एक महिनाभन्दा बढी प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने या नगर्ने भन्ने विषयमा राजनीतिक दलहरू विभाजित भए। अझ यसोभन्दा उपयुक्त होला, दलका पात्रहरूसमेत पनि विभाजित भए। यो एउटा राजनीतिक बाध्यता थियो, परिस्थितिजन्य बाध्यता थियो। निर्वाचन अपरिहार्य थियो, तर राजनीतिक दलहरू एकै ठाउँमा जुट्न सकेनन्। त्यसैकारणले अनिच्छा हुँदाहुँदै पनि लोकतन्त्रका अनेकौं मान्यतालाई तिलाञ्जली दिँदै यो बाध्यात्मक परिस्थितिलाई स्वीकार गर्न दलहरू बाध्य भए। जुन दलले अधिवेशनको माध्यमबाटै यो प्रस्ताव ल्यायो, त्यो प्रस्ताव त्यसरी आएको हो/होइन भन्ने विषयमा नै विरोधाभाषपूर्ण अभिव्यक्ति आयो। त्यसैको नेतृत्वपंक्तिबाट समेत 'चाहना त हाम्रो पनि होइन, तर हामी पनि बाध्य भयौं' भन्ने समेतका भनाइ आए। यो भनाइले के त्यो दलको लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई दर्शाउँछ या उसले बेलाबखत हुँकार गर्ने गरेको लोकतन्त्रको परिभाषा बेग्लै छ? यसले त 'बहुदलीय व्यवस्थालाई स्वीकार गर्दैनौं, त्यसकारणले पनि हामी यी संस्थाहरूलाई बेग्लैबेग्लै किसिमले ध्वस्त गर्न चाहन्छौं' भन्ने उनीहरूको पटक-पटकको अभिव्यक्तिलाई बुझाउँछ।
एनेकपा माओवादीबाट फुटेको मोहन वैद्यद्वारा नेतृत्व गरिएको नेकपा-माओवादीले प्रधानन्यायाधीशको नेतृत्वको मन्त्रिपरिषद्ले गराउन लागेको निर्वाचनलाई अस्वीकार गर्नु समग्रमा निर्वाचन नै अस्वीकार गरिएको हो या संसदीय निर्वाचनलाई अस्वीकार गरिएको हो या निर्वाचनबाट समस्याको समाधान हुन सक्दैन भन्ने उद्घोष हो? यी कुनै पनि कुरा राजनीतिक दृश्यपटलमा स्पष्ट रूपमा देखिएका छैनन्। नेपाली कांग्रेस, नेकपा एमाले र केही अरु दलहरू निर्वाचनलाई आफ्नो अनुकूल तुल्याउन मैदानमा छन्। उनीहरूको हिजोसम्मको मुद्दा शक्ति पृथकीकरण र मूलभूत रूपमा लोकतन्त्रका मूल्य मान्यतासित जोडिएका थिए। यी विषयहरूमाथि जवाफ दिन अझै पनि उनीहरूलाई असजिलो नै पर्नेछ। यी सहज रूपमा टुंगिसकेका मुद्दा भने होइनन्। यसमा भने एनेकपा माओवादीको हात माथि परेको देखिन्छ।
एनेकपा माओवादीले कतिपय विषयमा आफू विजयी भएको आत्मसन्तुष्टि त लिन सक्छ, तर हिजो उनीहरूको भाषामा द्वन्द्वक्षेत्र, बलिदान या युद्धभूमिमा फेरि फर्केर मत माग्ने स्थिति भने अब छैन। न त मधेस केन्द्रित दलहरूलाई नै त्यो सुविधा प्राप्त छ। निर्वाचनको सुविधा कसैलाई सजिलो छ भने त्यो नेपाली कांग्रेस र एमालेलाई नै छ। अब नयाँ राजनीतिक दल उब्जिन पनि सक्दैनन्। दलहरूको संख्या त बढेको छ, तर जनताका माझ पकड भने घटेको छ। व्यक्ति बलिया भएका छन्, दलहरू कमजोर भएका छन्। व्यक्तिको पकड दलमाथि बलियो छ, दलको पकड व्यक्तिमाथि कमजोर। यो अवस्थामा कुनै पनि दलको नेतासँग 'दललाई हाँक्न सक्छु' भन्ने सामर्थ्य वर्तमान अवस्थामा देखिँदैन।
