इतिहासका हारजीत अलग कुरा हुन्, इतिहासका प्रमुख पात्रहरुका अनुभव भने विशिष्ट हुन्छन्। नेपोलियन तृतीयले एक प्रसंगमा भनेका छन्- यदि आफ्नो शताब्दीका विचार (आइडिया)हरुको नेतृत्व गर्यौंय भने ती विचारले तिमीलाई पछ्याउनेछन् र तिमीलाई स्थापित गर्नेछन्।
यदि तिमी ती विचारहरुभन्दा पछि पर्यौं भने तिनीहरुले तिमीलाई आफूसँगै घिसार्नेछन्। यदि ती विचारहरुका विरुद्ध तिमी उभियौ भने तिनले तिमीलाई इतिहासको रंगमञ्चबाट झिकेर फाल्नेछन्।
नेपाली इतिहासमा सबैभन्दा ठूलो परिवर्तन (पाराडाइम सिफ्ट) भइरहेको अहिलेको परिस्थितिमा नेपोलियन तृतीयले उन्नाइसौं शताब्दीमा निकालेको अनुभवको यो सार निकै महत्वपूर्ण छ। अहिले नेपाली समाजले टेकिरहेको पुरानो वैचारिक आधार भत्किसकेको छ। अर्थराजनीतिक वर्गहरु, सामाजिक र सांस्कृतिक समुदायबीचको सम्बन्धका आधारहरु नयाँ बन्ने क्रममा छन्। मान्छे-मान्छेबीचको आचार व्यवहारको सेतु भत्केको छ र नयाँ सेतु बन्ने क्रममा हेराई, बोलाई र व्यवहारको कसी बदलिएको छ। परिवर्तनको यो बहुआयामिक प्रकृयालाई मान्ने र नमान्नेहरु दुवैथरी एउटै चिया पसलमा बसेर फुक्का बहस गरिरहेका छन्। चलिरहेको चलनभन्दा फरक विचारको झण्डा बोक्ने मान्छे जहाँसुकै शीर ठाडो गरेर उभिएको भेटिन्छ। समाजभित्र उर्लिरहेको यो ज्वारलाई शासन व्यवस्थामा संस्थागत गरेर समाजलाई अघि बढ्ने बाटो दिनुको विकल्प छैन।
तर यो नयाँ वैचारिक प्रस्थापनालाई आत्मसात गर्न राजनीतिक दलहरु र विविध संस्थागत अभ्यास गर्ने संस्थाहरु तयार छन् कि छैनन्? मूल प्रश्न यही हो। नेपोलियन तृतीयको अनुभव मान्ने हो भने जसले नयाँ परिवर्तनको ज्वारलाई आत्मसात गर्छन्, ती नयाँ विचारको नेतृत्व गरेर अघि बढ्छन्। जसले आत्मसात गर्न सक्दैनन्, तिनीहरु घिसारिएर समाजसँगै परिवर्तनको वेगमा हेलिन्छन्। जो यसको विरुद्ध उभिन्छन्, उनीहरु इतिहासको जाज्वल्यमान रंगमञ्चबाट सदाका लागि बाइकट हुन्छन्। उदाहरण प्रशस्त छन्, नेपालकै इतिहास पल्टाए देख्न सकिन्छ। र, नयाँ उदाहरणहरु अघिल्लो संस्करणको संविधान सभा निर्वाचनले नै रचना गरिसकेको हो। अर्को संस्करणको निर्वाचनले थप नयाँ उदाहरण पेस गर्नेछ। परिस्थिति झेल्नकै लागि पनि निर्वाचन नगरी सुख्खै छैन। किनभने निर्वाचन कसैको रहर नभई इतिहासको बाध्यता हो। नेपाली समाजभित्र चलिरहेको ज्वारलाई निर्वाचन नगरी धान्न सक्ने इच्छाशक्ति र तागत दुवै खिलराज रेग्मी अध्यक्षतामा गठित चुनावी सरकारसँग छैन।
शंका खेती
