अघिल्लो नोभेम्बर भारतीय राष्ट्रपति प्रणव मुखर्जी छत्तीसगढको राजधानी रायपुर आउँदै थिए। राज्योत्सवको अवसरमा उनले नवनिर्मित भव्य मन्त्रालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो। सोही अवसरमा उनले चन्दनको बिरुवा रोपेर रायपुरभरी चन्दन रोप्ने राज्य सरकारको अभियान शुभारम्भ पनि गर्दै थिए। सोही प्रसंगमा छत्तीसगढका वरिष्ठ पत्रकार सनत चतुर्वेदीले 'उजडते साल वन और चन्दनकी चर्चा' शीर्षकमा लेखे।
लेखको आशय के छ भने छत्तीसगढको पर्यावरणसँग युगौंको नाता भएको सालको जंगल नष्ट हुँदै गइरहेको छ, यतातिर सरकारको ध्यान छैन। तर सुगन्धसमेत बिक्छ भन्ने आशामा भटाभट चन्दनको रुख रोप्ने अभियान थालिँदैछ, जबकि चन्दन छत्तीसगढको जलवायुसँग घुलमिल हुने वृक्ष होइन।
चतुर्वेदीको चिन्ता जिन्दगीसँग जोडिएको प्राकृतिक छटा र त्यसको पहिचानसँग जोडिन्छ। मूल कुरा के हो भने सजातीय चीजको मूल्यमा बिजातीय चीजको गौरव स्थापना गर्दा समाजले मूल्य चुकाउनुपर्ने हुन्छ। सामाजिक राजनीतिक इतिहासमा यस्ता घटना अझ धेरै हुन्छन्। नेपाली राजनीतिक इतिहासमा त झन् समय, परिवेश, अर्थराजनीतिक र सामाजिक यथार्थलाई बाह्र हातको टाँगोले पनि नभेट्ने गरी भएका दुर्घटना प्रचुर पाइन्छ। परन्तु केही यस्ता बिजातीय घटना कहिलेकाहीँ समाज विकासका क्रममा अनिवार्यजस्तो पनि बन्न जान्छन्।
नेपाल राज्य र यसभित्रको सामाजिक चरित्र क्रमशः फड्को हान्दै बदलिरहेको अहिलेको परिवेशमा प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रिपरिषद बन्नु यस्तै एउटा बिजातीय प्रयोग हो। हेटौंडाबाट एकीकृत माओवादी अध्यक्ष प्रचण्डले उद्घोष गरेझैं अन्ततः प्रधान न्यायधिश खिलराज रेग्मी चुनावी मन्त्रिपरिषदको अध्यक्ष भए र उनकै रोजाइका पुराना वरिष्ठ प्रशासकहरु मन्त्री भए। हालसम्मको हिसाबकिताबमा शक्तिशाली दलहरुको सहमति र अग्रसरतामै यस्तो प्रयोग भएकाले यो मन्त्रिपरिषदका आफ्नै सीमा छन्। यो निर्णयकै पनि सीमा र समस्या नभएका होइनन्। तथापि चुनाव नै धमिलो राजनीति संग्ल्याउने एकमात्र विकल्प भएकाले यस्तो बिजातीय विकल्पलाई पनि स्वीकार्नैपर्ने बाध्यता छ।
यद्यपि एउटा टड्कारो सत्यचाहिँ के हो भने यो मन्त्री परिषदको अनुहार र परिवर्तनबीच तादात्म्यताचाहिँ देखिँदैन। सामाजिक यथार्थमा आएका परिवर्तनहरु एकातिर, मन्त्रिपरिषदको अनुहार अर्कोतिर फर्किएको देख्न कुनै थि्रडी चस्मा लगाइरहनै पर्दैन। एकै छाँटका दौरा-सुरुवाल र कोटमा ठाँटिएका, पुराना शासक खलकको राणाकालीन आभा अनुहारमा टाँगेका महेन्द्रीय ढाँचाका प्रतिमूर्तिजस्ता लाग्छन्, मन्त्री परिषदका सदस्य। दौरा-सुरुवालको विम्ब अब काम नलाग्ने