'यसलाई त सबै मिलेर तह लगाउनैपर्छ नत्र भने गाउँमा अप्ठेरो पर्छ, धेरैलाई अप्ठेरो पारिसकी यसले।' गाउँकै एक जना प्रौढ व्यक्तिको कुरा सुनेपछि मलाई अचम्म लागेर आएको थियो। ती प्रौढ व्यक्ति मात्र नभई धेरैको विचार ती महिलाप्रति त्यस्तै थियो। ती महिला बोक्सी भएको धारणा सबैको थियो। सबैले उनलाई घृणा गर्थे। दुई चार जना जम्मा भएको बेला उनै महिलाबारे कुरा हुने गर्थ्यो। सबैको धारणा तिनलाई तह लगाउनैपर्छ भन्ने थियो। म भने निकै द्विविधामा थिएँ। मेरो किशोर मस्तिष्कले बोक्सी जस्ता कुरामा विश्वास गर्दैन थियो। तर मनमा भने नजानिँदो किसिमको संकोच ती महिलाप्रति उत्पन्न भएको थियो।
चार जनाको परिवार थियो ती महिलाको। श्रीमान्, आफू र दुई साना छोरा। परिवार निकै गरिब! लगभग २५ वर्षअघिको कुरा थियो त्यो। देशमा निरंकुश पञ्चायती व्यवस्था थियो। २५ वर्षपछिको स्थिति हेर्ने हो भने विशेषगरी राजीतिकरूपमा धेरै परिवर्तन भइसकेको छ। मुलुकमा बहुदलीय प्रजातन्त्र हँुदै अहिले लोकतान्त्रिक गणतन्त्र आइसकेको छ। वास्तवमै राजनीतिकरूपमा नेपाली जनता निकै सचेत भइसकेका छन्। अधिकारबारे जनता निकै सचेत भइसकेका छन्। पछिल्ला समयमा विशेषगरी पहिलो संविधान सभाको निर्वाचन र त्यसको अवसानसम्म भए/गरिएका बन्द र हड्तालमध्यै धेरैजसो संविधानमा हक अधिकार सुनिश्चितताका लागि गरिएका थिए। तर सामाजिक स्थिति हेर्ने हो भने खासै परिवर्तन भएको छैन। अहिले पनि गाउँघर मात्र होइन, शहरमा समेत 'बोक्सी' मा विश्वास गर्ने धेरै छन्।
पछिल्लो घटना हेर्ने हो भने पनि चैत २३ गतेमात्र कैलालीको बेलादेवीपुर-८ मा एक वृद्धाले बोक्सीको आरोपमा अमानवीय यातना भोग्नुपरेको छ। उनीप्रति गरिएको दुर्व्यवहारबारे पढ्दासमेत मुटु काम्छ। यातनाको चरम सीमा आफ्नै नातेदारबाट ती महिलाले भोग्नुपरेको थियो। सरकारले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनेबित्तिकै ती महिलामाथि 'कुरा मिलाउन' दबाब बढ्दै गयो। अर्थात् राजनीतिकरूपमा जतिसुकै ठूलो छलाङ मारेको भए पनि सामाजिक स्थिति भने उस्तै रहेछ, पञ्चायतकाल जस्तै। पहिला गरिब दुःखीलाई यातना दिने, अनि पछि 'कुरा मिलाउन' दबाब दिने।
राजनीतिक निरंकुशतालाई त हामीले पराजित गरिसकेका छौँ तर सामाजिक निरंकुशता भने अझ पनि व्याप्त रहेछ। हाम्रो सोचमा आएको परिवर्तनले राजनीतिक परिधि नाघे पनि सामाजसम्म भने पुग्न सकेको रहेनछ। राजकुमारी रानामाथि भएको त्यो अमानवीय व्यवहार एक्लो भने होइन। त्यसको दुई चार दिनअघि नै बोक्सोको आरोपमा नेपालमै पूर्व गाविस अध्यक्ष र उपाध्यक्षलाई यस्तै किसिमको यातना दिइएको थियो। त्यतिबेला यातना दिनेमा अहेव जस्ता शिक्षित व्यक्तिसमेत थिए।
यस किसिमका घटनाबारे पढ्दा, सुन्दा र देख्दा एउटा प्रश्न उठ्ने गरेको छ- राजनीतिमा आएको यो परिवर्तन साँच्चै जनताको सकारात्मक सोचको परिणाम थियो वा क्षणिक उन्मादमा गरिएको निर्णय? किनभने निरंकुश पञ्चायतबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपुर्यािएको राजनीतिक सचेतताले सामाजिक कुरुतिमा असरै पार्न नसक्नु आफंैमा अनौठो हो। हामी आज विकासको कुरा गछर्ौं। तर त्यो विकास मुलुक गणतन्त्र हँुदैमा मात्र हुने होइन। त्यसका लागि हाम्रो समाज पनि अगाडि बढ्न तयार हुनुपर्छ। वास्तविकता त के हो भने राजनीतिकरूपमा हामी जति अगाडि बढे पनि सामाजिक स्थिति भने उस्तै रहेछ। जंगली युगको जस्तो, जहाँ बलियाले निर्धामाथि विभिन्न अरोपमा यातना दिने गर्छन्।
अनौठो कुरा त विकासका लागि निस्कने आवाज गाउँघरमा हुने सामाजिक अन्यायविरुद्ध भने अझ पनि मौन छन्।
आफ्ना नेताको राजनीतिक स्वार्थका लागि कार्यकर्तालाई देश नै ठप्प पार्नेगरी हड्ताल गर्न निर्देशन दिने राजनीतिकर्मीहरू समाजमा त्यत्रो अमानवीय कार्य हँुदा पनि किन चुक्कसमेत बोल्न सक्दैनन्? सम्भवतः उनीहरूलाई डर छ, समाज साँच्चै नै अगाडि बढेको खण्डमा उनीहरूको राजनीतिक व्यापार पछाडि पर्नेछ। अहिले अग्रगामी छलाङको कुरा गरिँदैछ। त्यो केका लागि र कुनरूपमा? के राजनीतिकरूपमा मात्र अग्रगामी छलाङ मारेर मुलुकको विकास होला त? अनि जनता के साँच्चै नै सार्वभौम भएका हुन त? यदि हुन भने विनाकुनै कसुरमा अमानवीय यातना भोगिरहेका ती के जनता होइनन्? खोई त उनीहरू सार्वभौम भएको? खाई कहाँ छ ती निरीह गरिबका अधिकार?
समाजलाई जड राखेर राजनीति जति अगाडि बढे पनि मुलुकको विकास हुनेवाला छैन। यसबाट केही नेता/कार्यकर्ताको पहँुच गाउँमा खरले छाएको घरबाट राजधानीको महलसम्म पुर्यााउला तर आमजनताले भने राजकुमारी रानाको नियति भोग्नुपर्नेछ, परिरहेछ। विकासका लागि राजनीतिक सोचमा सकारात्मक परिवर्तन आउन जरुरी छ तर त्यो समाजबाट अलग भएर आएमा एउटा पांग्रामा गुड्ने गाडी जस्तै हुन पुग्नेछ। राजनीतिमा आउने हरेक सकारात्मक परिवर्तनले समाजलाई पनि जोड्न जरुरी हुन्छ। अन्यथा मुलुकको वास्तविक विकास सम्भव छैन।
गाउँघरमा कसैको मृत्यु भएको खण्डमा त्यसको दोष कुनै गरिब निरीह महिलामाथि जाने गर्थ्यो। र, उनलाई याताना दिन गाउँका भद्रभलाद्मीसमेत तयार हुन्थे। यदि कुनै महिलासँग साँच्चै त्यत्रो शक्ति हुन्थ्यो भने पहिला उनले आफ्नो आर्थिक स्थिति सुधार गर्ने थिइन्। अनि साँच्चै शक्तिशाली भए उनलाई कसैले पनि यातना दिन नसक्नुपर्ने हो। यो सबैले बुझेका छन्। तर पनि व्यक्तिगत रिसइवी साँध्नकै लागि समाजमा व्याप्त अन्धविश्वासको सहारा लिएर यस्ता घटना गराइँदै आएको छ।
राजकुमारी रानाहरू साँच्चै शक्तिशाली भए शक्तिको पछाडि लाग्ने संस्कृति भएको हाम्रो समाजले उनीहरूलाई पुज्ने थियो। अनि राजनीतिक दल पनि उनकै पछि लाग्ने थिए। तर गरिब र बेसहारा भएकै कारण राजकुमारीहरू अहिले आफ्नै समाजभित्र आफ्नै नातेदारबाट प्रताडित छन्। जंगली युगसँग समेत तुलना हुन नसक्ने किसिमको यातना भोगिरहेका ती निरीहहरूको रक्षाको जिम्मेवारी सरकारको हो। कैलालीको घटनामा दोषीलाई कडाभन्दा कडा कारबाहीको दायराभित्र ल्याएर भविष्यमा यस किसिमको घटना नदोहोर्यााउने सुनिश्चितता गरिनुपर्छ। ताकि यस्ता घटना समाचारमा मात्र सीमित नहोस्।