प्राणी जगतमा मानिसको मस्तिष्क अरू सबै प्राणीको भन्दा बढी विकसित भएको पाइन्छ। यसैले मानिस सबैभन्दा तीक्ष्ण बुद्धि (इन्टेलिजेन्स) भएको प्राणी मानिन्छ। तीक्ष्ण बुद्धि भएकै कारण मानिस वातावरणलाई आफ्नो आवश्यकता अनुकूल प्रयोग र परिवर्तन गर्दै यस संसारमा आफ्नो प्रभुत्व जमाउन सफल हँुदै आएका छन्। जीवका प्रत्येक प्रजाति पृथ्वीको केही निश्चित भूभागमा मात्र बाँच्न सक्छन् तर मानिसमा पृथ्वीको प्रायः सबै भूभागमा बाँच्ने क्षमता विकास भएको छ। त्यतिमात्र होइन, आज मानिस अन्तरिक्षमा निर्माण गरिएका स्थायी अन्तरिक्ष यानमा समेत महिनौँसम्म बाँच्नसक्ने भएका छन्। यी सबै कार्यक्षमता मानिसलाई उनको तीक्ष्ण बुद्धिले नै प्रदान गरेको हो।
सोच्न सक्ने र वातावरणलाई आफूअनुकूल प्रयोग गर्नसक्ने गुण अर्थात् बुद्धि आनुवांशिक तŒव डिएनएको परिणाम हो र यो गुण जीवहरूमा मात्र सीमित छन्। तर केही वैज्ञानिकका अनुसार केही दशकभित्रै बुद्धि जैविक परिधिलाई नाघेर मानवनिर्मित यन्त्रमा समेत विकास हुनेछन्। मानवनिर्मित यन्त्रमा निहीत हुने यस प्रकारका बुद्धिलाई 'आर्टिफिसियल इन्टेलिजेन्स' अर्थात 'कृत्रिम बुद्धि'को संज्ञा दिइएको छ। हिजोआज 'कृत्रिम बुद्धि' प्रविधिको एक महŒवपूर्ण विधा बनेको छ। पछिल्लेा समयमा 'कृत्रिम बुद्धि' युक्त यन्त्रको निर्माण तीव्र गतिमा विकास भइरहेका छन्। केही विज्ञका अनुसार 'कृत्रिम बुद्धि'युक्त यन्त्रहरू भविष्यमा मानिस जत्तिकै वा मानिसभन्दा पनि बढी बुद्धियुक्त हुनेछन्। कुनै दिन यस्ता यन्त्र मानिसको प्रतिद्वन्द्वी बन्न सक्छन् र अन्ततः मानव जातिको अस्तित्वलाई नै ठूलो चुनौती र चिन्ताको विषय बन्न सक्छन् ।
आफ्नो दैनिक जीवन सहज पार्ने उद्देश्यले मानिसले विभिन्न कालखण्डमा विभिन्न प्रकारका औजार निर्माण गरेका थिए। यसै क्रममा विभिन्न प्रकारका यन्त्र पनि आविष्कार भए। दुई सय वर्षमा विज्ञान प्रविधिको क्षेत्रमा भएको तीव्र विकासको फलस्वरूप मानिस नयाँ/नयाँ तथा जटिलभन्दा जटिल प्रकारका यन्त्र निर्माण गर्न सफल भएका छन्। यन्त्रको उपयोगले मानिसको जीवन दिन/प्रतिदिन आरामदायी र सुविधामय बन्दै आएको छ।
मानिसले आविष्कार गरेका सबैभन्दा आधुनिक यन्त्रमध्ये कम्प्युटर एक हो। हिजोआज प्रायः हरेक आधुनिक उपकरण तथा क्षेत्रमा कम्प्युटर पद्धतिको प्रयोग हुने गर्छन्। कम्प्युटरको कार्यदक्षतामा निरन्तर वृद्धि भइरहेको छ। लगभग हरेक १८ महिनामा कम्प्युटरको कार्यदक्षता दोब्बरले वृद्धि भइरहेको छ। आउँदो वर्षमा कम्प्युटरको कार्यदक्षता अझ बढी तीव्र गतिमा वृद्धि हुने अनुमान गरिन्छ। केही वर्षअघिसम्म हामीले कल्पनासम्म पनि गर्न नसकेका कार्य सम्पन्न गर्न आज कम्प्युटर सक्षम भइसकेको छ। कम्प्युटरको आविष्कारले मानिसको जीवन नाटकीय ढंगले प्रभावित भएको छ। कम्प्युटरको प्रयोगले मानिसको जीवन निकै सहज भएको छ। कम्प्युटरमाथि मानिसको निर्भरता दिन/प्रतिदिन बढिरहेको छ। कम्प्युटरविनाको आधुनिक र विकसित समाज कल्पना गर्न नसकिने भएको छ।
