चैत १, २०६९ नेपालको न्यायिक राजनीतिक इतिहासमा विशेष महŒव राख्छ। प्रशासनिक नियमअनुसार नेपालका सरकारी अड्डा अदालत बिहान १० बजे खुल्छन्। त्यस दिन पनि सरकारी कार्यालय, न्यायालय १० बजे नै खुले। उता शीतल निवासमा १० बज्नुअघि मुलुकको राजनीतिक भविष्यबारे गम्भीर प्रहसन भइरहेको थियो। मुलुकका प्रमुख चार राजनीतिक दल- एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको प्रेसक्रिप्सनमा राष्ट्रपति रामवरण यादव प्रधान न्यायाधीश खिलराज रेग्मीलाई मुलुकको कार्यकारी नेतृत्व सुम्पने औपचारिकता निर्वाह गर्दै थिए। उनीहरू हतारिएका थिए, अदालत खुल्नुअघि नै प्रधान न्यायाधीशलाई कार्यकारीको जिम्मेवारी सुम्पने। किन अदालत खुल्नुअघि हतार हतार गरियो? उत्तर सरल छैनन्। न्यायिक स्वतन्त्रता, विधिको शासन, संवैधानिकता र शक्ति पृथकीकरणको सिद्धान्तको कसीमा खोजिनुपर्ने उत्तरहरू मुलुकको संक्रमणकालीन यात्रामा गौण बनाइएको छ।
प्रधान न्यायाधीश खिलराज रेग्मीलाई कार्यकारी प्रमुख बनाइनुहुन्न भन्दै सर्वोच्चमा विचाराधीन मुद्दा विशेष इजलासमा सुनुवाई हुने दिन पनि थियो चैत १। एकाबिहानै रेग्मीलाई कार्यकारी बनाइएपछि वरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्माले त्यसै दिन कार्यबाहकको जिम्मेवारी पाए र त्यस दिनको पेसी तोक्ने काम गरे। सर्वोच्च आफैँले अग्राधिकार दिएर विशेष इजलासमा पठाएको सार्वजनिक महŒवको मुद्दामाथिको सुनुवाई कसरी हुन्छ र परिणाम के हुन्छ ? प्रशस्त कौतुहल, प्रश्न र शंका थिए, संवैधानिक कानुनी वृत्तमा। शर्मा न्यायपरिषद्को अध्यक्ष बनाइएका थिए र अदालतका अर्का वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साह परिषद्का सदस्य तोकिए। संविधानको बाधा अड्काउ प्रावधानको आडमा न्याय परिषद् संरचनामा फेरबदल गरिएको थियो- मूलतः संवैधानिक निकायमा नियुक्तिको प्रयोजनका लागि। शर्माले रामकुमारप्रसाद साह नेतृत्वको विशेष इजलास गठन गरेर रेग्मीमाथिको रिट पेसीमा राखे। बहालवाला न्यायाधीशलाई मुलुकको कार्यकारी बनाउँदा स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुने, शक्ति पृथकीकरणको सिद्धान्त प्रतिकूल हुने जिकिरका साथसाथ रेग्मीले जारी गरेका प्रेस विज्ञप्ति र उनले राजनीतिक दलका नेताहरूसँगको सुलहमाथि अहम् प्रश्न उठाइएको थियो रिटमा। साहको इजलासले नैतिकताको आधार देखाउँदै त्यस रिटमाथि छलफल गर्न नमिल्ने बताए। साह न्याय परिषद्को नयाँ सदस्य बनाइएका थिए, मुद्दामा न्याय परिषद् पनि प्रतिवादीमध्येको एउटा हो। चैत १ मा साहले नैतिकताको आधार देखाएर नहेरेको मुद्दा चैत १५ मा सारियो। कानुनका नौ सिङ भनेझै शर्माले १५ गतेको पेसीमा पनि साहकै नेतृत्वको विशेष इजलास गठन गरे। स्वाभाविक थियो- साहले पहिले जस्तै नैतिकताको कारण देखाउँदै मुद्दा हेरेनन्। मुद्दा ५ वैशाख, २०७० सम्मलाई सारियो। संवैधानिक कानुन व्यवसायी मञ्चका तर्फबाट सचिव ओमप्रकाश अर्यालले मुद्दा दायर गरेका थिए।
मुद्दा साहकै बेन्चमा पारेको गुनासो गर्दै अर्यालले चैत १५ कै दिन शर्मालाई न्यायालयमै भेटे। अर्यालका अनुसार भेटमा शर्माले ...खिलराजको छायाँमा पर्योे भन्ने नठान्नोस्, नियतवस साहको इजलासमा राखेको होइन' भन्दै स्पष्टीकरण दिए। वादी र न्यायाधीशबीच विचाराधीन मुद्दाबारेको वार्तालाप न्यायिक आचारसंहिताभित्र पर्छ वा पर्दैन? उत्तर अनुत्तरित छ। अर्यालका अनुसार शर्माले सर्वोच्चमा नयाँ न्यायाधीशको नियुक्तिपछि मुद्दा हेर्न सकिने संकेत पनि गरेका छन्। यसो हो भने रेग्मीविरुद्धको मुद्दा शर्माले चाहे जसरी लम्ब्याउन सक्छन्।
