गणतन्त्र दिवस मनाउने औपचारिकता पूरा गरियो। सरकारले काठमाडौंको सैनिक मञ्चमा गणतन्त्र दिवस मनायो। सरकारी उच्च अधिकारीले हाजिरी जनाए, कूटनीतिज्ञहरू उपस्थित भए र राजनीतिकर्मी सहभागी भए। सेना र प्रहरीको बाहुल्य भएको र्याली निकालियो।टुँडीखेलमा सेनाले कबाच खेल्यो। राष्ट्रपति रामवरण यादवले शीतल निवासमा चियापान आयोजन गरे। गणतन्त्रको नाममा आपसमा बधाई दिने परम्परा दोहोर्याइयो। सरकारले केही दिनअघि गणतन्त्र दिवस भव्य रूपमा मनाउन उर्दी जारी गरेकै थियो। सरकारी मूल्यांकनमा गणतन्त्र दिवस सफलतापूर्वक सम्पन्न भएको देखिनसक्छ। सैनिक मञ्चमा बोलाइएका र नबोलाइएका समेत कवि, कलाकार, वलिक, पत्रकार, डाक्टर, शिक्षकलगायतका पेसाकर्मी, नागरिक समाज, सामाजिक संस्थाका अगुवाले पनि काठमाडौंकै बानेश्वरमा बेग्लै सभा गरे। पेसाकर्मीहरूको सञ्जाल 'पापड'ले गरेको सरकारी कार्यक्रम बहिष्कार गरेर बेग्लै सभाको आयोजना गर्ने राजनीतिक अभ्यास कति जम्यो? यस प्रदर्शनले राष्ट्रपति डा. रामवरण यादवलाई कति गलायो? प्रश्न अनुत्तरितै छन्। वानेश्वर सभामा केही समय यता राजनीतिका नाममा भइरहेका गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गरियो। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग गरियो। सरकारले कर्मकाण्ड दोहोर्यायो भने सरकारी कार्यक्रम बहिष्कार गर्नेहरू पनि जनआन्दोलन सम्झेर भावुक हुने औपचारिकतामै रमाए।
गणतन्त्र दिवसमा जनस्तरको सहभागिता कति भयो त? सैनिक मञ्च वा वानेश्वर भेला कतैबाट पनि उत्तर पाइएन। छैटौं गणतन्त्र दिवससम्म आइपुग्दा पेसाकर्मी समुदायले शीतलनिवास बहिष्कार गरेको चित्र सडकमा देखियो। लामो समयदेखिको वक्तव्यवाजीको राजनीति सडकमा पोखिएपछिको परिणाम के हुने हो?
जनआन्दोलनका कतिपय बेलामा अगुवा र बहुधा, उत्प्रेरक रहेका पेसाकर्मी संस्थाका प्रतिनिधि संविधानका संरक्षक राष्ट्रपतिबाटै टाढिनु पक्कै सुखद अभ्यास होइन। दलहरूको सिफारिसलाई जस्ताकै त्यस्तै कार्यान्वयन गर्नुपर्ने निरीह अवस्थाका राष्ट्रपतिले पेसाकर्मीसँगको बढ्दो दूरीको मूल्य कसरी चुक्ता गर्दै जाने हुन्? आउने दिनमा देखिने नै छ। पेसाकर्मीहरू प्रधान न्यायाधीशको हातमा सत्ता सुम्पने राजनीतिको विरोधमा थिए। यो अभ्यास शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध भएको ठहर अधिकांश पेसाकर्मीको थियो। उनीहरूको आग्रह उपेक्षा गरेर संवैधानिक निकायमा विवादास्पद छविका लोकमान सिंह कार्कीलाई नियुक्त गरिएपछि थप बिच्चिएका हुन्। पेसाकर्मीको बहिष्कार राजनीतिको पटाक्षेप कसरी होला? त्यसले मुलुकको संक्रमणकालीन राजनीतिमा धेरै अर्थ राख्छ।
राजनीतिक जटिलताबीच प्राप्त गणतन्त्रलाई संस्थागत गर्न अर्को संविधानसभा निर्वाचनका लागि शीतलनिवास र पेसाकर्मी एक हुनु अहिलेको आवश्यकता हो। खिलराज रेग्मीको प्रधान न्यायाधीशको जागिर रहनु र जानुभन्दा मुलुकमा निर्वाचन हुनुले धेरै ठूलो अर्थ राख्छ। पेसाकर्मीहरू आत्मरतिमा जति रमाए पनि गणतन्त्र संस्थागत भइसकेको छैन। अझ हामी त विधिको शासन अन्त्य भएर अधिनायकवादको खतरातर्फ उन्मुख छौँ। यस्तो स्थितिमा पेसकर्मीले भत्किएको शक्तिपृथकीकरणको मूल्य पुनर्स्थापितका नाममा निषेधको राजनीतिमा अलमलिने कि मुलुकलाई चुनावतर्फ डोर्याउन भूमिका खेल्ने?
