापि बन्न नसक्ने बरु यस्ता आलोकाँचो नारीवादी अभियान सधैँ प्रत्युत्पादक हुने तर्क पेश गरिन्। ब्लग लेखिका हिन्द मक्की र सेरा यासिनलगायत्का कतिपयको विचारमा पनि बुर्का लगाउँदैमा महिलामाथि दमन र विकिनी लगाउँदैमा महिलाको मुक्ति मान्ने जस्ता अर्थहीन अभियान नारीवादी आन्दोलनमा एकदमै कमजोर चिन्तनको नमुना भएको दाबी गरे। यस्ता फितला तर विश्वव्यापीरूपमै प्रचारमुखी नारीवादी अभियान महिला सशक्तीकरणमैत्री नभएको तिनको ठहर छ।
यद्यपि अमिना टैलरको अभिव्यक्ति र उनको नग्न शैलीमाथि सही थाप्ने महिला बुद्धिजीवीको पनि कमी छैन। चाहे बुर्का होस् या विकिनी वा मिनिस्कर्ट, जे/जस्ता पोशाकमाथि स्वतन्त्रता वा सेन्सरसीप लागु गरे पनि धार्मिक कट्टरपन्थीहरूले मात्र नभई स्वतन्त्रता तथा धर्मनिरपेक्षताको वकालत गर्ने समाजमै महिलाका शरीरमाथि केन्द्रित युद्ध भएको विश्व इतिहासमा मात्र होइन, वर्तमान समाजमा समेत प्रशस्तै उदाहरण भेट्न सकिने उनीहरूको तर्क छ। अमिनाले आफ्नो नग्न वक्षस्थललाई आफ्नो अभिव्यक्तिका लागि स्पेस बनाउनु उच्शृङ्खल काम नभएको बरु विभिन्न धर्म संस्कृतिका आडमा महिलालाई यातना दिने काम नै बढी निन्दनीय भएको फिमेन समूहका समर्थकहरूको दावी छ।
विश्व केन्द्रमा बदलिँदो यस्ता नारीवादी बुद्धिविलासबाट नेपाली कमलरी, पिछडा तथा वादी महिलाका कथाव्यथालाई अवलोकन गर्दा गजबको तालमेल र वेमेल दुबै देख्न सकिन्छ। जसरी अमिनाले आफ्नो नग्न वक्षस्थलमा लेखेर सामाजिक सञ्जालमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरिन् र सारा विश्वको ध्यानाकर्षण गर्न सफल भइन् (भलै यसको मूल्य चुकाउन उनलाई निकै सकसपूर्ण बन्यो) झण्डै त्यस्तैगरी नेपाली कमलरीले यसभन्दा अगाडि अर्धनग्न अवस्थामा सिंहदरबार घेराउगरी आफ्ना मागप्रति साराको ध्यानाकर्षण गराएका थिए। त्यस अभियानले नेपाली बजारमा लिखित तथा वाचित दुवैरूपले राम्रै चर्चा पायो। कमलरीबारे पहिलो पटक मिडिया बोल्यो। बौद्धिक वर्ग बोले। नारी अधिकारकर्मीहरूले ऐक्यबद्धता जनाए। कमलरीका कथाव्यथाप्रति गैरकमलरीहरूको ध्यानाकर्षण भयो।
यस पटक भने कमलरीहरूको हत्या र उनीहरूमाथि भइरहेको यौन शोषणको छानविनको माग गर्दै सिंहदरवारमा धर्ना दिन मानाचामलसहित राजधानी आएका आन्दोलित कमलरीलाई प्रहरीले निर्मम किसिमले दमन गरेको समाचारले प्रमुखता पायो। आधा दर्जनभन्दा बढी कमलरी आन्दोलनकारी घाइते र केही बेहोस अवस्थामा रहेको मर्मस्पर्सी खबर आए। धेरै भएको छैन कमलरीका विद्रोहबारे समाचार बन्न थालेको तर कमलरीहरू आन्दोलन छेड्न भनी राजधानी धाउन थालेको चार वर्ष भइसकेछ। उनीहरूको माग सहज र जायज देखिन्छन्– मुक्ति, पुनर्स्थापना, छात्रवृत्ति, पीडितलाई क्षतिपूर्ति, पीडकलाई सजाय बस। कमलरी संघर्ष समितिका अनुसार करिब १२ हजारभन्दा बढी कमलरी जमिनदारको बन्धनबाट मुक्त भइसकेका छन् भने ५ सय २६ जना पहिचान भएर पनि मुक्त हुन अझै बाँकी छन्। यस्ता विभिन्न समयमा अलग अलग आंकडा आइरहेका छन्। यस अन्यौलको पछाडि इतिहास जोडिएको छ। २०५७ सालमा कमैया मुक्तिको घोषणा त भयो तर व्यवहारमा यो राम्ररी लागु भएको छैन्। कमैया मुक्तिको घोषणा भएको एक दशकपछि मात्र जग्गा वितरणको कार्यक्रम ल्याइयो, जसको राम्ररी लगत लिने कामसमेत हुन सकेको छैन। यस्तो अवस्थामा कमलरीको अवस्था अझ नाजुक हुने नै भयो। उन्मुक्ति भनेको मुक्त घोषणा भनी बोलिदिनु मात्रै होइन। कमलरीलाई त अझै