फागुनको तेस्रो साता गाविसका सचिव तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्थानीय निर्वाचनका लागि विशेष पहल गरिने आवश्वासन पाएपछि उनीहरुले आन्दोलन स्थगन गरे। स्थानीय निकायका कर्मचारीहरुको आन्दोलन र मन्त्रालयको आवश्वासनको अर्को थप एक शृंखला पूरा भयो। यो निश्चित जस्तै छ कि यस आन्दोलनको बलमा दिइएको आश्वासन न पूरा हुनेछ, न त स्थानीय निकायको समस्या समाधानमा कुनै तात्विक फरकपना र सुधार आउनेछ। बरु यस सहमतिले गाविसका सचिवहरुलाई अरु अनियमितता गर्न र सदरमुकाममै बसेर कागजात मिलाउनका लागि थप 'वैधानिकता' प्रदान गर्नेछ।
वि.सं. २०६२/६३ को जनआन्दोलनपछि शोषित, पीडित, पिछडिएका वर्ग आफ्ना हक अधिकारका लागि सक्रिय भएका छन्। क्षेत्रीय, लिंगीय, जातीय, धार्मिकरूपमा बहिष्करणमा पारिएकाहरु संगठित भएर दरिलो आवाज उठाउन थालेका छन्। विघटित संविधान सभामा पनि यस्ता वर्गका व्यक्तिको पर्याप्त प्रतिनिधित्व भएकाले आवाज उठ्यो। केही सार्वजनिक सेवालाई समावेशी बनाउन बनेको विधेयक २०६७ यसैको प्रतिफल हो। यद्यपि यो विधेयक पारित हुन भने सकेन। यस्ता वर्ग, क्षेत्र, लिंग, जातजाति, धर्म समुदायका व्यक्तिहरुले पनि लोकतन्त्रको थोरै भए पनि अनुभव लिन पाएका छन्। तर मुलुकको एक प्रमुख अंग स्थानीय सरकारलाई भने यस परिवर्तनले कुनै पनि सकारात्मक प्रभाव पार्न सकेन। पिछडिएका जातजाति, वर्ग, लिंग, क्षेत्र, धर्मका समस्या पहिचान गर्न र त्यसको समाधानका लागि राज्यका सरोकारवाला निकायलाई झक्झक्याउन महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानीय सरकार अर्थात् गाविस, जिविस र नगरपालिकालाई राजनीतिक नेतृत्व दिन नसक्दा यी निकाय अहिले निष्त्रि्कयप्रायः छन्।
जनआन्दोलनपछि संविधान सभाको निर्वाचन सम्पन्न भयो। तोकिएको दुई वर्षमा संविधान बन्न नसकेर दुई वर्ष म्याद थपियो। यसपछि सभा विघटन भएको पनि १० महिना भइसक्यो। यति लामो समयसम्म पनि स्थानीय सरकारको निर्वाचनबारेमा कुनै बहस, छलफल र अन्तरक्रिया भएको छैन। अन्तरिम संविधान २०६३ ले स्थानीय निकायका काम, कारबाही सञ्चालनका लागि राजनीतिक, सहमतिका आधारमा अन्तरिम स्थानीय गठन गर्ने व्यवस्था गरेको छ। अन्तरिम संविधान जारी भएको ६ वर्ष बितिसक्दा पनि यो संवैधानिक व्यवस्था कार्यान्वयन गरिएन। अन्तरिम संविधान जारी भएपछि पाँच वटा सरकार परिवर्तन भइसक्यो। कुनै पनि सरकारले स्थानीय निकायलाई प्राथमिकतामा राखेनन्। संवैधानिक व्यवस्था कार्यान्वयनका लागि पहल गरेनन्।
