कानुन दृष्टिबिहीन हुन्छ, त्यसैले यसले देख्न सक्दैन। तर कानुन आफू स्वयं पनि देखिँदैन। कानुन देखिँदो हो त छ वर्षीय रोसाले त्यसको औँला समाएर गुहार माग्दी हुन्। कानुनको निश्चित स्वरूप हुँदो हो त ती बालिकाले त्यसको गोडा परेर आफ्नी आमासँग विछोड नगराउन भन्दी हुन्। उनीमात्र किन? छोरीको विछोडमा विक्षिप्तप्रायः हुन पुगेकी बेलायती नागरिक मगाली पनि आफ्नी छोरीसँग पुनर्मिलन गराउन कानुनलाई अनुनय/विनय गर्दी हुन्। अनि कानुन पनि बालिकाको आँसुमा पग्लँदो हो, आमा-छोरीको विछोडमा दुःखी हुँदो हो। तर कानुनको कुनै स्वरूप हुँदैन रहेछ, कानुनको कुनै आकार हुँदो रहेनछ र त्यसैले अहिले कानुनको मार ती आमा-छोरीको माध्यमबाट मानवीय संवेदनामा परिरहेको छ।
वियोगान्त चलचित्रको कथाझैँ लाग्ने यो घटना अन्य कुनै मुलुकमा नभएर नेपालमै भएको हो। घटनालाई प्रारम्भदेखि हेर्ने हो भने यो कुनै अनुभवी पटकथा लेखकले निकै मेहनतसाथ तयार पारेको कृति जस्तै लाग्छ। यसमा मिलन छ, जसले एउटा सुखी परिवार निर्माण गरेको थियो अनि विछोड छ, जसले घटनालाई कम्तिमा अहिलेसम्म वियोगान्त बनाएको छ, दर्दनाक बनाएको छ।
कोही आफ्ना नानीहरूसँग कति समय अलग रहेर बस्न सक्छ? अझ बलजफ्ती आफ्ना नानीबाट अलग्गिनुपर्दाको पीडा कस्तो होला? आफ्नी आमासँग बलपूर्वक अलग्याइँदा एउटी बालिकाको मनोस्थिति कस्तो होला? ती बालिकाको मन कति रोयो होला?
छ वर्षअघि हो- एक अविवाहित महिला गर्भवती भएपछि नेपालमै बसोबास गरिरहेकी मगालीले उनलाई गर्भ नतुहाउन प्रेरित गर्छिन् र बच्चालाई आफ्नो जिम्मेवारीमा लिने प्रण गर्छिन्। ती महिलाले पनि एउटी बालिकालाई जन्म दिएर मगालीको जिम्मा लगाउँछिन्। भनिन्छ, जन्म दिनेभन्दा पालनपोषण गर्ने व्यक्ति महान् हुन्छ। तर मगालीको त्यो महानता आज नेपालको अपुरोझैं देखिने कानुनसामु असहाय हुन पुगेको छ। ती महिलाको मन अहिले चिच्याइ/चिच्याइ कानुनसँग दयाको भिख मागिरहेको छ।
ती बालिकालाई मगालीले सालनालसँगै पाल्दै आइन्। दुनियाँको नजरमा रोशालाई मगालीले जन्म दिएकी होइनन्। स्वयं मगाली पनि यो सत्यबाट पर छैनन्। तर ती बालिकाका लागि भने उनलाई जन्म दिने आमा नै हुन मगाली। दुनियाको कुनै कानुनले अहिले ती बालिकालाई मगाली उनको जन्म दिने आमा होइनन् भनेर चित्त बुझाउन सक्दैन।
बाबुको वात्सल्यबारे थाहा नपाए पनि ती बालिकाले मगालीबाट आमाको ममता पूर्णरूपमा पाउँदै आएकी थिइन्। एउटी बालिकाको जन्मले मगालीको जीवनमा सम्पूर्णता थपिदिएको थियो। उनका लागि बालिकाको हाँसो सबैथोक थियो भने मगालीको काखमा बालिकाले संसार भेद्दै आएकी थिइन्।
मगाली र रोसाको जीवन एउटा सामान्य परिवारको झैं सुखी थियो। तर छ वर्षपछि नेपालको कानुनलाई आधार बनाएर दर्ता गरिएको एउटा कागजको खोस्टाले दुवैको जीवन भताभुङ्ग पारेको छ। मानवतालाई, मानवीय संवेदनालाई रुन बाध्य पारेको छ।
एउटी विदेशीले नेपाली बालिकालाई कानुनी प्रक्रिया नपुर्या ई पालेको भन्ने निवेदनका भरमा आमाको काखबाट छोरीलाई अलग्याइएको छ। अहिले रोसा राजधानीकै बाल मन्दिरमा छिन् आफ्नो चाहनाविपरित। अचम्म लाग्छ- यदि मगालीले प्रयास नगरेकी भए रोसाले यो संसार देख्न पाउने थिइनन्। ती बालिकालाई कानुनको कुनै धाराले संसारमा ल्याएको होइन। एउटी अविवाहित महिलाले गर्भ तुहाउने प्रयास गर्दा नेपालको कानुनको कुनै धारा रोक्न गएको थिएन। त्यो त मौन थियो, कानुनलाई त थाहा पनि थिएन। तर उनी त मगाली नै थिइन्, जसले बालिकालाई जन्मपूर्व नै मृत्यु हुनबाट जोगाएकी थिइन्। बालिकालाई संसारमा ल्याउन सहयोग गरेकी थिइन्।
मगालीको दोष ती अविवाहित महिलालाई बालिका जन्माउन प्रेरित गर्नु नै थियो त? अहिले त्यस्तै भइरहेको छ। मगाली अहिले मानव अधिकार आयोगसम्म पुगिरहेकी छिन्। तर के सबै थोकको छिनोफानो कानुनी आधारमा नै हुने? त्यसको मानवीय पक्षलाई महŒव नदिने? त्यो पनि यस सन्दर्भमा कानुन स्वयं अस्पष्ट भएको केही कानुनविद्ले नै बताएका छन्। त्यसबाहेक मगालीले ती बालिकाको पालनपोषण राम्ररी नै गरेको कुरा स्वयं आमा-छोरीलाई अलग्याउने आदेश (कानुनी आधारमा भए पनि ) दिने काठमाडौँका प्रमुख जिल्ला अधिकारीले नै टेलिभिजनमार्फत स्वीकारिसकेका छन्।
कुनै आकार नभएको कानुनले मेगाली र उनकी छोरीको पीडा बुझ्न नसक्नु असामान्य कुरो होइन। तर एउटा छोरीलाई आमाको काखबाट अलग्याउन निवेदन लेख्दा ती हात किन कामेनन्? निवेदन लेख्ने क्रममा त्यो मनले आमा र छोरीको विछोड हुँदाको हृदयविदारक दृष्यको कल्पनासमेत गरेन होला? आमाको काखबाट खोसिँदा मम्मा मम्मा (आमा आमा) भनेर ती बालिका चिच्याउँदा कानुनले त देखेन र सुनेन होला तर ती बालिकालाई अलग्याउने हात किन कामेनन्? चलचित्रमा र कुनै चालू उपन्यासमा समेत नपाइने कठोर मन त वास्तविक जीवनमा नै प्रशस्त रहेछन्।
यहाँनेर नबुझिएको कुरा के हो भने कानुनी प्रक्रिया पूरा गर्ने नाममा बाल अधिकारको प्रसङ्ग बिर्सिएको छ। ती बालिकाको चाहनाबारे बेवास्ता गरिएको छ। ती बालिका के चाहन्छिन् भन्नेतर्फ के कानुन स्वयंमा उदासिन छ र? उनी बुझ्न र बोल्न नसक्ने होइनन्। कानुन त्यति संवेदनहीन त नहोला। कानुनी प्रक्रियाको आडमा कसैको स्वार्थ पूर्ति भइरहँदा बाल अधिकारमाथि भइरहेको हनन्प्रति को जिम्मेवार हुने? मानवीय संवेदनामाथि भइरहेको खेलवाडप्रति को जिम्मेवार हुने?
त्यस दिन मगालीलाई भेट्न जादा उनी विक्षिप्तप्रायः थिइन्। हतारमा देखिने उनी मानव अधिकार आयोगका कुनै प्रतिनिधिको प्रतीक्षामा थिइन्। उनको अवस्था काखबाट नानी खोसिएको आमाजस्तै थियो। हामी चलचित्र हेर्दा अथवा कथा, उपन्यास पढ्दा त्यहाँ रहेका पात्रको दुःख देखेर विचलित हुन्छौँ, हाम्रा आँखाबाट आँसु झर्छन्। यो त झन वास्तविक घटना हो।
कानुन केका लागि हुन्छ? समाजको हितका लागि अथवा समाजको अहितका लागि? अनि समाज आफँैमा एउटा ठोस वस्तु त होइन। मगाली र उनकी नानीको जस्तै परिवार मिलेर नै त समाज निर्माण हुन्छ। कानुनले त आमा र छोरीको मिलन गराउनुपर्ने होइन र? आमासँग बस्न पाउने बाल अधिकारको संरक्षण गर्नुपर्ने होइन र? यहाँ पुनः एक पटक स्पष्ट पार्न जरुरी छ। यो सबै प्रसङ्गमा ती बालिकाको इच्छामाथि बेवास्ता गरिनुलाई के कानुनले उचित मानेको छ? कानुनले त आमासँग बस्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ। यदि यस मामिलामा कानुन अस्पष्ट छ भने त्यसलाई प्रष्ट पारिनुपर्छ। आमाको काखबाट सन्तान खोसिनु कुनै पनि अर्थमा जायज होइन। कानुनको आडमा बाल अधिकारको हनन् हनु, मानवीय संवेदना छियाछिया हुनु स्वयं कानुनकै अपमान होइन र? कानुनकै मजाक होइन र?