बीपी जयन्तीकै दिन कांग्रेसमा सांगठनिक तथा चारित्रिक सुधारको आवाज उठाउँदै आएका सोलु कांग्रेसका नेता आङगेलु शेर्पालाई पार्टीबाट निष्काशनको सिफारिस भएको समाचार सार्वजनिक भएको छ।
इमानदार जुझारु र बौद्धिक क्षमता भएका कार्यकर्तामाथि कारबाही हुँदा कार्यकर्तालाई परिवारकै सदस्य ठान्ने बीपी जीवित भएका भए उनको मन कति दुख्थ्यो होला तर इमानदार सक्षम र जुझारु कार्यकर्तालाई पन्छाउँदा-पन्छाउँदै कांग्रेस कति थेतरो भइसकेको छ भने शेर्पा र उनका दुई सहयोगीमाथि यस्तो कडा कारबाहीको सिफारिस हुँदा कसैको मन दुखेको छैन। सायद सबै कांग्रेसीलाई यो घटना सामान्य लागेको होला। कांग्रेस केन्द्रीय सदस्य चिराजीवी वाग्लेको संयोजकत्वमा रहेको संविधानसभा चुनाव २०६४ को समीक्षा तथा उजुरी छानबिन समितिले शेर्पासहित तीन जनालाई कारबाहीको सिफारिस गरेको हो । वाग्लेको पृष्ठभूमि सबैलाई थाहा छ।
विशेष अदालतले वाग्लेले मन्त्री हुँदा २ करोड ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरी २ वर्ष ६ महिना कैद जेल सजाय तोकेको थियो। बिगो धरौटी राखेर उनी रिहा भएका हुन् । अदालतबाट भ्रष्टाचारको मुद्दामा सफाइ नपाएसम्म कानुनी र नैतिकरुपमा कुनै पनि नेता सार्वजनिक या पार्टीका पदमा बस्न मिल्दैन । कांग्रेसमा त्यो कानुनी र नैतिक मर्मको खिल्ली उडाउने काम भइरहेको छ। वाग्ले कांग्रेसका विभिन्न महत्वपूर्ण पदमा बस्दै आएका मात्र छैनन् पार्टीको सुदृढीकरण शुद्धीकरण र वैचारिक रुपान्तरणको पक्षमा उभिएका कार्यकर्तामाथि दण्ड पनि दिइरहेका छन् । सधैं कोइरालाहरुले पार्टीलाई पारिवारिक पेवा ठानेर दण्ड चलाउँथे यसपटक वाग्लेले चलाए । शेर्पा र उनका दुई सहयोगी हिमनाछिरिङ राई र रमेशबाबु थुलुङ त्यसैको शिकार भएका छन्। पार्टीमा न्यायको आवाज उठाउनेहरु कुनै न कुन रुपमा दण्डित हुनु र अन्याय गर्नेहरु पुरस्कृत हुँदै जानु कांग्रेसको नियति बनिरहेको छ। त्यही कारण स्थापनाकालदेखि मुलुकमा सधैं सबभन्दा ठूलो पार्टी रहेको कांग्रेस २०६४ को संविधानसभा चुनावमा माओवादीभन्दा धेरै पुड्को हुन पुगेको हो । यो तीतो यथार्थतर्फ कांग्रेसको संस्थापनमा बस्नेहरुको चेत खुलेको छैन।
उजुरी छानबिन समितिले शेर्पालाई सोलुमा पार्टीका उम्मेदवार बलबहादुर केसीलाई चुनावमा असहयोग गरेको आरोपमा निष्कासनको सिफारिस गरेको हो । वाग्लेको समितिले पार्टीलाई बुझाएको प्रतिवेदनमा अरु विभिन्न जिल्लामा चुनावमा उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका पार्टीका सबै जनालाई सफाइ दिन सिफारिस गरिएको छ । यहाँसम्म कि ओखलढुंगामा पार्टीका उम्मेदवार बालाराज कार्कीविरुद्ध विद्रोही भएर चुनाव लडेका ज्ञानेन्द्र रुम्दाली राईलाई समेत समितिले सफाइ दिन सिफारिस गरेको छ । राईका कारण पार्टी उम्मेदवार पराजित हुन पुगे तर राईलाई पार्टीको नीति र सिद्धान्तविपरीत कार्य गरेको नदेखिएको भन्दै सफाइ दिन सिफारिस गरिएको छ । यसैबाट प्रस्ट हुन्छ वाग्ले समितिले शेर्पा र उनका सहयोगीप्रति कति पक्षपातपूर्ण व्यवहार गरेका रहेछन् । शेर्पालाई कारबाही गर्न केसी र सोलु कांग्रेसका सभापति प्रभुराम बस्नेतले पार्टीमा