भइसक्यो। पुरानो सत्य विस्थापित गर्दै नयाँ सत्य के स्थापित भइसकेको छ भने दौरा-सुरुवालको महिमागान या त ढोंगका खातिर गरिन्छ या त खान्दानी रवाफ प्रदर्शन गर्नका लागि। अरु लुगै नभएर दौरा-सुरुवालले काम चलाउन बाध्य सर्वसाधारणको कुरा भने बेग्लै हो। जब प्रधानमन्त्री, मन्त्री वा उच्चपदस्थ कर्मचारीले यो पोशाक प्रयोग गर्छ तब भने कुरो शासकीय विम्बको हुन्छ।
अन्यथा दौरा-सुरुवाल बडो अप्ठ्यारो पोशाक हो। लामो समय सरकारी जागिर खाएका ख्यातिप्राप्त लेखक ध.च. गोतामेले आफ्नो संस्मरणमा लेखेअनुसार त दौरासुरुवाल लगाउन उनलाई असाध्य सकस लाग्थ्यो, तर शासकीय अभ्यासले उनलाई यही पोशाकमा खुम्चिन बाध्य बनायो। गणतन्त्र स्थापनासँगै यस्तो बाध्यता कसैलाई छैन। तथापि हाम्रा चुनावी मन्त्रिपरिषदका सदस्यहरुलाई यस्तो रहर किन लागेको होला? यो कुनै सामान्य कुरा होइन। कैयौं शासकीय सारतŒव विम्ब, प्रतीक र चिह्नहरुमार्फत् पनि अभ्यास गरिन्छ।
सामाजिक यथार्थमा आइरहेको व्यापक परिवर्तनलाई इंगित गर्दै एकपटक बौद्धिक नेता प्रदीप गिरीले भनेका थिए- दौरा-सुरुवालवाला राष्ट्रियताले अब काम चलाउन सकिँदैन, नेपाली राष्ट्रियताको ढाँचा प्रशस्त बदलिसकेको छ। दौरा-सुरुवाललाई राष्ट्रियताको परिचायक सम्झने महेन्द्रीय राष्ट्रियताको परिभाषाले धेरै नेपालीलाई समेट्न सकेन। स्कुलदेखि नै महेन्द्रमाला पढाएर जबर्जस्ती 'होमोजिनियस' (एक रूप) समाज स्थापना गर्ने महेन्द्रकालीन नीतिले ठूलो जनसंख्यालाई मानसिक र भौतिक विकासको मूलधारमा पुग्नै दिएन। फलस्वरूप विद्रोह भए र जनजाति, आदिवासी, दलित, मधेसी, थारु, महिला सबैले परम्परागत अभ्यासलाई अस्वीकार गरे। महिलालाई साडी नै लगाउनुपर्ने बाध्यता अब छैन, चाहे सरकारी अड्डामै काम गर्ने महिला किन नहुन्, उनीहरू आफनो रोजाईको पोशाक लगाउन पाउँछन्।
तर परिवर्तनका यस्ता आग्रह पुराना प्रशासकका रुचिका विषय होइनन्। अहिलेको मन्त्रिपरिषद्को अनुहार हेर्दा पुरानो शक्तिको अभ्यास कस्तो थियो भन्ने परिचय स्वतः मिल्छ। जुन शासकीय सारतŒवलाई समाजले अस्वीकार गरिसकेको छ र नयाँ शासकीय आधारहरु स्थापना गर्ने ज्वरोले समाज तातेको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषदको अनुहारले गिज्याइरहेजस्तो लाग्छ। साथै एउटा जबर्जस्त यथार्थलाई पुनः एकपटक उजागर पनि गरेको छ। आखिर कस्ता अनुहार र कस्ता शासकीय चरित्रका मान्छे यो मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्र हाँक्ने ठाउँमा पुगेका रहेछन्? उनीहरुले शक्तिको अभ्यास गरिरहँदा कस्ता अनुहारका मान्छेलाई प्राथमिकतामा राख्थे होला र कस्तालाई देखेको नदेख्यै गर्थे होला?
प्रख्यात् लेखक फ्रान्ज काफ्काले भनेका छन्- हरेक क्रान्ति अन्ततः वाफ बनेर उड्छ र बाक्लो लेदोजस्तो नयाँ कर्मचारीतन्त्रमा थेग्रिन्छ। समाज र राज्यलाई बदल्ने क्रान्तिका स्वरुपहरु अनेक हुन्छन्। क्रान्तिलाई यहाँ सुविधाका लागि परिवर्तन भन्ने हो भने कुनै समयमा हुने कुनै एकप्रकारको अर्थराजनीतिक परिवर्तनले आफू अनुकूलको कर्मचारीतन्त्र निर्माण गरेर जान्छ। हाम्रो कर्मचारीतन्त्र कुनै असल ख्याति भएको मेकानिज्म (व्यापक संस्था) होइन। कागजहरुको खात र धुलोको गुब्बारका बीच यो अलमलिएको धेरै भयो। अक्सर नयाँ राजनीतिक परिवर्तनलाई राज्य सञ्चालनको स्तरमा संस्थागत हुन नदिने संस्थामध्ये एक हो कर्मचारीतन्त्र। नेपालको कर्मचारीतन्त्र त झन जब्बर र अनुदार मानिन्छ। भ्रष्टाचार र पदलोलुपता यसको चरित्र भएको छ। समाजशास्त्री म्याक्स वेबरको शब्दमा कर्मचारीतन्त्र शक्ति बाँडफाँटको हिसाबले माथिदेखि तल बग्ने (हायरआर्किकल) नै हुन्छ तर त्यहाँ तलबाट माथि बग्ने शक्तिसमेत सुनिश्चित भयो भनेमात्र त्यो लोकतान्त्रिक हुन्छ। तर हाम्रो कर्मचारीतन्त्रमा अझैसम्म जी/हजुरी चल्छ। यस्तो संरचना राजतन्त्रकालीन पद्दतिबाट आयो। तर त्यहाँबाट अझै माथि उठ्न सकेको छैन।
ठीक यस्तै संरचनाका उत्पादन र नेतृत्वकर्ता- जसले अत्यन्त रुढीग्रस्त र अधोमुखी पद्धति चलाएर आए, अहिले मन्त्रिपरिषद्मा छन्। उनीहरुका अनुहार र हाउभाउ पुरानै शैली र विम्बअनुरूप छन्। त्यसैले यो मन्त्रिपरिषदले नयाँ समाजको चरित्रलाई ग्रहण गर्दैन। बरु पुरानो दम्भको पुनरुत्पादन मात्र गर्छ। अनि स्पष्ट ढंगले प्रदर्शन गर्छ- एउटा शासकीय चरित्रलाई, जसका विरुद्ध नेपाली समाजले लामो लडाइँ गरेको छ। त्यो शासकीय चरित्रले भन्छ- उच्च जात र कुलका मानिसमात्र शासन गर्न योग्य हुन्छन्, पद हासिल गर्न र तल्लो पदका मानिसमाथि राजर्षी शासन गर्न सक्षम हुन्छन्। यस्तो उच्च कुलीन मन्त्रिपरिषद् हामीले पाएका छौं, जो नेपाली समाजको जिउँदो यथार्थसँग बिजातीय नाता राख्छ।
यद्यपि यो मन्त्रिपरिषद् केवल निर्वाचन गर्नका लागि खडा गरिएको छ र यसको साँचो दलहरुकै हातमा छ भनिएको छ। अन्ततः समाज परिवर्तनका औजार भनेका राजनीतिक पार्टी नै हुन्। ती औजारलाई नियन्त्रण गर्न आमजनसमुदाय जगमा बसेका हुन्छन्। जनसमुदायको उन्नतितिर लम्कने आकांक्षालाई सम्बोधन गर्न नसक्नेगरी बूढो भएको दिन जुनसुकै दल गर्ल्यामगुर्लुम ढल्छ। तिनै दलहरुले बडो अनुदार किसिमको मन्त्रिपरिषद् बनाएका छन्। उनीहरुको विश्वासमा संकट नआओस् भन्ने कामना त गर्न सकिन्छ तर बिजातीय मन्त्रिपरिषद्लाई धेरै समय धान्न भने नेपाली समाजको नयाँ यथार्थले अनुमति दिँदैन।
माथि उल्लिखित उदाहरणमा झैं सुगन्ध बेच्ने प्रयोजनका लागि चन्दनका रुखहरु त रोप्न सकिन्छ तर जलवायुसँग जीवन्त नाता भएको सालको जंगल जोगाउने प्रयास कमजोर पार्न सकिँदैन। साललाई वृक्षारोपण गर्न पनि सकिन्न, केवल प्राकृतिकरूपले उम्रन र बढ्न प्रेरित गरेरमात्र यसलाई जोगाउन सकिन्छ। निरन्तर परिवर्तनको राजनीतिक प्रक्रियालाई संस्थागत गर्ने काम अहिलेको मन्त्रिपरिषद्लाई झैं जुनसुकै बेला 'वृक्षरोपण' गर्न सकिने चीज होइन।