कांग्रेसजन त्रिवेणी तटमा महासमिति बैठक गर्दैछन्। विधानतः कांग्रेसलाई नीतिगत सुझाव दिने हैसियतको महासमिति बैठकले बिहीबारसम्म मुलुकको राजनीतिमा महत्व राख्ने संघीयता र शासकीय स्वरूप जस्ता मुद्दामा नीतिगत निर्णय गर्ने अपेक्षा गरिँदैछ।
यी दुई मुद्दामा प्रमुख राजनीतिक पार्टी विवादित र विभाजित भएकै कारण संविधान सभा विघटन भएको राजनीतिक विश्लेषणबीच कांग्रेसले लिने औपचारिक निर्णयले ठूलो अर्थ राख्छ। प्रशासकहरूको नेतृत्वमा सत्ता सुम्पिएर राजनीतिक पार्टीहरू नयाँ संविधान सभा निर्वाचनको प्रचारमा जुटिरहेका बेला कांग्रेसले पनि संघीयता र शासकीय स्वरूपमा धारणा बनाउन आवश्यक थियो।
महासमिति सदस्यले मुलुकको राजनीतिक आवश्यकता विश्लेषण गर्दै सुझाव दिनेछन्। सुशील कोइराला नेतृत्वको कांग्रेसले ती सुझाव कसरी ग्रहण र कार्यान्वयन गर्छ? हेर्न बाँकी छ। गुटमा विभाजित कांग्रेस नेतृत्वमा प्रत्येक मुद्दामा पक्ष/विपक्षमा बाँडिने परम्पराबीच महासमिति बैठकका म्यान्डेट कार्यान्वयनमा प्रशस्त चुनौती छन्। संविधान सभा विघटनपछि विकसित राजनीतिक माहौलमा पार्टीले अख्तियार गर्नुपर्ने नीतिबारे पार्टीमा व्यापक छलफल गर्दै धारणा बनाउने पक्षमा कोइराला छैनन्। प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सत्ता सुम्पने प्रमुख राजनीतिक दलहरूको गृहकार्यकै क्रममा केही केन्द्रीय सदस्यबाट महासमिति बैठकको माग उठ्यो। त्यो माग सम्बोधन गर्न संस्थापन पक्ष बाध्य भएको अवस्थाका आधारमा यो बैठकको आँकलन हुनुपर्छ । तीन महिनायताका घटनाक्रमले स्पष्ट गर्छ- कोइराला नेतृत्वको संस्थापन पक्ष परिस्थितिजन्य कारणबाट महासमिति बैठक बोलाउन बाध्य भएको हो। त्यसैले महासमिति बैठकले पास गरेका नीतिगत प्रस्तावबारे कांग्रेसको संस्थापन पक्ष कति इमानदार हुन्छ? संशय छन्।
महासमिति बैठककै क्रममा नेतृत्वले देखाएको रवैया र सदस्यका आलोचनाले कांग्रेसको वास्तविक तस्बिर जाहेर गर्छ। उद्घाटन सत्रमा कांग्रेस नेतृत्व संस्थापन, प्रतिपक्षी दुवैले खिलराज रेग्मीको प्रतिरक्षा गरे। नेताहरूले रेग्मी तानाशाह हुन नसक्ने, निरंकुश नहुने ठोकुवा गरे। स्पष्टीकरण दिए। उनीहरूले भनेजस्तै आश्वस्त भइहाल्ने स्थिति छैन। सेनाले बन्दुक तेर्स्याएर गर्ने शासनमात्र निरंकुश हुन्छ भन्ने होइन। लोकतान्त्रिक संस्कार, संविधान विधानमा लेखिएरमात्र हुँदैन, त्यसअनुसारको आचरण, प्रतिबद्धता र प्रचलनले लोकतन्त्र संस्थागत गर्ने हो। लोकतन्त्रको नाममा सीमित नेताहरूको मनोगत निर्णयबाट राज्य सञ्चालन हुने, आर्थिक सामाजिक जीवनमा सिण्डिकेट प्रणालीले घर गरेको नेपाली समाज अहिले प्रशासक राज्यसत्ताको अनुभव गर्दैछ। प्रशासक, जो आफैंमा नियन्त्रणमुखी/अधिनायकवादी चरित्रको हुन्छ, उसबाट लोकतन्त्रको प्रबर्द्धन र विकासको याचना गर्नुपर्ने अवस्थामा छन् गणतान्त्रिक लोकतन्त्रका जनता। तर विडम्बना, कांग्रेसका सुशील, शेरबहादुर र रामचन्द्र पौडेलहरू खिलराजलाई प्रधानमन्त्री बनाउने राजनीतिबारे स्पष्टीकरण दिँदैछन्। यसका पछाडि कारण छन्। अहिले भइरहेको महासमिति बैठक होइन, कांग्रेसले एक महिनाअघि केन्द्रीय समिति डाकेको थियो भने रेग्मी कार्यकारी हुने राजनीति शायद अघि बढ्ने थिएन।
कांग्रेसका अधिकांश केन्द्रीय सदस्य शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको जगमा टेकेर रेग्मीलाई कार्यकारी बनाउने राजनीतिको विरोधमा थिए। केन्द्रीय समितिको बैठकमा शीर्ष नेतृत्वको चाहना पूरा हुने थिएन, त्यसैले कांग्रेसले सुशील निवास महाराजगन्जमा अनौपचारिक बैठक बोलाएर खिलराज प्रकरणमा केन्द्रीय सदस्यलाई थामथुम पार्ने काम गर्दै आएको थियो। अहिले रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गर्नुपर्ने माग पनि उठेको छ। केही केन्द्रीय सदस्यले रेग्मीको राजीनामा चर्काए पनि महासमितिले औपचारिक निर्णय भने गर्ने छैन। कारण- महासमितिमा पेश भएको प्रतिवेदनमा ती जुझारु केन्द्रीय सदस्यको आग्रह सम्बोधित छैन। उपसभापति रामचन्द्र पौडेलले तयार गरेको प्रतिवेदन तथ्यगत राजनीतिक विश्लेषणभन्दा विवरणात्मक शास्त्र प्रतीत हुन्छ। प्रतिवेदनमाथि महासमिति सदस्य आक्रामक भएको अवस्था र अन्त्यमा प्रशस्त सम्पादन हुने संकेतले पार्टी नेतृत्व रक्षात्मक अवस्थाबाट गुजि्ररहेको देखिन्छ।
तर प्रतिवेदनमा राय बझाउन पाएको भन्दै गर्व गर्ने कांग्रेसजनले विगतका महासमिति बैठकहरूको आलोकमा यो बैठकलाई आत्मसात गर्न सक्नुपर्छ। विधान र कांग्रेस नीतिमा ओजस्वी महत्व रहेको महासमिति बैठक २०६४ असोजपछि पहिलो पटक बसेको हो। विभाजित अवस्थामा रहेका कांग्रेस र कांग्रेस प्रजातान्त्रिकको एकता महाधिवेशनको नाममा भएको महासमिति बैठकले त्यसबेला गणतन्त्रको प्रस्ताव पास गरेको थियो। धेरै कांग्रेसजनले हेक्का राखेको हुनुपर्छ, त्यसबेलाको पेचिलो राजनीतिक तरलतामा सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकीकरण महासमिति बोलाएका थिए। त्यसै बैठकमा प्रजातान्त्रिक कांग्रेससँग एकीकरण भयो र एकीकृत कांग्रेसले गणतन्त्र पास गर्योत। त्यही बैठकबाट कांग्रेसका जीवित एकमात्र संस्थापक नेता कृष्णप्रसाद भट्टराईले कांग्रेस त्यागको घोषणा गरेका थिए।
किन एकीकरण महासमिति बोलाएका थिए गिरिजाले? शान्ति प्रक्रियामा आएको माओवादी पुनर्स्थापित संसदमा कांग्रेसले गणतन्त्रको प्रस्ताव पास नगरेमा कोइरालाको विकल्प खोज्ने राजनीति गरिराखेको थियो। कांग्रेसले गणतन्त्र अनुमोदन गर्नुपर्छ भन्दै दबाब दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकैसाथ प्रजातान्त्रिक अध्यक्ष शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर पनि गरिराखेका थिए। प्रजातान्त्रिकले औपचारिकरूपमा गणतन्त्रको बाटो अख्तियार गरिसकको पृष्ठभूमिमा कांग्रेसबाट संविधान सभा निर्वाचनअघि नै गणतन्त्र अनुमोदन सहज थिएन। कांग्रेसका केबी गुरूङ, गोविन्दराज जोशीलगायत्को प्रभावशाली समूह हतारमा गणतन्त्र अनुमोदन गर्नुहुँदैन भन्ने अडानमा थिए। त्यस महासमितिका परिघटना केलाउँदा गिरिजाप्रसादले प्रजातान्त्रिकसँग एकीकरणको लचिलो हात बढाएर गणतन्त्र पासमात्र गराएनन्, उनी प्रधानमन्त्रीको जागिर जोगाउन पनि सफल भएका थिए। अहिलेको कांग्रेस पनि बैठकलाई आफ्नो हितमा प्रयोग गर्न पछि पर्ने छैन। महासमिति सदस्यहरूले खासमा अहिले कांग्रेसलाई के आवश्यक छ भन्ने मुद्दाको छिनोफानो गर्न सक्नुपर्छ र त्यसैअनुसार पार्टी सञ्चालन हुने वातावरण पनि ।
अघिल्लो महासमितिबाट गणतन्त्र अनुमोदन गरेको कांग्रेसले यो महासमितिबाट संघीयता र शासकीय स्वरूप जस्ता राष्ट्रिय राजनीतिका पेचिला मुद्दामा धारणा स्पष्ट गर्नेछ। प्रतिनिधिमूलक राजनीतिक व्यवस्था र सबै जातजाति, समुदाय, भाषा र संस्कृतीको पहिचान प्रकट हुने संघीयताको खाका महासमितिले अनुमोदन गर्ने संकेत छ। तराईमा ३ प्रदेश र पहाडमा ४ गरी ७ प्रदेश वा तराईमा ५ र पहाडमा ८ गरी १३ प्रदेशको अवधारणमा बहस गर्दै कांग्रेसजन एउटा टुंगोमा पुग्नेछन्। टुंगोमा पुग्नु ठूलो कुरा होइन, कांग्रेसले आफू संघीयताको पक्षपाती हुँ भन्दै आफ्नो खाका जनतामाझ पस्कन उत्तिकै आवश्यक छ। महासमिति बैठक सकेर शीर्ष नेता काठमाडौं फर्कनुको साटो नवलपरासीबाटै संघीयताको आफ्नो खाका लिएर पूर्व-पश्चिम अभियानमा निस्कनु कांग्रेसको हितमा हुन जान्छ। नवलपरासीको दाउन्ने नेपालको पूर्व-पश्चिम छिचोल्ने लोकराजमार्गको मध्यविन्दु पनि हो। त्यहीँबाट पूर्व-पश्चिम अभियानमा नेताहरू सक्रिय हुन सकेको अवस्थामा अघिल्लो संविधान सभा निर्वाचनमा ठूलो क्षति बेहोरेको तराईमा कांग्रेसले आंशिक भए पनि लाभ उठाउन सक्छ। कांग्रेसको बलियो किल्ला सम्हाल्नु समयको आवश्यकता पनि हो।