पहलमानको बाजी
२८ फागुन २०६९
•
१४ मिनेट पाठ
पहलमानको बाजी
धेरै पहिले कुनै हिन्दी पत्रिकामा पढेको कथाको पात्र प्याज खाने पहलमानजस्तै भएका छन् नेपाली जनता र विपक्षी राजनीतिक दलका नेता। एउटा पसलमा गाउँका पुरोहित आइपुगे। पसलमा कुहिएको प्याज गन्हाएको थियो। पसले सडेको प्याज छुट्याउँदै थिए। पुरोहितले नाक थुन्दै प्याजको बदख्वाइँ गर्न थाले। पसलेले पनि उनैको बोलीमा लोली मिलाए। बाना मिलाउनलाई मात्रै करले पसलमा प्याज राख्नुपरेको गुनासो उनले गरे। छेवैमा बसेको पहलमानलाई तिनको कुरामा पटक्कै चित्त बुझेन। उनले प्याजका पक्षमा आवाज उठाए। भने - 'सबै तरकारीमा मिल्ने र काँचै खान पनि हुने प्याज कसरी अगतिलो हुन्छ? मलाई त खुब मन पर्छ।' कुरैकुरामा पहलमानले एकै पटकमा सयवटा प्याज खानसक्ने बाजी थापे। बाजी थियो, प्याज खान सके सय रुपियाँ दिनुपर्ने र नसके पसलेले पहलमानलाई सयपल्ट जुत्ताले हान्ने।


पहलमान प्याज खान थाले। करिब ३०-४० वटा प्याज खाएपछि उनको आँखाबाट आँसुका धारा झर्न थाले। खपिनसक्नु भएपछि उनले बरु जुत्तै खान बेस ठाने। भने- अरू प्याज खान सक्तिन। बरु जुत्ता हान। पसलेले जुत्ता हान्न थाले। कुटाइ सहन झन् कठिन भयो। बरु प्याज खानै सजिलो होला भनेर उनले कुटाइ रोक्न भने। बाँकी रहेको प्याज गनेर सयवटा पुर्याइयो। पहलमानले फेरि प्याज खान थाले। तर यसपल्ट झन् गाह्रो भयो। उनले दुईपल्ट गरेर सयवटा प्याज त खाए तर बाजी जितेनन्। कुटाइ भने सय पल्टभन्दा बढी खाए। अर्थात्, मन तुलबुल्याएका कारण पहलमानले नराम्ररी हारे।
एनेकपा (माओवादी) को जालमा परेर प्रमुख भनिएका राजनीतिक दलका शीर्ष नेता यही कथाको पहलमानजस्ता हुँदै गएका छन्। राजनीतिक गतिरोध अन्त्य हुने आशा पलाउँछ अनि टुसाउन नपाउँदै ओइलाउन थाल्छ। नेताहरू सहमति र विमतिको दोहोरीमै रमाइरहन्छन्। चुनावबाहेक अरू उपायबाट राजनीतिक संकट टार्न सकिँदैन र पाइँदैन पनि। संविधान सभाको निर्वाचन गर्ने भइसकेपछि त्यसभन्दा पहिले नै राजनीतिक विवादका विषय टुंग्याउन खोज्नु जनताको अधिकार खोस्नु नै हो। जनताका वैरीलाई आफ्ना कुत्सित अभीष्ट पूरा गर्न यस्तो मौका छोप्न मन लागे पनि लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्नेहरू त्यसमा सहमत हुन सक्दैनन्। यसैले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले चुनावका लागि आवश्यक व्यवस्था मिलाउनेबाहेक अरू दूरगामी महŒवका विषयमा सहमति गर्न वार्तामा बस्नै हुँदैन थियो। राष्ट्रियता संकटमा परेको बेला अरू तपसिलका विषयमा अलमलिनेहरूको नियतमै शंका गर्नुपर्ने हुन्छ। कांग्रेस र एमालेका नेताहरू कम्तीमा यस हुलमा मिसिनु नै हुँदैन थियो। पहिले सहमत हुने र समय लिने अनि पछि सहमति भएका विषय फेरि उल्ट्याउने प्रवृत्ति माओवादीका लागि नयाँ पनि होइन।
