बाहिरबाट हेर्दा नेपाल अब अर्को संविधान सभा निर्वाचनमा गइसकेको छ। दलका नेताहरूको कुरा सुन्दा सबै आफ्नो जितको डम्फू बजाइरहेका छन्। अझ विगतको संविधान सभाले आफ्नो दललाई पूर्ण बहुमत नदिएकै कारण संविधान बन्न नसकेको ठोकुवा गर्दै हिँडेका छन्। केही समयअघिसम्म पनि हेर्दा लाग्थ्यो– केही नभए दलहरू निर्वाचनका लागि गम्भीर छन्, कटिबद्ध छन्।निर्वाचनकै लागि प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा दलहरू निर्दलीय सरकार बनाउन तयार भएको जनमानसमा विश्वास हुँदै गएको थियो। हुन त निर्वाचनको मिति अझसम्म नतोकिएकै कारण केही अन्योल भने कायमै थियो। तर पछिल्लो पटक देखिँदै गएका घट्नाक्रमले त्यो विश्वास धमिल्याउँदै गएको छ। निर्वाचनकै सम्बन्धमा प्रमुख दलबीच परस्पर विरोधी वक्तव्यहरूले झस्क्याउन थालेको थियो। यही क्रममा प्रमुख दलकै नेताहरूबाट पछिल्लो समयमा आउन थालेको चुनावी मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने जस्ता भनाइले भने निर्वाचन नै नहुने हो कि भन्ने शंका उत्पन्न हुन थालेको थियो।
प्रधान न्यायाधीश खिलराज रेग्मी सरकार नेतृत्व माग्न गएका थिएनन्। बरु दलका नेताहरूले सरकारको नेतृत्व गर्ने प्रस्तावलाई समेत उनले पहिला स्वीकारेका थिएनन्। हाम्रा नेताहरूको स्मरण शक्ति ननासिइसकेको भए उनीहरूलाई थाहा हुनुपर्ने हो, रेग्मीलाई सरकारको नेतृत्व दिने प्रस्ताव गर्दा नै प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग उठेको थियो र त्यसलाई रेग्मीले अस्वीकार गरेका थिए। अझ उनले सरकारको नेतृत्व लिने हो भने प्रधान न्यायाधीश पदबाट आफूले राजीनामा नदिने सर्तसमेत राखेको समाचार आएको थियो।
त्यसपछि पनि यदि रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा नदिइ सरकारको नेतृत्वमा आउनुको एउटै अर्थ हुन्छ, उनको सर्त प्रमुख दलले स्वीकार गरेका थिए। यहाँ एउटै व्यक्ति कार्यपालिका तथा न्यायपालिका प्रमुख हुनु शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ अथवा हँुदैन भन्ने विवाद कोट्याउन खोजिएको होइन। भन्न के खोजिएको हो भने सर्वोच्च अदालतको प्रधान न्यायाधीशसमक्ष सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सार्दा एउटै व्यक्ति सरकार तथा न्यायपालिका प्रमुख हुनु शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध हुन्छ भन्ने हेक्का के हाम्रा नेताहरूलाई थिएन? अनि रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा नगर्ने सर्त कुन आधारमा यी नेताले मानेका थिए? हुन त रेग्मी नेतृत्वको सरकार गठनसँगै नेकपा–माओवादीलगायत् केही दलले चुनाव हुन नदिने बताउँदै विरोध सुरु गरेका थिए। तर अहिले देशको राजनीतिमा लागेको कुहिरो सफा हदै जाँदा मोहन वैद्य (किरण) को नेतृत्वमा रहेको त्यो चुनावी विरोधी हुलको अग्रपंक्तिमा चार दलका नेताहरूको अनुहार देखिन थालेको छ। अहिले निर्वाचनको विषयलाई नै लिएर दलहरूमा देखिएको विवादले कम्तिमा अर्को संविधान सभाको चुनावलाई अन्योलमै धकेलेको छ।
वास्तवमा चुनावदेखि स्वयं दलहरू नै डराएको हुनुपर्छ। अब हुने निर्वाचन पनि संविधान निर्माणका लागि हो। त्यसले कम्तिमा संविधान दिने ग्यारेन्टी गर्नुपर्छ। यो तथ्यलाई दलहरूले राम्ररी आत्मसात गरको हुनुपर्छ तर दलबीचको जे/जस्ता विवाद संविधान बन्न नदिने कारणका रूपमा देखिए, ती सबै विवाद अन्त्य भइसकेको छैन। संघीयता, राज्यको स्वरूपको आधार तथा संख्या जस्ता विवादित विषय अहिले पनि उही अवस्थामा छन्। पहिलो संविधान सभा विघटनको एक वर्ष बितिसक्दा ती विवादित विषयमा एक मत हुने प्रयास कुनै दलबाट भएन। बरु अझ विवादको दोष एकअर्कामाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्ने प्रयास हरेक दलबाट भइरहेको छ।
अनि यस्तो अवस्थामा निर्वाचन भइहालेको खण्डमा नेपाली राजनीतिक मञ्चमा पुनः पुरानै नाटक मञ्चन हुने पक्का छ। अर्थात् सबै दल संविधानभन्दा सरकार बनाउने खेलमा तल्लीन हुनेछन्। अनि सरकार आउने जाने त्यही पुरानै प्रक्रियालाई नेपाली जनताले हेरिरहनुपर्नेछ। पुनः संविधान सभाको म्याद थपिँदै जानेछ। त्यसको फाइदा राष्ट्रको मूल कानुन लेख्नभन्दा सरकार बनाउन र खसाल्नका लागि उठाइनेछ।
यो कुरा दलहरूलाई थाहा नभएको होइन। यदि दलहरूले फलाक्दै आएजस्तै कात्तिकको अन्त्य अथवा मंसिरको सुरुको सातामा निर्वाचन हुने हो भने त्यसको मिति तोकिसक्नुपर्ने थियो। एकछिन पछाडि फर्केर हेर्दा हाम्रा दलको झुक्याउने शैलीको तारिफ गर्नैपर्ने हुन्छ। रेग्मी सरकार गठन गर्दा निर्वाचन असारमा हुने प्रतिबद्धता गरिएको थियो। निर्वाचन आयोगका पूर्व पदाधिकारीले त्यो सम्भव नभएको बताउँदा बताउँदै पनि दलहरूले निर्वाचन असारमा हुन सक्नेमा जोड दिएका थिए। कहिले नेपाललाई सिंगापुर बनाउने त कहिले स्विट्जरल्याण्ड बनाउने भन्दै जनतालाई झुक्याउन माहिर नेताहरूका लागि निर्वाचनलाई पनि पहिला जेठको अन्तिम साता अनि असार हँुदै मंसिरसम्म पुर्यााउन कुनै कठिन खेल थिएन। र, अहिले निर्वाचन मंसिरमा समेत हुन नसक्ने कुरा बाहिर ल्याउने पृष्ठभूमि तयार गरिँदैछ। यसमा सबै दल एकमत छन् बाहिर निर्वाचनका लागि आफूहरू आतुर देखिएको अभिनय गरे पनि।
वास्तवमा खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन गर्नुको बाध्यता बाहिर भनिएजस्तै निर्वाचन थिएन। वास्तविकता त कांग्रेस, एमाले र एमाओवादीबीचको सरकारमा नेतृत्वलाई लिएर भएको जुँगाको लडाइँ थियो।
एमाओवादी कांग्रेसलाई कुनै हालतमा सरकारको नेतृत्व दिन तयार थिएन, एमाओवादीले सरकार नछाड्ने हो कि भन्ने डर कांग्रेस–एमालेलाई थियो। यस्तो अवस्थामा तीनैवटा दलको मिलनविन्दुका रूपमा निर्दलीय सरकारमा भेटिएको थियो।
प्रसिद्ध उर्दु कवि इकबालको एउटा कविताको हरफ छ– खुदको बदल नसके तो कुर्रानको बदलदिया।
के/कति कारणले पछिल्लो संविधान सभाले संविधान दिन नसकेको जस्ता कुरामा गम्भीरपूर्वक छलफल गर्नतर्फ कुनै पनि दल उत्सुक देखिएका छैनन्। आफूमा निहीत कमी/कमजोरीलाई हटाउँदै जाने साहस कुनै दल र नेताबाट हुन सकेन। बरु अन्य कुरामा लागेर जानाजान समय खेर फाल्नेतिर सबै दल लाग्दै गए। आफ्नो दलगत स्वार्थ पूरा गर्न निर्दलीय सरकार गठन गर्नसमेत तयार भए, एउटै व्यक्तिलाई न्यायपालिका र कार्यपालिका प्रमुख बनाउनसमेत तयार भए।
दलहरूबाट अहिलेसम्म भए/गरिएका काम/कारबाही राष्ट्र र जनतालाई केन्द्रमा राखेर भएको छैन। देश र जनताको चाहनाप्रति गम्भीर भएको भए अहिले दलका नेताहरूबाट फरक ढङ्गका विचार आउन थाल्ने थिएनन्। संघीयताको नारा घन्काउने दलका नेता स्वयंले अहिले घुमाउरो पारामा छिमेकी राष्ट्रको भनाइको सहारा लिएर संघीयता मुलुकको हितका लागि राम्रो हँुदैन कि भन्ने आशय जनतासमक्ष ल्याउने थिएनन्। निर्वाचन साँच्चै नै हुने हो भने त्यसका लागि दलका नेताहरूले व्यक्तिगत तथा दलगत स्वार्थ त्याग्नुपर्छ। आफूलाई निर्वाचन र संविधान दिन सक्ने अनुकूल बनाउनुपर्छ। त्यहीअनुसारले आफूहरूलाई परिवर्तन गर्दै लैजानुपर्छ, राजनीतिक मूल्य र मान्यतालाई होइन।