गाविस, जिविस तथा नगरपालिका गाउँस्तरको प्रशासनिक कामकारबाही गर्ने निकायमात्र होइन, स्थानीयस्तरमा जनतालाई राज्यको उपस्थितिको आभाष दिने राज्य संयन्त्र पनि हो। तर, २०५४ साल पछि स्थानीय निर्वाचन हुन सकेको छैन। ०५९ साल असारबाट स्थानीय सरकार तदर्थवादमा चलिरहेको छ। अन्यौलतामा छ। प्रत्यक्ष निर्वाचनमा राजनीतिकरूपमा सञ्चालन हुनुपर्ने स्थानीय सरकार १० वर्षदेखि कर्मचारीको मातहतमा चलिरहेको छ। राजनीतिक परिवर्तनको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्ने बेलामा नागरिकका चाहना, भावना र सोचाइलाई माथिल्लो तहसम्म ल्याउनुपर्ने जुन काम हुनुपर्थ्यो, त्यो हुन सकिरहेको छैन।
यस दश वर्षको अवधिमा माओवादीको सशस्त्र युद्ध, मधेस विद्रोह, पूर्वी पहाडी जिल्लामा भएका जातीय आन्दोलन, पश्चिम नेपालमा भएका धार्मिक आन्दोलनले नेपाली समाजमा निकै ठूलो विभाजनको रेखा कोरेको छ। यस्ता विभाजित मानसिकता र व्यवहारलाई व्यवस्थित गर्न तल्लो तहसम्म राजनीतिक संयन्त्र परिचालन एकमात्र विकल्प हो। जुन काम स्थानीय सरकारले मात्र गर्न सक्छ। तर स्थानीय सरकार राज्यको प्राथमिकतामा पर्न नसकेको कारण यस्तो विभाजित र साम्प्रदायिक भावना बढ्दो छ। जुन भोलिको नेपालका लागि सबैभन्दा ठूलो समस्या हुन सक्छ।
स्थानीय सरकारको महŒवलाई अहिलेसम्मका कुनै पनि सरकारले ध्यान दिएर बुझ्न सकिरहेको छैन वा प्रयास गरेको छैन। अहिले समाजका हरेक क्षेत्र, निकाय र स्थानमा लोकतान्त्रिकीकरणको आवाज उठिरहेको छ। अनि कतिपय स्थानमा त्यसका लागि ठोस पहलसमेत भएका छन्। तर स्थानीय सरकारबारे कुनै पनि चर्चा, बहस, र छलफल हुन सकेको छैन। ०५९ सालमा स्थानीय सरकाराको पदावधि सकिएपछि शाही शासनकालमा जसरी स्थानीय निकाय चलेका थिए लोकतन्त्र स्थापनाको ७ वर्ष पूरा भइसक्दा पनि त्यो यथावत् छ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले यसले प्रवाह गर्ने सेवाको गुणस्तरले सरकारको कार्यशैली र प्रभावकारितालाई नागरिक समक्ष पुर्याउँछ। सामान्य नागरिकताको सिफारिस लिनसमेत सचिव खोज्दै हिँड्नुपर्ने, हप्तौं धाउनुपर्ने अवस्थाले नागरिकले लोकतन्त्रप्रति कस्तो धारणा बनाएका होलान्? अनुभव गर्न गाह्रो छैन।
पछिल्लो समयमा सरकारले स्थानीय सरकारका लागि दिने ससर्त र निसर्त अनुदानको रकम बढाएको छ। यतिखेर एउटा गाविसमा मात्रै ३० लाखभन्दा बढी रकम पुग्ने गरेको छ। जिविस र नगरपालिकाहरुमा पनि ठूलो रकम गइरहेको छ। तल्लो तहमा सरकारको उपस्थिति र विकास देखाउनका लागि यो आफैँमा पर्याप्त छ। तर यत्रो बजेट परिचालनका लागि भरपर्दो, व्यवस्थित र विश्वसनीय संयन्त्र नहुँदा निकै ठूलो अनियमितता भइरहेको छ। स्थानीय सरकारका लागि सुरुमा औपचारिकरूपमा र हाल अनौपचारिकरूपमा बनाइएका राजनीतिक संयन्त्र सीमित राजनीतिक स्वार्थमा अल्भि्कएका छन्। उनीहरु आफैं पनि अनियमिततामा मुछिएका छन्, जो मुछिएका छ्रैनन्, उनीहरु अनियमितता गर्नेलाई संरक्षण गर्न व्यस्त छन्। गाविसमा त राजनीतिक नेतृत्व नभएकोमात्र होइन, देशभरका करिब ८ सय गाविसमा त सचिव पनि छैनन्। एउटै सचिवले दुई तीन वटा गाविसको कामकारबाही चलाइरहेका छन्। यसले गर्दा स्थानीय सरकारमार्फत् अधिकार र बजेटभन्दा पनि भ्रष्टाचारचाहिँ विकेन्द्रित भइरहेको छ। लोकतान्त्रिक शासन प्रणालीमा तल्लो तहबाटै भ्रष्टाचार संस्थागत हुन थालेको छ।
