कर्णालीलगायत्का दुर्गम क्षेत्रमा खाद्यन्न अभाव हुने गर्छ। स्थानीय उत्पादन प्रायः ठप्प रहेको दुर्गम क्षेत्रमा खाद्य संस्थानले समेत समयमा चामल ढुवानी नगर्दा भोकमरीको अवस्था सृजना हुने गर्छ। दीर्घकालीनरूपमा समाधान नखोज्दा दुई किलो चामलका लागि दुई दिनको यात्रा गर्न नागरिक बाध्य छन्। कतिपयले यसलाई कानुनी प्रावधान कार्यान्वयन हुन नसकेका कारण निम्तिएको समस्याका रूपमा विश्लेषण गरेको पाइन्छ। नेपालको अन्तरिम संविधान २०६३ को धारा १८ को उपधारा ३ मा प्रत्येक नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम खाद्य सम्प्रभुत्ताको हक हुनेछ भन्ने व्यवस्था गरिएको छ। यो संविधान जारी भएको ६ वर्ष बितिसक्दा पनि खाद्य सम्प्रभुतासम्बन्धी कानुन आउन सकेको छैन। जसले गर्दा कर्णालीलगायत्का दुर्गम क्षेत्रका नागरिकहरु प्रत्येक वर्ष खाद्यान्न अभावबाट यसैगरी पीडित भइरहेका उनीहरुको दाबी छ।
यसैगरी कतिपयले कर्णालीलगायत्का दुर्गम क्षेत्रका डाडाँपाखामा खाद्यान्न उत्पादन हुन अनुपयुक्त भूभाग भएकाले भोकमरी बढिरहेको विश्लेषण गरिरहेका छन्। कोही भने यहाँका बासिन्दामा चेतनाको अभाव भएको कारण भोकमरी बढिरहेको बताइरहेका छन्। अझ अरु कोही भने यस क्षेत्रमा विकासका पर्याप्त पूर्वाधार पुर्यारउन नसकेको र उद्योग कलकारखाना खोल्न नसकेका कारण गरिबी बढेको र त्यसैको परिणामस्वरूप भोकमरी बढेको तर्क अगाडि सारिरहेका छन्। राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिकरूपमा पिछडिएको कारण मात्र यस क्षेत्रमा भोकमरीको समस्या बढिरहेको विश्लेषण गर्नेहरु पनि पर्याप्त छन्।
यी भोकमरीका कारण हुन् तर कुनै एउटामात्र कारणले भोकमरी बढिरहेको होइन। कर्णालीको भोकमरीलाई हेर्ने र विश्लेषण गर्ने केही बौद्धिक, प्राज्ञिक र समाचारपत्रको निश्चित निरपेक्ष दृष्टिकोण छन्, जुन आफैंमा अपर्याप्त र त्रुटिपूर्ण देखिन्छ। कर्णालीका डाँडापाखा धान खेतीका लागि अनुपयुक्त हुन सक्छ तर कोदो, मकै, आलुलगायत्का खाद्यान्न लगाउन उपयुक्त भूभाग रहेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटको प्रतिवेदनमा उल्लेख छ। चेतनास्तर कम भएकाले भोकमरी बढिरहेको भन्ने तर्क केही हदसम्म ठीक भए पनि आफैंमा सम्पूर्ण भने होइन। भौगोलिक कठिनाई भएका कारण भोकमरी बढिरहेको भन्ने तर्क पूर्ण देखिँदैन। किनकि पर्याप्त राजनीतिक तथा नागरिक चाहना हुने हो भने भौगोलिक कठिनाई सजिलै हटाउन सकिन्छ। उदाहरणका रूपमा स्वीजरल्याण्डलाई नै लिने गरिन्छ। त्यसैले कर्णालीलगायत्को दुर्गम क्षेत्रको खाद्यन्न संकटलाई बुझ्न समाजशास्त्रीय विवेचनाको खाँचो छ। भोकमरीका केही विशिष्ट प्रकृतिका कारण छन्।
