गिरिजाप्रसाद कोइरालाले पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएको केही समयपछि भनेका थिए-सबैभन्दा दुःखी मानिस म हुँ। तर उनको त्यो भनाइप्रति देशभर मजाक उडाइएको थियो। प्रधानमन्त्री हुन मरिहत्ते गर्ने मानिसले देशको कार्यकारीको पद पाएपछि आफूलाई दुःखी भन्नुलाई धेरैले सहजरूपमा लिन सकेका थिएनन् त्यतिबेला। हुन पनि जनआन्दोलनपछिको निर्वाचनपश्चात् कांग्रेसको एकमना सरकार थियो। सानो ठूलो विरोधले सत्ता खतरामा पर्ने जोखिम कहीँ कतै देखिएको थिएन। त्यसैले पनि जनताबाट निर्वाचित प्रधानमन्त्रीको त्यो भनाई ठट्टामा उडाइएको थियो।
तर समयसँगै गिरिजाप्रसादको त्यो भनाई पुष्टि हुँदै गएको थियो। एमालेको सडक आन्दोलन अनि आफ्नै दलभित्रको विरोध खेपिरहेका गिरिजाप्रसादलाई सिंहदरबारको कुर्सी त्यति आरामदायक हुन सकेन। सम्भवतः त्यही कारणले उनले आफूलाई दुःखी भन्न रुचाएका थिए। मानिस उचाइमा पुग्न मरिहत्ते गर्छ। अनेकौँ प्रयासपछि उचाई छुन सफल हुनासाथ उसलाई जब त्यस उचाईको जिम्मेवारी बोध हुन्छ, उचाईमा बसेर निर्वाह गर्नुपर्ने कर्तव्य अनुभव गर्दै जान्छ, अनि उसलाई लाग्छ, योभन्दा त त्यही ठीक थियो। यस कुरालाई एमालेको नौ महिने सरकारका उपप्रधानमन्त्री माधवकुमार नेपालले समेत स्वीकारेका थिए। उपप्रधानमन्त्रीका रूपमा नेपालगन्ज आएका बेला पहिला अनेकन मागसहित राजधानीका रेलिङ भाँच्नेगरी आन्दोलन गरेको पार्टी अहिले सरकारमा हुँदा कस्तो अनुभव भइरहेछ भन्ने पत्रकारको जिज्ञासामा उनले भनेका थिए- बाबु हुनु र छोरा हुनुमा त फरक हुँदोरहेछ।
मानिसले युद्धका लागि अनेकन तयारी गर्छ। त्यसका लागि साम, दाम, दण्ड, भेद सबै नीति अपनाउँछ। ज्यानको माया मारेर रणभूमिमा होमिन्छ। दुश्मनमाथि जाइलाग्छ र युद्ध जित्छ। तर युद्धमा विजयी भएपछि उसलाई महसुस हुन्छ कि असली युद्ध त अझ बाँकी नंै रहेछ। र, यो युद्ध जित्न झनै कठिन रहेछ।
त्यो स्थितिलाई आफ्नो दश वर्षे विद्रोहबाट खुला राजनीतिमा आएको एकीकृत माओवादी र सरकार दुवैले महसुस गरिरहेको हुनुपर्छ। सरकारलाई शान्ति प्रक्रियामा आउनेगरी झुकाएको ठान्ने एमाओवादी र दश वर्षसम्म जंगलमा रहेर छापामार शैलीमा विद्रोहमा लागेका माओका अनुयायीलाई खुला राजनीतिमा ल्याएको भन्ने सरकार र पार्टीहरूले अहिले आफू विजयी भएको घोषणा गरेको युद्धभन्दा झन् अप्ठेरो संग्राम महसुस गरिरहेका छन्। यी सबै पक्षमा महŒवपूर्ण कुरा के हो भने अघिल्लो युद्धमा जस्तै पछिल्लो युद्धको भुक्तान जनताले गर्नु परिरहेको छ, राष्ट्रले गर्नु परिरहेको छ। तर पनि विजयी बन्ने, उचाईमा पुग्ने र नायक बन्ने रहर हाम्रा नेताहरूमा झनै झांगिएर गएको छ। केही दिनअघि मात्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई पृथ्वीनारायण शाहपछिको नायक भनेको समाचार छापाहरूमा आएको थियो।
गिरिजाप्रसाद कोइरालाको निधनपछि अहिलेको नेपाली राजनीतिको केन्द्रमा दाहाल भएकोमा दुई मत नहोला। उनलाई मन पराउने अथवा नपराउने सबैको चर्चाको विषय दाहाल हुन्छन्। उनले भनेका कुराले सञ्चार माध्यममा प्रमुख स्थान पाइरहेका छन्। उनको भनाईलाई केन्द्रमा राखेर नै बाँकी दलले प्रतिक्रिया दिन थालेका छन्। देशभित्र मात्र नभई विदेशले समेत दाहाललाई महŒव दिँदै आएको छ। तर यति उपलब्धि अझ पनि मुलुककै नायक बन्नका लागि पर्याप्त भने छैन। खुला राजनीतिमा आफ्नो दलको नायक बन्नुपर्दाको मूल्य चुकाइरहेका दाहाललाई राष्ट्रकै नायक हुनका लागि के/कति कुरा कहाँबाट खर्चिनुपर्ने हो, त्यो थाहा भएकै हुनुपर्छ।
