चाँडोभन्दा चाँडो निर्वाचन गर
१५ चैत्र २०६९
•
१२ मिनेट पाठ
चाँडोभन्दा चाँडो निर्वाचन गर
सम्भवत् यसै साता असारमा चुनाव गर्ने भन्दै संविधान सभा निर्वाचनको तिथि तोकिनेछ। प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनलगत्तै असार पहिलो साता चुनावको मिति तय गरिने चर्चा र अपेक्षा थियो।
असारमा चुनावको प्रचार गर्दै न्यायाधीश खिलराज रेग्मीलाई फागुन मसान्तका दिन मध्यरातमै भए पनि शपथ गराउने उद्यममा थिए राजनीतिक दलहरू। उनीहरूले यस्तो हतार गर्नुको कारणमा एक दिन ढिला गर्दा पनि असारमा चुनाव गर्न सकिँदैन भन्ने गर्थे। तर दलहरूले देखाएको हतारो जस्तै मन्त्रिपरिषद्ले चुनावको तिथि तोक्न सकेको छैन। निर्वाचन आयोगमा आयुक्तहरू नभएको अवस्थामा तिथि नतोकिएको अनुमान थिए । तर आयुक्तहरू नियुक्त भएपछि तत्काल चुनाव घोषणा हुन्छ भन्ने विश्वास धरमरमा परेको छ। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती 'निर्वाचनको तिथि तोक्ने काम सरकारको हो, राजनीतिक दलहरूको हो र सबै दलहरू सहमत भएपछिमात्र निर्वाचन हुनसक्ने' प्रतिक्रिया दिइरहेका छन्। यस्तो प्रतिक्रियाले पनि असारको चुनाव अनिश्चित भएको संकेत गरेको छ। असार पहिलो साता तिथि तोक्ने तर चुनाव भने मंसिरतिर गर्ने मनोविज्ञानले काम गरिरहेको संकेत देखिन थालेका छन्।

सरकारले चुनावको तिथि तोक्न षडयन्त्र गरिरहेको माओवादी प्रतिक्रिया र मिडियाले सरकारको रबैयाप्रति आलोचनात्मक टिप्पणी गर्न थालेपछि त्यसको जवाफमा चुनावको तिथि तोक्ने बाध्यत्मक स्थितिमा रेग्मी सरकार पुगेको देखिन्छ। प्रशासकहरू आलोचना सहन नसक्ने, मुख्य जिम्मेवारी नलिने, जवाफदेही नहुने, जस जति आफू र अपजस जति अरूमाथि थोपर्ने चरित्रका हुन्छन्। नियम कानुनको घेराबाट माथि उठ्न नसक्ने र कुनै पनि जोखिम लिन नचाहने स्वभावका प्रशासकहरू अहिले भरोसाका केन्द्र बनाइएका छन्। प्रशासकहरूबाट लोकतन्त्र संस्थागत गर्ने र संविधान सभाबाट संविधान बनाउने कोरा कल्पनामा नेपालीले रम्नुपर्ने बाध्यता छ। प्रशासकहरूले चुनाव गराउन सकेनन् भने उनीहरू राजनीतिक दलमाथि दोष थोपरेर निवृतिभरणमा रमाउने छन्। यस्तो अवस्थाको दोषी स्वयं प्रशासक भने होइनन्। यसको प्रमुख दोष मुख्य चार राजनीतिक शक्तिहरूमाथि जानेछ। दलहरूको आपसी अविंश्वासको वातावरणमा प्रशासकहरूको सरकार नेपाली समाजमा एउटा नयाँ राजनीतिक प्रयोग बन्न पुगेको छ। प्रशासकहरू स्वभावैले नियन्त्रणमुखी हुन्छन्। राजनीतिमा अधिनायकवाद भनेजस्तै प्रशासकहरू पनि नियम/कानुनको साङ्लोमा समाजलाई नियमित गर्न चाहने मनोवृति हाबी हुन्छ। कस्तो विडम्बना, नेपाली समाज न्यायाधीश नेतृत्वको प्रशासकहरूको सत्तासँग लोकतन्त्रको याचना गर्दैछ।
संविधान सभाको निर्वाचनको मूल्यमा गठन भएको रेग्मी सरकार लोकतन्त्रको मापदण्डमा कहाँ फिट हुन्छ? त्यसको आँकलन अहिलेको आवश्यकता होइन। विधिको शासन, सवैधानिक, शक्ति पृथकीकरण जस्ता लोकतन्त्रका आधार कुल्चिएर गठन भएको यो सरकारले जसोतसो निर्वाचन गराओस् र निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पियोस भन्ने झिनो आशा गर्ने ठाउँ मरिनसकेको अवस्था छ। विषम राजनीतिक परिस्थितिमा 'आवश्यकताको सिद्धान्त' को आवरणमा उदाएको रेग्मी सरकारबाट धेरैले धेरैखाले अपेक्षा राखेका हुन्, राख्न बाध्य छन्। जसरी भए पनि चुनाव गराएर नयाँ राजनीतिक वातावरण सृजना होस् भन्ने मतदाताको भावनालाई साकार बनाउन रेग्मी सरकारमात्र लागि परेर हुँदैन। राजनीतिक दलका शीर्ष नेताहरू उत्तिकै संवेदनशील र गम्भीर हुन आवश्यक छ। चार राजनीतिक पक्षको ११ बुँदे सहमतिको पृष्ठभूमिमा अहिलेसम्म रेग्मी सरकार दलहरूकै 'प्रेसक्रिप्सन' मा चलिराखेको छ। असारमै चुनाव हुन सकेको अवस्थामा रेग्मी सरकारमाथि दलहरूको नियन्त्रण धेरै हदसम्म कामयाव हुनेछ। सरकार गठनका दुई सातामै सरकारका सदस्यहरू घुमाउरो पाराले दलहरूमाथि आक्षेप लगाउन थालेको अवस्थाबारे राजनीतिक नेतृत्व बेलैमा सचेत हुन आवश्यक देखिन्छ। दलहरूले बुझ्न आवश्यकक छ, चुनावको तिथि पछाडि धकेलिँदै गयो भने प्रशासकहरू 'बाघ' भएर गर्जिने स्थिति पनि आउन सक्छ। अहिलेसम्म रेग्मीको लगाम जस्तै बनेको राजनीतिक उच्चस्तरीय संयन्त्र कहिलेसम्म प्रभावकारी भरहने हो? शंका छन्। कारण, संयन्त्रले सर्वसम्मतिबाट मात्र निर्णय गर्ने हुँदा कार्यान्वयनमा सहज देखिँदैन। दलहरू चुनावी मैदानमा उत्रिएका बेला उनीहरू एक अर्कामा आरोप/प्रत्यारोप गर्न थाल्नेछन्। त्यसैले सर्वसम्मति सोचेजस्तो सहज छैन। त्यस्तो स्थितिमा रेग्मीलाई सत्ता सुम्पने राजनीतिको सूत्रधार माओवादीको प्रभाव सत्ता राजनीतिमा कुन हदसम्म पर्छ? त्यसैले मुलुकको भावी राजनीतिको दिशानिर्देश गर्नसक्ने सम्भावना छ।
निर्वाचनका दुइटा पाटा छन्। एउटा प्राविधिक अर्को राजनीतिक। प्राविधिक पाटोमा निर्वाचन आयोगको तयारी, मतदाताको अवस्था हुन्। यस अर्थमा निर्वाचन आयोग असारअघि नै निर्वाचन गर्न सक्षम रहेको प्रमुख आयुक्त उप्रेतीको भनाईले स्पष्ट गर्छ। तर उप्रतीले भनेजस्तै प्राविधिक सहजता जस्तै छैन, चुनावको राजनीतिक तयारी। नयाँ मतदाता नामावली संकलनमा वैद्य माओवादीको विरोधले ठूलो अर्थ राखेको छ। चुनाव बिथोल्ने र उम्मेदवारहरूमाथि भौतिक कारबाहीसमेत गर्ने धम्कीको राजनीतिक निकास के? दलहरूसँग उत्तर छैन। माओवादीबाट विभाजित भएकाले माओवादी नेतृत्व वैद्य समूहलाई राजनीतिक हैसियत दिन चाहँदैन। यस्तो अवस्थामा अन्य राजनीतिक दलले वैद्यलगायत्का चुनाव विरोधी पक्षसँग संवाद गर्न ढिलो भइसक्यो। राजनीतिक संवादबाट उनीहरूलाई समेत निर्वाचनमा भाग लिनसक्ने स्थितिमा पुर्‍याउनु् दलहरूको प्राथमिक काम हुनुपर्थ्याे। राजनीतिक उपायबाट सम्भव नभएमात्र प्रशासनिक कारबाही विकल्प हुन सक्छन्। प्रशासकहरूको सरकार राजनीतिक समाधानभन्दा कारबाहीमा उत्साही हुने हुँदा माओवादीबाहेकका राजनीतिक दलले परिस्थितिको गहन अध्ययन गर्न आवश्यक छ। वैद्यहरूको विरोधकै आडमा असारमा गर्ने भनिएको चुनाव मंसिरसम्म सार्न सहज होला। तर, चुनाव जति पछि धकेल्यौ, त्यत्तिकै नयाँ नयाँ जटिलता थपिँदै जाने खतरा रहन्छन्। जातीय संघीयताका कतिपय पक्षपाती वैद्यको चुनाव विरोधी अभियानमा मोर्चाबन्दी गरेको पृष्ठभूमिलाई दलका नेताहरूले बेलैमा मसिनोसँग केलाउन आवश्यक छ। नेपाल जस्तो मिश्रित जातजातिले बनेका गाउँघरहरूमा जातीय मुद्दा अघि सार्दा चुनाव जितिँदैन भन्ने निचोडमा पुगेर उनीहरू विरोधी बनेका त होइनन्? माओवादीको वैद्य समूह र जातीय संघीयताका पक्षहरूबीचको सहकार्य अहिलेमात्र होइन, संविधान सभा जीवित रहेका बेला र वैद्यहरू मूल पार्टीमै रहेको अवस्थामा पनि पटकपटक अभ्यास गरिएको हो।
गाउँ, शहरमा चुनावी माहौल बन्न थालेको देखिन्छ। संविधान सभा निर्वाचनको प्रतीक्षामा मतदाता छन्। मतदाता आफ्नो अधिकार प्रयोग गर्न तयार रहनु निर्वाचन राजनीतिको सकारात्मक र सबैभन्दा आवश्यक तŒव हो। राजनीतिक दलका उम्मेदवारका आकांक्षीहरूले जिल्ला जिल्लामा टिकटको लबिङ्ग गरेको र भोजभतेरसमेत थालेको समाचार आएका छन्। यसबाट मुलुकमा प्रचारमा आएजस्तो वैद्यहरूको विरोधमात्र छैन, चुनावको माहौल पनि बनेको छ भनेर बुझ्न आवश्यक हुन्छ। प्रमुख राजनीतिक पक्ष असारमा निर्वाचन गर्न जिम्मेवार भएको अवस्थामा सरकारले त्यसका लागि पिछ पर्न हुँदैन। दलहरू अघि नसरेको अवस्थामा प्रशासकहरूले चलाएको सरकारले औपचारिकरूपमा असारमा निर्वाचनको तिथि तोक्नेछन् र फुर्सदमा सत्ता चलाइरहनेछन्। करिब सात दशकदेखिका आन्दोलन र राजनीतिक विकासक्रमको समीक्षा गर्दा हामी नेपाली लोकतन्त्र प्राप्त गर्ने तर त्यसलाई संस्थागत गर्न नसक्ने जातिमा गणना हुन्छौं। लोकतान्त्रिक पद्धति बसाल्ने भन्दा एकपछि अर्को प्रयोग गर्दै जाने क्रममा हामी अहिले प्रशासकहरूलाई सत्ता सुम्पने विचित्रको अभ्यास गर्दैछौं। यो प्रयोगलाई छिटोभन्दा छिटो अन्त्य गर्नु लोकतन्त्रको हितमा हुनेछ। जसको एउटै उपचार चाँडोभन्दा चाँडो संविधान सभाको निर्वाचन नै हो।
अर्को समाचार
छिटो निर्वाचन गर्न कुनै कसर बाँकी राखिन्न : उप्रेती
११ चैत्र २०६९
•
५ मिनेट पाठ
छिटो निर्वाचन गर्न कुनै कसर बाँकी राखिन्न : उप्रेती
काठमाडौं, चैत ११- नवनियुक्त प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले चाँडोभन्दा चाँडो निर्वाचनको मिति तोक्ने प्रक्रियामा सरकारलाई सुझाव दिने र लोकतान्त्रिक निर्वाचन सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराख्‍ने बताएका छन्।


प्रमुख निर्वाचन आयुक्तले आज अपराह्न सपथ ग्रहण गरेपछि आयोगको कार्यालय पुगेर पदबहाली गरेलगत्तै सरकारलाई चाँडो निर्वाचनको मिति तोक्ने प्रक्रियामा गएर सुझाव दिने र सरकारले मिति तोक्ने बताए।
"सबै प्रक्रिया, विधि, प्रविधि एवम् कानुनको व्यव्ास्था गर्दै स्वच्छ, निष्पक्ष र स्वीकार्य हुने दोस्रो संविधानसभाको निर्वाचन गर्न आयोग प्रतिबद्ध छ, लोकतान्त्रिक निर्वाचन सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी राख्‍ने छैन," प्रमुख आयुक्त उप्रेतीले भने।
उनले निर्वाचनको तयारीको मूल्याङ्कन नगरीकन कुन महिनाको कति गते निर्वाचन गर्न सकिन्छ सकिने अवस्था नभए पनि चाँडो निर्वाचनको मिति तोक्ने प्रक्रियामा जाने प्रतिबद्वता व्यक्त गरे। "हामीलाई गन्तव्य पनि थाहा छ, बाटो पनि थाहा छ तर चुनौती पर्याप्त मात्रामा छन्, ती चुनौतिसँग जुझ्दै र व्यवस्थापन गर्दै अघि बढ्छौं, देशमा दोस्रो संविधान सभा चुनाव सम्पन्न गर्न आयोग सक्षम हुनेछ," उनले भने। उनले आफूले असारभन्दा पनि जेठमा चुनाव गराउन पाए हुन्थ्यो भन्ने चाहना यसअघि राखिसकेको बताए।
''मैले पहिला पनि भनेको थिएँ जेठ ५ वा २१ भित्र चुनाव गराऔँ, यद्यपि समय दौड्दै गएको अवस्था छ, मौसमका कारणले सकेसम्म असारमा पुर्‍याउन नपाए हुन्थ्यो भन्ने हो तर समयले कति दिन्छ र हामी कति गर्न सक्छौं तयारी गरेपछि मात्र भन्न सक्छौं" मुख निर्वाचन आयुक्तले भने। धेरै लामो अनुभव तथा जोस र होस भएका निर्वाचन आयुक्तको समूह बनेको बताउँदै उप्रेतीले सबै दल, संवैधानिक परिषद्, राष्ट्रपति, सरकार, नागरिक समाज, सम्पूर्ण मतदाता, कर्मचारीलगायत सबैको सहयोग र सद्‍भाव लिएर आयोग आएकाले समयमा नै निर्वाचन सम्पन्न गर्न केही कुरा कमी राखिने छैन भने।

आजसम्म भएका गतिविधिको आँकलन र मूल्याङ्कन गर्दै सरकारसँग छलफल गरेर वातावरण बनाउन कुन किसिमको सहयोग हुन्छ ती सबैलाई ख्याल गरेर मिति घोषणाको तयारी हुने उनले बताए। प्रमुख आयुक्त उप्रेतीले दलबीच आगामी असार ७ गतेअघि नै निर्वाचन गर्ने सहमति भएको र मिति तोक्ने काम सरकारले गर्ने हो भन्दै ठूलो कुरा मतदाता नामावाली पनि भएकाले सबभन्दा पहिला कानुनी आधार, प्राविधिक व्यवस्थापन, राजनीतिक व्यवस्थापन तथा अन्य विधि प्रविधिको व्यवस्था गर्नुपर्ने अवस्था रहेको धारणा राखे।
"चुनावका लागि छिटोछरितो प्रक्रियाको व्यवस्था गरेर सबैको सहयोग मिलेको खण्डमा कैयौँ कुरामा सहमति गर्दै निर्वाचन छोटोभन्दा छोटो समयमा सम्पन्न गर्न आयागेले प्रयास गर्नेछु," प्रमुख निर्वाचन आयुक्तले भने। "विभिन्न राजनीतिक दलले निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् नि" भन्ने पत्रकारको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्तले त्यो राजनीतिक विषय भएकाले राजनीतिक दलले समस्याको समाधान गर्ने तथा दल र सरकारले निर्वाचनमा ल्याउन प्रयास गर्ने बताउनुभयो। त्यसका लागि आयोगले गर्ने पहलमा पनि आयोगका तर्फबाट हुने विश्वास व्यक्त गरे।
प्रमख आयुक्तलगायत निर्वाचन आयुक्त राष्ट्रपति भवन शीतलनिवासमा सपथग्रहण गरेलगत्तै आयोगको कार्यालय पुगेर पद बहाली गरी जिम्मेवारी सम्हालेका थिए। उनीहरुलाई आयोगका सचिव नारायणगोपाल मलेगोलगायतले स्वागत गरेका आयोगका प्रवक्ता अनिल कुमार ठाकुरले बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस