एक सय एघार वर्षअघि कार्ल काउत्स्कीले लेखेका थिए, 'पुँजीपति वर्गले शासन (रुल) गर्छ, तर सरकारको सञ्चालन (गभर्न) गर्दैन।' त्यसको पुछारमा उनले निकै महत्वपूर्ण वाक्य पनि जोड्न भ्याएका थिए, 'ऊ सरकारमाथि शासन गर्ने कामबाटै सन्तुष्ट हुन्छ।'
हुन त कुनै पनि देशमा पुँजीपति वर्गले एउटा वर्गका रूपमा 'सरकार सञ्चालन' गरेको पाइँदैन। अमेरिकाजस्ता पुँजीवादी देशमा पनि पुँजीपति वर्गका केही व्यक्तिसम्म सरकार सञ्चालक भएका उदाहरणमात्रै पाइन्छन्। पुँजीवादको प्रारम्भिक इतिहासमा भेनिस र ल्युबेकजस्ता नगरमा व्यवसायीहरूले प्रत्यक्षरूपमा सरकार सञ्चालन गरेको नमुना भेटिन सक्छ। तर, सामान्यतः पुँजीपति वर्गलाई राज्यको एउटा 'पृथक तत्व' कै रूपमा लिइने गरिन्छ, जसले पृथक रहेको देखाएर पनि सरकारमाथि शासन गर्छ।
राजनीतिक दलहरूको शासन
यही वैचारिक सन्दर्भ नेपालमा बनेको सरकारको सञ्चालन र राजनीतिक दलहरूको शासनसँग मिल्दोजुल्दो देखिन्छ। तर, झट्ट हेर्दाचाहिँ यहाँ अहिले प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अराजनीतिक, निर्दलीय र प्रशासनिक सरकार निर्माण भएको र सञ्चालनमा आएको आभास हुन्छ। यस्तै भान परेरै हुनसक्छ, नेकपा-माओवादीको नेतृत्वमा रहेका २२ दल सडकमा टायर बाल्दै सरकारमा राजनीतिक दलको नेतृत्व माग्दैछन् भने वकिलका नाइकेहरू अदालतको ढोका चहार्दै शक्ति पृथकीकरण र प्रधान न्यायाधीशको राजीनामा खोज्दैछन् अनि नागरिक समाजका अगुवाहरू लोकतन्त्रको खोजमा छन्। तर, प्रधान न्यायाधीश नेतृत्वको सरकार निर्माणको तथ्य र कथ्यले भने 'अन्तरिम चुनावी परिषद्' मार्फत् राजनीतिक र दलगत नेतृत्वको सरकार निर्माण भएको सत्यतिरै संकेत गरेका छन्, भलै त्यस परिषद्को अध्यक्षता प्रधान न्यायाधीशले गरेको किन नहोस्।
वास्तवमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित तीन दलले बनाएका ११ बुँदे सहमति र कार्यादेशअनुसार परिषद् निर्माण हुनु कुनै अराजनीतिक काम हुन सक्दैन। संविधान सभा निर्वाचनमा जनमत प्राप्त प्रमुख दलहरूले दिएको संयुक्त कार्यादेशअनुसार दोस्रो संविधान सभाको निर्वाचन गर्न कम्मर कसेका अध्यक्ष रेग्मीका काम/कारबाही पनि निर्दलीय हुन सक्दैनन्। रेग्मी र उनको परिषद्का सदस्यहरू दलगत प्रतिनिधि नहुँदैमा उनीहरू निर्दलीय र गैरराजनीतिक हुने पनि होइनन्। हुन त यो सरकार निर्माण राजनीतिक दलहरू आफैंभित्रबाट नेतृत्व छान्न असमर्थ भएको विशेष परिस्थितिमा समातिएको बाध्यताको विकल्प त हो नै, त्यस विकल्पभन्दा उन्नत विकल्प कसैसँग नभएको पनि उत्तिकै सत्य हो।
तर, चार दलभन्दा बाहिरका दल, संघ/संगठन र नागरिक समाजहरू भने विशेष परिस्थितिको बाध्यतालाई आत्मसात् गर्नुको साटो नेपाली राजनीति सामान्य अवस्थाका चलनचल्तीको बाटोतिर नहिँडाइएकोमा आक्रोशित र आन्दोलित छन्, 'लकिर का फकिर' को शैलीमा। आफूसँग यस्तो बाध्यात्मक विकल्पभन्दा 'उन्नत राजनीतिक र दलगत विकल्प' भएको भए उनीहरूले पक्कै पनि वर्तमान राजनीतिलाई आफ्नै ढंगले हाँक्ने थिए र चार दललाई पनि पछि लगाउने हैसियत निर्माण गर्न सक्थे। तर, त्यस्तो उन्नत विकल्प नभएको स्थितिमा उनीहरूका नीति र व्यवहार भने चार दलका क्रियामा घरीघरी उम्लने 'प्रतिक्रियाको राजनीति' भन्दा उन्नत देखिएको छैन।
चुनावी परिषद्को लगाम
उनीहरूले बेवास्ता गरेको तथ्य के हो भने 'अन्तरिम चुनावी परिषद्'को सञ्चालन (गभर्न) प्रधान न्यायाधीश खिलराज रेग्मीले गरिरहेका छन्, तर त्यसमाथि शासन (रुल) गर्ने कामचाहिँ चार दलले नै गरिरहेका छन्, पुँजीपति वर्गले शासन गर्ने गरेको काउत्स्कीको भनाइमा जस्तै। ११ बुँदे सहमति, परिषद्को निर्माण र उसका लागि कार्यादेश अनि उच्चस्तरीय राजनीतिक संयन्त्रको सिर्जनासँगै परिषद्लाई नीति-निर्देशनसँग सहयोग गर्ने प्रयासले सरकार जसले चलाए पनि त्यसको लगाम दलहरूकै हातमा रहने संकेत गरेका छन्। हुन त रेग्मीले सुरुमा आफूभन्दा माथि बस्नेगरी संयन्त्र निर्माणको विरोध गर्दै परिषद्को लगाम आफ्नो हातमा मात्रै राख्न खोजेको कुरा पनि बाहिर नआएको होइन। त्यस्तै, अब पनि बंगलादेशमा जस्तै घोडा नै सइसहरूको हातबाट लगामसहित फुत्केर भाग्ने सम्भावनासमेत नभएको होइन। तर, नेपाली राजनीतिमा अनेक द्वन्द्वका बीच पनि दलहरूबीच जारी रहेको राजनीतिक सहकार्यले, निर्दलीय निरंकुशताबाट वाक्क भएका आमजनताको राजनीतिक चेतनाले त्यस्तो सम्भावनालाई बलियो बन्ने सहुलियत दिँदैनन्।
यतिखेर गभर्न र रुलबारे दुइटा अन्तरविरोधी सवाल पनि एकसाथ उठिरहेका छन्। एकातिर, यतिखेर देशमा चार दलको सिन्डिकेट शासन चलिरहेको भन्दै आलोचनाको खेती भइरहेको छ। अर्काेतिर, तिनै आलोचकहरूबाटै 'अब त चार दलले सरकारलाई लगाम प्रधान न्यायाधीशको जिम्मामा सुम्पे र नेपाली राजनीतिलाई पनि अराजनीतिक र निर्दलीय शासनतिर धकेले' भन्दै भर्त्सनाको उद्यमसमेत चलाइएको छ। यसमा प्रतिप्रश्न के उठ्छ भने चार दलको सिन्डिकेट शासन चलिरहेको हो भने रेग्मीको सरकारको अलगै अस्तित्व कहाँ हुन्छ? रेग्मी सरकार पनि चार दलीय सिन्डिकेट शासनकै अंग हो भने चारदलीय राजनीति र उनीहरूले बनाएको सरकार अराजनीतिक र निर्दलीय कसरी हुन्छन्?