औपचारिकरूपमा मुक्त घोषणा र परिचयपत्रसमेत प्रदान गरिएको छैन। सिंहदरबारको गेटसम्म आएर आन्दोलन नगरेसम्म सरकारले सुन्दैन। सनट्यान क्रिम दलेर सडकमा निस्कने सम्भ्रान्त नारीवादी आन्दोलन जस्तो नभएर कमलरी जस्ता दमित महिलाका लागि मानाचामल बोकी राजधानी धाएर गरिने आन्दोलनको मूल्य चुकाउन कम कठिन छैन। यस्तो विषम अवस्थामा दुई दर्जन जिल्लै ठप्प पार्नेगरी कमलरी आन्दोलन जारी रहनु सामान्य विद्रोहको विम्ब थिएन। यसका पछाडि दमनको लामो इतिहास जोडिएको छ।
कमलरीलाई सामान्यतया घरेलु नोकरको दर्जामा राखे तापनि वास्तविकतामा तिनलाई दाससरहै व्यवहार गरिन्थ्यो, जुन मानसिकता अझै जारी छ। तर जब कमलरी यस्तरी संगठित भई अधिकारका लागि बोल्न थाल्छन् तब मुलुकमा के सन्देश प्रवाह हुन्छ? जब निम्नतम् आधारभूत माग राखेर कमलरी बोल्न थालेको बेलामा सशस्त्र प्रहरीको बुट निशस्त्र कमलरीमाथि बर्सिन्छ र ती बेहोस बनेको खबर प्रवाह हुन्छ तब शक्तिविहीन मानिसको मनमा कस्तो भावना उब्जिएला? 'पूर्व दास' बोल्न थाल्दा 'पूर्व मालिक' को मनमा आँधी चल्नु अन्यथा होइन। तर 'पूर्व दास' ले आधारभूत पहिचान र अधिकारका लागि आवाज बुलन्द गर्दा लोकतान्त्रिक सरकारको सातो जानु र तीमाथि निर्मम दमन गर्नु भनेको अन्यायमात्रै होइन, अपराधै थियो।
वादी महिलाले पनि आफूहरूले यौनकर्मी पेशा त्यागिसक्दा पनि समाजले अझै उनीहरूलाई पहिलेझैं हेयको दृष्टीले हेर्ने गरेको भन्दै घोषणापत्र जारी गरी आन्दोलनमा उत्रिए। कमलरीको अभियानमा वादी, पिछडा, दलित, जनजाति, मधेसी जस्ता दमितभित्रका पनि दमित महिला आन्दोलनमा थपिए विद्रोहको स्वरूप आंकलन गर्न सहज हुन्न। बुर्का र विकिनीबीचको दूरीमाथि बुद्धिविलास गरिरहेको अन्तर्राष्ट्रिय नारीवादी संघ/संस्था र सञ्जालसम्म नेपालका कमलरीलगायत्का मुद्दालाई पुर्याोउन सके यो अभियान विश्वव्यापी बहसको विषय बन्न सक्छ। मानव अधिकार भनेको सीमित हुनेखाने, बोल्नसक्ने, पुहँचवाला र सम्भ्रान्तहरूको व्यक्तिगत शोकेसमा सजाउने बस्तु होइन। पछिल्ला समय मुलधारका मिडियाले पनि कमलरी, वादी महिला लगायत वञ्चितीकरणमा पारिँदै आएका सबाल्टर्न वर्ग समुदायका मुद्दालाई पनि प्राथमिकता दिन थालेको अवस्थाले अब सबैभन्दा तल्लो पिँधका वर्ग समुदाय बोल्ने समय आएको पुष्टि गर्छ।
अब महिलाहरू भाग्यवादसँग आत्मसमर्पण गरी सती जाने समय होइन भन्ने कुरालाई पनि यी महिला आन्दोलनहरूले पुष्टि गरेको छ। बुर्का र विकिनीबीचको अन्तरबारेको नारीवादी बहसले अन्तर्राष्ट्रिय चर्चा र मिडिया बहसमा कभरेज पाउनुको साटो नेपाली वादी महिला र कमलरी आन्दोलनका कथाव्यथामाथि विश्वका नारीवादीहरूको ध्यानाकर्षण गराउनु जरुरी छ। एक्काइसौं शताब्दीको दास्रो दशकमा अमिनाले नग्नशैलीबाट अधिकारका कुरा सार्वजनिक गरेझैं कुनै कमलरी वा वादी दिदीबहिनीहरूको शरीर कुनै पुरुषको खेलौनामा सीमित बन्नुपर्ने नियतिविरुद्ध बोल्न जरुरी छ। वास्तविक नारीवादको केमेस्ट्री बुर्का र विकिनीसँग होइन, नेपाली कमलरी, वादी, पिछडा, दलित, मधेसी जस्ता महिलाका दर्दनाक कथाव्यथासँग सबैभन्दा बढी मेल खान्छ। 'जिम्दारहरूको घरमा मर्नुभन्दा सडकमै मर्ने' भनी हातहातमा लाठी बोकेर 'बालिका बचाउ आन्दोलन' मा उत्रिएका कमलरीहरुको कथाव्यथा विश्वका स्थापित नारीवादी अधिकारकमीहरूका लागि अमिनाको नग्न वक्षस्थलमा लेखिएको 'मेरो शरीर मेरै लागि' जस्ता नारा अभियानभन्दा कम महत्त्वको पक्कै छैन।