निर्वाचनले के नयाँ गर्न सक्छ? एकथरी शंका खेतीका बौद्धिक किसानहरुका निम्ति संविधान सभा दोस्रो संस्करणको निर्वाचन पनि केवल पुरानै निर्वाचनहरुको एक शृंखलामात्र हो। शंका खेतीका यी किसानका निम्ति नेपालभित्र जे/जे हुन्छन्, केवल विदेशी षडयन्त्रका परिणामस्वरूप हुन्छन्। यी 'षडयन्त्र सिद्धान्तकार' हरु नेपाली समाजभित्रका तमाम समस्या र ती समस्यासँग जुझ्दै परिवर्तनको सपनाका निम्ति लड्ने विप्लवीहरु सबका सब विदेशी षडयन्त्रद्वारा निर्मित देख्छन्। उनीहरुका आँखामा टाँसिएका रहस्यमय 'थि्रजी' चश्माबाट सुदूर अतीत इतिहासमात्र जिउँदो देखिन्छ, बाँकी वर्तमानका तमाम उतारचढाव 'इम्पोर्टेड' जस्ता देखिन्छन्।
फलस्वरूप गणतन्त्रको नाराले गाउँ बस्तीबाट काठमाडौंतिर हस्तक्षेप गरिरहँदा उनीहरुले विदेशबाट स्वदेशतिर गणतन्त्र हाम्फालिरहेको दृश्य देखेका थिए। षडयन्त्रका यिनै सिद्धान्तकारहरु त्यतिबेला गणतन्त्र विदेशीको एजेण्डा ठानिरहेका थिए। मानौं, खोपीकेन्द्रित राजनीतिद्वारा नेपाली समाजको स्वाभाविक विकासको गति अवरुद्ध गरिरहेको राजतन्त्र पनि विदेशतिरै फलेको फल थियो। अनि परिवर्तनको आकांक्षाद्वारा गाउँ बस्तीमा निर्मित तमाम आन्दोलन एवम् जनयुद्धसमेत विदेशतिरै उम्रेको अमि्रसो थियो उनीहरुका निम्ति। गणतन्त्र घोषणा हुनासाथ यी सिद्धान्तकारहरु चकित भएर आकाशतिर हेर्दै थिए, मानौं अन्तरिक्षबाट कुनै नझर्नु पर्ने उल्कापिण्ड झरिरहेको थियो। आफू बाँचिरहेको समाजका विशेषतालाई पनि शंकामात्र गरिरहने र त्यसभित्रबाट निर्मित नयाँ राजनीतिक एजेण्डालाई ट्युमरजस्तो ठानिरहने यो तप्काले कहिल्यै आफ्नै वरपरका यथार्थ देख्न सकेन।
गणतन्त्रको राजनीतिक स्थापनासँगै राजतन्त्रकालीन राज्यसत्ताले चिथोरेका मानिस हकका निम्ति जागा भए। कसैको अनुहारमा तल्लो जात भएर बाँच्नुको घाउ छ, कसैको आँखामा दलित भएर जिउनुको दर्दनाक रङ छ, कसैको निधारमा 'मधिसे' हुनुको आलो खत छ, कसैको छातीमा गरिव वर्गमा जन्मनुको ऐंठन छ। कसैको इतिहास खोसिएको छ, कसैको भाषामाथि छिर्के हानिएको छ, कसैलाई आफू खास जात वा धर्मको हुनुमै अपमानित गरिएको छ। सीमित खान्दानी वर्गबाहेक सबैको स्वाभिमानमाथि वर्षाैंदेखि बलात्कार गरिएको छ। मान्छेहरु इतिहासलाई नयाँ कोणबाट पुनर्व्याख्या गर्न लागे। इतिहासका विशेषतालाई नउल्ट्याइ परिवर्तन संस्थागत गर्ने नयाँ विचार बन्दैनन्। वर्तमानलाई नयाँ बनाउने विचार यही प्रकृयाबाट सिर्जना हुने हो। तर हाम्रा शंका खेतीका किसानहरुले यहीँनेर पनि विदेशीकै चलखेल देखे।
जातजातिको उँचनीच विभाजन एवम् खान्दानी र गैरखान्दानी तहमा काठमाडौंकेन्द्रित सत्ताले स्थापना गरेको विभेदकारी सत्ता पनि मानौं, आख्यानमय पहेली थियो। अनि इतिहास पुनर्लेखन गर्ने यही क्रमबाट जन्मेको पहिचान र संघीयताको मुद्दा पनि विदेशी चलखेलकै गोटी बन्न पुग्यो हाम्रा 'षडयन्त्र सिद्धान्तकारहरु' का निम्ति। यो बडो अनौठो रचनात्मकता देख्न पाइयो। यसो हेर्योम, किसानले र देख्यो संघीयताको मधेसी पहलुमा भारतीय खेल देखिन्छ। फेरि हेर्योन, आदिवासी जनजातिहरुको पहिचान र संघीयताको चासोमा युरोपियन युनियन, अझ आजकल त चीनको पनि खेल देखिन थाल्छ। अनि षडयन्त्र सिद्धान्तकारलाई अकस्मात् लाग्छ- हो रहेछ, आखिर यी विदेशीले घुसाएका मुद्दाहरुले त साँच्चिकै सद्भाव पो बिथोल्न थाल्यो। वास्तविक सद्भाव त राजतन्त्रकै बेला पो रहेछ। अनि गणतन्त्र घोषणाको पल याद आउँछ उसलाई, अन्ततः घुमिफिरी गणतन्त्र पनि विदेशीकै चलखेल पो रहेछ त।
षडयन्त्र सिद्धान्तकारहरुको थि्रजी चश्मा अझै रहस्यमय बन्छ। अनि ती फर्किन्छन् उही अतीतको गौरवगानमा। जो/जो जे/जे जातका थिए, चूपचाप बसेका थिए। दलित, मधेसी सब चूपचाप गरिखाइरहेकै थिए। राजतन्त्रको छत्रछायाँमा बहुदलवादी राजनीति पनि हुर्किरहेकै थियो। जे/जे चीज परिवर्तन भएको ठानियो, सबै केवल भ्रम रहेछ। आखिर उही 'प्रभु' रहेछ एक। यसैबीच षडयन्त्रको सिद्धान्तकारलाई लाग्छ- सब बर्बाद भएछ।
समयको चाप
षडयन्त्र सिद्धान्तकारहरुलाई समयको चापले थिचिरहेको छ। भला रेग्मी सरकारको रचना एक अप्रिय स्थापना किन नहोस्, नयाँ निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरणको पटाक्षेप हुनेवाला छ। सामाजिक एवम् राजनीतिक सत्तामाथि आममानिसले दैनिक जीवनमार्फत् निरन्तर हस्तक्षेप गरिरहेको समय हो यो। यसको चापलाई षडयन्त्र सिद्धान्तकारले बुझ्न सक्दैन। यसैले उसको निरीह भविष्यवाणीमाथि अझ ठूला 'षडयन्त्रहरु' हुने देखिन्छ। न उसका निम्ति राजतन्त्रले पुरानो सामाजिक सद्भाव फर्काएर ल्याइदिनेवाला छ, न नयाँ 'राजा' स्थापना गर्ने कुलीनहरुको 'सदीक्षा' नै पशुपतिनाथले पूरा गरिदिनेछन्। यसर्थ समयको चापमा केवल शंकाहरुकै खेतीमात्र सप्रने देखिन्छ। तर फसलविहीन यो खेती स्याहारिरहन पनि कम्ता कठिन छैन।
नेपोलियन तृतीयले भनेझैं नयाँ समयको नयाँ विचारले नै नयाँ यथार्थको नेतृत्व गर्ने हो। हाम्रा षडयन्त्र सिद्धान्तकारको आत्मरतीकै निम्ति समय रोकिने छैन। बरु अधिकार र स्वाभिमानसहितको नयाँ सामाजिक सद्भावको रचना गर्न केही नयाँ काम गर्न बाँकी छ। संविधान सभाको नयाँ संस्करण गठन हुनासाथ एउटा नयाँ राजनीतिक दृश्य देखिनेछ। अनपढ तर सचेत मानिस फेरि पनि सडकमा बुट पालिस गर्दागर्दै संविधान सभामा आइपुग्नेछन्। पठित् सिद्धान्तकारलाई मन नपरे पनि आमजनताको आकांक्षासँग सिधै साक्षात्कार गरिरहेका तर मिडियामा अनुहार देखाउने फुर्सद नभएका सीमान्तकृत मान्छे नै हुनेछ नयाँ संविधानको रचनाकार।
समाजभित्रका कटु यथार्थबाटै अभियन्ता जन्मन्छन् र नयाँ विचारको पखेटा हालेर उडानमा निस्कन्छन्। विदेशीहरुले चासो राखिरहलान् तर तिनको चासोले हाम्रा यथार्थ बदल्दैनन्। न त नेपाली समाजका परिवर्तनका एजेण्डा नै विदेशीको चश्माले देख्न सक्छ। यसर्थ षडयन्त्र सिद्धान्तकारलाई लीलामय लागिरहेको राजनीतिभित्र केही लीला त छ, जो वर्तमान परिवर्नतको लहरसँगै हुर्किरहेको छ।