वैज्ञानिकहरूले पछिल्लो समयमा आविष्कार गरेको अर्काे महŒवपूर्ण आधुनिक यन्त्र हुन्- रोबोट। रोबोटहरू अन्तरिक्षको अन्वेषणदेखि बिरामीको शल्यक्रियालगायत्का विभिन्न प्रयोजनका लागि प्रयोग हुँदै आएका छन्। विशेषगरी मानव क्षति कम गर्न जोखिमपूर्ण कामका लागि रोबोटहरू प्रयोग हँुदै आएका छन्। पछिल्लो समयमा रोबोटिक्सको क्षेत्रमा ठूलो प्रगति हुँदै आएको छ। रोबोटको प्रयोग दिन/प्रतिदन बढिरहेको छ। विज्ञहरूका अनुसार निकट भविष्यमा निर्माण हुने कतिपय कम्प्युटर तथा रोबोटले मानिसले गर्नसक्ने प्राय सबै प्रकारको काम गर्नसक्ने छन्। आजकै दिनमा पनि कतिपय कार्यमा कम्प्युटर र रोबोटहरू मानिसभन्दा बढी सक्षम भएको प्रमाणित भइसकेका छन्। उदाहरणका लागि सन् १९९७ मा 'डिप ब्लु' नाम दिइएको कम्प्युटरले एक चेस प्रतियोगितामा तत्कालीन चेस विश्व विजेता ग्यारी कास्पारोभलाई हराएका थिए।
सन् २००५ मा कुनै मरुभूमिमा सम्पन्न एक कार दौड प्रतियोगितामा कम्प्युटरद्वारा सञ्चालित मानवरहित कारले चालकले हाँकेका कारहरूलाई पछाडि पार्दै प्रतियोगिता जितेको थियो। सन् २०१० मा गुगल कम्पनीद्वारानिर्मित र कम्प्युटरद्वारा सञ्चालित मानवरहित कार अति व्यस्त सडकमा लाखौँ किलोमिटरसम्म कुनै दुर्घटनाविना गुड्न सफल भएको थियो। यसबाट कम्प्युटर वा रोबोटचालित सवारी साधन मानवचालित सवारी साधनभन्दा बढी सुरक्षित भएको प्रमाणित भएको छ। निकट भविष्यमा कम्प्युटर वा रोबोटद्वारा सञ्चालित चालकरहित कारहरू व्यापक प्रयोगमा आउने अनुमान गरिन्छ।
हिजोआज कतिपय विकिसत देशमा कम्प्युटरद्वारा सञ्चालित चालकरहित ट्रेनहरू नियमितरूपमा सञ्चालन भइरहेका छन्। यसैगरी कतिपय विकसित मुलुकले मानवरहित लडाकु विमान निर्माण गरेका छन्। यसको पछिल्लो उदाहरण हो- हिजोआज अमेरिकाले अफगानिस्तानको युद्धमा प्रयोग गर्दै आएका मानवरहित 'ड्रोन' नामले चिनिने चर्चित लडाकु विमान। आधुनिक नागरिक विमानसमेत कम्प्युटरको मद्दतबाट सुरक्षित उडान र अवतरण गर्छन्। निकट भविष्यमा पाइलटरहित नागरिक विमान सञ्चालनमा आउने प्रबल सम्भावना देखिएको छ। चालकरहित कार, ट्रेन तथा विमानहरू पनि एक प्रकारका रोबोट नै हुन्।
आजसम्म निर्माण भएका कम्प्युटर तथा रोबोटहरू मानिसको नियन्त्रणमा सञ्चालन हँुदै आएका छन्। तर विज्ञहरूका अनुसार भविष्यमा निर्माण हुने कतिपय यन्त्रहरू आफ्नो कार्यसम्पादनमा मानवसरह स्वतन्त्र हुनेछन्। एकपल्ट निर्माण भएपछि ती यन्त्रमा मानिसमा जस्तै सोच्न सक्ने र परिस्थितिअनुसार आफँै सञ्चालन हुनसक्ने गुण हुनेछन्। यस्ता कम्प्युटर तथा रोबोट सञ्चालन हुन मानिसको निरन्तर अनुगमन र नियन्त्रणको आवश्यकत्ाा रहने छैनन्। विज्ञहरूका अनुसार वैज्ञानिकहरू आउँदो केही दशकभित्रै यस्ता अति उच्च कृत्रिम बुद्धि भएका र स्वतन्त्ररूपमा सञ्चालन हुने यन्त्रहरू निर्माण गर्न सफल हुनेछन्। वैज्ञानिक एवं प्राविधिज्ञहरू विभिन्न प्रयोजनका लागि यस्तै अति उच्च कृत्रिम बुद्धि भएका कम्प्युटर तथा रोबोटहरू निर्माण गर्न प्रयासरत् छन्। वैज्ञानिकहरू वास्तवमै यस प्रकारका यन्त्र निर्माण गर्न सफल भएमा बुद्धि अर्थात 'इन्टेलिजेन्स' जैविक परिधिलाई नाघेर कम्प्युटर र रोबोटजस्ता मानवनिर्मित यन्त्रमा समेत विकास हुनेछन्।