पहिलो, यहाँका प्रत्येक व्यक्तिले यस समस्यालाई व्यक्तिगत तहमा मात्र लिने गरेका छन्। यसरी दुर्गम गाउँहरुमा भोकमरी र खाद्यान्न संकटलाई निजी समस्याका रूपमा मात्र सोच्न लागेपछि त्यसको हल पनि व्यक्तिगतरूपमा मात्र खोजिन्छ। यहाँका हरेक व्यक्तिले भोकमरीलाई निजी समस्याका रूपमा लिने गरेका छन्। अनि निजीरूपमा नै समाधानको खोजीमा लागेको पाइन्छ। तर भोकमरीको समस्या व्यक्तिगत नभएर सबै दुर्गम बासिन्दाको साझा समस्या हो भनेर कहिल्यै कुनै पनि व्यक्तिले सोच्ने तथा त्यसअनुसारको व्यवहार गर्ने गरेको पाइँदैन। व्यक्तिको मात्र के कुरा गर्नु? राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संघ/संस्था, सरकारी निकाय कसैले पनि भोकमरीलाई साझा समस्याका रूपमा लिएका छैनन्। परिणामस्वरूप भोकमरीको समाधान खोज्न साझा सार्वजनिक प्रयास हुन सकेको छैन। एकीकृत प्रयास भएको छैन। यो नै पहिलो समस्या हो।
दोस्रो, दुर्गम क्षेत्रको भोकमरीलाई केवल आर्थिक समस्याका रूपमा मात्र विश्लेषण गर्ने अर्थशास्त्रीय दृष्टिकोण आफैंमा त्रुटिपूर्ण र मिथ्या छ। गरिबीलाई नै भोकमरीको निरपेक्ष कारण मान्ने अर्थशास्त्रीहरुले त्यस क्षेत्रका अन्य विशिष्ट कारणलाई नजरअन्दाज गरिरहेका छन्। गरिबी वा आर्थिक अभाव भोकमरीको एउटा कारण भए पनि सम्पूर्ण होइन। रोगी हुनु, निरक्षर हुनु, सूचनाको पहुँचबाट टाढा रहनु, संगठित हुन नसक्नु, खाद्यान्न र भोकमरीको स्पष्ट र ठोस परिभाषाको विकास गर्न नसक्नु पनि आफैंमा महŒवपूर्ण जटिल समस्याका रूपमा छन्।
तेस्रो, दुर्गम क्षेत्रका बासिन्दाहरु चामललाई मात्र खाद्यान्न मानिरहेका छन्। चामल छ भने खाद्यान्न संकट छैन र यदि चामल छैन भने भोकमरी छ भन्ने गर्छन्। अर्थात्, कर्णालीको पाखापखेरामा उत्पादन हुने फापर, आलु, मकै, कोदोलगायत्का खाद्य सामग्रीलाई उनीहरुले खाद्यान्नको सूचीमै राख्दैनन्। तरकारीजन्य खाद्यवस्तुलाई यिनीहरुले महŒव नै दिँदैनन्। केवल चामलको पछाडि दौडिरहेका छन्। यस सवालमा खाद्य सुरक्षाको क्षेत्रमा काम गर्न मध्यपश्चिम र सुदूरपश्चिमका दुर्गम गाउँहरुमा सक्रिय रहेका गैरसरकारी स्ांघ/संस्थाहरुको निकै नै कमजोरी देखिन्छ। त्यस्ता संघ/संगठनले भोकमरीलाई सामूहिक र साझा समस्याका रूपमा स्थापित त गर्न सकेनन् नै स्थानीयस्तरमा उत्पादन हुने खाद्य वस्तुलाई समेत खाद्यन्न हो भनेर स्थानीय बासिन्दालाई चेतनशील बनाउन सकेनन्। यस्ता संघ/संस्थाले त केवल हेलिकप्टर, खच्चड वा मानिसलाई नै बोकाएर चामल पुर्यासएर बाँडेपछि मात्र भोकमरी कम हुन्छ भन्ने ७० कै शताब्दीमा असफल भइसकेको आधुनिकीकरणको सिद्धान्तलाई जबर्जस्ती प्रयोग गरिरहेका छन्। कामका लागि खाद्यान्नलगायत् परियोजनाका नाममा।
