दक्षिण कोरियामा नेपाली
०७ वैशाख २०७०
•
१० मिनेट पाठ
दक्षिण कोरियामा नेपाली
सन् २००७ मा कोरियाको श्रम बजारमा नेपाली कामदारको रोजगारी सम्झौता (इपिएस) भएपछि नेपालीहरुको कोरियामा आप्रवासन ह्वात्तै बढेको हो। अध्यागमन विभाग कोरियाको अभिलेखअनुसार सन् २०१२ मेसम्ममा करिव १९ हजार नेपाली कोरियामा विभिन्न पेशामा आबद्ध भई बस्दै आएका छन्। यसमध्ये १५ हजार १ सय ३० पुरुष, २ हजार ६४ महिला र भिसा अनुमति समाप्त भएर बसेका करिव २ हजार नेपाली रहेको कोरियास्थित नेपाली दूतावासले अभिलेख गरेको छ। कोरियाको श्रम बजारको औद्योगिक क्षेत्रमा कार्यरत् १३ हजार ४२७ नेपाली मजदुर छन्। यसमध्ये साना तथा मझौला उद्योगमा ११ हजार ३ सय ८३ जना, निर्माणसम्बन्धी काममा ७ सय ५४ जना, कृषि मजदुरमा ९ सय ४५ जना, माछा पालनमा ३ सय ५४ जना र ट्रेनी कामदारका रूपमा १ सय २१ जना कार्यरत् छन्। यस्तै अध्ययन/अध्यापनको सिलसिलामा पनि नेपालीहरु कोरिया पुग्ने गरेको पाइएको छ। कोरियामा नेपाली विद्यार्थी ५ सय ९८ छन्।


नेपालीको बसोबास

नेपाली राजदूतावासका अनुसार विभिन्न व्यवसाय गरी बस्ने नेपालीहरु १ सय ३६ जनाको संख्यामा छन्। ती सबैले सानोतिनो लगानी पनि गरेका छन्। ६५ जना पेशागतरूपमा कार्यरत् छन्। अवधि समाप्त भई कानुनी सहायताबाट ४ सय ४२ जनाले वैधानिकता प्राप्त गरेका छन्। ३ जनाले शरणार्थीको मान्यता पाएका छन्। १ सय ४४ जनाले शरण लिन आवेदन गरी बसेका छन्। पारिवारिक भिसामा रहनेहरु १ हजार १ सय २२ जना छन्। पारिवारिक स्वास्थ्य उपचार तथा अन्य हिसावमा १ हजार ३ सय २८ जना कोरियामा छन्।
नेपाली र दक्षिण कोरियाली मुलुकका नागरिकबीच केही वर्षदेखि वैवाहिक सम्बन्ध पनि हुँदै आएको छ। म्यारिज ब्युरोको विज्ञापनमार्फत् नेपाली महिला र कोरियन पुरुषबीच विवाह गर्नेहरुको संख्या पनि १ हजार नाघिसकेको छ। तर नेपाली महिला र कोरियन पुरुषबीचको वैवाहिक सम्बन्ध सफल नभएको कोरियामा कार्यरत् नेपाली बताउँछन्। कोरियन पुरुषसँग बैवाहिक सम्बन्ध गरेका प्रायः महिलाले विवाहपश्चात् नारकीय जीवन भोगेको सार्वजनिक हुँदै आएको छ। नेपाली पुरुष र कोरियन महिलासँगको वैवाहिक संख्या चाहिँ ७६ जनाको छ। १ हजार ४६ जना नेपाली महिलाले कोरियन पुरुषसँग बैवाहिक सम्बन्ध राखेका छन्। कोरियाको विभिन्न प्रान्त र शहरमा नेपाली महिला बसोबास गरेको अभिलेख दूतावासले अद्यावधिक गरेको छ।

नेपाल-कोरिया सम्बन्ध
नेपालभन्दा सानो ९९ हजार वर्गमिटर क्षेत्रफल भएको कोरियासँगको सम्बन्ध १५ मे १९७४ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि सुरु भयो। यो सम्बन्ध स्थापित भएको १८ वर्षपछि सन् १९९२ मा कोरियन युवा स्वयम्सेवी आदान-प्रदान सम्झौता भयो। सन् १९९७ मा नेपाल कोरियाबीच आर्थिक विकास कोष सम्झौता भयो। तर, सन् १९९० देखि नै नेपालीहरु रोजगारीको सिलसिलामा कोरिया जान सुरु गरिसकेका थिए। नेपालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनासँगै कोरियासँगको सम्झौता हुँदै गए। तेस्रो पटक सन् २००१ मा नेपाल कोरिया व्यापार तथा लगानी प्रबर्द्धन तथा सन् २००५ मा हवाई तथा सांस्कृतिक सम्झौता भयो। यसरी क्रमैसँग विकसित हुँदै आएको सम्बन्धको विस्तार सन् २००७ मा आएर कोरियामा नेपाली आवासीय दूतावास स्थापित भयो। दूतावास खुलेसँगै इपिएस सम्झौता भयो र नेपाली कामदार वैधानिकरूपमै कोरिया जाने बाटो खुला भयो।
नेपाल र कोरियाबीचको व्यापार घाटा पनि बढ्दो छ। सन् २०१२ को तथ्यांकमा ७४ मिलियन डलर बराबरको कारोबार भएको थियो। तर नेपालबाट १ मिलियन डलर बराबरको मात्र निर्यात भएको देखिन्छ। कोरियाले माथिल्लो त्रिशूली र मोदीखोला जलविद्युत् आयोजनामा लगानी गरेको छ। सन् २०११ मा करिव २० हजार कोरियन नागरिकले नेपाल भ्रमण गरे। कोरियन इन्टरनेसनल कोअपरेसन (कोइका)मार्फत् नेपालको स्वास्थ्य तथा शिक्षामा पनि केही वर्षदेखि लगानी भइरहेको छ।

कोरियाको उदय
दोस्रो विश्व युद्ध समाप्तिपछि कोरिया सोभियत धुरी र अमेरिकन धुरीमा विभाजित भयो। सोभियत धुरीमा विभाजित आजको उत्तर कोरिया र अमेरिकी धुरी आजको दक्षिण कोरिया हो। सन् १९४५को अगस्तसम्म जापानको उपनिवेशका रूपमा थियो। सन् १९४५ पछिको सोभियत संघ र अमेरिकी शित युद्धको परिणामस्वरूप यी दुई कोरिया जन्मिएका हुन। सन् १९४८ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा उत्तर र दक्षिण कोरियाको विधिवत् विभाजन भयो। सन् १९५० देखि ५३ सम्म दुवै कोरियाले युद्ध झेले। यो युद्धमा हजारौं कोरियन, चिनी, सोभियत एवम् नाटो सैनिक तथा लाखौं कोरियन नागरिक हताहत भए। उत्तर कोरियालाई चीन, सोभियत संघ तथा दक्षिण कोरियालाई अमेरिका तथा नाटो देशको सहयोग थियो। यसरी 'प्रोक्सी' विभाजनमा परेको दुई कोरियामध्ये दक्षिण कोरिया एसियाको उदाउँदो आर्थिक शक्ति हो।
कोरियाको अर्थ राजनीतिक रूपरेखा सैनिक सरकारले स्थापना गरेको हो। सन् १९४८ मा नागरिक सरकार स्थापना चुनावको माध्यमबाट भए पनि सन् १९६० बाट त्यहाँ सैनिक शासन कायम भयो। सैनिक शासन ३२ वर्ष अर्थात् १९९२ सम्म रह्यो। सन् १९६० देखि १९७८ सम्म १८ वर्ष सैनिक जनरल पार्क चुङ हिले एकतन्त्रीय शासन गरे। उनकै अगुवाइमा आर्थिक विकासको पृष्ठभूमि तयार भयो। पार्क सरकारले ठूलठूला राजमार्ग, रेलवे तथा औद्योगिकीकरणको जग स्थापित गर्योो। उनले नयाँ गाउँ अभियानको योजना ल्याए। विधि र कानुनी व्यवस्थाको जग हाल्ने काम सैनिक शासकले गरे। १७ जुलाई १९४८ मा बनेको संविधानलाई यो कालखण्डमा ९ पटक संशोधन गरियो। आर्थिक विकासको जग हालेकाले उनलाई प्रायः कोरियनहरु 'गड फादर' भनेर पुकार्छन्। सन् १९९२ देखि पुनः त्यहाँ नागरिक सरकार स्थापना भइसकेको छ। यतिखेर पार्क चुङ हि कि छोरी पार्क कुन्हे राष्ट्रपति चुनिएकी छिन्।
कोरिया एकात्मक संरचना भएको मुलुक भए पनि संघात्मक संरचनाको विशेषतालाई पनि अंगालिएको छ। कोरियाले मुलुकलाई १७ वटा प्रशासनिक इकाईमा विभाजन गरेको छ। राजधानी सिउललाई विशेष शहर, सेजुङ शहरलाई विशेष स्वशासन क्षेत्र तथा ६ वटा अन्य शहर बुसान, डेगु, इन्छन, डेजोङ, ग्वान्जी र उलसन मेट्रो शहरको प्रशासनिक इकाईमा छन्। यसरी नै प्रशासनिक नाममा ९ वटा प्रदेश छन्। इलेक्ट्रोनिक्स, अटोमोवाइल, पानी जहाज, मेसिनरी, पेट्रोकेमिकल्सको उत्पादन कोरियाली अर्थतन्त्रको मुख्य हिस्सा हो। असीको ओलम्पिक गेम गराएर विश्व रंगमञ्चमा देखा परेको कोरिया यतिखेर एसियाको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक हो। विश्वको १२ औं ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा दर्ज भइसकेको कोरियाले आफ्नो अर्थतन्त्रलाई 'जादूमयी अर्थतन्त्र' को नाम दिएको छ।
अर्को समाचार
इपिएसमार्फत् १७ हजार नेपाली कोरियामा
२९ साउन २०७०
•
२ मिनेट पाठ
इपिएसमार्फत् १७ हजार नेपाली कोरियामा
भैरहवा- नेपाली कामदारको सङ्ख्या दक्षिण कोरियामा १७ हजार रहेको इपीएस नेपाल निर्देशक लि दोङ सिकले बताएका छन्। दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत १ लाख ७० हजार विदेशी कामदार भित्रिएकामध्ये १७ हजार नेपाली रहेको उनले जानकारी दिए।

निर्देशक सिकका अनुसार कोरियामा काम गर्ने कामदारको न्यूनतम मासिक तलब १ हजार अमेरिकी डलर हुने र स्वदेशी कामदारसरह नै सामाजिक सुरक्षा रहने गर्दछ। निर्देशक सिकले कोरियाली भाषा उत्तीर्ण गर्दैमा कोरिया जान पाउने कुनै ग्यारेन्टी नहुने पनि स्पष्ट पारे।

एचआरडी कोरिया इपीएस सेन्टर नेपालको आयोजना तथा नेपाल कोरिया विकास परिषद, अङ्कुर नेपालको सहकार्यमा आयोजित रोजगार अनुमति प्रणालीसम्बन्धी जानकारीमूलक कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक सिकले इपीएस परीक्षा कोरियामा काम गर्न जाने कामदारका लागि पहिलो चरण भएको उल्लेख गरे।

इपीएस प्रणालीमार्फत गरिने परीक्षामा यसपटक प्रश्नावली पनि परिवर्तन भएको सो अवसरमा जानकारी गराइएको थियो ।

पाठ्यक्रममा आधारित प्रश्नावली सोधिने र पुरानो सङ्गालोबाट कुनै पनि प्रश्नावली नसोधिने सो अवसरमा इपीएसका प्रबन्धक रामचन्द्र गिरीले जानकारी दिए।

सन् २०१३ को इपिएस परीक्षा आगामी असोज २० र २१ गते हुने र सो परीक्षा क्षेत्रलाई मध्यनजर गर्दै बुटवलमा फर्म सङ्कलनसमेत गरिने अङ्कुर नेपालका अध्यक्ष गम्भीर गुरुङले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस