गुटबन्दीको डर
२३ वैशाख २०७०
•
११ मिनेट पाठ
गुटबन्दीको डर
शनिबार नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो दलमा गुटबन्दी नभए आगामी निर्वाचनमा विजयी हुने बताए। उनका अनुसार अहिले कांग्रेसलाई विपक्षी दलभन्दा पनि आफ्नै दलभित्रको गुटबन्दीबाट बढी खतरा छ। यसअघि कांग्रेसमा प्रधानमन्त्री को बन्ने भन्ने विषयलाई लिएर गुटबन्दी नभएको होइन। पछिल्लो पटक रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच प्रधानमन्त्री बन्नकै लागि चलेको जुहारी जनमानसमा ताजै छ। त्यो आन्तरिक विवाद सुशील कोइरालाको प्रधानमन्त्री पदको चाहनालाई एमाओवादीले लत्याएपछि साम्य भएको थियो। तर त्यतिले पार्टीमा भएको गुटबन्दी भने समाप्त भइसकेको छैन। पार्टीमा हुने गुटबन्दीको एउटा अप्ठेरो पक्ष के हो भने शीर्ष नेताबीचको विवाद साम्य भयो भनिए पनि त्यो सहजता विभाजित कार्यकर्तासम्म पुगेको हुँदैन। यता नेताहरू मिल्यौँ भनेर अंकमाल गरे पनि त्यसको असर कार्यकर्तासमक्ष पुग्न सकेको छैन। अनि कहीँ कतैबाट कुनै बहानामा पुनः विवादको बीउ रोपिन्छ। 
नेपाली कांग्रेस जति आन्तरिक विवादको रङले ढाकिएको पार्टी सम्भवतः कुनै छैन। प्रजातन्त्र पुनःस्थापनापछि भएको निर्वाचन र त्यसपछिको उपनिर्वाचनमा कांग्रेसको गुटबन्दीले चरम सीमा छोएको थियो। त्यही बेला अन्तरघात भन्ने शब्द नेपाली राजनीतिमा निकै चर्चित भएको थियो। आफ्नै नेतालाई निर्वाचनमा पराजित गर्न गरिएको अन्तरघातको त्यो उदाहरण सम्भवतः अन्य कुनै दलमा देखिएको छैन। कांग्रेसका तीन शीर्ष नेता गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला तथा कृष्णप्रसाद भट्टराईबीचको त्यो विवाद भरखरै खुला राजनीतिको अनुभव गर्न पाएका नयाँ पुस्ताका कार्यकर्ता तथा शुभेच्छुकका लागि भने अनौठो हुन पुगेको थियो। हुन त नेतृत्वको त्यो विवाद कांग्रेसका लागि नयाँ भने थिएन। त्यसको बीउ त निकै अघि रोपिएको थियो। अनि त्यो विवाद भनेको त्यस बीउबाट हुर्केको रुखको फलमात्र थियो।
सतहीरूपमा अहिले कांग्रेसमा कुनै विवाद देखिएको छैन। यसको अर्थ कांग्रेसभित्र विवाद समाप्त भयो भन्ने पनि होइन। विवादको कारण जहिले पनि पद रहँदै आएको अवस्थामा अहिले त्यसको गुञ्जाइस भइनसकेकाले मात्र विवाद बाहिरीरूपमा साम्य देखिएको हो। तर सुषुप्तावस्थामा यो पार्टीभित्र कायमै छ। कांग्रेसलाई सबैभन्दा बढी खतरा आन्तरिक विवादबाट हुने भनेर कोइरालाले बताएलगत्तै एक अर्का कार्यकर्ताले आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित उसले छनोट गर्ने उम्मेदवारमा भर पर्ने बताएका थिए। सर्सर्ती हेर्दा यो स्वाभाविक लाग्ला। तर ती कार्यकर्ताको भनाइपछाडि गहन अर्थ लुकेको छ। उनी जस्तै जिल्ला जिल्लामा धेरै कार्यकर्तालाई अहिले पनि उम्मेदवारको टिकट वरिष्ठता, लोकप्रियताका आधारमा नभई नेतासँगको पहुँचका आधारमा दिइने त होइन भन्नेमा शंका छ।
विगतको विवादको केन्द्रविन्दुमा रहेका भट्टराई, गणेशमान र गिरिजा अहिले यस संसारमा छैनन्। तर उनीहरूको दौराको फेरो समाएर विवादमा साथ दिनेहरू पार्टीको महत्त्वपूर्ण पदमा विराजमान छन्। हो, विवादअनुसारको धु्रवीकरणको समीकरणमा केही परिवर्तन भएको होला तर त्यससम्बन्धी विवादका प्रशस्त आधार अझ पनि पार्टीभित्र विद्यमान छन्।
विवाद सतहमा आउन समय लागेजस्तै यसको समाधान पनि जरासम्म पुग्न उत्तिकै समय लाग्नु स्वाभाविक हो। तर नेतृत्व वर्गले आफूहरूको विवाद साम्य भयो भनेर एकअर्कालाई अंकमाल गर्दाको न्यानोपन तल्लो तहका कार्यकर्तासम्म पुगेको हँुदैन। जिल्ला तथा गाउँ स्तरका कार्यकर्ता त विगतमा पनि नेताबीचको विवादभन्दा उनीहरूमा एक्कासि भएको मेल देखेर छक्क पर्ने गर्थे। जिल्ला र गाउँ स्तरसम्म रहेको विवाद केन्द्रीय नेताले एकापसमा अंकमाल गर्दैमा समाप्त हुने होइन। यो त मात्र सतहीरूपमा ढाकछोप गर्ने प्रयासमात्र हो। विगतमा केन्द्रीय स्तरमा विवाद समाप्त भयो भन्ने सन्देश पाएपछि जिल्लाका एक कार्यकर्ताले भनेका थिए– वास्तवमा हाम्रा नेताहरू नै विवाद समाधान होस् भन्ने चाहन्नन्। त्यसैले समाधानको त्यो विन्दुलाई कार्यकर्ता स्तरसम्म पुग्न दिँदैनन्। भविष्यमा पुनः हुन सक्ने विवादमा कार्यकर्ताको साथ पाइने लोभका कारण यस्तो गरेको हुनुपर्छ।
