• दुई महिनाअघि ताप्लेजुंगका प्रमुख जिल्ला अधिकारी राम कुरुवांगको सरुवा विवादमा पर्यो। उनको सरुवा गर्नु हुदैन भनेर लिम्बुवान संगठनहरूले एक दिन सदरमुकाम बन्द गरे। रामले राम्रो काम गरेबापत सरुवा थमौती गर्ने माग भएको हैन। पूर्वी नेपालका विशेषगरी पहाडी जिल्लामा सक्रिय लिम्बुवान समर्थक संगठनले चन्दा असुली चर्काएका छन्। चन्दा अभियान रोक्न प्रशासन सक्रिय नभएबापत त्यस्ता संगठनले उनको थमौती चाहेका थिए।
• केही दिनअघि सुर्खेत, लेकखस्स्ाा गाविसको आर्दश मा.वि.मा गाउँकै दलित सञ्जालले तालाबन्दी गर्यो। स्कुलमा दलित शिक्षक राख्नुपर्ने अडान थियो उनीहरूको। वार्तापछि शिक्षा कार्यालयले उपलब्ध गराएको कोटामा एक जना दलित शिक्षक नियुक्त गरेर टालटुले समाधान निकालियो।
• मध्यपश्चिममा थरुहट स्वायत्त राज्यपरिषदले बन्दुक उठाउने घोषणा गरेको छ। एक साता पनि भएको छैन, सैनिक तालिम दिने परिषदको योजनामा जिल्ला प्रशासनले रोक लगाएका खबर प्रकाशमा आएको। कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र लक्ष्मण सिंह थारु अहिले बन्दूकको बलमा थरुहट राज्य स्थापना अभियानमा छन्। मधेश एक प्रदेशका विरोधी लक्ष्मणको दीर्घकालिन योजना जे भएपनि उनको तत्कालको कार्यनीति भने रकम असुली हो।
• मनांगको नारमा यार्सागुम्बा टिप्न गएका गोरखाका आठ जना मारिए। हत्याको अभियोग लागेका मनांगीहरू अहिले चामेस्थित शिक्षा कार्यालयमा थुनिएका छन्। मनांगका हिमाली पाखाका यार्सागुम्बा अरुले टिप्न पाउनु हुन्न भन्ने माग पूरा गर्न हत्यामै उत्रिए। राज्यका प्राकृतिक स्रोतमा क्षेत्र विशेषका जनताको मात्रै अधिकार हुने कि सबै नेपालीको? प्रश्न गभीर छ।
यी घटना त झलक मात्र हुन्। घटनाको कारकमा जातीय, क्षेत्रीय अधिकारको विषय छ। अधिकारका नाममा असुली धन्दा फस्टाएको छ। मोफसलका आवाज काठमाडौ खाल्डोमा निकै ढिलो सुनिन्छ। संवेदनशील घटना सुरुमा समाचार मात्र बन्छन् र पछि राष्ट्रिय समस्या बनेर उभिन्छन्। झिल्को राँको बनेर सल्केपछि मात्र निभाउने तरखर हुन्छ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिएको शपथ राष्ट्रिय बहसको विषय बनेको छ। भाषिक अधिकारको मुद्दा बनेर आएको छ। शपथ विवाद सर्वोच्चको घेरा नाघेर मधेशका मैदानमा पुगेको छ। विराटनगर, लहान, जनकपुरमात्र होइन काठमाडौंमा पनि प्रर्दशन भएका छन्। झाविरुद्धको फैसलाले मुलुकको राजनीति प्रभावित बनेको छ। झाले नेपाली भाषामा शपथ खाने भनेर सरकारलाई झुक्क्याए। आफ्नो वक्तव्यमा उनले नेपालीबाहेकका भातृभाषामा शपथ खान सक्ने संकेत गरेका छन्। उनले सर्वोच्च अदालतको कटु आलोचना गरेका छन्। फैसलामा बदनियत रहेको झाको जिकिर छ।
अदालतको फैसलाको लेखाजोखा र संवैधानिकता जाँच्ने काम हुँदैजाला। झाको विवाद राजनीतिक हो। राजनीतिक विवादमा अदालत संलग्न भएको अवस्थामा नेताहरू गभीर हुनु आवश्यक छ। अदालतले संविधानका धारा र दफा कोट्ट्याएर शास्त्रीय व्याख्या गरेको छ। संविधान राजनीतिक दस्तावेज पनि हो भन्ने मान्यता बेवास्ता गरिएको छ। सर्वोच्चका सामु संविधानको लचिलो र सान्दर्भिक व्याख्या गरेर राजनीतिलाई बाटो देखाउन विकल्प थिए।
अदालतको आलोचना वा समर्थन गरेर समाधान निस्कँदैन। राजनीतिक विवादको उपचार अदालतबाट खोज्ने परम्पराको तीतो फल हो, अहिलेको फैसला। राजनीतिज्ञले राजनीतिक रोगको कानुनी उपचार खोज्ने मनोवृत्ति त्याग्नुपर्छ। राजनीतिक मामलामा 'वकिल'का रकमी समाधानले काम गर्दैन। राज्य पुर्नसंरचना र संघीयताको बहसमा राजनीतिशास्त्री, मानवशास्त्री, समाजशास्त्री मुखरित भैरहेका छैनन् बरु वकिलहरू बुद्धिविलास गरिरहेका छन्। कालो कोटले देखाएको बाटोमा हिड्ने परम्पराबाट राजनीतिज्ञहरू मुक्त हुन आवश्यक छ।
शपथ विवादको समाधान राजनीतिक तहबाट निकाल्न सक्नुपर्छ। यसको अर्थ हो, संविधान संशोधन। सरकारले मातृ भाषामा शपथ लिन पाउने व्यवस्थासहितको संविधान संशोधनको तयारी गरिसकेको छ। तर माओवादीका कारण संसद् चलिरहेको छैन। जातीय र भाषिक स्वायत्तताको प्रवक्ता हुँ भन्ने माओवादीले माधवकुमार नेपालको सरकार गिराउने अवसरका रूपमा अहिलेको सबाललाई लिनुहुँदैन। माओवादीको सहयोगमासंविधान संशोधन गरेर शपथ विवाद किनारा लगाउनु बुद्धिमानी हुनेछ। समयमै राजनीतिक निकास ननिकाले गंभीर दुर्घटना हुनसक्छ।