रुल, लिडरसीप र हेजिमोनी
प्रधान न्यायाधीश रेग्मीको अध्यक्षतामा क्रियाशील हुन थालेको परिषद्को निर्माणले राजनीतिक दलका नेताहरू परेको बेला सरकार सञ्चालनको जिम्मा अरुलाई पनि दिन तयार रहेछन् भन्ने संकेत गरेको छ, भलै उनीहरू अर्काे दलका नेतालाई यस्तो जिम्मेवारी दिन तयार नभएको नै किन नहोऊन्। यसले उनीहरू सरकारको सञ्चालनमा छिनाझपटीमा लिप्त हुनुको साटो सरकारमाथि शासन गर्नमै सन्तुष्ट भएको संकेतसमेत दिएको छ। तर, एउटा प्रश्न पनि उठेको छ, निर्वाचन आयोजना गर्नुपर्ने हदसम्मको विशेष परिस्थितिमा 'गभर्न' गर्नु उचित कि 'रुल' गर्नु? 'रुल' गर्नु सही कि 'लिडरसीप' (नायकत्व) कायम गर्नु? यी 'हेजिमोनी' (लिडरसीप प्लस रुल)सँग जोडिएका गम्भीर बहसका विषय हुन सक्छन्।
एकतिर यस्तो सहमति र सहकार्य भइरहेको बेला आलोचकहरूले चार दलीय सिन्डिकेट शासनमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शासन (रुल) रहेको टिप्पणीसमेत गरेका छन्। त्यस्ता आलोचकमा चार दलबाहिरका मात्रै होइनन्, एकीकृत माओवादीबाहेकका तीन दलभित्रका नेता-कार्यकर्ता पनि छन्, दलबाहिरका त छँदैछन्। उनीहरूका टिप्पणीले गभर्न, रुल र लिडरसीप अर्थात् समग्रमा हेजिमोनीबारे नयाँ बहसचाहिँ उजागर गर्न खोजेको आभास हुँदैछ। त्यस्तो बहसलाई उत्प्रेरित गर्ने एउटा प्रश्न हुनसक्छ : यतिखेर नेपाली राजनीतिमा कसको हेजिमोनी छ? के साँच्चै नै चार दलको हेजिमोनी छ कि चार दलका पनि एक दलका नेता प्रचण्डकै हेजिमोनी बढी छ? प्रचण्डको नेपथ्यमा रहेको पार्टी र वर्गको हेजिमोनी बढ्दो छ कि घट्दो छ?
धेरैजसो व्यक्तिमा हेजिमोनी भन्नासाथ रुल (शासन) र गभर्न (सरकार सञ्चालन)को अर्थमा मात्रै बुझ्ने-बुझाउने प्रवत्ति छ। वास्तवमा 'हेजिमोनी'को अर्थ 'लिडरसीप प्लस रुल' हो। यसको मतलब लिडरसीपविनाको रुल होइन, रुलविनाको लिडरसीप पनि होइन, गभर्न गर्नु मात्रै त हेजिमोनी हुँदै होइन। तर, अधिकांशको बुझाइमा गभर्न गर्नु नै हेजिमोनी कायम गर्नु हो भन्ने रहेको छ। तर, देश र समाजमा गभर्न गर्ने व्यक्ति, संस्था र विचारको रुल र हेजिमोनी कायम नरहेको तथ्य त सर्वत्र देखिएको छ नै। अन्तोनियो ग्राम्सीका अनुसार, नागरिक समाजमा प्रभुत्वशाली वर्गको हेजिमोनी (नायकत्व) कायम रहेको हुन्छ, सरकार जुनसुकै व्यक्ति वा दलको भए पनि। हेजिमोनीबारे सुस्पष्ट व्याख्या गरेका ग्राम्सीका अनुसार नायकत्वको तात्पर्य हो : अधीनस्थ वर्गमाथि प्रभुत्वशाली वर्गको विचारधारात्मक नायकत्व।
नायकत्वका लागि द्वन्द्व र सहकार्य
अहिलको नेपालमा भने शासन गर्ने भौतिक र बौद्धिक शक्तिमा प्रभुत्वशाली वर्गको एकाधिकार छैन, न त मानसिक उत्पादनमै उसको पूर्ण वर्चस्व छ। अतः यहाँ उसको विचारधारात्मक नायकत्वमा क्षय हुँदै गएको छ भने अधीनस्थ वर्गको विचारधारात्मक नायकत्व पनि कमजोर छैन। प्रभुत्वशाली वर्गको एकाधिकार रहेको राज्यको समग्र पुनर्संरचनाका लागि भएका सामरिक, राजनीतिक र संवैधानिक द्वन्द्व यसका जीवित दस्तावेज हुन्। यस्ता द्वन्द्वमा पनि कुनै वर्ग-विशेषको एकाधिकार तत्काल सम्भव नभएको स्थिति देखेरै पछिल्लो चरणमा द्वन्द्वको ठाउँमा शान्तिपूर्ण सहकार्य प्रभावशाली भएको हो। यस तथ्यले पनि अब प्रभुत्वशाली वर्ग र अधीनस्थ वर्गबीच विचारधारात्मक नायकत्व (हेजिमोनी)का लागि संघर्षसँग सहकार्य पनि जारी रहेको अवगत गराएको छ। यसको राजनीतिक रूप हो, राज्य र विद्रोही पक्षबीच लामो हिंसात्मक द्वन्द्वपछि संविधान निर्माण र राज्य पुनर्संरचनाका लागि दलहरूबीच सहकार्यको अभ्यास। यसकै पछिल्लो कडी हो, पहिलो संविधान सभाको अवसानपछि दोस्रो संविधान सभाबाट संविधान लेखनका लागि अन्तरिम चुनावी परिषद्को गठनमा दलहरूको सहमति।
यस्तो सहमति निर्माणका लागि प्रचण्डले आफ्नो पार्टीको सातौँ महाधिवेशनबाटै प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकारको नीति पारित गराएका थिए। हेटौंडामा भएको पार्टी महाधिवेशबाट पारित प्रचण्डको प्रस्ताव एक महिनाको रस्साकस्सीपछि चार दलबाट अनुमोदित हुँदा उनको प्रभाव बढेको छ। त्यही प्रभावबाट निर्माण भएको शक्ति नै उनको हेजेमोनी हो भन्ने अर्थमा पनि व्याख्या गरिएको हुनसक्छ। त्यसमा पनि सरकारलाई नीति-निर्देशन र सहयोग गर्नेगरी बनाइएको आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो अध्यक्षमा समेत उनी नै छानिएकाले उनको नायकत्व (हेजीमोनी) विस्तार भएको विश्लेषण गरिएको हुनसक्छ। उनले आफ्नो लचकतापूर्ण पहलकदमीलाई अग्रगामी संविधान निर्माण र राज्य पुनर्संरचनालाई सर्वाधिक केन्द्रमा राखेर अन्य दल, नागरिक समाज र आमजनतासम्म विस्तार गर्न सके सरकारविना पनि शासन गर्न सकिन्छ र विचारधारात्मक नायकत्वलाई फैलाउन सकिन्छ।
यी सबै पहल र प्रयासको परिणामस्वरूप अग्रगामी संविधान निर्माण र राज्य पुनर्संरचना सम्भव भयो भने व्यक्ति-विशेषको होइन, सिंगो अधीनस्थ वर्गकै नायकत्व कायम हुने दिशातिर जाने ढोका खुल्न सक्छ। यसका लागि राल्फ मिलिब्यान्डले भनेझैँ धेरै हदसम्म एउटा स्थायी र व्यापक प्रयत्न जारी राख्नु जरुरी हुन्छ। यस्तो प्रयत्न विभिन्न 'एजेन्सी'को माध्यमबाट गरिन्छ। त्यसको सुविचारित लक्ष्य दल, वर्ग र व्यक्तिभन्दा परको राष्ट्रिय सहमति कायम गर्नु हो। प्रभुत्वशाली वर्गले प्रयोग गर्ने यस्तो अस्त्रलाई उसकै नायकत्वविरुद्ध प्रयोग गर्ने क्रममा आफ्नो वर्ग र लक्ष्यलाई भने कदापि भुल्नु हुँदैन। त्यसरी भुलियो भने प्रचण्ड वा जोकोही नेताको सफल प्रयत्न पनि व्यक्ति-विशेषजस्ता 'एजेन्सी'को मामिलाका रूपमा मात्रै सीमित हुनसक्छ। धेरै भयो भने व्यक्ति-विशेषको खुबीको प्रदर्शन वा चमत्कारका रूपमा मात्रै गणना हुनसक्छ।