संविधान, विधि, विधानको खोजी पनि यसै कारणले भएको हो। हिजोको अवस्था बेग्लै थियो। नेतासित करिश्मा थियो, नेता झन्डैझन्डै गल्ती गर्दैनन्, राष्ट्र, समाज र समाजको आकांक्षा, सोच, सिंगो मुलुक र त्यसभित्रको आकांक्षालाई बु‰छन् भन्ने नागरिकलाई थियो र उनीहरू त्यसरी नै डोरिन्थे। आज कोही कसैबाट डोरिँदैनन्। आज एउटा समाज बन्नका लागि सानै भए पनि एउटा संघ चाहिन्छ, जसले आफूलाई अरुबाट संरक्षित गर्न सकोस्, त्यसको लागि पहिले ऊ आफैंलाई आफैंबाट निर्देशित गर्न पनि चाहन्छ। जसका लागि ऊ पहिलो एउटा स्वतन्त्र व्यक्ति हुन चाहन्छ, अरुभन्दा पृथक। उसमाथि कसैबाट कुनै प्रकृतिको आँच पुग्न नसकोस्। उसको यो स्वतन्त्रतालाई सबैले मान्यता दिऊँन्, कसैले उसको नैसर्गिक हकलाई कुनै पनि प्रकृतिले बिथोल्न नसकोस् र जबसम्म ऊ स्वयं आफ्नो इच्छाले जन्मैदेखि लिएको यो स्वायत्ततालाई त्याग्दैन, कुनै ऐन, कानुन या नियमले यसलाई छेक्न, बार लगाउन नसकोस्।
असारमा निर्वाचन हुन्छ भन्ने जुन आशा बाँडिएको छ, तर निर्वाचनप्रति जनतामा साँच्चैको आशा भने पलाइसकेको छैन। निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले पटक-पटक निर्वाचनको आश्वासन बाँडेर मुलुकमा निर्वाचन नै नहुनेजस्तो एउटा भ्रमको खेती गरि नै राखे। झन् त्यसयता बनेको नयाँ सरकारबाट बजेट नभएको, भनेका कामहरू अहिलेसम्म नभएको जस्ता कुरा सार्वजानिक हुँदा त यसअघि भनिएका कुरा सबै झुठ रहेछन् भन्ने स्पष्ट भएको छ। बजेटका कुरा, समयसीमाका कुरा, असारमा निर्वाचन गर्ने र गराउने कुरा हेर्दा असारमा निर्वाचन होला त भन्ने आशंकाको घर नेपाली जनतामा बसेको छ। असार नभए मंसिर भन्ने कुरो पनि उठ्न थालेको छ। नेपालको भूबनोट र मौसमी स्थितिलाई हेर्दा सिंगो नेपालमा न असार नै निर्वाचनका लागि उपयुक्त समय हो, न त मंसिर नै। चरणबद्ध निर्वाचनमात्रै एउटा उपाय हुनसक्छ। त्यतातिर धेरै ध्यान गएको जस्तो देखिँदैन। चरणबद्ध निर्वाचनका लागि पनि तीन चरणमा निर्वाचन गरियो भने सायद यो सम्भव छ यदि व्यावहारिक दृष्टिले हेर्ने हो भने।
निर्वाचनको निष्पक्षता आफैंमा एउटा गम्भीर प्रश्नका रूपमा उठेर आउनसक्छ। कुनै पनि निर्वाचनलाई हामीले शुद्ध, स्वच्छ र निष्पक्ष रूपमा सामान्यतः लिएका छैनौं, २०४८ साल र केही अपवादबाहेक। यो निर्वाचन जतिसुकै घोचपेचका बीचमा भए तापनि निष्पक्षताको भार भनौं या दोष भनौं दुवै पक्षले बाँडचुँड गरेर लिनुपर्ने हुन्छ। प्रधानन्यायाधीशको नेतृत्वको सरकार र राजनीतिक दल। यसमा एउटा मात्रै पक्षले दोष लिने भन्ने कुरो रहँदैन। राजनीतिक दलहरू जो आफू मिल्न सकेनन्, आफूभित्रबाट नेतृत्व चयन गर्न सकेनन् र धेरै दोष दिँदादिँदै पनि प्रधानन्यायधीशकै काँधमा यो जिम्मेवारी दिने स्थितिमा पुगे र प्रधानन्यायाधीश यो जिम्मेवारी लिन बाध्य भए। अबको बाटोलाई निर्वाचनसम्म सुगम बनाउनु नै राजनीतिक दल र आम नागरिकको जिम्मेवारी हुनुपर्ने हो र सामान्य सोचले पनि त्यही नै देखाउँछ। होइन भने राजनीतिक दल पन्छेर बस्नुपर्छ, त्यो अवस्थामा मुलुकको परिस्थिति कस्तो होला?
