अनुहारमा नेपालको झण्डा पेन्ट गराएर आएका दुई क्रिकेटप्रेमी मित्र पवन र जानकीशरण हुटिङ गर्दै सुस्ताउँदै दर्शकदीर्घामा बसेका थिए। कीर्तिपुर क्रिकेट मैदानको दर्शकदीर्घा खचाखच भरिएको थियो। दृश्य बुधबारको हो। एसिसी ट्वेन्टी-२० कप फाइनलमा नेपाल र अफगानिस्तानबीच भिडन्त भइरहेको थियो। पहिलो इनिङको पावर प्लेमै नेपालमाथि अफगानिस्तान भारी परिसकेको हुनाले दर्शक स्तब्ध देखिन्थे। पंक्तिकार पेभिलियन नजिकैको खुल्ला टेन्ट अघिल्तिर थियो र त्यहाँबाट खेल मैदान नजिकै थियो। क्रिकेट मैदान स्टेडियमका रूपमा विकास नभइसकेको हुनाले अधिकांश दर्शक घाममा सेकिएर खेल हेरिरहेका थिए। दर्शकदीर्घामा केही खुला टेन्ट राखिएका थिए र अस्थायीरूपमा मैदानलाई टिनका पाताले घेरिएको थियो। हेर्दाहेर्दै दर्शकको भीडले बाहिरैबाट टिनको घेराबार भत्कायो र हुरुरुरु मान्छे ओइरिएको दृश्य देखियो। प्रतिस्पर्धात्मक खेल अघि बढिरहँदा केही यस्ता दृश्य र संवादहरुको सामना गर्नुपर्यो कि हाम्रो समाजको सांस्कृतिक स्तरबारे मगजमा अनेक प्रश्न उठ्न थाले।
संयोग यस्तो कि क्रिकेट मैदान त्रिभुवन विश्वविद्यालय परिसरभित्र पर्छ। यो विश्वविद्यालय इतिहासको खास्टो ओढेर सुतेको धेरै भइसक्यो। न यसलाई खास्टो पुरानो भइसकेको हेक्का छ, न रात बितिसकेको नै थाहा छ। केही दिनअघि यही विश्वविद्यालयको बायो टेक्नोलोजी विभागका प्राध्यापक गिरिराज त्रिपाठीसँग गफिने अवसर मिल्यो। जेनेटिक इन्जिनियरिङमा पिएचडी गरेका यी वैज्ञानिक आफ्नो प्रयोगशालामा घण्टौं बिताउँछन् भन्ने सुनिएको थियो। जेनेटिक मोडिफिकेसन गरेर आइरन र भिटामिन बी प्रशस्त दिनसक्ने एक जातको धान सफल परीक्षण गरिसकेका त्रिपाठी अरु धेरै प्रकारका अनुसन्धानमा सामेल छन्। राज्यसत्तामा भइरहेको राजनीतिक परीक्षणबारे यथेष्ट चासो राख्ने यी वैज्ञानिकलाई नेपाली समाजले भोगिरहेको बौद्धिक गतिहीनताले सबैभन्दा धेरै पिरोलेको रहेछ।
संसारभर विश्वविद्यालय अध्ययन/अनुसन्धानका केन्द्र बनेका हुन्छन्। भौतिक, रासायनिक, जैविकलगायत्का शुद्ध विज्ञानका अनुसन्धानमात्र होइन, समाज विज्ञानका अनेक अनुसन्धान विश्वविद्यालयमै हुन्छन्। अनि ती अनुसन्धानबाट प्राप्त निष्कर्षलाई राज्यले नीति निर्माण गर्ने बेला प्रयोग गर्छन्। समाज कहाँ आइपुगेको छ र कुन बाटो पक्रेर कता जाँदैछ भन्नेबारे स्पष्ट जानकारी नभई समाजलाई न त नेतृत्व गर्न सकिन्छ, न सचेत ढंगले सामाजिक जीवन जिउन नै सकिन्छ। तर हामी अन्धकारमै हुन्छौं र अन्धकारमै निकालिएका निष्कर्षहरुसँग जुध्न बाध्य हुन्छौं। हाम्रो बौद्धिक संकट यहीँबाट सुरु हुन्छ र त्यही संकटले राजनीतिक, प्रशासनिक, कूटनीतिकलगायत्का संकट निम्त्याउँदै लैजान्छ।
