नेपालका प्रमुख राजनीतिक दलहरुको घोषित अन्तिम उद्देश्य समाजवाद हो। नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, मधेसी जनअधिकार फोरमलगायत्ले समाजवादकै वकालत गर्दै आएका छन्। नेकपा-माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्तलगायत्का स-साना कम्युनिष्ट पार्टीको मूल ध्येय पनि समाजवाद स्थापना नै हो। तर, नेपालमा किन समाजवाद स्थापना हुन सकिरहेको छैन? नेपाली बौद्धिक जमातमा खासै चर्चा नभए पनि आमसरोकारको एक महŒवपूर्ण विषयवस्तु बनिरहेको छ।
नेपालमा मात्र होइन, भारतमा पनि लामो समयदेखि समाजवादका लागि भएका आन्दोलनहरु निस्त्रि्कयप्रायः बनिरहेका छन्। समाजवाद 'आकाशको फल' बनिरहेको छ। नेपालमा यसबारेमा खासै अध्ययन नभए पनि भारतमा समाजशास्त्री टोम ब्रासले महŒवपूर्ण अध्ययन गरेका छन्। उनले समाजवाद, राष्ट्रियतावाद र लोकप्रियतावाद : भारतीय जातीय र किसान आन्दोलन शीर्षकको लेखमा भारतमा समाजवाद आउन नसक्नुका विभिन्न कारणलाई सुक्ष्मरूपमा अध्ययन गरेका छन्। यस क्रममा उनले केही रोचक तथ्य उल्लेख गरेका छन्। जसमा शासक वर्गले किसान आन्दोलनमा गरेको दमन र कृषक आन्दोलनलाई साम्प्रदायिकीकरण गरिनु, भारतको राजनीतिमा 'पपुलिष्ट' अर्थात् लोकप्रियतावादीहरु हावी हुनु र महात्मा गान्धीको राष्ट्रियतावादी आन्दोलनमा समाजवादीहरुसहित सबै पक्षको संलग्नता हुनुले भारतमा समाजवाद स्थापना हुन नसकेको तथ्य औल्याएका छन्। विशेषगरी कृषक र आमसर्वहारा वर्गको अधिकारबारे आवाज उठाउने भारतीय कम्युनिष्ट पार्टी राष्ट्रियतावाद र लोकप्रियतावादमा फसेपछि समाजवादको नारा भारतीय जनता पार्टीलगायत्का अन्य दक्षिणपन्थी पार्टीले उठाउन थाले। यसले समाजवादी आन्दोलन नै गलत बाटोमा लाग्यो र संकटमा पर्योक भन्ने उनको निष्कर्ष छ।
यसैगरी, सन् १९८२-८६ मा भारतका विभिन्न राज्यमा कृषकहरुले सुरु गरेको आन्दोलनमा शासकहरुले व्यापक दमन गरे। त्यसबेला बिहार र उत्तर प्रदेशमा मात्रै १६ हजारभन्दा बढी कृषकलाई जमिनदार र सरकार भएर हत्या गरिएको थियो। यस किसिमको निर्मम दमनले समाजवादी आन्दोलन तहसनहस पारिदियो। हिन्दुस्थानमा शहरियाहरुले 'इन्डिया' र गाउँलेहरुले 'भारत' भन्छन्। शासकहरुका लागि भारत भन्दा इन्डियाले अर्थात् गाउँभन्दा शहर महŒवपूर्ण बन्दै जानुले पनि समाजवादी आन्दोलनमा असर पारेको छ। यता सन् १९७० को दशकदेखि समाजवादको आन्दोलन सुरु गरेको नक्सालवादीहरुले वर्गीय मुद्दा छाडेर जातीय मुद्दा उठाउन थालेपछि समाजवादी आन्दोलन भारतीय भूमिमा नराम्रोसँग शिथिल हुन पुग्यो। फलतः आजसम्म पनि भारतमा समाजवाद आकाशको फल सावित भएको छ भन्ने ब्रासको थप निष्कर्ष छ।
नेपालमा पनि भारतका केही अवस्था समान छन् भने केही फरक देखिन्छन्। समाजवादका केही विशिष्ट चरित्र छन्। जस्तै- उत्पादनका साधनहरुमा राज्यको नियन्त्रण, व्यक्तिगत सम्पत्तिको जफत, सामूहिक खेती प्रणाली, पुँजीवादी नभएर समाजवादी राष्ट्रिय योजनालगायत्का चरित्रलाई समाजवाद भनी परिभाषित गर्ने गरिन्छ। यस्तो चरित्र भएको समाजवाद स्थापना गर्न किन असम्भवप्रायः भइरहेको छ त भन्ने सवाल महŒवपूर्ण बनेको छ। नेपालका प्रमुख राजनीतिक दलहरुको अन्तिम लक्ष्य समाजवाद भए पनि त्यो बाटोमा दलहरुको यात्रा अगाडि बढिरहेको देखिन्न। नेपालमा चलेका केही समाजवादी आन्दोलन र कृषक आन्दोलनले सही बाटो र आवश्यक गति लिन नसक्दा त्यसले सकारात्मक प्रभाव पार्न सकेन। भीमदत्त पन्तले सुदूरपश्चिमबाट सुरु गरेको कृषक आन्दोलन शासकको निर्मम दमनबाट टुंगियो। यता झापा विद्रोहको नामले चर्चित समाजवादी आन्दोलन पनि तत्कालीन सरकारको निर्मम दमनले तहसनहस भयो। पछि यो आफँैमा दिग्भ्रमित बन्न पुग्यो। यसले किसान आन्दोलनमा ठूलो झड्का लाग्यो। किसानहरुले आफ्नो हक अधिकारका लागि संगठित हुने र सामूहिकरूपमा प्रतिकार गर्ने आधार यसले तत्कालीन अवस्थामा करिब करिब अन्त्य गरिदियो।
वि.सं. २००७ सालको आसपासमा स्थापना भएका नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टीहरु राजनीतिक परिवर्तनका लागि आन्दोलनमा लागे। राणा शासनविरुद्धको आन्दोलन सफल हुनेबित्तिकै नेपाल लोकतान्त्रिक बाटोमा अगाडि बढ्न पाएन। २००७ सालदेखि २०१५ सालसम्मको अवधिमा भएका सत्ताकेन्द्रित फोहोरी खेलले समाजवादी आन्दोलनभन्दा पनि सत्ताकेन्द्रित लुछाचँुडीमा दल बढी केन्द्रित भए। वि.सं. २०१५ सालमा आमनिर्वाचनपछि बनेको नेपाली कांग्रेसको सरकारले भूमि सुधार ऐन, विर्ता उन्मुलनलगायत्का केही क्रान्तिकारी काम गरेको थियो। जुन समाजवादको जग बसाल्नका लागि सहयोगी थियो। तर यसले गति समात्न नपाउँदै तत्कालीन राजा महेन्द्रले 'कु' गरे। जसले नेपालमा समाजवादी धार थप कमजोर भयो।
तत्कालीन राजा महेन्द्रले ल्याएको 'राष्ट्रियता' को मुद्दाले नेपाली समाजलाई थप दिग्भ्रमित पारिदियो। वर्गीय मुद्दाभन्दा राष्ट्रियता प्रधान विषयवस्तु हो भन्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका नेता केशरजंग रायमाझी, नेपाली कांग्रेसका नेताहरु तुलसी गिरी, विश्ववन्धु थापालगायत्ले दरबारलाई साथ दिँदा त्यसले समाजवादी आन्दोलनलाई नकारात्मक असर पार्योत। यता तत्कालीन अवस्थामा भूमिगत रहेका राजनीतिक दलहरुले पनि समाजवाद स्थापनाका लागि कृषकहरुलाई संगठित र सशक्त पार्नुको साटो विदेशी भूमिमा बसेर र विदेशीहरुको विश्वास जितेर नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना गर्न प्रयासरत् रहे।
अर्को महŒवपूर्ण पक्षचाहिँ नेपालमा समाजवादको परिभाषामै रहेको फरकपना हो। बीपी कोइरालाले 'साम्यवादमा प्रजातन्त्र थप्यो भने समाजवाद हुन्छ' भन्ोर दिएको परिभाषामा कतिपय कम्युनिष्ट पार्टी सहमत देखिँदैनन्। कम्युनिष्ट पार्टीहरुको समाजवादी परिभाषामा नेपाली कांग्रेस सहमत हुन सकिरहेको छैन। नेपालका प्रमुख राजनीतिक दलबीच समाजवादको परिभाषामा रहेको फरकपनाले पनि यस आन्दोलनलाई असर पारिरहेको देखिन्छ।
वि.सं. २०४६ सालको जनआन्दोलनमा नेपालमा रहेका सम्पूर्ण अग्रगामी तथा दक्षिणपन्थीहरुको गठबन्धनले नेपालमा समाजवाद स्थापनाका लागि असर पारेको यथार्थता हो। खासगरी सो जनआन्दोलनमा समाजवादबारे फरक बुझाई रहेका नेपाली कांग्रेस तथा कम्युनिष्ट पार्टीहरुको गठबन्धन बनेको थियो। बीपी कोइरालाको निधनपछि कांग्रेसमा परिवर्तित सन्दर्भलाई समेटेर आफ्नो सिद्धान्त निर्माण गर्ने ओजस्वी व्यक्तित्वको अभाव खड्किरहेको थियो। कम्युनिष्ट पार्टीमा पनि पुष्पलाल जस्ता नेता नहुँदा परिवर्तनलाई व्याख्या गर्न असफलप्रायः भइरहेको थियो। उता भारतीय समाजवादी नेताहरु जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरु कमजोर बनेसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिएको थियो। नेपाली कांग्रेसमा पनि समाजवादी धार कमजोर हँुदै कागजमा मात्र सीमित बन्दै गइरहेको थियो। त्यसबेला व्यवहारतः कांग्रेसको एउटा ठूलो समूह भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धी नेतृत्वको सरकारले बिहार र उत्तरप्रदेशका सामन्तसँग मिलेर किसानमाथि गरेको निर्मम दमनको समेत समर्थन गर्न थालिसकेको थियो। यता नेपाली कम्युनिष्ट पार्टी खासगरी एमाले पनि मदन भण्डारीको जनताको बहुदलीय जनवादका नाममा पुँजीवादमा फस्न पुग्यो। यसरी नेपालका प्रमुख समाजवादी दलहरुको नीतिमा मात्र समाजवाद सीमित बन्यो।
विशेषगरी २०५१ सालको मध्यावधिपछि नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरु राप्रपा जस्ता घोर दक्षिणपन्थी र उदारवादका समर्थकहरुको नेतृत्वमा सरकार बनाउने र गिराउने घृणित खेलमा लाग्दा समाजवादी आन्दोलन नराम्रोसँग थला पर्यो । यसबीचमा नेपाली कांग्रेस तथा नेकपा एमालेको समाजवाद स्थापनाका आधारहरु स्थापना गर्नेभन्दा पनि नवउदारवाद र निजीकरणमा प्रतिस्पर्धा चल्यो। समाजवादका पक्षमा उठेका आवाज, गरिएका प्रदर्शन र चलेका आन्दोलनलाई विभिन्न तरिका अपनाएर निस्तेज पारियो। आफ्नै विधान र घोषणापत्रमा एउटा कुरा लेख्ने र अर्को काम गर्ने गलत संस्कारले नेपाली राजनीतिमा गहिरो छाप पार्योन।
वि.सं. २०५२ सालबाट नेकपा माओवादीले सुरु गरेको समाजवादी आन्दोलन भारतीय नक्सालवादीहरुको जस्तै अवस्थाबाट गुजि्रयो। सुरुमा वर्गीय सवाललाई उठाएका माओवादीहरुले त्यसबाट आफ्नो स्वार्थ सिद्ध नहुने देखेपछि दिग्भ्रमित हुँदै गलत बाटोतर्फ लागे। यसपछि माओवादीहरुले वर्गको मुद्दा छाडेर जातजाति, धर्म, लिंग, क्षेत्रको सवाललाई प्रमुखताका साथ उठाए। कृषकहरुलाई समाजवादका लागि संगठित र सशक्त बनाउनुको साटो जनजातिहरुलाई भेला पारेर मुलुकको भूगोल कागजमा टुक्र्याउँदै 'कागजी जातीय राज्य' बाँड्न थाले। जनयुद्ध सुरु गर्नुभन्दा अगाडि बुझाएको ४० बुँदे मागमै उल्लिखित जमिन जोत्नेको हुनुपर्ने, सामन्तको सम्पत्ति जफत गरेर भूमिहीन तथा सुकुम्बासीलाई वितरण गरिनुपर्ने जस्ता सवालबाट माओवादी क्रमशः विमुख हुँदै गयो।
वि.सं. २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि नेपालमा समाजवादी चरित्रको राज्य व्यवस्था स्थापना गर्ने अवसर थियो। तर, तत्कालीन संसदवादी दलहरु र माओवादी दुवै यस कुरामा नराम्रोसँग चुके। माओवादी राजनीतिक मूलधारमा आइसकेपछि उसले समाजवादी मूल्य/मान्यतालाई स्थापना गर्नेभन्दा पनि सत्ताकेन्द्रित राजनीतिमै लाग्यो। संविधान सभाको निर्वाचनपछि ठूलो राजनीतिक दलका रूपमा स्थापित भएको माओवादीले समाजवादलाई स्थापना गर्नेभन्दा पनि जातीय, धार्मिक, लैंगिक, क्षेत्रीयताको हिलोमा फस्न पुग्यो। पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकार होस् या उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकार होस्, आफंैले २०५२ सालमा शेरबहादुर देउवाको सरकारलाई बुझाएको ४० बुँदे मागसम्म पनि पुगेनन्। त्यसलाई एकपटक पनि फर्केर हेरेनन्।
कुटिर तथा साना उद्योगलाई विशेष सहुलियत र संरक्षण दिनुपर्ने, किसानहरुलाई उत्पादनको उचित मूल्य दिनुपर्ने र मलबीउ सस्तोमा उपलब्ध गराउनुपर्ने, सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्ने, दलाल तथा नोकरशाही पुँजीपतिहरुको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने जस्ता ४० बुँदेभित्रका मुद्दालाई माओवादी नेतृत्वले बेवास्ता गर्योक। बरू, माओवादी नेताले सरकार चलाएकै बेला जति मलको अभावमा किसान कहिल्यै तड्पिनुपरेन। सम्पत्तिको स्वयं घोषणा योजना, भारतसँगको बिप्पा सम्झौता डा. बाबुराम भट्टराईले नै गरे। तर उनले कहिल्यै जमिन जोत्नेको हुनुपर्छ भन्दै आवाज उठाएनन्। बरु पार्टीको हेटौंडा महाधिवेशनमा पुँजीवादी क्रान्ति गर्ने प्रस्ताव पारित गरे।
यसरी नेपाली राजनीतिका सम्वाहक दलहरुले आफू सत्तामा पुग्ने औजारका रूपमा मात्र समाजवादलाई लिए। समाजवादका आवश्यक पूर्व सर्तहरुको तयारी गर्नेभन्दा सत्ताकेन्द्रित, सस्तो लोकप्रियताका कुरा गर्ने र समाजवादी कम्युनिष्ट पार्टीहरुले वर्गीय मुद्दालाई छाड्दै जातीयताको दलदलमा फस्न पुगेका कारण नेपालमा समाजवाद 'आकाशको फल' बन्दै गइरहेको छ। अहिले रहिरहेका नेपाली राजनीतिक दलहरुको व्यवहार र कार्यशैली हेर्दा नेपालमा समाजवाद अझै लामो समयसम्म आकाशकै फलका रूपमा रहिरहने निश्चित छ।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्।