विभिन्न प्रयोजनका लागि मानिसलाई उपयोगी हुने भए पनि उच्च कृत्रिम बुद्धि भएका यन्त्रहरू अन्ततः मानव अस्तित्वका लागि नै गम्भीर खतरा बन्नसक्ने केही वैज्ञानिकको राय छ। नियन्त्रणबाहिर गएमा वा कुनै प्रकारको प्राविधिक गडबडी उत्पन्न भएमा यस्ता यन्त्रले मानव जातिलाई अकल्पनीय क्षति पुर्याोउन सक्छन्। 'टर्मिनेटर', 'हिचहाइकरस् गाइड टु द ग्यालेक्सी', 'रोबोट', '२००१ अ स्पेस ओडेसी', 'मेटि्रक्स' जस्ता हलिउडमा निर्मित कतिपय साइन्स फिक्सनका चलचित्रहरूमा देखाइएजस्तै कुनै दिन मानिसभन्दा यन्त्रहरू बढी बुद्धिमान हुने र यन्त्र मानिसको अधिनमा नभई मानिस यन्त्रको अधिनमा रहने खतरा उत्पन्न हुने सम्भावनालाई पूरै नकार्न नसकिने विज्ञहरू बताउँछन्। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका दार्शनिक एवं वैज्ञानिकहरूका अनुसार उच्च कृत्रिम बुद्धि भएका यन्त्रबाट मानव जातिको अस्तित्वमा पर्नसक्ने सम्भावित जेाखिम कोरा कल्पनामात्र नभएर गम्भीर प्रकृतिका विषय हुन्। उनीहरूको विचारमा उच्च कृत्रिम बुद्धि भएका यन्त्रबाट मानिसमा पर्नसक्ने गम्भीर जोखिमलाई हल्कारूपमा लिनु महाभूल हुनेछ। त्यसैले यस विषयलाई वैज्ञानिक समुदायले गम्भीर अध्ययन र अनुसन्धानको विषय बनाउनु जरुरी छ।
यसै तथ्यलाई ध्यानमा राख्दै क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक हुव प्राइसले रोयल सोसाइटी लन्डनका पूर्व अध्यक्ष एवं प्रशिद्ध खगोलशास्त्री मार्टिन रिस र इन्टरनेट टेलिफोन कम्पनी स्काइपका संस्थापक जान टेलिनको संयुक्त सहकार्यमा सन् २०१२ मा क्याम्ब्रिज विश्वविद्यालयमा 'सेन्टर फर द स्टडी अफ एक्जिस्टेन्सियल रिस्क (सिएसइआर)' नाम गरेको अनुसन्धान केन्द्र स्थापना गरेको छ। यस केन्द्रले कृत्रिम बुद्धिको साथै जैविक प्रविधि, कृत्रिम जीव, जलवायु परिवर्तन तथा आणविक युद्ध जस्ता मानव निर्मित प्रविधि र गतिविधिबाट मानव अस्तित्वमा पर्नसक्ने सम्भावित जोखिम र त्यसको निराकरणबारे गहन अध्ययन र अनुसन्धान गर्नेछ। यसै वर्षदेखि सुरु गरिएको उक्त अध्ययन/अनुसन्धानमा दर्शन, खगोलशास्त्र, रोबोटिक्स, जीव विज्ञान, स्नायु विज्ञान, अर्थशास्त्रलगायत्का विभिन्न क्षेत्रका विश्वविख्यात् विज्ञहरूको सहभागिता हुने बताइएको छ।
हाम्रो पौराणिक हिन्दु ग्रन्थमा कुनै भक्तलाई दिएका वरदानबाट देवीदेउता आफैँ संकटमा परेका कतिपय वर्णन उल्लेख गरिएको पाइन्छ। आज आफैँले आविष्कार गरेका कतिपय प्रविधिबाट मानिसको आफ्नै अस्तित्व संकटमा पर्नसक्ने परिस्थिति उत्पन्न हुनसक्ने सम्भावना बढेको छ।