मुलुक संघीयतातर्फको संक्रमणमा छ। अब हुने संविधान सभाको निर्वाचनमार्फत् बन्ने संविधानले मुलुकलाई संघीयतामा नलगी सुखै छैन। अब निर्माण हुने संविधान सभाले अघिल्लो संविधान सभाले पूरा गरेका कामलाई नै टेकेर बाँकी काम गर्ने हो भने मुलुकमा तीन तहको सरकार गठन हुने कुरामा कसैको दुई मत छैन। केन्द्रीय सरकार, संघीय सरकार र स्थानीय सरकारलाई सबैले स्वीकारेका छन्। यही बाटोमा अगाडि जाने हो भने यतिखेर स्थानीय सरकारको निर्वाचन गर्दा त्यो आफैंमा राम्रो नै हुन्छ। त्यसले संघीयतामा जानका लागि कुनै पनि रूपले अवरोध ल्याउँदैन, बरु सहयोग नै पुर्याउँछ।
वर्तमान तरल राजनीतिक अवस्थामा सुधार ल्याउन र तल्लो तहका नागरिकमा अग्रगामी परिवर्तनको आभाष दिन स्थानीय सरकारको तत्काल निर्वाचनको विकल्प छैन। स्थानीयस्तरमा रहेको राजनीतिक रिक्ततालाई पूरा गर्न दलहरुले चाँडै सहमति गरी स्थानीय सरकारबारेमा स्पष्ट र ठोस निर्णय लिनु जरुरी छ। यसका लागि प्राध्यापक चैतन्य मिश्रले भनेजस्तै संविधान सभाकै निर्वाचनको समयमा दुईवटा मतपेटिका राखेर स्थानीय सरकारको समेत निर्वाचन गर्न सकियो भने सबैभन्दा उत्तम हुनेछ। जनआन्दोलनपछिको सरकारले राजनीतिक दलहरुसँग समन्वय गरेर काम गर्न स्थानीय सरकारका कर्मचारीलाई निर्देशन दिएको छ। जुन पूर्णरूपमा असफल भइसकेको छ। प्रत्येक वर्ष गाउँमा पुग्ने अरबांै रकमले डोजर लगाएर भत्काइएका डाँडाबाहेक देख्न सकिने उपलब्धि केही छैन। त्यसैले अब यसबारे राजनीतिक दलहरुले आँखा चिम्लन मिल्दैन। केही ठोस पहल गर्नैपर्छ।
दातृनिकायले जुन जुन क्षेत्रमा पैसा दिन्छ, त्यही क्षेत्रमा मात्र बहस, छलफल र अन्तर्क्रिया गर्ने गैरसरकारी संघ/संस्थाको 'दरिद्र' चरित्रले पनि समस्या निम्त्याएको छ। अब गैरसरकारी संघ/संस्थाहरुले पनि स्थानीय निकायको निर्वाचनलाई प्रमुखताका साथ उठाउनु र अभियानकै रूपमा सञ्चालन गर्नु जरुरी छ। स्वार्थमै रुमल्लिरहेका स्थानीय निकायका कर्मचारीले निर्वाचन गराउनका लागि भनेर गरिएको आन्दोलनको भित्री उद्देश्य अर्कै छ। अर्थात् उनीहरुले आफूहरुले गरेको अनियमितता र गाउँ नगईकन सदरमुकाममा बसेर गर्दै आएको कामकाजको थप वैधानिकता र सरकारी स्याबासी खोजेका हुन्, निर्वाचन होइन। निर्वाचनका लागि अरु होइन, राजनीतिक दल तात्नुपर्छ। उनीहरुको स्थानीय कार्यकर्ताले माउ पार्टीलाई दबाब दिनुपर्छ र दाताको पैसा केन्द्रित नभई मुलुकको आवश्यकतालाई ध्यानमा राखेर गैरसरकारी संस्थाहरुले अभियान सञ्चालन गर्नुपर्छ। सबैको सामूहिक प्रयास भयो भनेमात्र स्थानीय सरकारको निर्वाचन सम्भव छ।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्