अब शर्माले वैशाख ५ को विशेष इजलास कस्तो गठन गर्ने हुन? शर्मासँग धेरै विकल्प छैनन्। साहको नेतृत्वमा विशेष इजलास गठन हुन नसकेको अवस्थामा अर्का वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ नेतृत्वको इजलासमात्र गठन हुनसक्छ। सर्वोच्चमा शर्मासहित साह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्की गरेर जम्माजम्मी ५ जना न्यायाधीश मात्र छन्। वैशाख ५ अघि नै साहको नेतृत्वमा विशेष इजलास गठन भएर त्यस दिन पेश भएका मुद्दा वैशाख ५ लागि सारिएको अवस्थामा साहकै नेतृत्वको इजलास हुन्छ र रेग्मीविरुद्धको मुद्दाले अर्को पेसी पाउने परिस्थिति बन्न जान्छ। साहको नेतृत्वमा इजलास गठन नभएको अवस्थामा एकमात्र विकल्प श्रेष्ठको नेतृत्व हुन आउँछ। शर्मा, विशेष इजलास गठनमा बाध्यात्मक स्थितिमा छन्। अदालतमा विचाराधीन मुद्दाबारेमा यसै भन्न सकिन्न। अदालतका न्यायाधीशहरूको समीकरणले पनि मुद्दा कसरी अगाडि बढ्छ भन्ने अर्थ राख्ने हुन्छ। रेग्मीलाई कार्यकारी बनाउने राजनीतिक अभ्यासहरूसँगै अदालतमा एकपछि अर्को गर्दै मुद्दा परेको पृष्ठभूमि र मुद्दा विशेष इजलासमा पुर्याकइएको अवस्थालाई मसिनोसँग केलाउन आवश्यक छ। शर्माले अर्याललाई सर्वोच्चमा नयाँ न्यायाधीशहरूको नियुक्तिपछि मुद्दाले प्राथमिकता पाउने संकेत पनि गरेका छन्। प्रतीक्षा गरौं, वैशाख ५ मा कसको नेतृत्वमा विशेष इजलास गठन हुन्छ।
रेग्मीको कार्यकारीमा नियुक्तिपछि नेपालको अदालत राजनीतिमा ओर्लिएको आरोप लागिरहेका छन्। संवैधानिकताको वकालत गर्ने कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार न्यायिक स्वतन्त्रताको खबरदारी गर्नेमा अगुवाई गरिरहेको प्रचार गर्दैछ। तर ऊ आफैँ अदालतलाई राजनीतिक अखडा बनाउन कसरी लागिपरेको छ? बार सर्वोच्चलाई राजनीतिभन्दा माथि राख्न चाहन्छ वा राजनीतिक दलदलमा राख्न्न चाहन्छ? बारको पछिल्ला निर्णयले उसको नियत स्पष्ट गरेको छ। सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बारले न्याय परिषद्मा सिफारिस गरेका १५ जनाको नामले बारको नियत स्पष्ट गर्दैन र? प्रमुख राजनीतिक दलहरू मिलेर रेग्मीलाई प्रधानमन्त्री बनाएझैं बारका पदाधिकारीले दलीय आधारमा न्यायाधीशका लागि वकिलहरूको नाम सिफारिस गरे। बारको सिफारिसलाई न्याय परिषदले कुन हदमा स्वीकार गर्ने हो? त्यसको लेखा अहिले नगरांै। तर कानुन व्यवसायीभन्दा राजनीतिककर्मीको व्यक्तित्व बनाएकाहरू न्यायाधीश जस्तो जिम्मेवार पदमा पुगेको अवस्थाको न्यायालय कस्त्तो होला? बारको सिफारिसमा परेका कतिपय नाम माओवादी र एमाले पार्टीमा संगठित सदस्यको हैसियतमा रहेका छन्। मुक्ति प्रधान माओवादी भनेर चिनिन्छन्, युवराज संग्रौला एमालेको राज्य व्यवस्था विभाग सदस्य हुन्, हरिप्रसाद उप्रेती, एमालेकै कानुन विभाग सदस्य र लीला उदासी खनाल एमालेका तर्फबाट संविधान सभा निर्वाचनका प्रत्याशीसमेत हुन्।
न्यायपालिका प्रमुखले राजनीतिक नेतृत्व गरिरहेको र बार न्यायाधीशमा राजनीतिक अनुहार प्रतीक्षा गरिरहेको अहिलेको अवस्था बेथितिको राम्रो नमुना हो। कानुनी राज्यका प्रवक्ता बार र बेन्च बेथितिमा रमाएका बेला लोकतन्त्र भने जोखिममा परेको अनुभव हुँदैछ।