ट्राफिक प्रहरीले मेरो सबारी जमलमा झ्याप्पै रोके। म रोकिनासाथ पछाडिका सबारी पनि भटाभट रोकिन थाले। कारण बुझ्दाबुझ्दै जाम परैसम्म पुग्यो। रहेछ त्रिचन्द्र कलेजअगाडि 'भिभिआइपी' सबारी। त्यो पनि १५ मिनेटपछि। मैले २ मिनेटअगाडि रोके पनि त हुन्थ्यो भनेर ट्राफिकसँग बहस गर्न थालेँ। उनले मेरो सबारी विपरीत दिशा फर्काउन आदेश दिए। फर्काउन सम्भव थिएन। मैले विशिष्ठ व्यक्तिको सबारी सकुन्जेल त्यहींँ बस्छु भन्दा उनी झाँेक्किए र मोटरको चाबी लगे। उनी एक्लै थिए, सबारी चापले आत्तिएका थिए, चालकको भिडमा उनलाई ट्राफिकको प्रतिष्ठा जोगाउनु पनि थियो। सबारी सकियो चाबी माग्दा भिभिआइपी सबारीमा बाधा लेखेर चिट थमाइदिए र लाइसेन्स लगे।
उपराष्ट्रपति परमानन्द झालाई पनि सर्वोच्च न्यायालयले नेपाली मै शपथ लिनुपर्ने सात दिने म्यादसहितको चिट थमायो र आदेशको पालना नगरेकाले आठौं दिनदेखि क्रियाशील नहुने गरी नवनिर्वाचित उपराष्ट्रपतिको हैसियतमा पुर्याइदियो।
त्यस्तो अवस्थामा चालकले ट्राफिक संकेत (सर्वोच्च न्यायालयको निर्णय) पालना नगरी बहस चर्काउनु भनेको आवागमन झनै ठप्प पार्नु हो, संकट निम्त्याउनु हो। सबारी व्यवस्थापनका लागि बनाएको नियम र ट्राफिक संकेतको पूर्ण पालना गर्छु भनी लाइसेन्स लिइएको हुन्छ। ट्राफिकसँग पुरानो रिसइबी थियो भनेर संकेत मान्दिन भन्न पाइँंदैन। ट्राफिकले गरेको संकेत नै त्यस बखतका लागि नियम हो र कार्यान्वयन हुनु जरुरी हुन्छ। ट्राफिक (न्यायालय) को जबरजस्ती नै भएपनि उजुरी र सुनुवाइ हुने निकाय (संविधानसभामा महाभियोग) हुन्छ। उपराष्ट्रपति झाले गाडी पनि सार्दिन, लाइसेन्स पनि दिन्न भन्दिए।
झाले सर्वोच्चको निर्णय, राष्ट्रपति, सरकार र केही मधेशवादी दलकोसमेत अनुरोधलाई शुक्रबार हुन्छ भनी आइतबार लत्याइदिए। उपराष्ट्रपतिले शुक्रबार मन्त्रीपरिषद्ले निर्णय गरी शपथ ग्रहणका लागि समय उपलब्ध गराएमा 'आवश्यक कारवाही गर्न सकिने' पत्र सरकारलाई पठाएका थिए। आइतबार पत्रकार सम्मेलनमार्फत 'फेरि शपथ नलिने र पद पनि नछाड्ने' घोषणा गर्दै सम्मान पाउनलाई अरूलाई सम्मान गर्नुपर्छ भन्ने अर्ती दिए। सबै मातृभाषाको सम्मान भएमात्र नेपाली भाषा सम्म्ाानित हुन्छ पनि भने। उनैले केही दिनअघि नेपालीबाहेक अन्य भाषामा सातैपिच्छे शपथ लिन आफू तयार रहेको वक्तव्य दिएर यस विवादमा असहभागी करोडौंँ जनताको भावनामा चोट पुर्याएका थिए। उनकै शब्दमा संघीयतातर्फ उन्मुख यस मुलुकमा भावनाभन्दा पनि ढाँचासँग एउटा भाषालाई जोडी अपव्याख्या गरी अन्य मातृभाषाको अनादर भएको छ।
हिन्दीमा शपथविरुद्ध रिट परेपछि न्यायालयले संविधानको प्रावधानअनुसार निर्णय गर्नुपर्छ। सर्वोच्चले अन्तरिम संविधान, २०६३ को प्रावधानअनुसार नेपाली भाषामै शपथ लिनुपर्ने निर्णय गर्यो। विषय विवादित नै भएपनि सर्वोच्चले नै अन्तिम निर्णय दिनसक्ने प्रावधान पनि अहिलेको संविधानमा छ। र यसलाई सम्पूर्ण मधेशीदललगायतले समर्थन गरेका छन्। यसको जानकारी ३० वर्ष न्यायालयमै बिताएका उपराष्ट्रपति स्वयंलाई छ। त्यसैले अति महत्वपूर्ण पद धारण गरेका जिम्मेवार उपराष्ट्रपतिले 'प्रधानन्यायाधीश आफूप्रति पूर्वाग्रही भए' भन्नु सम्मानित पदको अवमूल्यन गर्नु हो। प्रधानन्यायाधीशको निर्णय पूर्वाग्रही नै प्रमाणित भए संसद्मा महाभियोग लगाएर कारवाही गर्न सकिने व्यवस्था छ। यसमा पनि उनको धैर्य देखिएन।
शपथको हस्ताक्षरित लिखित पाठ नेपाली मै थियो नि भन्ने तर्क गर्ने हो भने किन उभिएरै जस्ताको त्यस्तै भट्याउनु पर्ने प्रचलन संसारभरी हुन्छ। हुलाकबाटै शपथ पठाउने व्यवस्था गरे भइहाल्यो नि भन्ने तर्क आउन सक्छ। राष्ट्र प्रमुखको विदेश भ्रमणमा सेनाले सलामी अर्पणको झन्झट किन गर्ने? त्यसबाट के नै पाइन्छ र? अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि शपथ लिँदा एउटा 'इमान्दारीपूर्वक' (फेथफुल्ली) शब्दको उच्चारण छुटेर भोलिपल्टै पुनः सच्याएर शपथ लिएका थिए। शपथ देश र जनताको लागि लिने हो भने, त्यो देशका जनताले प्रष्ट सुन्नै पर्छ। परम्परा, संस्कार र प्रावधानलाई सम्मान गरे मात्र शासन अनुशासित हुन्छ। यसैले सैनिक क्षेत्रलाई संसार मै अनुशासित बनाएको छ।
भूमण्डलीकरणउन्मुख समयमा नेपालीमा शपथ लिँदैमा हिन्दी भाषाको मानमर्दन हुँदैन न त हिन्दीमा खाँदैमा नेपाली भाषाको। त्यसैले न त सर्वोच्चको आदेशमा नेपाली भाषीले दिपावली मनाए, न त अहिले उपराष्ट्रपतिको अडानविरुद्ध सडक नै तताए। बरु कुनै पनि मातृभाषामा शपथ लिन पाउने प्रावधान अन्तरिम संविधानमा राख्ने सरकारी प्रस्ताव दर्ताको जनताले खुलेरै स्वागत गरे। झामाथिको चौतर्फी दबाब विधिको शासनको पालना गरी न्यायक्षेत्रलाई सर्वोच्च मान्न मात्र न थियो। जसलाई उनैले एउटा भाषीको साखको बिषय बनाइदिएर शान्ति तथा संविधान लेखन प्रक्रियामा अप्ठेरो परिस्थिति सिर्जना गरे।
बहस हुनु नराम्रो हैन। बहसले निकास दिन्छ। बहसपछिको निकास छेक्न खोज्दा भने आफैँ बगिन्छ। यो शपथको विवादले पनि निकासा पाइसकेको थियो। अहिलेलाई विद्यमान प्रावधानअनुसार नै शपथ लिने र संविधानसभा चल्नासाथ संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिले पनि अरूसरह जुनसुकै मातृभाषामा शपथ लिन पाउने गरी संशोधन गर्ने। तसर्थ माओवादी अध्यक्ष पुष्पकमल दाहालको 'भाषिक अधिकार'का लागि उपराष्ट्रपतिले राजिनामा दिनुपर्छ भन्ने सुझाव पनि उनको राजनीति स्वार्थ लुकेको कार्ड मात्रै हो। किनभने 'भाषिक अधिकार'को लडाइँ झगडा इतिहास बन्दैछ। दाहालले बरु 'विधिको शासन टिकाउन राजीनामा'को सुझाव दिनुपर्थ्यो।
उपराष्ट्रपतिको पद क्रियाशील नरहेको अवस्थामा सर्वोच्चको आदेशबमोजिम पुनः नेपालीमा शपथ नलिने हो भने अबको निकास भनेको झाको राजीनामा नै हो। तर उनका कानुनी सल्लाहकारले 'निर्वाचित उपराष्ट्रपति'को हैसियतमा बसी नै रहने जानकारी दिएका छन्। यो भनेको राष्ट्रपतीय प्रणालीमा नै आघात पार्नु हो। उपराष्ट्रपति क्रियाशील नभए राष्ट्रपति चलहल गर्न सक्दैनन्। कार्यभार दिनुपर्ने अवस्था आएमा के गर्ने? तसर्थ राजनीतिक सहमतिमा नै राजिनामा प्रक्रिया अगाडि बढ्नुपर्छ र त्यो पनि मधेशवादी दलको पहलमा। यसैले मुलुकको अत्यन्तै संवेदनशील जातीय अखण्डता र सामाजिक सद्भाव कायम राख्छ।