विषम परिस्थितिमा राजनीति हाँक्न पनि नेतृत्वको कुसाग्रताको आवश्यकता पर्थ्यो/पर्छ। सामान्यतः यस्तै सल्लाह दिइएको पनि हो र दिँदै आइएको पनि हो, तर त्यस्तो हुन सकेन। जे भयो-भयो, अब यसलाई सुधार गर्ने सामान्य बाटो देखिँदैन। योभन्दा बेग्लै बाटो समात्नु अझै विष्मयकारी परिस्थितिको निर्माण हुन सक्छ। धेरै असल भयो भन्न पनि सकिँदैन। संवैधानिक नियुक्तिका बारेमा जेजस्ता कुरा छापामा आएका छन्, त्यसले शुभ संकेत गरेको छैन, मन्त्रिपरिषद् त भन्न सकिँदैन। मन्त्रिपरिषद्को अनौपचारिक भनिएको बैठकले लिन खोजेको निर्णयहरूका बारेमा छापामा आएका समाचारले मुलुकले राम्रो दिशा लिन लाग्यो भनेर खुसी भइहाल्नुपर्ने अवस्था देखिँदैन।
निर्वाचन अवसर पनि हो, निर्वाचनभित्रबाटै अधिनायक पनि जन्मिन्छन्, जन्मेका त्यस्ता धेरै उदाहरण छन्। संविधानभित्रबाटै पनि अधिनायकहरूको जन्म पनि हुन्छ। संविधान च्यातेर पनि अधिनायक जन्मन्छन्, विश्वमा त्यस्ता धेरै उदाहरण छन्। संविधान लादिएका उदाहरणहरू पनि छन्, संविधानसभा भंग गरेर १९ महिने अधिनायकवाद चलाएको उदाहरण हाम्रै मुलुकमा छ। संविधान, कानुन सबै मिचेर राजनीतिक संरक्षणमा करोडपति बनाइएका तस्बिरहरु पनि हामी कहाँ छन्। सन्धि-सम्झौता एकातिर हुन्छन्, जबर्जस्तीका साथ 'यो नभई यो सम्झौता हुँदैन' भन्ने जिद्दीका कारण एक महिनाअघि भइसक्नुपर्ने सम्झौता एक महिना सरेका दृष्टान्त पनि हामीसितै छन्। अब के के हुने हुन्? त्यो त भन्न गाह्रै छ।
छोटो समयमा नै धैरै अनुभवबाट अगाडि बढेको सानो मुलुक नेपालले के के बेहोर्नु पर्छ त्यो अहिल्यै किटानका साथ भन्न धेरै गाह्रो छ। फरक यत्तिमात्र हो, बाबुराम भट्टराईको हातमा हुन्जेलसम्म राज्यशक्ति, विधिविधान, कानुन, संविधान सबैभन्दा परको एउटा अधिनायकवादी शक्ति थियो। उनले यी सबै कुरालाई मिचे। उनले सोचे, 'मलाई कुनै तीर, कमान, विधिविधान, संविधानले छुँदैन। र, म साँच्चिकै अधिनायक हुँ।' त्यस्तै सुविधा उनले आफ्नो मन्त्रिमण्डल जो उनीसँगै उनले भनेका ठाउँमा सहीछाप गर्थे तिनलाई पनि दिए र आफ्नो परिवारजनलाई पनि। तिनै मुद्दाहरू हेर्ने व्यक्ति अहिले प्रधानमन्त्री भई उनको ठाउँमा छन्, उनी आफू अब कति पृथक देखिन्छन्? र, बाबुरामको शासनकालमा भए/गरेका विधिविधान, कानुन मिच्ने कामहरूप्रति उनी कति असहिष्णु हुन सक्छन्, उनैको अदालतले गरेको निर्णयकाप्रति बाबुरामको प्रशासनले गरेको ढाकछोपमा उनी पनि मतियार हुन्छन् या त्यसलाई सच्याउन आफ्नो गृहमन्त्रीलाई निर्देशन दिन्छन्? आगामी दिनमा उनको प्रयत्न देखिने नै छ।