अहिले कांग्रेसभित्र विवाद देखिएको छैन। किनभने यो देखिने बेला पनि भएको छैन। निर्वाचनका लागि टिकट बाँडिने आधार आउँदा त्यो विवाद देखिनेछ। त्यतिबेला टिकट कार्यकर्ताको क्षमतालाई हेरेरभन्दा नेतासँगको निकट सम्बन्ध हेरेर बाँडिने शंका अहिले पनि पार्टीभित्र व्याप्त छ। पार्टीभित्र अहिले पनि देउवा, पौडेल र कोइराला धार कायमै छ। निर्वाचनका लागि टिकट बाँड्दा यी शीर्ष नेताबीच भागबण्डा लाग्ने पक्का छ। त्यसैका आधारमा कांग्रेसका उम्मेदवार तय हुनेछन्। पार्टीलाई प्रतिद्वन्द्वी दलभन्दा आन्तरिक गुटबन्दीबाट खतरा भएको स्वीकार गर्ने कोइरालालाई त्यो गुटबन्दीको कारण र स्वरूपबारे पक्कै पनि जानकारी भएकै हुनुपर्छ। त्यसैले कोइरालाले चाहेको खण्डमा त्यस किसिमको विवाद आउन नदिने वातावरण निर्माण गर्न सक्नेछन्।
तर त्यसका लागि पार्टीमा व्यक्तिगत स्वार्थको लडाइँ समाप्त पार्नुपर्छ। र यसको सुरुवात पहिला कोइरालाबाटै हुनु आवश्यक छ। व्यक्तिगत स्वार्थलाई महत्त्व दिएकै कारण विगतको निर्वाचनमा मधेस पार्टीबाट टाढिएको थियो। त्यसपछि पार्टी संगठन विस्तारमा राम्ररी लाग्नसमेत पाएको छैन। कांग्रेस वृतमा अहिले मधेसी दलले जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्नुको साटो सत्ता प्राप्तिको खेलमा ब्यस्त रहेकाले त्यस्ता क्षेत्रीय स्तरका पार्टीबाट मधेसी जनताको मोहभङ्ग भइसकेको चर्चा गरिन्छ। तर मधेसवादी दलमा त्यहाँका जनताको मोहभङ्ग हुनुले कांग्रेस त्यहाँ बलियो भएको कुराको ग्यारेन्टी गर्दैन। यसका लागि कांग्रेसले मधेसी जनताको विश्वास पुनः प्राप्त गर्न आवश्यक छ। त्यसका लागि विगतका त्रुटिबाट आफूलाई परै राख्ने काम पार्टीले गर्नुपर्छ।
विगतमा कांग्रेसभित्रको विवादका क्रममा निकै प्रयोगमा आएको 'अन्तरघात' शब्दका अक्षरहरूको घेराभित्र सुशील कोइरालालाई नै राखिएको थियो। उनलाई नेपाली राजनीतिमा त्यस चर्चित शब्दको पर्याय बनाउने प्रयास पार्टीभित्रैबाट नभएको होइन। त्यसैले तीन शीर्ष नेताहरूसँग निकट रहेर काम गरिसकेका कोइरालालाई पार्टीभित्र जरा गाडेर बसेको विवादको प्रकृतिबारेमा राम्ररी थाहा छ। यदि आगामी निर्वाचनमा त्यस किसिमको कुनै विवादबाट पार्टी प्रभावित नहोस् भन्ने उनको भित्री चाहना हो भने पहिला आफू स्वयंलाई उनले कुनै पनि किसिमको विवादबाट पर राख्नु आवश्यक छ।
तर त्यसका लागि उनले जमिनभन्दा धेरैमाथि उठेर हेर्नुपर्छ। जमिनबाट हेर्दा कोही साना कोही ठूला कोही नजिक कोही पर देखिन्छन्। यदि उचाईबाट हेर्ने हो भने सबै बराबरी स्थानमा देखिन्छन्। त्यसैले उचाईबाट कार्यकर्ताको मूल्याङ्कन गर्दा सजिलो हुन्छ। तर स्वयं सुशीलले चाहेरमात्र पार्टीमा गुटबन्दी समाप्त हुने भने होइन। यसका लागि देउवा, पौडेल जस्ता शीर्ष स्थानमा रहेका नेताहरूको पनि उत्तिकै भूमिका हुनेछ। आगामी निर्वाचनमा विजय हात पार्न कांग्रेसका शीर्ष नेताहरूले आफ्ना भन्दा पनि जनताले मन पराउने पार्टीका उम्मेदवार चयन गर्नुपर्नेछ। तर यो भन्न जति सजिलो छ, यसलाई स्वीकार गर्न त्यत्तिकै अप्ठेरो भएको तथ्य पटकपटक सावित भइसकेको छ।
अर्को समाचार
मनिष झाले भने: गुटबन्दी गर्नेलाई तत्काल कारबाही होस्
१२ असार २०८३
•
२ मिनेट पाठ
मनिष झाले भने: गुटबन्दी गर्नेलाई तत्काल कारबाही होस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र अस्वस्थ गुटबन्दीको प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन्।

पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

उम्मेदवार झाले पार्टीका सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै गुटबन्दी गर्ने तत्वहरूलाई अनुशासनको दायरामा ल्याउन सार्वजनिक आग्रह गरे।

‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय सभापति रवि लामिछानेज्यूलाई अनुरोध गर्छु, यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गरिदिनुस् न,’ झाले भने।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोज्दा केही व्यक्तिहरूले समूहबन्दी गर्न खोजेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। रास्वपाले नयाँ राजनीतिक संस्कारको वकालत गरिरहेका बेला पुरानै दलहरूको जस्तो गुटगत अभ्यास हुनु दुःखद रहेको उनको तर्क छ। उनले पार्टीलाई विधि र पद्धतिमा चलाउन नेतृत्वले कडा कदम चाल्नुपर्नेमा जोड दिए।

महामन्त्री पदको महत्वबारे बोल्दै झाले यो पद केवल आलंकारिक नभई कार्यकारी भूमिका भएको बताए। ‘महामन्त्री पद एउटा एक्जुकेटिभ रोल हो। लोकतान्त्रिक प्रक्रियामा रहेका राजनीतिक दलहरूमा यो पद निकै महत्वपूर्ण हुन्छ,’ उनले थपे, ‘पार्टीको नेतृत्व र सार्वजनिक अनुहार सभापति भए पनि सांगठनिक संरचनालाई गतिशील बनाउने जिम्मेवारी महामन्त्रीकै हुन्छ।’

निर्वाचनको चुनावी मैदानमा रहेका झाले आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे। महाधिवेशन प्रतिनिधिहरूबाट आफूले सकारात्मक प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै उनले भने, ‘अहिलेसम्म मतदाताहरूको रेस्पोन्स निकै राम्रो छ। मेरो एजेन्डा र पार्टीप्रतिको सक्रियतालाई प्रतिनिधिहरूले मूल्यांकन गर्नुभएको छ। त्यसैले निर्वाचन परिणाम मेरो पक्षमा आउनेमा म पूर्ण विश्वस्त छु।’

रास्वपाको महाधिवेशनमा महामन्त्री पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। रन्जु दर्शना लगायतका उम्मेदवारहरूले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चुनावी समीकरण फेरिएको छ।

अहिले महामन्त्रीका लागि मनिष झासँगै विपिन आचार्य, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस