प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वमा मन्त्रिपरिषद् गठनको एक साता भएको छ। प्रमुख राजनीतिक दल माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाको कोटामा मन्त्रिमण्डलको आकार बढाइएको छ। विगतमा सरकार गठनमा लामो समय लाग्ने र राजनीतिक जोड-घटाउको पृष्ठभूमिमा साता दिनमै प्रशासकहरूको सरकारले पूर्ण आकार पाएको छ। यसबीच सरकारले केही 'डन' हरूको फाइल कारबाहीका लागि अघि बढाएको छ। राजनीतिक दलहरूको संरक्षणमा रहेका 'दादा' हरू माथि कारबाहीको प्रक्रिया अगाडि बढाउनुलाई सरकार कडाइका साथ अघि बढ्छ भन्ने अर्थ लगाइहाल्न मिल्दैन। आगामी दिनमा यो सरकारले मुलुकमा व्याप्त दादागिरी प्रवृति र त्यस्तो प्रवृतिका संरक्षक राजनीतिक दलहरूसँग कसरी व्यवहार गर्छ? रेग्मी सरकार अहिलेसम्म आफैं दलहरूको उच्चस्तरीय संयन्त्रको अरनखटनमा चल्नुपर्ने हैसियतमा भएकाले यसबाट धेरै अपेक्षा गर्न मिल्दैन।
यीबाहेक रेग्मी सरकारले असारमा चुनाव गराउनेबारे के/के काम गर्यो? रेग्मी सरकारको मुख्य काम, संविधान सभाको चुनाव गराउनसँग सम्बन्धित भएकाले कसी लगाउने मापन पनि चुनाव नै हुनुपर्छ । तर चुनाव कहिले हुन्छ त? अहिलेको राजनीतिको सबैभन्दा पेचिलो प्रश्न पनि यही हो। सरकार र सरकार बनाउने दलहरू असारमै चुनाव हुन्छ भन्दै एकोहोरो प्रचारमा जुटे पनि अहिलेको अवस्थाले असारमा चुनाव हुने विश्वास जगाएको छैन। झट्ट हेर्दा राजनीतिक दलहरू चुनावी प्रचारमा लागेको देखिए पनि गम्भीर गृहकार्यमा ज्ुटेको अनुभव हुँदैन। चु्नावमा केन्द्रित हुन कार्यकर्तालाई औपचारिक आदेश दिनेबाहेकको चुनावी अभियानमा दलहरू नलागेको अहिलेको अवस्थाले उनीहरू असारको प्रचार गरेर मंसिरमा मात्रै चुनावमा जाने मनस्थितिको संकेत गर्छ। राजावादी कमल थापाहरू असारमा निर्वाचन हुन्छ भन्दै जति उत्साही देखिन्छन्, त्यसअनुरूप माओवादी, कांग्रेस, एमाले लागिपरेका छैनन्। प्रमुख राजनीतिक दलहरूको अहिलेको अवस्थाले मंसिरसम्ममा चुनाव गर्ने उनीहरूको सहमति सम्झाउन बाध्य बनाउँछ।
चुनाव कहिले हुन्छ? पछिल्लो मन्त्रिपरिषद बैंठकले अख्तियार गरेको नीतिले महŒवपूर्ण सन्देश दिएको छ। सरकारले पूर्ण आकार लिएपछिको पहिलो चैत ६ को मन्त्रिपरिषदले संवैधानिक निकायहरूमा नियुक्ति पछिमात्र चुनावको मिति तोक्ने नीति अख्तियार गर्यो। संवैधानिक पदहरूमा पदाधिकारी नियुक्तिका लागि अन्तरिम संविधानका बाधा अड्काउ फुकेका छन्। संवैधानिक परिषद्का प्रावधानहरू संशोधन भएर मन्त्री परिषदले परिषदका सदस्य पनि तोकिसकेको छ। यस्तो स्थितिमा सरकारका लागि संवैधानिक पदहरूमा पदाधिकारी नियुक्ति सामान्य कुरा हुनुपर्थ्याे। अन्तरिम संविधानमा रेग्मी सरकार आफूमा स्वतन्त्र भएको अर्थ लगाउँदा पदाधिकारी नियुक्ति सरकारका निजी मामला हुन्। तर, मुलुकको राजनीतिक समीकरणमा रेग्मीभन्दा माथि राजनीतिक दलहरूको संयन्त्र छ, जुन जुनसुकै बेला गतिरोध उत्पन्न सक्ने खतरा राख्छ।
राजनीतिक दलहरूको ११ बुँदे सहमतिमा उच्चस्तरीय संयन्त्रमा सर्वसम्मतिबाट मात्र निर्णय गर्ने कार्यविधिमा दलका नेताहरूले हस्ताक्षर गरेका छन्। अन्तरिम संविधानको सहमतीय राजनीतिको मर्मलाई तिलाञ्जली दिन सफल राजनीतिक दलहरूको पछिल्लो सर्वसम्मतिबाट मात्र निर्णयमा पुग्ने सहमति कसरी कार्यान्वयन हुने हुन्? हेर्न बाँकी छ। सर्वसम्मतिको प्रमुख सूत्र भागबण्डा देखिन्छ। भागबण्डामा मिलेमतो हुन्जेल समस्या हुँदैन। तर संयन्त्रभित्र समस्या छन् भन्ने सन्देश प्रारम्भमै देखिन थालेका छन्। संयन्त्रको पछिल्लो बैंठकले भागबण्डामै मन्त्रीहरूको साथसाथ संवैधानिक निकायका प्रमुखहरूको नाम पनि प्रस्ताव गरेको थियो। निर्वाचन आयोगमा निलकण्ठ उप्रेती, लोकसेवा आयोगमा कयोदेवी यमी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्की र महालेखा परीक्षकमा भानु आचार्यको नाम प्रस्त्ााव भएको हो। अन्य नाममा खासै प्रतिक्रिया नआए पनि अख्तियारमा कार्कीको नामले सार्वजनिक जीवन र राजनीतिक दलमा गम्भीर प्रतिक्रिया उत्पन्न गरेको छ। राजनीतिक दलका शीर्ष नेतृत्व कुन हदसम्म मुलुक र जनताप्रति असंवेदनशील छन् भन्ने यो एउटा उदाहरण बन्नसक्छ।
कार्की जनआन्दोलनमा मुख्य सचिवको हैसियतमा दमनकारी भूमिका खेलेको भन्दै रायमाझी आयोगले दोषी ठानेका व्यक्ति हुन्। पञ्चायतकालमा हुकुम प्रमाङ्गीबाट सरकारी सेवामा प्रवेश गरेका कार्कीको विवादास्पद पृष्ठभूमिको राम्रो जानकारी हुँदाहुँदै किन माओवादी जस्तो ...क्रान्तिकारी' पार्टीले नाम प्रस्ताव गर्यो? प्रश्न गम्भीर छ। कार्कीको नाम अख्तियार प्रमुखमा आएपछिका संयन्त्रको बैठकसमेत बस्न सकेको छैन। के देखिन्छ भने कार्की प्रकरणले दलबीचको भागबण्डाको सन्तुलन भत्काउनेछ र हुनसक्छ यही कारणले असारमा चुनाव गर्ने प्रचार केही दिनमै तुहिनेछ। कार्कीकोे सिफारिसलाई रेग्मी मन्त्रिपरिषद्ले स्वीकारेर राष्ट्रपतिबाट अनुमोदन हुनुपर्ने संवैधानिक प्रावधान छ। यस अर्थमा पार्टीहरूको सिफारिसमा कार्कीको नाम रेग्मी सरकारले जस्ताको त्यस्त्ौ स्वीकारेर राष्ट्रपति डा. रामवरण यादवबाट अनुमोदन हुनुपर्छ, जुन सहज देखिँदैन।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार र डा. बाबुराम नेतृत्वको सरकारमा भएका गैरकानुनी खर्चहरूको भयबाट जोगिन माओवादीले लोकमान जस्ता ...बहादुर' रोजेको अनुमान गरिँदैछ। कृत्रिम लडाकुको नाममा राज्य कोषबाट करिव ४ अर्ब रुपियाँ लिएको आरोपको जवाफ माओवादी अध्यक्ष दाहालले दिन सकेका छैनन्। यता बाबुराम शासनकालमा पार्टी कार्यकर्तालाई ...युवा स्वरोजगार' जस्ता कार्यक्रमको नाममा ठूलो धनराशी बाँडेको कुरा पनि सबैका सामु छर्लङ्ग नै छ। राज्य कोषको ठूलो रकम दुरूपयोग गरेको आरोपबाट जोगिन माओवादीले कार्कीको नाम अघि सारेका त होइनन्? माओवादी शीर्ष नेतृत्वले जवाफ दिन आवश्यक छ।
उता भागबण्डाको राजनीतिको नाममा कांग्रेस, एमालेका शीर्ष नेता पानीमुनिको ओभानो बन्न खोज्दैछन्। तर माओवादीको कार्की प्रस्तावले प्रमुख राजनीतिक दलभित्र गम्भीर प्रतिक्रिया उत्पन्न हुन थालेका छन्। दलहरू भित्र र सार्वजनिक जीवनमा उठेका प्रश्नहरूलाई कांग्रेस, एमालेले माओवादी प्रस्ताव भनेरमात्र पन्छिन सक्ने अवस्था छैन। अख्तियार जस्तो संवेदनशील निकायमा माओवादी ...हतियार' को हालिमुहाली भयो भने भोलिका दिनमा कांग्रेस, एमालेका नेताहरूको अवस्था कस्तो होला? सोच्न आवश्यक छैन र? कार्की प्रकरणले एमालेभित्र गम्भीर प्रतिक्रिया उत्पन्न गरेको छ। पार्टीको अनुशासन समितिले पार्टी अध्यक्ष झलनाथ खनाललाई कारबाहीको दायरामा ल्याउने संकेत गर्नुलाई सामान्य प्रतिक्रियामात्र मान्न सकिन्न। कांग्रेस, एमालेका सामु अहिले पनि विकल्प छन्। कार्की प्रकरणबाट तत्काल पछि हटेर दलहरू निर्वाचन आयोगलगायत्का निकायमा मात्र पदाधिकारी नियुक्ति गर्ने निर्णयमा पुग्न सक्छन्। जुन अहिलेको आवश्यकता पनि हो।