जंगलबाट शहर पस्दा दाहालले निश्चय पनि ठूलो त्याग गरेका होलान् तर खुला राजनीतिमा आएपछि उनलाई महसुस भएको हुनुपर्छ कि उनी र उनको पार्टीका लागि स्थिति झनै अप्ठेरो छ। चौतर्फी आरोपहरूको जंगल छिचोलेपछि भेट्टाएको गोरेटो पनि अनेकन अपेक्षाहरूबाट ढाकिएको छ। त्यही आरोप/प्रत्यारोप र अपेक्षाबीच सन्तुलन मिलाउन नसक्दा मोहन वैद्य (किरण) को नेतृत्वमा पार्टी विभाजनको तीतो अनुभव गर्नुपरेको थियो। भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीले गठबन्धन सरकार चलाएर देखाएपछि कुनै पत्रकारले भनेका थिए- राजनीति पनि कला रहेछ। त्यो वास्तवमा सन्तुलन मिलाउने कला हो। यसमा सन्तुलन मिलाएर लैजाने कला जान्ने मात्र सफल हुन सक्छ। वाजपेयीपछि त्यो कला दोस्रो पटक गठबन्धन सरकारको सफलतापूर्वक नेतृत्व गरेर वर्तमान प्रधानमन्त्री मनमोहन सिंहले देखाइरहेका छन्।
सानो छँदा साइकल सिक्ने रहरमा निकै पटक लडिएको छ। चोट पनि निकै लागेको छ। त्यतिबेला साँच्चै नै साइकल चढ्नेहरू मेरा लागि नायकसरह हुन्थे। मलाई अचम्म लाग्थ्यो- दुई वटा पाइतला चक्कामा, साइकल कसरी अडिएर अगाडि जान्छ? कहिलेकहीँ सानो साइकल देख्दा लाग्थ्यो- यो त निकै सानो छ। मेरा दुवै गोडा भुइँसम्म पुग्ने भएकाले लड्ने डर पनि छैन। त्यसैले यसलाई चलाउन सक्छु कि? तर सकिएन। हो, गोडा भुइँसम्म पुग्ने भएकाले लडिएन तर सानो साइकल भए पनि त्यसमा सवार भएर हुँइकिन भने सकिएन। साइकल चलाउन पाइडल अथवा भुइँसम्म गोडा पुगेरमात्र हुँदो रहेनछ। यसमा त दुवै चक्कालाई सन्तुलनमा ल्याएर अगाडि बढाउने कला चाहिँदोरहेछ।
दाहाल अहिले त्यस्तै साइकलमा सवार हुन खोज्दैछन् तर यो साइकलको पाङ्ग्रा धेरै छन्। उनले अनुमान गरेभन्दा पनि धेरै। यसले धेरै चक्का भएकाले उनलाई लड्नबाट रोक्ला तर सन्तुलनमा ल्याउने चुनौती भने झनै ठूलो हुनेछ। जंगलबाट खुला राजनीतिमा आउँदा दाहालले धेरै तीता मीठा अनुभव भोगेका छन्। अब यहाँभन्दा माथि जाने भनेको वास्तवमा राष्ट्रकै नायक हुनु हो। यसका लागि पुष्पकमल दाहालले आफ्नो 'प्रचण्ड' पहिचान गुमाउने आँट गर्नुपर्छ। किनभने 'प्रचण्ड' नामको भर्या्ङले यहाँबाट माथि होइन, पुनः पुरानो बाटोतिर लैजानेछ।
वास्तविकता त के हो भने नेपाललाई साँच्चै नै अहिले पृथ्वीनारायण शाह जस्तै नायक खाँचो छ। त्यतिबेला भौगोलिक रूपमा टुक्राटुक्रामा विभाजित नेपाल अहिले जातीयता र क्षेत्रीयताका नाममा विभाजित हुने खतरा बढ्दै गएको छ। जातीय र क्षेत्रीय नाराभन्दामाथि उठेर नेपालको अर्को एकीकरणको आवश्यकता मुलुकले पनि देखिरहेको छ। यसका लागि साँच्चै मुलुक पनि विपरित धारमा हिँड्न सक्ने अथक योद्धाको मानसिक शक्ति भएको नायकको पर्खाइमा छ। नायक हुनका लागि भेट्टाउने मार्ग गोरेटोभन्दा पनि साँघुरो छ अनि गन्तव्य अनेकन चुनौतीले भरिएको छ। निश्चय पनि यसमा पुग्न जति दुःख हुनेछ, नायकका रूपमा त्यहाँ अडिन झनै दुःख खप्नुपर्ने छ। तर पनि यो एउटा अवसर हो र यो अवसर दाहालका लागिमात्र नभई नेपाली राजनीतिक अखाडाको चारै कुना समाएका प्रतिद्वन्द्वीहरूका लागि बराबरी छ।