विसं २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्दा मुलुकभर हर्षोल्लास व्याप्त थियो। दुई वर्षभित्र संविधान बनाउन निर्वाचित भएर आएका नवनिर्वाचित सभासद्हरूले पहिलो बैठकमै तालीको गडगडाहटसहित गणतन्त्र स्थापना गरेका थिए। त्यसबेला संविधानसभामा नेपालमा राजतन्त्रको औचित्य छ भन्नेहरूको आवाज झिनो थियो। अहिले ती आवाजहरू बिस्तारै ठूलो हुँदै गएको अवस्थाप्रति सचेत हुने कि नहुने? फालिइसकेको राजतन्त्रको पुनःस्थापना पक्कै पनि सहज छैन। तर स्थापित गणतन्त्रले जनस्तरमा जरा गाड्न सकेन भने चाहिँ उखेेलिन बेर लाग्दैन। कारण, नेपाली समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका अनुयायी लोकतान्त्रिक अभ्यासको प्रवक्ता बनेको विचित्रको दृश्य अहिले देखिन थालेको छ। नेपालबाट परम्परागत वंशानुगत राजतन्त्र समाप्त त भयो तर, जनताका नाममा आफूखुसी निर्णय गर्ने राजाको प्रवृत्ति भने नेताहरूले अपनाएका छन्। तिनको व्यवहारमा राजतन्त्रकै अवशेष भेटिन्छ। लाग्छ, एउटा वंशानुगत राजतन्त्र अन्त्य भएर अनेकौँ छोटे राजाहरूको उदय भएको छ!
एक वर्षअघि संविधानसभा विघटन हुँदा अधिकांश प्रतिनिधि अन्योलमा रात गुजार्दै गरेका र विभिन्न दलका करिब दर्जन नेताहरू चाहिँ सत्ताको हिसाबकिताबमा लागेको दृश्य संझना हुन्छ। संविधानसभामा पर्याप्त छलफल भएर, संविधानसभाले समय नपाएर संविधान नबनेको हो र? होइन नि। राजनीतिक दलका नेतामा पलाएको छोटे राजा प्रवृत्ति र भिन्नभिन्न दर्शन बोकेका राजनीतिक दलका हठका कारण संविधान बन्न नसकेको हो। हाम्रो सन्दर्भमा गणतन्त्र भनेको नारायणहिटीबाट मुलुकको राजनीति संचालन हुने परम्परा अन्त्य भएर जनप्रतिनिधिले शासन गर्ने ठाउँ सिंहदरबारबाट मुलुक सञ्चालन हुनु हो। त्यसो हुनसक्यो भनेमात्र गणतन्त्र संस्थागत भयो भन्न सकिन्छ। तर हामी गणतन्त्र संस्थागत गर्ने भन्दा जरा उखेल्ने काम त गर्दै छैनौ? सात सालमा जनक्रान्तिमार्फत प्रजातन्त्र ल्याउने हामी नेपाली करिब सात दशकका आरोहअवरोह पछि प्रशासकलाई सत्ता सुम्पने विचित्रको गणतान्त्रिक अभ्यास गर्दैछौं।
गणतन्त्र संस्थागत गर्ने विषय गणतन्त्र घोषणाजस्तै सहज छैन। अहिले गणतन्त्रले के दियो, के पाइयो भनेर बहस गर्नुभन्दा सकेसम्म चाँडो निर्वाचनबाट नयाँ संविधानसभा गठन हुनु आवश्यक छ।
गणतन्त्रपछि अपेक्षित संविधान बन्न नसकेको पक्कै हो तर मुलुक गणतन्त्रमा प्रवेश गरेपछि राजनीतिक, सामाजिक क्षेत्रमा ठूला परिवर्तन भएका छन्। विगतमा दबिएका क्षेत्रिय, जातीय, लंैगिक विभेदका विषय उजागर भएका छन्। ठालुहरूको हैकम र तिनले जे ठान्छन् त्यही सही हो भन्ने मान्यता भत्कने क्रममा छन्। सँगै कतिपय सबाल गलत अर्थमा प्रयोग भइरहेको पनि देखिएको छ। जातीय अधिकारका विषय अहिले संघीयताका नाम र सीमा तोकेर परिभाषित गर्न खोजिँदैछ। बहुभाषिक, बहुसांस्कृतिक र विविध भूगोलको मुलुकमा बलजफ्ती जातीय पहिचानको नयाँ परिभाषा गरिँदैछ। थातथलो छोडेर अन्यन्त्र बसेकाले आदिवासीको अधिकार भोग गरिरहेको छन्। जनसाधारणले नभएर सबै क्षेत्रका टाठाबाठाले गणतन्त्रबाट लाभ लिइरहेको देखिन्छ। गणतन्त्र नेपालमा मधेसका नाममा उठेका आवाज कति सम्बोधन गरिए? त्यसको जवाफ सत्ता राजनीतिको सौदावाजीमा सीमित मधेसी दलका नेताले दिनसक्छन् कि सक्तैनन्? प्रतीक्षाको विषय बनेको छ। गणतन्त्र घोषणापछिका पाँच वर्षमा उठेका, उठाइएका आवाज, मुद्दा जनताको जाँचमा पास हुनु आवश्यक छ। आशा गरौँ, पहिलो संविधानसभाले मुलुकलाई गणतन्त्रमय बनाएजस्तै अर्को संविधानसभाले त्यसलाई सस्थागत गर्नेछ र संक्रमणकालमा उठेका उठाइएका सबाललाई सम्बोधन गर्नेछ।