माओवादी नेताहरूलाई सशस्त्र विद्रोह कालमा भएको मानवताविरुद्धको अपराधमा भविष्यमा हुने कारबाहीबाट जोगिनु छ। यसैले उनीहरू सत्ता छाड्नै चाहँदैनन्। अहिले चारवटा पार्टीका नेताले त के सिंगै नेपालले माफी दिए पनि मानवताविरुद्धको अपराधमा कानुनका सर्वमान्य सिद्धान्त र प्रक्रियाअनुरूप मुद्दा चलाएर सजाय किटान नगर्दासम्म अन्तर्राष्ट्रिय जगतले मान्दैन। यो वास्तविकता माओवादीले जति छिटो स्वीकार गर्छन् उति नै तिनको र मुलुकको पनि भलो हुन्छ। अहिले संविधान सभाको निर्वाचनका लागि गरिने वार्ता र व्यवस्थामा मानवीयताविरुद्धको अपराधमा मुद्दा चलाउन नपाइनेजस्तो सर्त राख्नुको कुनै औचित्य छैन। कार्यकर्तालाई अलमल्याउन राखेको हो भने त्यो पनि विश्वासघात भयो। अन्तर्राष्ट्रिय मान्यता र प्रचलनअनुसारको सत्य निरुपण आयोग बनाएर दोषी खुट्याएपछि पीडितसँग माफी मागे बरु उनीहरू सजायबाट जोगिन सक्नेछन्। प्राकृतिक न्यायको सिद्धान्तअनुसार माफी दिने अधिकार पीडितलाई मात्र हुन्छ। किन्तु, अहिलेजस्तै हेप्ने, पेल्ने र बल देखाएर कानुन मिचिरहने हो भने पीडित पनि प्रतिरोध र प्रतिशोधमा उत्रन सक्छन्। धन्न अहिलेसम्म पीडितले प्रतिशोध लिन थालेका छैनन्। शायद, उनीहरूले अझै पनि न्याय पाइने आशा मारिसकेका छैनन्। तर, तिनले अनन्त कालसम्म धैर्य गर्न पक्कै सक्ने छैनन्। त्यतिबेलाको अनीष्ट टार्ने हो भने अहिले लोकतान्त्रिक प्रक्रियामा भाँजो हाल्नु हुँदैन। क्रान्तिपछि लोकतन्त्र सुदृढ भएका मुलुकमा द्वन्द्वको व्यवस्थापन अपेक्षाकृत सहज भएको छ। नेपालका राजनीतिक नेताहरू र विशेषगरी माओवादीले यो सत्य आत्मसात् गर्नु बेस हुनेछ।
नागरिकताको विषय पनि अहिले टुंग्याउन मिल्दैन। वास्तवमा नेपाली नागरिकतालाई यति सस्तो र विवादास्पद विषय बनाउनु मधेसीकै लागि आत्मघाती हुनेछ। अहिले नागरिकता खुकुलो बनाउँदा साधनस्रोत बाँड्नुपर्ने त तराईकै जनताले हो। चुनावपछि बन्ने सरकारले नेपाली नागरिकको अधिकार सुरक्षित हुनेगरी कानुन बनाएर यो समस्या सधैँका लागि टुंग्याउनुपर्छ। चुनावभन्दा पहिले नै नागरिकता बाँड्ने काम गरेमा त्यसले तीव्र प्रतिक्रिया उब्जाउन सक्नेछ। त्यस्तो प्रतिक्रियाबाट जनतामा उत्पन्न असन्तोषको उग्र दक्षिणपन्थीहरूले दोहन गर्न सक्छन्। तराईका आदिवासी र पहाडी समुदाय राष्ट्रियताप्रति बढी नै संवेदनशील जो छ। हुन त, अब भारतबाट नेपालतर्फ बसाइँ सर्ने क्रम पक्कै रोकिन्छ। विकास र बसाइँ सराइबीच सकारात्मक सहसम्बन्ध हुन्छ। बिहार र उत्तरप्रदेशको विकास दर नेपालको भन्दा बढी हुनेबित्तिकै रोजगारीको खोजीमा यताबाट उता बसाइँ सर्ने जनसंख्या बढी हुनेछ। त्यसपछि दक्षिणपन्थीको कथित 'राष्ट्रवादी' हौवा बिस्तारै मत्थर हुनेछ। यसैले नागरिकताको विषयलाई अहिले चुनाव टार्न भाँजोका रूपमा प्रयोग गर्नु मधेसी दलहरूकै लागि पनि आत्मघाती हुनपुग्नेछ।