चौथो, यस क्षेत्रमा रहिरहेको भोकमरीको समस्या समाधान गर्न राजनीतिक दलहरुको भूमिका निष्त्रि्कयप्रायः छ। राजनीतिक दलहरुले जुनरूपमा यस क्षेत्रको भोकमरी नियन्त्रणका लागि पहलकदमी चाल्नुपर्ने थियो, त्यो हुन सकेको छैन। त्यसका दुईवटा कारण प्रमुख देखिन्छन्। एक, राजनीतिक दलहरुमा सरकारमा पुगेपछि मात्र काम गर्न सकिन्छ भन्ने भ्रम। दुई, कुनै पनि काम गर्नका लागि दबाब दिने नाममा बन्द हड्तालबाहेकका अन्य कुनै पनि विकल्प नदेख्ने गलत संस्कार। यदि राजनीतिक दलहरुले भोकमरीविरुद्ध रचनात्मक किसिमले समस्याको समाधान खोज्नका लागि जनतालाई संगठित पार्ने र साझारूपमा समाधान खोज्ने अभियान सुरु गर्ने हो भने पक्कै पनि त्यसले गति समात्ने थियो। कुनै एउटा राजनीतिक दलले जनतालाई नै विश्वास गरेर उनीहरुकै बीचमा पुगेर भोकमरीविरुद्ध अभियान चलाउने हो भने अर्को दल पनि गाउँमा नागरिकको बीचमा पुग्न बाध्य हुन्छ। जब सम्पूर्ण राजनीतिक दलले जनताको बीचमा पुगेर भोकमरी समस्याको कारण र यसको समाधान खोजी गर्ने हो भने साझा र संगठित लडाइँ सुरु हुने थियो।
पाँचौं, खाद्यान्न ढुवानी गर्नका लागि प्रयोगमा आइरहेका खच्चर भोकमरीको समस्याको एक हिस्सा पनि हुन्। एउटा खच्चरलाई एक दिनमा खुवाउने अन्नले एउटा ५ जनाको परिवारलाई एक दिनको लागि खाद्यान्न पुग्दछ। यस क्षेत्रको एउटा रोचक तथ्य के छ भने आफूले गाउँमा उत्पादन गरेको कोदो, मकैलगायत् खाद्यवस्तु खच्चरलाई ख्वाएर उत्पादन भएको चामल तिनै खच्चरलाई बोकाएर खाने संस्कृति हावी भएको छ। यो आफंैमा भोकमरीको कारण बन्दै गइरहेको छ। माथि उल्लेख गरिएका समस्या समाधानका लागि सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ। राजनीतिक दलहरु संवेदनशील हुनु आवश्यक छ। नागरिक समाज, तथा अन्य सरोकारवाला ज्ाागरुक हुनुपर्छ। यसैगरी जनआन्दोलनपछि सहमतिको आधारमा लेखिएको अन्तरिम संविधान २०६३ को धारा १८ को उपधारा ३ मा भएको मौलिक हकलाई कार्यान्वयन गर्न कानुन निर्माण गर्नु आवश्यक छ। आश्वासनचाहिँ दिने तर कार्यान्वयन नगर्ने संस्कारले हामीलाई झन् झन् दलदलमा फसाउँछ। त्यसैले, त्ाुरुन्तै कानुन बनाएर कार्यान्वयन गर्न सकेमा धेरै समस्या समाधान हुन सक्छन्।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्।