नेपाली कांग्रेस प्रधानमन्त्रीय प्रणालीको शासकीय स्वरूप र बहुपहिचान र सामर्थ्यका आधारमा सात वटा संघीय प्रदेशको पक्षमा उभिने गृहकार्य गर्दैछ। चैत अन्तिम साता नवलपरासीमा बसेको कांग्रेस महासमिति बैठक (जुन नीति निर्माणमा उपल्लो निकाय मानिन्छ) मा प्रस्तुत राजनीतिक प्रतिवेदन परिमार्जन गर्दै कांग्रेसले आफ्नो धारणालाई अन्तिम रूप दिँदैछ। महासमिति बैठकमा पार्टी उपसभापति रामचन्द्र पौडेलले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विस्तृत छलफलपछि कांग्रेस मूल प्रतिवेदनमा परिमार्जन गर्ने निचोडमा पुगेको थियो। परिमार्जन समिति अहिले प्रतिवेदनलाई अन्तिम रूप दिँदैछ। जेठमा २५ केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्ने समितिका सदस्य बताउँछन्।मुलुकमा कस्तो संघीयता र शासकीय स्वरूप हुनुपर्छ? प्रमुख राजनीतिक दलका फरकफरक धारणा विद्यमान छन्। प्रमुख राजनीतिक दल एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसवादीहरूका शासकीय स्वरूप र संघीयताबारे फरकफरक धारणाकै कारण संविधान सभाले संविधान लेख्न नसकेको हो। यस्तो पृष्ठभूमि र नयाँ संविधान सभा निर्वाचनको अपेक्षाबीच कांग्रेसले शासकीय स्वरूप र संघीयताबारे आफ्नो नीति स्पष्ट गर्न खोज्दैछ। कांग्रेसले लिने संघीयता र शासकीय स्वरूप नीतिले आगामी दिनका राजनीतिमा महत्त्व राख्छ। नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अगुवाई भूमिका निर्वाह गर्दै आएको कांग्रेस विघटित संविधान सभा निर्वाचनमा जम्न सकेन। आफ्नो कमजोर भूमिकाकै कारण संविधान नलेखिएको हो भन्ने प्रचार गर्दै आएको कांग्रेसले लिएका नीतिलाई जनताले कसरी लिन्छन्? लेखाजोखा नयाँ संविधान सभा निर्वाचनबाट मात्र सम्भव छ। संविधान सभाका चार वर्षसम्म माओवादीले लिएका नीति, राजनीतिक व्यवहारमा प्रतिक्रिया जनाउने र सत्ता राजनीतिमा केन्द्रित हुने भूमिकामा खुम्चिएको कांग्रेसले संघीयता र शासकीय स्वरूपलाई खासै महत्त्व दिएको थिएन। संविधान सभाका कतिपय बैठकमा तयारीका साथ प्रस्तुत हुन नसकेको हिजोका वास्तविकता कांग्रेसले आत्मसात गर्न सक्नुपर्छ, नयाँ नीति जनतासमक्ष लैजाँदा। नयाँ संविधान सभा निर्वाचनमा कांग्रेसले लिने नीतिले राष्ट्रिय राजनीतिमा महत्त्व राख्छ। आशा गरौं, कांग्रेसले शासकीय स्वरूप र संघीयता जस्ता पेचिला मुद्दामा आफ्नो धारणा स्पष्ट गर्दै संविधान सभा निर्वाचनको वातावरण बनाउन भूमिका खेलोस्।
अहिले संविधान सभा छैन। नयाँ संविधान सभा निर्वाचनको टुंगो पनि छैन। आगामी मंसिरमा चुनाव हुनुपर्छ भन्ने माग र आवाज घनिभुत हुँदै गएको अवस्था एकातिर छ। अर्कोतर्फ प्रमुख दलहरू निर्वाचन कानुनमा राय बझाउँदै छन्। निर्वाचन हुन सकेको अवस्थामा नयाँ संविधान सभा हिजोको जस्तो सीमित नेताहरूको निर्देशनमा चल्ने हुने छैन। अघिल्लो संविधान सभा निर्वाचनमा राजनीतिक दलका घोषणापत्रमा शासकीय स्वरूप र संघीयताबारे उल्लेख गरिएको भए पनि यस्ता सैद्धान्तिक मुद्दा जनस्तरमा भिजेका थिएनन्। जनताले मुद्दाका आधारमा भन्दा पार्टी रोजेको देखिन्छ। कतिपय अवस्थामा संविधान सभाका दल र सभासद निर्देशित भएको पनि देखियो। केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जातीय संघीयताको पक्षमा लगानी गरेको तीतो यथार्थता लुकाएर लुक्दैन। जनस्तरमा शासकीय स्वरूप, विशेष गरेर संघीयताबारे प्रशस्त प्रचार भएको छ। तर नेपाल जस्तो विविध जातजातिले भरिएको देशमा जातीय मुद्दा प्रचार गरेजस्तै जनताबाट स्वीकृत हुन चुनौती छन्। त्यसैले नयाँ संविधान सभा निर्वाचनअघि राजनीतिक दल र उम्मेद्वार संघीयता र शासकीय स्वरूपबारे स्पष्ट हुन आवश्यक छ। जनताले अब पार्टीमात्र होइन, पार्टीले अख्तियार गर्ने मुद्दा हेरेर मतदान गर्ने अवस्था देखिँदैछ। संविधान सभाका चार वर्षमा संघीयताबारे धेरै विवाद र बहस भए। जातीय पहिचानसहितको संघीयताको पक्ष र विपक्षमा दल विभाजन भए। संंविधान सभाको सबैभन्दा ठूलो दल माओवादी जातीय पहिचानसहितको संघीयताको पक्षमा उभियो। मधेसवादी दल समग्र मधेस एक प्रदेश चिन्तनमा अडिग रहे। र, कांग्रेस/एमाले दुवै दलमा संघीयताबारे स्पष्ट हुन नसकेको अवस्थामै संविधान सभाको अन्त्य भएको हो। अहिले परिस्थिति बदलिएका छन्। संविधान सभामा जातीय र क्षेत्रीय संघीयताको पक्षमा वकालत गर्नेहरू कमजोर भएका छन्।
अहिलेसम्मको अवस्था आँकलन गर्दा कांग्रेस र एमाले बहुपहिचानमा आधारित संघीयताको पक्षमा छन्। कांग्रेसमा विगतमा पनि जातीय पहिचानको मुद्दाले खासै आकार नलिएको र एमालेबाट जातीय मुद्दाका पक्षपातीहरु पार्टी छाडेर बाहिरिइसकेको अवस्था छ। यस अर्थमा यी दुई दलमा संघीयताका मोडलहरूमा धेरै हदसम्म समानता देखिन्छ। संघीयताको सीमा, क्षेत्रलगायत्का प्राविधिक कुरामा दुई दल कसरी प्रस्तुत हुन्छन्, त्यो बेग्लै कुरा हो। संघीयताको मोडलमा दुई पार्टी एक अर्काको नजिक हुनुले चुनावी राजनीतिको गणितमा ठूलो अर्थ राख्छ। शासकीय स्वरूपमा भने प्रधानमन्त्रीबारे कांग्रेस र एमालेमा भिन्नता देखिन्छ। कांग्रेस संसदीय मोडलको संसदबाट प्रधानमन्त्री छान्ने पक्षमा छ। उता एमाले प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुने राजनीतिक मोडलको पक्षमा अडिग छ। जनताबाट निर्वाचित प्रधानमन्त्री प्रमुख कार्यकारी हुने एमाले मोडलमा संसद र संघीय संसदबाट चुनिने राष्ट्रपति संवैधानिक हैसियतको हुनेछ। राष्ट्रपतिको अधिकार क्षेत्रबारे कांग्रेस र एमालेमा धेरै भिन्नता देखिन्न। कांग्रेस पनि राष्ट्रपतिलाई संवैधानिक हैसियतमा मात्र राख्न चाहन्छ। माओवादी भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा अहिलेसम्म वकालत गरिरहेको छ। धेरैजसो मधेसवादी दल पनि माओवादी मोडलकै शासकीय स्वरूप चाहन्छन्। सत्ता राजनीतिक समीकरणका बेला देखिएको माओवादी, मधेसवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय मोडेल नयाँ संविधान सभा निर्वाचनसम्म टिक्छ कि टिक्दैन? हेर्न बाँकी छ।
कांग्रेसले संघहरूको नाम भौगोलिक, धार्मिक र सांस्कृतिक आधारमा राख्ने देखिँदैछ। एमालेले बहुपहिचानका नाममा काठमाडांै र वरिपरिको क्षेत्रलाई ताम्सालिङ, नेवा, वागमती र पूर्वी नेपाललाई लिम्बुवान, खम्मुवान, अरूण जस्ता नाम अघि सारेको छ। मधेसवादी क्षेत्रीय राजनीतिको मात्र कुरा गरिरहेका छन्। समग्र मधेस, एक प्रदेशको नारा भाषणमा मुखरित भएजस्तै मधेसी नेताहरू सिंगो तराई एक प्रदेश हुनुपर्छ भनेर अडिन सक्ने अवस्था छैन।
उता विशेष गरेर संघीयताबारे माओवादी अहिले अप्ठेरो अवस्थाबाट गुजि्रएको अनुभव हुन्छ। विगतमा माओवादी जातीय पहिचानका आधारमा संघीयता हुनुपर्नेमा जसरी अडान राख्थ्यो, त्यस्तो अवस्था अहिले छैन। पार्टीमा जातीय संघीयताका प्रवक्ता मोहन वैद्यहरू विभाजन भएर बाहिरिएका छन् र अध्यक्ष पुष्पकमल दाहालमाथि जातीय आधारमा संघीयताको खाका नकोर्न दबाब छन्। अखण्ड चितवन, अखण्ड सुदूरपश्चिम मागमा सहमति रहेको दाहालका भनाई र भाषणबाट उनका बाध्यता मुखरित भएको भन्न सकिन्छ। यसबाहेक दाहालमाथि जातीय मुद्दा छोड्न छिमेकी मुलुकको दबाब पनि उत्तिकै छ भनिन्छ। उनका हालैका चीन र भारतको भ्रमणमा दुवै देशले जातीय पहिचानका आधारको संघीयतामा नजान सुझाव दिएको बताइँदैछ। छिमेकीका सुझावलाई सामान्य अर्थमा मात्र लिन मिल्दैन, नेपालको राजनीतिमा। दाहालले जातीय संघीयतालाई आउँदा दिनमा कसरी लिन्छन्? लेखाजोखा हुँदै जाला। खासमा जातीय संघीयताको मुद्दा कमजोर हुँदै गएको बेला राजनीतिक दलहरू सच्चिने बेला पनि हो। विघटित संविधान सभामा उचालिएको जातीय संघीयता नयाँ संविधान सभाको निर्वाचनको चर्चासँगै सङ्लिदै जाने अवसर पनि हो।