कुनै पनि देशमा विज्ञानको उचित प्रबर्द्धनका लागि त्यस देशका जनताको सहयोग र समर्थन आवश्यक पर्छ। विकासशील देशमा विज्ञान प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याएका नोबेल पुरस्कार विजेता भौतिकशास्त्री अब्दुस सलामका अनुसार कुनै पनि राष्ट्रमा विज्ञान प्रविधिको विकास, प्रबर्द्धन र प्रयोगमा समाजका विशेषगरी पाँच समुदायको सहयोग र प्रतिबद्धता अनिवार्य हुन्छ। ती हुन्- राजनीतिज्ञ, नीतिनिर्माता, उद्यमी, बुद्धिजीवी र अन्तमा वैज्ञानिक तथा प्राविधिज्ञ।
देशको शासन गर्ने राजनीतिज्ञले राज्यको प्राथमिकता निर्धारण गर्छन्। नीतिनिर्माता तथा योजनाकारले राजनीतिज्ञलाई सल्लाह र सुझाव दिन्छन्। उद्यमीसंग व्यवस्थापकीय सीप र पुँजी हुन्छन् भने बुद्धिजीवी तथा शिक्षित वर्गले विज्ञान प्रविधिको औचित्यबारे सर्वसाधारणलाई शिक्षित गर्न सहयोग पुर्याजउँछन्। समाजका यी प्रभावशाली समूहबाट सहयोग र समर्थन प्राप्त भएमात्र वैज्ञानिक तथा प्राविधिज्ञले देशमा विज्ञान प्रविधिको विकासमा प्रभावकारी योगदान पुर्या उन सक्छन्।
विकसित तथा कतिपय विकासशील मुलुकमा उच्च राजनीतिज्ञ र वैज्ञानिकबीच घनिष्ट सम्बन्ध हुन्छ। उनीहरूबीच नियमित सम्पर्क र सम्वाद हुने गर्छन्। ती देशका राजनीतिज्ञले देश विकासको योजना तयार पार्दा वैज्ञानिकको राय/सल्लाह लिने गर्छन्। तर नेपालमा यस्तो परिपाटी विकास हुन सकेको छैन। यसो हुनुको एक प्रमुख कारण हो- राजनीतिज्ञमा देश विकासमा विज्ञान प्रविधिको महत्वबारे पर्याप्त ज्ञान अभाव।
देश विकासमा विज्ञान प्रविधको महत्व बुझेर विकसित तथा कतिपय विकाशील देशका सरकार प्रमुखले आफ्नो देशका प्रतिष्ठित वैज्ञानिकलाई सल्लाहकारमा नियुक्त गरेका हुन्छन्। ती देशका सरकार प्रमुखले औपचारिक विदेश भ्रमण गर्दा विज्ञान प्रविधि दुई देशबीच सहकार्यको महत्वपूर्ण एजेण्डा बनेका हुन्छन् र भ्रमण टोलीमा वैज्ञानिक सल्लाहकारको उपस्थिति हुने गर्छ। नेपालमा प्रधानमन्त्रीले विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नेगरी दर्जनौँ सल्लाहकार नियुक्त गर्दा पनि वैज्ञानिक सल्लाहकारको आवश्यकता महसुस गर्दैनन् र सरकार प्रमुखको विदेश भ्रमणमा विज्ञान प्रविधि कहिल्यै एजेण्डा बनेका हुँदैनन्। भ्रमण गरिने मित्रराष्ट्रले अनुरोध गर्दा पनि हाम्रो सरकारले सरकार प्रमुखको विदेश भ्रमणको एजेण्डामा विज्ञान प्रविधि क्षेत्र समावेश गर्न गम्भीरता नदेखाएको अनुभव यस पंक्तिकार स्वयंले गरेको छ।
केही वर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फ्रान्स भ्रमणताका फ्रान्सेली राजदूतले नेपाल र फ्रान्सबीच विज्ञान प्रविधिको क्षेत्रमा सहकार्य बढाउन इच्छा व्यक्त गरेका थिए। त्यतिबेला पंक्तिकार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टको उपकुलपति थिए। फ्रान्सेली राजदूतले पंक्तिकारकै उपस्थितिमा प्रधानमन्त्रीका स्वकीय सचिवलाई यसबारे प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउन आग्रह गरेका थिए र प्रधानमन्त्रीको भ्रमण टोलीमा वैज्ञानिकको प्रतिनिधिका रूपमा पंक्तिकारलाई पनि समावेश गर्न अनुरोध गरेका थिए।
राजदूत स्वयंले पंक्तिकारलाई बताएअनुसार उनले यसबारे प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पनि कुरा गरेका थिए र राजदूतको प्रस्तावप्रति प्रधानमन्त्री सकारात्मक थिए। तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणका बेल्ाा दुई सरकारबीच छलफल हुने एजेण्डा तयार पार्दा त्यसमा विज्ञान प्रविधि विषय समावेश गरिएन र भ्रमण टोलीमा पंक्तिकारलाई समावेश गरिएन। यसबाट हाम्रा प्रशासक तथा नीतिनिर्माता विज्ञान प्रविधिप्रति उदासीन रहेको स्पष्ट हुन्छ। प्रधानमन्त्रीको भ्रमण सम्पन्न भएको केही महिनापछि पंक्तिकारले फ्रान्सको भ्रमण गरी त्यहाँका प्रतिष्ठित अनुसन्धान संस्था आइएनआरए, इनरा र नास्टबीच औपचारिक सम्झौता गरी दुई संस्थाबीच वैज्ञानिक सहकार्य थालनी गरेको थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फ्रान्स भमणको बेला प्रधानमन्त्रीकै तहमा दुई देशबीच वैज्ञानिक सहकार्य गर्नेबारे सम्झौता भएको भए नेपाल र फ्रान्सबीचको वैज्ञानिक सहकार्य अझ व्यापक हुने थियो र त्यसबाट नेपाल बढी लाभान्वित हुने थियो।
हाम्रो देशका अधिकांश राजनीतिज्ञ तथा योजनाकार विज्ञानलाई अनुत्पादक क्षेत्र ठान्छन् र यस क्षेत्रमा लगानी गर्नु देशको सीमित आर्थिक स्रोतको अनुचित उपयोग गर्नु ठान्छन्। उनीहरू विज्ञान प्रविधिजस्तो लगानीको फल प्राप्त गर्न धेरै समय लाग्ने क्षेत्रमा भन्दा लगानीको फल तुरुन्त प्राप्त हुने विकास योजनालाई प्राथमिकता दिन चाहन्छन्। हाम्रा राजनीतिज्ञ विज्ञान प्रविधिको विकासमा कति उदासीन छन् भन्ने प्रमाण तिनका दलले चुनावको बेला सार्वजनिक गर्ने गरेका अवधारणापत्र (मानिफेस्तो)बाट पनि स्पस्ट हुन्छन्। उदाहरणका लागि २०४६ को आन्दोलनपछि सम्पन्न पहिलो संसदीय चुनावमा भाग लिएका ४२ राजनीतिक दलमध्ये चार दलले मात्र आफ्नो अवधारणापत्रमा विज्ञान प्रविधिको विकासबारे उल्लेख गरेका थिए। यसैगरी पछिल्लो संविधान सभामा भाग लिएका दुई दर्जनभन्दा बढी दलमध्ये दुई दलले मात्र आफ्नो अवधारणापत्रमा विज्ञान प्रविधिको विषय उल्लेख गरेका थिए। यस पंक्तिकारको अनुभवमा देश विकासमा विज्ञान प्रविधिको महत्व बुझेका केही राजनीतिज्ञ नभएका होइनन्। तर उनीरूले पनि आफ्नो दलको नीति तथा कार्यक्रममा विज्ञान प्रविधिलाई प्राथमिकताको सूचीमा समावेश गर्न पर्याप्त प्रयास गरेको देखिएन वा प्रयास गर्दा पनि सफल भएन।
राजनीतिज्ञजस्तै हाम्रा योजनाकार पनि विज्ञान प्रविधिको विकासप्रति त्यति संवेदनशील देखिँदैनन्। उदाहरणका लागि देशमा सन् १९५६ मा पहिलो पञ्चवर्षीय योजनाको आरम्भ भएको थियो। तर करिब ३० वर्षपछि छैटौँ पञ्चवर्षीय योजना (सन् १९८०-१९८५) मा मात्र पहिलोपल्ट विज्ञान प्रविधि उल्लेख गरिएको थियो। तत्पश्चात् हरेक पञ्चवर्षीय योजनामा विज्ञान प्रविधिका केही कार्यक्रम समावेश गर्ने गरिन्छ। तर, अधिकांश ती कार्यक्रम कार्यान्वयन हँुँदैनन् र कागजमा मात्रै सीमित रहन्छन्। विज्ञान प्रविधिको विकासका लागि राष्ट्रले आर्थिक लगानीमा उल्लेखनीय वृद्धि गर्नुपर्ने आवाज वैज्ञानिक समुदायबाट दशकौँदेखि उठाउँदै आए पनि त्यसको प्रभाव नीतिनिर्माता र योजनाकारमा आजसम्म परेको छैन।
विकसित देशमा विज्ञान प्रविधिको विकासमा उद्यमीको पनि उल्लेखनीय भूमिका हुन्छ। उनीहरूसँग औद्योगिक अनुसन्धानका लागि आवश्यक व्यवस्थापकीय सीप र पुँजी हुन्छन्। विकसित देशमा वैज्ञानिक अनुसन्धानको ४०/५० प्रतिशतसम्म निजी क्षेत्रको आर्थिक लगानीमा सम्पन्न हुने गर्छन्। औद्योगिक अनुसन्धानकै मद्दतले जापान, दक्षिण कोरिया, चीन, भारत, ब्राजिल आदिजस्ता कुनै बेला प्रविधि आयात गर्ने कतिपय मुलुकमा आज विज्ञान प्रविधिको ठूलो विकास भएको छ र ती देशको आर्थिक स्तरमा उल्लेखनीय वृद्धि भएको छ। आज यी देशले आफूले विकास गरेका प्रविधि र औद्योगिक वस्तु विश्वका विकसित देशमा समेत निर्यात गर्ने गर्छन्। तर नेपाली उद्यमीहरू आयात गरिएको प्रविधिमा मात्र निर्भर हुने गरेका छन्। उनीहरू वैज्ञानिक अनुसन्धानमार्फत् स्वदेशमै नयाँ प्रविधि विकास गर्ने आवश्यकता महसुस गर्दैनन्। यस्तै सोचका कारण नेपालमा उद्यमीबाट प्रविधिको विकासमा कुनै योगदान पुगेका छैनन्।
आमजनतामा वैज्ञानिक चेतना र सोच विकास गरी समाजको आमूल परिवर्तन गर्नमा सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको ठूलो भूमिका रहन्छ। आमजनतामा वैज्ञानिक चेतनाको अभिवृद्धि हुनसके मात्र तिनीहरूले आफ्नो दैनिक जीवनमा विज्ञान प्रविधिको महत्व आत्मसात गर्न सक्छन् र राज्य सञ्चालकलाई देश विकासमा विज्ञान प्रविधिको विकासलाई राष्ट्रिय योजनाको प्राथमिकता सूचीमा पार्न प्रभाव पार्न सक्छन्। तर अधिकांश हाम्रा बुद्धिजीवी आफैंमा वैज्ञानिक चेतना र सोचको अभाव विद्यमान छ।
दुई दशकमा हाम्रो देशमा सञ्चार क्षेत्रमा अभूतपूर्व विकास भएको छ। दर्जनभन्दा बढी टेलिभिजन च्यानल खुलेका छन्। देशका विभिन्न भागबाट सयौँ पत्रपत्रिका प्रकाशित हुने गरेका छन्। रेडियो प्रशारण देशको हरेक कुना/काप्चामा पुगेको छ। तर आजको वैज्ञानिक युगमा पनि सञ्चारका यी विभिन्न माध्यमबाट प्रशारण हुने सामग्रीमध्ये विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्रीको अंश नगण्य छ। केही प्राकृतिक दुर्घटना वा विपत्तिको बेला ती घटनालाई व्याख्या गर्नबाहेक अरू समयमा सञ्चार माध्यमले वैज्ञानिकको सोच र विचारलाई स्थान दिँदैनन्। 'नागरिक' दैनिक शायद एकमात्र नेपालको लोकप्रिय दैनिक हो, जसमा विज्ञानसँग सम्बन्धित स्तम्भ नियमित प्रकाशित हुने गरेको छ। कतिपय सञ्चार माध्यमले उल्टो अन्धविश्वासलाई बढावा दिएको पाइन्छ। उदाहरणका लागि केही टेलिभिजन च्यानलले तन्त्र-मन्त्र गरी बिरामीको सफल उपचार गर्ने र मानिसको नाम र जन्म तिथिका भरमा उनीहरूको सही भविष्यवाणी गर्नसक्ने दाबी गर्ने व्यक्तिहरूको विज्ञापन वा कार्यक्रमसमेत प्रशारण गरेको पाइन्छ। व्यापारिक दृष्टिकोणले मनासिव देखिए पनि यस्ता विज्ञापन वा कार्यक्रम सञ्चार माध्यमको सामाजिक उत्तरदायित्वको दृष्टिकोणले मनासिव मान्न सकिन्न।
नेपालमा वैज्ञानिक समुदायले पनि आमजनतालाई विज्ञान प्रविधिको महत्वबारे सुसूचित गर्ने पर्याप्त प्रयास गरेको पाइँदैन। हाम्रो देशमा राजनीतिक, धार्मिक, एवं आध्यात्मिक आदि विषयमा समय-समयमा प्रवचन आयोजना गर्ने गरिन्छ र यस्ता कार्यक्रममा आमजनताको ठूलो सहभागिता हुने गर्छ। तर देशका वैज्ञानिक तथा प्राविधिज्ञले विज्ञान प्रविधिको महत्वबारे सार्वजनिक व्याख्यान दिएको उदाहरण विरलै सुन्न पाइन्छ। यस्ता व्याख्यान दिन वैज्ञानिकहरू इच्छुक भए पनि व्याख्यान कार्यक्रम आयोजना गर्ने संस्थाको अभाव छ। यसले गर्दा वैज्ञानिक र आमजनताबीच सत्संग हुन पाएका हँुदैनन्।
यिनै विभिन्न कारणले गर्दा आज विश्वमा विज्ञान प्रविधिले यत्रो विकास गरिसक्दा पनि हाम्रो देशका कतिपय विकट ठाउँमा आधुनिक विज्ञान र प्रविधिले प्रवेशसम्म पनि पाएका छैनन्। आधुनिक प्रविधि पुगेको कतिपय गाउँ/ठाउँमा पनि जनतामा अन्धविश्वास व्याप्त छ। उदाहरणका लागि केही समयअघि प्रकाशित एक समाचारअनुसार सिन्धुपाल्चोकको एक गाउँमा कसैले शहरमा बस्ने आफ्नो नातेदारले पठाइदिएको मोबाइल फोनको पहिलोपल्ट प्रयोग गर्नुअघि कुखुराको भाले बली दिएर मोबाइल फोनको पूजा गरेका थिए।
यसरी देशमा विज्ञान प्रविधिको समग्र विकासका लागि राजनीतिज्ञ, योजनाकार, उद्यमी, सञ्चारकर्मी, बुद्धिजीवी र वैज्ञानिकको संयुक्त प्रयासको आवश्यकता परे पनि ती समुदायबाट पर्याप्त प्रयास भएको पाइँदैन। ती समुदायबीच नियमित अन्तरक्रिया र सम्वादका लागि आवश्यक संयन्त्र र प्रक्रिया पनि देशमा अहिलेसम्म निर्माण हुन सकेको छैन। यस्तो प्रभावकारी संयन्त्रको निर्माण नभएसम्म देशमा विज्ञान प्रविधिको उचित विकास हुन कठिन छ। वैज्ञानिक समुदाय तथा विज्ञान तथा प्रविधिसँग सम्बन्धित राष्ट्रिय स्तरको निकायले यस प्रकारको संयन्त्र निर्माण गर्नेतर्फ आवश्यक पहल गर्नु जरुरी छ।