त्रिपाठीको तीतो अनुभवले भन्छ- आजकल विद्यार्थी विद्यार्थीजस्ता छैनन्। पाठ्यक्रममा राखिएका पुस्तक पढ्ने विद्यार्थी मुस्किलले भेटिन्छन्। गाइडबुक पढेकै भरमा स्नातकोत्तरको सर्टिफिकेट हासिल गर्ने 'विद्वत् वर्ग' निर्णायक हुँदै गएका छन्। थेसिस अर्थात् अनुसन्धान कृति बिक्रीमा उपलब्ध छ। अनुसन्धान गर्ने लेठो कसले गरिरहने? एसएलसी परीक्षामा चिट चोराउन खुब मेहनत गर्ने अभिभावकदेखि रातभर चिट लेख्ने विद्यार्थीसम्म हाम्रो समाजका मानक हुन थालेका छन्। रेडिमेड नोट लेखाउने शिक्षकदेखि कहिल्यै नयाँ ज्ञानसँग अपडेट नहुने प्राध्यापकसम्म खुब व्यस्त छन्। शिक्षकदेखि विद्यार्थीसम्म सबैको सपना युरोप अमेरिका पुगेर 'बर्गर बेच्ने' वा अन्य 'रोजगारदाता' मुलुकको पाल्सी नागरिक बन्ने चाहनाको बादलले ढाकिएको छ।
त्रिविकै अंग्रेजी विभागअन्तर्गत एमफिल कार्यक्रमका संयोजक अनिरुद्र थापा यस्तै अनुभवबाट आजित छन्। एउटै साँचोबाट निकालिएजस्तो लाग्ने थेसिसहरुको चाङ देखेर दिक्क भएका थापाले अंग्रेजी विभागमा थेसिस लेख्ने नयाँ मानक स्थापना गर्न खोजे। परिचय खण्ड लेखिनसक्दै निष्कर्ष सहजै थाहा हुने थेसिस वास्तवमा थेसिस नै होइन भन्ने थापाको मान्यता छ। सिद्धान्ततः कसैलाई अस्वीकार्य नहुने थापाको प्रस्ताव हो, हरेक थेसिसले केही नयाँ चीजको खोजी गर्नुपर्छ र त्यसका लागि थेसिस लेखिने पद्धति नै बदल्नुपर्छ। अंग्रेजी विभागमा अहिले एक हदसम्म यस्तो प्रयोग भइरहेको छ। तर मूलतः थापा सर लोकप्रिय छैनन्। न विद्यार्थी, न त अरु धेरैजसो प्राध्यापक नै उनको मान्यतासँग सन्तुष्ट छन्। स्रोतसाधनको समस्या आफ्नो ठाउँमा छ तर मूलभूतरूपमा हाम्रो बौद्धिक अभ्यास कति बोधो र कर्मकाण्डी हुँदै गएको छ भन्नेतर्फ यसले संकेत गर्छ।
सर्टिफिकेट हातमा भएका तर मस्तिष्कमा नभएका 'विद्वत् वर्ग' यही अनुपातमा बढ्दै जाने हो भने १० वर्षपछि यो मुलुक 'बौद्धिक बैंकरप्सी' को डरलाग्दो खाडलमा जाकिने त्रिपाठीको निष्कर्ष छ। अध्ययनलाई केवल सीमित किताब घोक्ने कला ठान्ने र अनुसन्धानलाई केवल एनजिओमार्का पैसा असुल्ने कलाका रूपमा अभ्यास गर्ने प्रवृत्ति यति भयङ्कर भइसकेको छ कि यसको विषले समग्र समाज नै दूषित हुँदै गइरहेको छ। फलस्वरुप हाम्रो 'पपुलर' तर्कप्रणाली नै पुरानो जातवादी मान्यताबाट ग्रस्त छ। फेसबुक हेर्नुस्, पत्रपत्रिकामा छापिने विचार एवम् टिप्पणी पढ्नूस्, टेलिभिजन र रेडियोले प्रशारण गर्ने पपुलर विचारका कार्यक्रम हेर्नूस्, जताततै सतही ज्ञानको नग्ननृत्य छ्याप्छ्याप्ती छ। जुनसुकै मुद्दालाई जुनसुकै दार्शनिक विचार प्रणालीसँग सहजै जोडेर गरिने टिप्पणी चियापसलदेखि रेस्टुरेन्ट एण्ड बारसम्म प्रतिध्वनित हुन्छन्। यस्तो लाग्छ- मानिस अरु कोहीसँग आक्रोशित छन् र दोषारोपणका निम्ति स्थापना गरिने 'अरु कोही' को शृंखलामा अन्ततः सबै लामबद्ध छन्।