यी दुवै सामान्य व्यक्तिले सहजै बु‰ने वास्तविकता भए पनि माओवादी र मधेसी दलका नेताहरूले चाहिँ सजिलै स्वीकार गर्ने छैनन्। तिनलाई जनतामा विश्वास जो छैन। चुनावमा जनताले अहिलेको बेइमानी र बदमासीको सजाय दिने डर तिनलाई हुनु अस्वाभाविक पनि त हैन। यसैले ठूलै आन्दोलन वा राष्ट्रपतिको विशेष अग्रसरता नभई बाबुराम मोर्चाले सजिलै सत्ता छाडेन र चुनाव केही वर्षै पर सर्योल भने पनि धेरै आश्चर्य मान्नुपर्दैन। नेपाली जनतालाई नियतिले त्यो दुर्दिन देखाउन कत्ति बेर छैन! सहमतिको खोजीमा अलमलिएकाहरूको आँखा खुल्यो भने वार्ता भंग गर्न तिनले पनि साइत हेरिरहने छैनन्। त्यसपछि मुठभेडको राजनीति सुरु हुनसक्छ। त्यसो भए पनि होस्। एउटा किनारा त लाग्ला! तर, कम्तीमा अबको एक महिना शान्ति र व्यवस्था कायम भइरहोस्। कारण, यही चैतको पहिलो सातादेखि प्रवेशिका (एसएलसी) परीक्षा सुरु हुँदैछ।
नेपाली शिक्षा प्रणालीमा सबैभन्दा महŒवपूर्ण र कठिन मानिने यस परीक्षामा विद्यार्थीले १०-१२ वर्षसम्म सिकेको ज्ञानलाई तीन घन्टाभित्रै ओकलिसक्नुपर्छ। शिक्षाविद् सुगत मित्राका अनुसार विद्यार्थीलाई परीक्षामा बसालेर उसले प्राप्त गरेको ज्ञानको मूल्यांकन गर्नु हातखुट्टा बाँधेर पौडी खेल्न लगाउनुजस्तै हो। स्नायु विज्ञानअनुसार 'खतराको संकेत पाउनेबित्तिकै मस्तिष्कले सामान्यरूपमा सोच्न बन्द गर्छ' रे। परीक्षालाई विद्यार्थीले 'खतरा'का रूपमा लिन्छन्। यसैले अहिलेको शिक्षा प्रणाली समग्रमै विद्यार्थीले ज्ञान हासिल गर्ने दृष्टिबाट अनुपयुक्त छ। कुनै बेला 'सूर्यास्त नहुने' बेलायती साम्राज्यका लागि कारिन्दा उत्पादन गर्न लर्ड मेकालेले अठारौँ शताब्दीमा परिकल्पना गरेको शिक्षा पद्धतिमा अहिलेसम्म आधारभूत परिवर्तन गरिएको छैन। 'बिल्ड ए स्कुल इन द क्लाउड' शीर्षकको भिडियोमा शिक्षा वैज्ञानिक मित्राले भनेजस्तै प्रविधिमा भएको प्रगतिले संसारमा धेरै परिवर्तन भए पनि कारिन्दारूपी मेसिन उत्पादन गर्ने शिक्षा प्रणाली भने बदलिएको छैन। महँगो 'प्राइभेट स्कुल' होस् वा जेनतेन चलाइएको 'सार्वजनिक विद्यालय' दुवैले विद्यार्थीलाई यही थोत्रो मेसिनको पुर्जामात्र बनाएका छन्। विषय शिक्षकले नै परीक्षा दिए पनि उत्तीर्ण हुन गाह्रै पर्ने प्रश्न सोधेर तीन घन्टाको समयमा लेखेको उत्तरले विद्यार्थीको क्षमताको मूल्यांकन गर्ने र त्यसैका आधारमा भविष्य निर्धारित हुने प्रणाली यसै पनि अन्यायपूर्ण हो। त्यसमाथि विवेकहीन नेपालका राजनीतिकर्मीले यस्तै बेला पारेर कथित आन्दोलनको आगो सल्काइदिन बेरै लगाउँदैनन्। तिनको आन्दोलनभन्दा धेरै गुणा यी विद्यार्थीको जीवन देशका लागि महŒवपूर्ण छ।
पहलमानहरूले जति प्याज खाए पनि जति कुटाइ पाए पनि जनताको टाउको नदुख्ने भइसकेको छ। परन्तु, चैतमा हुने एसएलसी परीक्षामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्नेगरी आन्दोलन वा अरू केही गरेमा जनताले कहिल्यै क्षमा दिने छैनन्। राजनीतिक घटनाका कारण परीक्षा र परीक्षार्थीमाथि असर पर्योर भने त्यसको सजाय आउने पुस्ताले जीवनभर भोग्नुपर्ने हुन्छ। यसैले राजनीतिक विवाद जति गरे पनि परीक्षा चलुन्जेल शान्ति भंग नगरिदेऊ!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस