२०३६ सालको पृष्ठभूमिमा पञ्चायतविरुद्ध देश नै आन्दोलित भइरहँदा सार्वजनिक संस्थानका कर्मचारीहरु पनि आन्दोलनमा आउन चाहे। उनीहरुले विभिन्न मागको सूची तयार गरे, अनि त्यो सूची बीपी कोइरालालाई देखाए र समर्थनका लागि अनुरोध गरे।
माग हेरिसकेपछि बीपीले भन्नुभयो- ...म आफैँ प्रधानमन्त्री भए पनि तपाईंहरुका माग पूरा गर्न सक्दिन, त्यसैले म तपाईंहरुका मागप्रति समर्थन जनाउन सक्दिन।' बीपीको यो जवाफ सुन्ने त्यतिबेलाका कर्मचारीहरु जति अवाक भए, त्यति नै अचम्मित पार्टीका कार्यकर्ता भए। बीपी बहकिदैनथे र अरुलाई बहकिन नदिन पनि प्रयास गर्थे। उनी क्रान्तिका लागि हतियार माग्ने आफ्ना कार्यकर्तालाई सुदूर गाउँमा गएर शिक्षक हुन सल्लाह दिन्थे।
बीपी जति लोकतन्त्रवादी थिए, त्यति नै राष्ट्रवादी पनि थिए। उनले लोकतन्त्रको लडाइँमा जीवन समर्पित गरे तर लोकतन्त्रका लागि भएका लडाइँहरुले राष्ट्रियतालाई कमजोर पार्छ कि भन्ने सचेतता उनमा सधैँ देखियो। बीपी राष्ट्रियताको पहिलो आधार नागरिक-नागरिकबीचको बलियो सम्बन्धलाई ठान्थे। जनता-जनताका बीचमा विभाजन हुँदा र जनताविरुद्ध जनतालाई भिडाउँदा न लोकतान्त्रिक संस्कृति स्थापित हुन्छ न त बलियो राष्ट्रिय एकता प्रदर्शित हुन्छ। यसले अन्ततः राष्ट्रियतालाई नै कमजोर पार्छ।
अहिले नेपालको राजनीतिमा यो गाम्भीर्यता र संयमता देखिँदैन। परिणामको ख्यालै नगरी राजनीतिक नैतिकताको पाटोलाई चटक्कै भुलेर सबैलाई आन्दोलनमा उभ्याउने र निहीत स्वार्थ पूरा हुने सपनाका साथ क्षणिक सोचमा मात्र आफूलाई सीमित राख्ने प्रवृत्ति देशमा व्याप्त छ। यो प्रवृत्तिले देशको राष्ट्रियता र लोकतान्त्रिकीकरणको अभियानलाई धक्का दिइरहेको छ। नेपालसँगै स्वतन्त्र भएका भारतलगायत्का देशहरु प्रजातान्त्रिकीकरणको दिशामा अगाडि बढिसकेका छन्, उनीहरुको राष्ट्रियता त्यति धेरै कमजोर मानिँदैन तर नेपाल यो अवसरबाट वञ्चित रहन पुग्यो। नेतृत्वमा नैतिक मूल्यको सर्वथा अभाव देखिँदा र दीर्घकालीन सोच अभावका कारण मुलुक रुग्ण बन्दै गएको छ।
बीपी कोइरालाको उच्च नैतिक मूल्यका साथै लोकतन्त्र र राष्ट्रियताको लडाइँमा सन्तुलित चिन्तन अहिले उनकै अनुयायीसमेतले अपनाउन नसक्दा देश क्रमशः जोखिममा पर्दै गएको छ। दीर्घकालीन सोच त नेपाली राजनीतिमा बीपीपछि कसैमा देखिएन। यो पृष्ठभूमिमा नेपाली कांग्रेसको महासमितिको बैठक भएको छ। भीडको तालीको अपेक्षा गर्दै नैतिक मूल्य भुल्ने र दीर्घकालीन चिन्तन गर्न नचाहने प्रवृत्तिलाई त्रिवेणी धाममा बिसर्जन गर्न सक्यो भनेमात्र यो महासमिति बैठकको महŒव रहनेछ। कांग्रेसको यो बैठकले आमअपेक्षाबमोजिम सत्य र यथार्थको पक्षमा आफूलाई उभ्याउने प्रयास गरेको छ। यो प्रयास स्वागतयोग्य छ तर लोकतन्त्र भनेको व्यवहारमा प्रकट हुने चरित्रबाट मजबुत हुने राजनीतिक पद्दति भएकाले कांग्रेसको भोलिको प्रस्तुति र प्रदर्शनीले ऊ त्रिवेणीबाट कति शुद्ध भएर आयो भन्ने कुराको पत्तो हुनेछ।
कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुबाट यतिबेला फरकफरक अपेक्षा प्रकट भएका थिए। कार्यकर्ताको पंक्ति भन्दै थियो कि यो बैठकबाट कांग्रेसले प्रष्ट दृष्टिकोण ल्याउनुपर्छ। त्यस्तै शुभेच्छुक अथवा ...ब्याक बेन्चर' हरुको अपेक्षा हो कि कांग्रेस आफ्नो मौलिकता छाडेर नआओस्, बीपीको पार्टी भएर आओस् र भीडको पछि नलागोस्। दुवै अपेक्षा जायज छन्। कार्यकर्ताको अपेक्षा बैठकको निर्णयमा लेखिने व्यहोराले मात्र पूरा गर्न सक्छ। तर शुभेच्छुक अथवा ...ब्याकबेन्चर' को अपेक्षा अब कांगे्रसको व्यवहारमा आउने परिवर्तनबाट देखिनेछ। दुवै कुराहरुका बीचमा सामञ्जस्यता कायम गर्दै कांग्रेसको पुनर्जागरण गराउने सन्दर्भमा यो महासमितिको बैठकले महŒवपूर्ण भूमिका खेल्ने विश्वास जगाएको छ।
जातीय राज्यको विपक्षमा कांग्रेस उभिएको छ। संसदीय व्यवस्थाको पक्षमा बलियोसँग उभिने प्रण गरेको छ। ...सबै जातिको पहिचान भेटिने र जातीय द्वन्द्व मेटिने' कांग्रेसको स्थापनाकालदेखिको नीतिलाई यो महासमितिको बैठकले फेरि उजिल्याएको छ। जातीय पार्टीहरु खुल्दै गर्दा र जातीयताका आधारमा राज्यको स्रोत साधनमा विभेद ल्याउन एकथरी तल्लीन रहँदाको अवस्थामा जातीय विभाजनलाई अस्वीकार गरी कांग्रेस सत्य र निष्ठाको पक्षमा उभिएको छ।
जातीय विभाजनले देश टुक्राउँछ र राष्ट्रिय भावना कमजोर हुन्छ भन्ने मान्यतामा कांग्रेसले दरोसँग आफूलाई उभ्याएको छ। यो निर्णयले कार्यकर्ताको अपेक्षा पूरा गरेको छ। त्यसैगरी यो निर्णयका विरुद्ध भोलि हुने दुष्प्रचारसँग नतर्सिएर र एउटामात्र निर्वाचन हेरेर राष्ट्रियतासँग जोडिएको यो मुद्दामा पार्टी नेतृत्व अडिग रहन सके भने शुभेच्छुकहरुको अपेक्षा पूरा भएको मानिनेछ। संसदीय व्यवस्था फेल भयो र कांग्रेसले यो पद्दतिबाट आफूलाई मोहभंग गराउनुपर्छ भन्ने नियोजित प्रचार र दबाबविरुद्ध कांग्रेस उभिन सकेको छ। यो अर्को उपलब्धि हो। संसदीय व्यवस्था अथवा पद्दति भनेको जनताका प्रतिनिधिहरुको थलो निर्माण गर्नु र निश्चित अवधिका लागि शासनसत्ता सञ्चालनका लागि अभ्यास गर्ने पद्दति हो। यो संरचनाको अभावमा लोकतन्त्र असम्भव हुन्छ। संसदीय पद्दतिको महŒवपूर्ण विशेषता भनेको समावेशी चरित्रको अभ्यास हो। कांग्रेस महासमितिको बैठकले समावेशीको नारालाई संसदीय पद्दतिसँग जोडेर संसदीय पद्दतिको महŒवलाई उजागर गर्दै निरंकुशताका सम्भावनाहरुको अन्त्यका पक्षमा आफूलाई बलियोसँग उभ्याएको छ। यो मान्यतामा निरन्तर अडिग भई राजनीतिक अभ्यासमा क्रियाशील रहने हो भने कार्यकर्ता र व्याकबेन्चर दुवैको अपेक्षा पूरा हुन सक्छ।
लोकतान्त्रिकीकरणका लागि समावेशिताको अभ्यास अनिवार्य सर्त हो। यस्तो अभ्यास संसदमार्फत् हुनुपर्छ। संसदमा यस्तो अभ्यास हुन सकेन भने लोकतन्त्र कमजोर हुन्छ। न त पार्टीको विधानमा न त राज्यको संविधानमा समावेशिताको अभ्यासलाई अनिवार्य भनी लेख्नुपर्छ। यो त लोकतन्त्रको उच्च अभ्यासको अनिवार्य सर्त हो। यो अभ्यासमा वास्ता नगर्नेहरु वा चुक्नेहरु लोकतान्त्रिक हुन सक्दैनन्। बीपी कोइरालाले आफ्नो नेतृत्वमा राज्य वा पार्टी सञ्चालन हुँदा यो कुरालाई व्यावहारिकरूपमा स्थापित गरिदिनुभएको थियो। २०१५ सालको मन्त्रीपरिषद र कांग्रेस स्थापना हुँदाको केन्द्रीय समिति समावेशी स्वरूपका उदाहरणीय र अनुकरणीय संरचना थिए। त्रिवेणीमा गरिएको प्रतिज्ञाअनुरूप समावेशीको व्यावहारिक अभ्यासको पक्षमा राष्ट्रलाई डोर्याेउने दायित्व अब कांग्रेसको काँधमा छ। जातीय विभाजन या जातीय भड्काउका विपक्षमा उभिँदा र समावेशितालाई राजनीतिक चरित्र मान्दा अथवा समावेशितालाई राजनीतिक चरित्रका रूपमा स्वीकार्ने संसदीय पद्दतिको पक्षमा उभिँदा बलियो राष्ट्रिय एकता कायम हुनेछ। यो नै कांग्रेसको अबको प्रमुख एजेण्डा बनेको छ। यो एजेण्डाका विपक्षमा हुने विषबमनका विपक्षमा उभिने सामर्थ्य नेतृत्व र कार्यकर्ताले सामूहिकरूपमा देखाउनुपर्नेछ। नैतिक मूल्यमा आधारित राजनीतिक अभ्यास नै यस प्रकारको सामर्थ्यको मुहान हो।
जातीय राज्य नमान्दा कांग्रेसलाई संघीयता विरोधी भनी दुष्प्रचार गरियो। संसदीय पद्दतिको पक्षमा वकालत गर्दा यथास्थितिवादी भनियो। वर्गमा, नाममा विभाजन र विभाजितहरुबीच संघर्ष हुनुहँुदैन भन्दा कांग्रेसको क्रान्तिकारी छवि हराएको पार्टी भनियो। जातीय भड्काउविरुद्धमा उभिँदा जातीय अधिकार विरोधी भनियो। लुटेर, लुटाएर होइन, प्रजातान्त्रिक विधिद्वारा आर्थिक समानताका कार्यक्रम ल्याउनुपर्छ भन्दा गरिब विरोधी पार्टी भनी प्रचार गरियो। आफ्नो मौलिकता छाड्न नचाहँदा ...कांग्रेस मक्किएको पार्टी हो' भनियो। कांग्रेस जस्तो लामो इतिहास बोकेको तथा लोकतन्त्र र राष्ट्रिय सवलताको पक्षमा उभिन सक्ने पार्टी यी आक्षेपहरुबाट तर्सन हुँदैन, यी आक्षेपको बलियोसँग प्रतिवाद गर्दै आफ्नो दर्शनको पक्षमा जनमत जुटाउँदै अगाडि बढ्नुपर्छ। जातीयताले अहिले राष्ट्रिय एकतालाई कमजोर पार्दैछ। यसको विपक्षमा उभिनु कांग्रेसको धर्म हो। संसदीय पद्दति विफल भयो भन्ने दुष्प्रचार गर्दै लोकतन्त्र मास्ने नियोजित काम भइरहेको छ, यसको विपक्षमा स्वाभिमानका साथ उभिनु कांग्रेसको दायित्व हो। यो धर्म पालना गर्ने र दायित्वबोध गर्ने बलियो कांग्रेस अहिले राष्ट्रका लागि आवश्यक छ। त्रिवेणीको ऊर्जाले कांग्रेसलाई यहीरूपमा उभ्याउन सकोस्।
आन्दोलन र संघर्षका नाममा सधैँ सबैलाई सडकमा ल्याउनुहुँदैन भन्ने बीपी कोइरालाको मान्यता आज समाजमा बलियोसँग स्थापित गर्नुपरेको छ। आफूले पूरा गर्न नसक्ने मागप्रति आफू विपक्षमा रहँदासमेत समर्थन नजनाउने बीपीको उच्च साहस र नैतिक मूल्यसहितको राजनीतिक चरित्र नेपाली राजनीतिमा स्थापित गर्नुपरेको छ। यसका लागि धर्म नहारेको र दायित्वबोधसहितको कांग्रेस लोकतन्त्रवादीहरुको अपेक्षाको विषय हो। नेतृत्वको भावी चरित्रले यो अपेक्षा पूरा हुने कि नहुने भन्ने कुराको फैसला गर्नेछ।