क्रिकेट मैदानमा देखिएको बौद्धिक दरिद्रताको नमुनासँग समाजभित्रका यस्तै दृश्य तुलना गर्न मन लाग्छ। स्तरीय खेल प्रदर्शन गरिरहेका अफगानी खेलाडीहरुलाई हाम्रो छेवैमा बसिरहेका केही युवाले अपशब्द प्रयोग गरेर गाली गरिरहेका थिए। उनीहरुले बुझिहाले के भन्लान् भन्ने ग्लानिभावले चिमोटिरहेको बेला हो-हल्लाबीच दर्शकदीर्घामा हालिएका खुल्ला टेन्ट भत्कन थाले। सबै दर्शकलाई सहयोग गर्न नसके पनि ती टेन्टले केहीलाई त ओत दिइरहेकै थियो। शायद ओत लाग्न नपाउनेलाई टेन्टसँग रिस उठेको थियो। हेर्दाहेर्दै सबैजसो टेन्ट ढालिए, जसरी जस्तापाताका बार ढालिएका थिए। एकातिर क्रिकेट हेर्ने सामाजिक इच्छा उम्लिरहँदा क्रिकेटको विकास गर्ने उत्साह थपिएको थियो। टिकटबाटै करिब ४० लाख रुपियाँ संकलन भएको खबरले एउटा राम्रो क्रिकेट स्टेडियम बनाउने उत्साह राज्यमै पनि पलाउला कि भन्ने आशा टुसाएको थियो। अर्कोतिर हार्दै गएका नेपाली खेलाडीलाई नै अपशब्द प्रयोग गरेर गाली गरिरहेका युवाहरुले आफ्नै समाजको बौद्धिक दरिद्रतासँग खुम्चेर बस्नुपर्ने स्थिति निर्माण गरिरहेका थिए।
खेल जितिसकेपछि अफगानी कप्तान मोहम्मद नावीले दर्शक संयमित भएको टिप्पणी गरे। अघिल्लो पटक दर्शकले हानेको ढुंगा चाखिसकेका अफगानी क्रिकेटरका लागि यसपटक धेरैले ताली बजाएर जीतको बधाई पनि दिए। तथापि आफ्नै छेउमा भइरहेका स-साना घटनाबाट यो पंक्तिकार सहजै मुक्त हुन सकेन। यद्यपि यस्ता घटना धेरै ठाउँमा हुन्छन्। तैपनि तमाम बौद्धिक विघटनको शृंखला भोगिरहेको समाजका निम्ति यस्ता संकेतको पनि अर्थ हुन्छ। के ती घटना अपवादमात्र हुन्? अथवा त्यस्ता कुपित घटना समाजका सबैजसो प्लेटफर्ममा भइरहेका छन्? के नेपाली समाज बौद्धिकरूपमा स्वस्थ छ? ज्ञानी छ? अथवा हाम्रो तर्कप्रणालीमा भएको खोटले हाम्रा सबै जीवन प्रणाली अवरुद्ध भइरहेका छन्?
परम्परागत मान्यता भत्किरहेको र नयाँ मान्यताको वीजारोपण भइरहेको ऐतिहासिक घडीमा बौद्धिक अभ्यासलाई पनि नयाँ शिराबाट पुनर्रचना गर्नु आवश्यक देखिन्छ। समालोचनात्मक बौद्धिकताको जग खडा गर्न प्रयासरत् हुनैपर्छ। संकेतहरु जताततै छन्, केवल यी संकेतबाट केही सैद्धान्तिक निष्कर्षहरु निकाल्नु र नयाँ अभियान थालनी गर्नु जरुरी छ। हामीसँग भएका वैज्ञानिक र अभियन्ताहरु अलगथलग भइरहेका छन्। उनीहरुको प्रयासलाई चिन्ने र सम्मान गर्ने तहको बौद्धिक अभ्यासमात्र हुनसक्यो भने नयाँ वैज्ञानिक र अभियन्ताहरुका निम्ति एउटा गोरेटो तयार हुनेछ।