संस्थाहरु संस्थागत कसरी हुन्छन्? यो प्रश्नका अनेक सैद्धान्तिक जवाफ हुन सक्छन्। तर एउटा सरल र व्यावहारिक जवाफ भने कञ्चनजंघा रेडियोलाई संस्थागत गर्ने चन्द्र भण्डारीको तरिकाले दिन्छ। झापाको विर्तामोडबाट बज्ने कञ्चनजंघा एफएमले आवाजका अनेक बान्कीलाई जनसामान्यको जीवनसँग जोड्ने गजबको शैली आविष्कार गरेको छ।
आवाज मञ्चन गर्ने काम अरु धेरै किसिमका संस्थाले पनि विभिन्न अवसरमा गर्छन्। तर रेडियो मूलतः आवाजहरुबाटै अस्तित्वमा आउँछ। आजकल थुप्रै रेडियो खुलेका छन्। ती सबैले आवाजकै माध्यमबाट अलग संस्थाको स्वरूप निर्माण गर्ने कोसिस गरिरहेका हुन्छन्। धेरै समस्याका बाबजुद धेरै रेडियो चलिरहेकै पनि छन्। तर सबै रेडियोले जनसामान्यको जीवनका विविध आयामसँग जोडिने तरिका जानेका हुँदैनन्। अझ धेरैजसो त केही चलेका फर्म्याटका कार्यक्रममात्र प्रशारण गरिरहेका हुन्छन्। जीवनका अनेक आयाम हुन्छन् भन्ने तथ्यलाई आवाजमार्फत् पुनर्रचना गर्न सबैले जानेका हुँदैनन्।
विषय प्रवेश भइसकेपछि पाठकहरुलाई लाग्न सक्छ, यो आलेख रेडियोबारे टिप्पणी गर्न खोजिरहेको छ। त्यसैले यहाँ के स्पष्ट गरौं भने रेडियोको प्रसंगमार्फत् यो आलेख एउटा विशिष्ट प्रकारको संस्था आफ्नो विशिष्ट चरित्रमार्फत् कसरी संस्थागत हुनसक्छ भन्ने विषयमा केन्द्रित छ। रेडियोको चरित्र भनेको समाजमा दैनिक मञ्चन भइरहने आवाजका अनेक बान्की टिप्नु र त्यसलाई कलात्मक तरिकाले पुनर्रचना गर्नु हो। एक विशिष्ट संस्थाका हिसाबले भने उसले यही काम कसरी सामाजिक जीवनसँग जोड्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
आवाजका अभियन्ता चन्द्र भण्डारीले यही काम कञ्चनजंघा एफएम नामक संस्थामार्फत् कसरी गरिरहेका छन् त? केही उदाहरण हेरौं। रेडियोकर्मीहरु माझ चर्चित प्रसंगहरुमध्ये एक कस्तो छ भने भण्डारीसँग प्रकृतिका र समाजका अनेक आवाजको गजबको भण्डार छ। जस्तो, बर्खामा भ्यागुता कराएको आवाज रेकर्ड गर्न उनले प्राविधिक साथीलाई छाता ओढेर खेतमा जान लगाए। नियमितरूपमा एफएममार्फत् मलामी जाने सूचना प्रशारण गरिन्छ। भर्खरै मृत्यु भएका जनसामान्यका बारेमा रिपोर्ट बजाउँदै 'समवेदना' कार्यक्रमले मृत्युको सामाजिक संवेदनालाई आवाजको नाटकमार्फत् प्रस्तुत गर्छ। '१५ मिनेट' नामको अन्तर्वार्ता कार्यक्रमले सामान्य मानिसलाई आफ्ना कथाव्यथा भन्ने अवसर दिन्छ। यसमा उमेर वा 'हैसियत' को हिसाब गरिँदैन। 'भलाकुसारी' कार्यक्रमले वृद्ध पुस्तालाई आफ्नो समयको कथा भन्न लगाउँछ, एक प्रकारले मौखिक इतिहासको रेकर्ड उतार्छ र मानिसमा आफ्नो समय र स्थानको इतिहास चेत भर्छ।