उजुरी दिएका थिए । उजुरीकर्ता बस्नेतलाई नै समितिमा सदस्य राखिएको थियो । उजुरी दिएका व्यक्तिलाई नै छानबिन गरी कारबाहीको सिफारिस गर्ने समितिमा राखिनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हो । तत्कालीन राजा ज्ञानेन्द्रको पालामा दलका नेतालाई कारबाही गर्न उजुरीको तहकिकात छानबिन र दण्ड दिने तीनवटै अधिकार भएको शाही आयोग गठन भएको थियो उजुरीकर्ता बस्नेतलाई समेत समितिमा राखिनुले त्यसैको झझल्को दिएको छ । वाग्ले र केसीबीचको विशेष सम्बन्ध पनि शेर्पामाथिको कारबाहीको कारक हो । शेर्पा सोलु कांग्रेसका कार्यकर्ता र शुभेच्छुकमाझ लोकपि्रय मान्छिन् । केसी बस्नेत र सोलुकै अर्का नेता पुरुषोत्तम बस्नेत आगामी जिल्ला अधिवेशनमा कार्यकर्ताको मन जितेर होइन तसा्रएर पार्टी संरचनामा जसरी पनि कब्जा जमाउन चाहन्छन् वाग्ले समितिको सिफारिस त्यसैको एउटा कडी हो ।
शेर्पा कारबाहीको सिफारिस सूचीमा पर्नुमा अर्को कारण पनि छ । तत्कालीन राजाको असोज १८ को कदमपछि जतिबेला शेर्पा पार्टी संविधानसभा र गणतन्त्रको बाटामा जानुपर्छ भन्ने आवाज सडक र अखबारका पानामा उठाइरहेका थिए त्यतिबेला वाग्ले र केसी संवैधानिक राजतन्त्रको मन्त्र जप्दै दरबारको चाकरी गरेर राजाको आशिर्वादमा अख्तियार र अदालतबाट शुद्धीपत्र लिने प्रयासमा थिए । शेर्पालगायतको गणतान्त्रिक अभियान वाग्ले र केसीलाई मन परेको थिएन । शेर्पा सशस्त्र द्वन्द्वकालमा पनि सोलुका हरेक गाउँमा पुगेर संगठन गर्न र कार्यकर्ताको मनोबल बढाउन सक्रिय थिए । त्यतिबेला वाग्ले केसी र बस्नेतद्वय राजधानीको सुखसयलमा थिए। जिल्लामा लोकप्रि हुनु पनि उनी षड्यन्त्रकारीको कोपभाजन हुनुको प्रमुख कारण हो । यस्तो अन्यायमा पर्ने शेर्पा कांग्रेसमा एक्ला व्यक्ति होइनन् । पटकपटक अन्यायमा पारिएका कांग्रेसका धेरै कार्यकर्ताका प्रतिनिधि पात्र हुन् । कांग्रेस एकीकरण हुँदा पनि उनी अन्यायमा परेका थिए । एकीकरणका क्रममा धेरैजसो समय जिल्लामा बसेर काम गर्ने शेर्पालाई पन्छाएर आठ वर्षदेखि जिल्लामा पाइलो नटेकेका बस्नेतलाई सभापति बनाइयो । त्यतिबेला संस्थापनका सभापति पद गुमाउने सबैजसोले पार्टी निर्णयविरुद्ध आवाज उठाए तर शेर्पा एक्ला व्यक्ति हुन् जसले सभापति पद गुम्दा पनि पार्टी निर्णय सहर्ष स्वीकारेका थिए ।
कांग्रेसमा गाउँ क्षेत्र जिल्ला र केन्द्रको महाधिवेशनको तिथि तोकिइसकेको छ । महाधिवेशनको संघारमा होनाहार कार्यकर्तामाथि कारबाहीको सिफारिस हुनुले कांग्रेसमा आन्तरिक लोकतन्त्रको स्थिति कति नाजुक छ भन्ने प्रस्ट हुन्छ । त्यसले कांग्रेसका गाउँदेखि केन्द्रसम्मका महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न उठेको छ । शेर्पामाथिको कारबाही प्रकरण कांग्रेसमा घडीको सुई उल्टो फर्काउने दुष्प्रयास हो । यस्ता प्रवृत्तिले पार्टीलाई झन् अधोगतिमा पुर् याउँछ भन्ने अलिकतिमात्र चेत कांग्रेसका केन्द्रीय नेताहरुमा छ भने उनीहरुले वाग्ले समितिको सिफारिसको नियतमाथि नै प्रश्न उठाउँदै अस्वीकार गर्नुपर्छ । होइन भने कांग्रेस प्रजा परिषद्जस्तै इतिहासको एउटा पानामा थन्किनेछ।
balaram@nagariknews.com