यी केही उदाहरण हुन्। समाजका विशिष्ट आवाजहरुको नाटक जब रेडियोले मञ्चन गर्छ, समाज त्यो रेडियोसँग जोडिन्छ। आफ्नो चरित्रअनुरूप आवाजको राजनीतिलाई सटिक ढंगले प्रयोग गरेर नै रेडियो संस्थागत हुने हो। आर्थिक, प्राविधिक हैसियतले मात्र कुनै रेडियोलाई संस्थागत गर्दैन। रेडियो चलिरहन सक्छ। तर त्यसले वास्तविक अर्थमा संस्थागत रूप धारण गर्नै सक्दैन। समाजभित्र जरा नगाडिएको कुनै पनि संस्था संस्थागत हुन सक्दैन।
सबल संस्था (इन्टिच्युसन)हरूमार्फत् नै समाजले प्रगति हासिल गर्ने हो। समाजको समग्र संरचना निर्माणमा फरक चरित्रका अनेक संस्थाको योगदान हुन्छ। जब संस्था संस्थागत हुँदैनन्, तब ती केवल मुर्झाएको अनुहार लिएर उभिइरहन्छन् र समाजलाई जमेको पोखरीजस्तो तुल्याउँछन्। समाजमा गति पैदा गर्नका लागि सामाजिक संस्थाहरुभित्र गति पैदा हुनुपर्छ। परिवार, प्रहरी, अनेक सरकारी कार्यालय, अस्पताल, स्कुल, पत्रिका, रेडियो, राजनीतिक दलका संगठन, क्लबलगायत्का अनेक संस्था जब तरंगित भइरहन्छन्, तब तिनले समाजलाई पनि तरंगित तुल्याइरहन्छन्। यिनै तरंगहरुको घर्षणले समाजमा गति र ताप दुवै उत्पन्न गरिरहेको हुन्छ।
थुप्रैथुप्रै संस्थाहरु सामाजिक जीवनका आवश्यकताका आधारमा जन्मन्छन् र हुर्कन्छन्। तिनै संस्थाहरुको ढुकढुकीमार्फत् समाजले व्यक्तिहरुको चरित्र निर्माण गर्छ। संस्थागत भइसकेका अर्थात् सबल संस्थाहरुले रचनात्मक र सिर्जनात्मक चरित्र भएका व्यक्तिहरुको रचना गर्न भूमिका खेलिरहेका हुन्छन्। तर नेपाली समाजमा अधिकांश संस्थाले संस्थागत स्वरूप लिएका छैनन्। प्रहरीकै उदाहरण लिउँ। विशिष्ट भूमिका र त्यो भूमिका निर्वाह गर्ने स्पष्ट ऐन/नियमसहित प्रहरी संस्था स्थापना भएको छ। तर कुनै खास स्थानमा स्थापना भएको प्रहरी चौकीले भने परिभाषित प्रहरीको चरित्रभन्दा भिन्नै तरिकाले काम गरिरहेको भेटिन्छ। त्यस्तो किन भयो त? कारण धेरै छन्। एउटा कारणचाहिँ स्पष्ट के हो भने परिकल्पित चरित्रअनुरूप प्रहरीले आफूलाई संस्थागत गर्न सकेको छैन।
संस्थाहरु जब कमजोर, जड र गतिशून्य हुन्छन्, तब समाजले गति पक्रने सवालै भएन। आफ्नो विशिष्ट चरित्रलाई समाजसँग जोडेर समाजका विभिन्न आयामको पुनर्रचना गर्न नसक्ने संस्थाहरुको बिगबिगीले भने समाजलाई अझ अधोगतितिर लैजान्छ। ती संस्थाका हर्ताकर्ता वास्तविक अर्थमा समाजलाई अझ रुढीग्रस्त र अतीतमुखी तुल्याउन पो लागिरहेका हुन्छन्। मोफसलका अधिकांश पत्रपत्रिका हेर्दा पनि त्यस्तो महसुस हुन्छ। बासी खबर, खबरको प्रस्तुतिमा नवीनताको अभाव, खबर र विचारहरुको खोजका निम्ति जनसामान्यको सामाजिक जीवन चिहाउन अल्छी गर्ने प्रवृत्तिले अधिकांश मोफसलका पत्रपत्रिका जनसामान्यको मानसिक उन्नयन गर्नै नसक्ने हुन्छन्, तैपनि छापिइरहन्छन्।
एक रोलमोडेलका रूपमा कञ्चनजंघा एफएमलाई प्रस्तुत गर्ने हो भने जनसामान्यको जीवनसँग जोडिने र त्यसलाई अलग आयाममा पुनर्रचना गरेर समाजलाई समृद्ध बनाउन सहयोग गर्ने यसको प्रयासलाई तारिफ गर्नैपर्छ। अनि यो उदाहरणबाट लिन सकिने शिक्षा के हो भने संस्थाहरु खुल्नु र चल्नुमात्र पर्याप्त हुँदैनन्, ती संस्थागत हुनु पनि उत्तिकै जरुरी छ। राजनीतिक दलका संगठनहरु त झन् महŒवपूर्ण हुन्छन्। ती संस्थागत भइदिएनन् भने समाजमा पैदा भइरहने नयाँ विचार र अन्तरविरोधहरुलाई एउटा बाटो दिन र समाजलाई स्वस्थ तुल्याइरहन सकिँदैन। हाम्रा लगभग सबै राजनीतिक दलका संगठनहरुको चरित्र, संरचना र पहलकदमी हेर्ने हो भने ती संस्थागत हुन सकेका छैनन् भन्ने प्रष्ट हुन्छ।
समाजमा नयाँ विचार प्रस्फुटित भइरहन्छन्। यहाँ विचार भनेर दैनन्दिन जीवनलाई नयाँ स्वरूप प्रदान गर्न चाहने हरेक मसिना आइडियालाई पनि बुझ्नुपर्छ। कुनै स्कुलको सामान्य विद्यार्थीले अकस्मात् कुनै आइडिया विकास गर्योइ भने त्यो आइडियालाई स्कुलले टिप्नु र स्थापित गर्नु जरुरी हुन्छ। तर जब स्कुल नै वर्षौं हलचल नगर्ने ढुंगोजस्तो हुन्छ, त्यसले विद्यार्थीलाई न रचनात्मक बनाउन सक्छ, न तिनको रचनात्मकतालाई नै हुर्काउन सक्छ। ठूला आर्थिक, राजनीतिक, सामाजिक सिद्धान्तहरुको कुरा एकातिर छ तर तिनीहरुभन्दा महŒवपूर्ण हुन्छन् समाजको दैनिक जीवनमा उब्जिरहने मसिना आइडियामार्फत् निरन्तर समाजलाई गतिशील राख्नु र ठूला सिद्धान्त ग्रहण गर्नसक्ने तुल्याउनु। यसैका निम्ति संस्थाहरुले स्वयम्लाई संस्थागत गर्न सदैव रचनात्मक मुडमा ओथारो बसिरहनुपर्छ।
यो मुद्दाको अर्को पक्ष के हो भने अलि ठूलो आयाम लिने हरेक नयाँ विचारले संस्थागत स्वरूप खोज्छ। जस्तै पुरानो मृत्यु संस्कार काम नलाग्नेगरी थोत्रियो भने त्यसको ठाउँमा नयाँ मृत्यु संस्कारको रचना हुनसक्छ। साथसाथै त्यसले नयाँ प्रकारको भौतिक र वैचारिक संस्थाको पनि माग गर्छ। परिवर्तनलाई बास दिनका निम्ति तम्तयार संस्थाहरु कार्यरत् छन् भने यस्ता नयाँ संस्थाहरुको जन्म पनि भइरहन्छ। भएका संस्थाहरु नै संस्थागत हुन सकेनन् भने नयाँ विचार र नयाँ संस्थाहरुको जन्म हुन सक्दैन। फलस्वरूप समाज परिवर्तनको बाटोमा हुँदैन।
कञ्चनजंघा एफएमले स्थापित गरेको मान्यता के हो भने जीवनका फरकफरक आयामलाई आवाजको संरचनामार्फत् पुनर्रचना गरेर आफैं संस्थागत हुने र लामो समय रचनात्मक जीवन बाँच्न सक्नेगरी बालियो पनि हुने प्रक्रिया केवल जनसामान्यको जीवनलाई निरन्तर पुनर्रचना गरेरमात्र गर्न सकिन्छ। यसका लागि हरेक संस्थाले समाजको जीवनसँग मिसिने र त्यसलाई निरन्तर बदलिरहने रचनात्मक काम गर्नु जरुरी छ। अन्यथा संस्थाहरु घाउ बोकेर बाँचिरहन्छन् तर संस्थागत हुन सक्दैनन्।