प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना निजी सचिव तथा सञ्चार व्यवस्थापक विश्वदीप पाण्डे मार्फत् बाह्र बुँदे सहमतिकै शैलीमा आफूविरुद्ध भएका बाह्र थान 'गलत' प्रचारको फेहरिस्त जारी गर्नुभएको छ। फेहरिस्तमा केही राष्ट्रिय, केही पार्टीगत र केही व्यक्तिगत बु"दा छन्। यमी फाउण्डेसन, बाइस धारा उद्यान, तिमिला यमी र केशव स्थापितको गँड्यौला प्रधानमन्त्रीका व्यक्तिगत बु"दा हुन्। यसमा प्रधानमन्त्रीले 'लोडसेडिङ घटाउन कुलेखानी जलाशयको पानी खर्च गरेर आगामी सरकारलाई अप्ठेरोमा पार्न खोजेको' एक प्रतिपक्षी नेताको हास्यास्पद आरोप जोड्न बिर्सनुभएको छ। बा"दरमुढे र सुशील कोइरालाका प्रसंग उहा"को पार्टीगत समस्या हो भने प्रधानमन्त्रीका फेहरिस्तमा उल्लेख भएका अन्य आरोप सा"च्चै राष्ट्रिय हुन।
चर्चामा आएका यी आरोप मिडियाको हिसावले नित्तान्त 'कपोलकल्पित र भ्रामक' भने पक्कै होइनन्। केयुकेएलमा यमी परिवारको वर्चस्वको खबर सरकारी स्रोतहरुबाटै आएको हो। केशव स्थापितको ग"ड्यौला र कुलेखानीको पानी एकै स्तरका विषय हुन। यस्ता विषयमा प्रधानमन्त्री सा"च्चै नै अल्भि्कनुभएको हो भने उहा"को संवेदनशील स्वभावको तारिफ गर्नैपर्छ। कम्तीमा पनि प्रधानमन्त्री भट्टराई मिडियामा आएका विषयप्रति सचेत र सजग हुनुहुन्छ। मिडियाको उपेक्षा नगर्ने उहा"को व्यवहारको तारिफ गर्नैपर्छ।
सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने कुरामा उहा" असहमत हुनुभएको खबरले कुनै सम्पुष्टि खोज्दैन। आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउने खेल संसारभरकै राजनीतिमा कतै पनि अनैतिक र अमान्य मानिँदैन। उहा"ले पार्टी अध्यक्षसँग कोइरालालाई प्रधानमन्त्री बनाउने विषयमा असहमति जनाउनुभयो र कोइराला प्रधानमन्त्री बन्न पाउनुभएन भने यो उहा"को गल्ती होइन, सफलता हो। राजनीतिमा कसैले पनि कसैका लागि आफू बसेको सामान्य आसनसमेत त छाड्दैन भने प्रधानमन्त्रीको आसन त्यत्तिकै छाड्ने कुरा पनि होइन। कूटनीतिमिश्रित आजको राजनीतिमा जसले जान्दछ, त्यसैले जित्छ। यसमा प्रधानमन्त्रीले मन दुःखाउने कारण नै छैन।
पार्टी अध्यक्ष र प्रधानमन्त्रीका बीच सहमति भइसकेको चितवनको (माडी) बा"दरमुढेका जनताले पाउने क्षतिपूर्तिको राहत प्याकेज सरकारले नदिएको खबर स्वयं प्रधानमन्त्रीको पार्टीभित्रैबाट आएको हो। अध्यक्षले सार्वजनिकरूपमा घोषणा गर्नुभएको राहत जनताले नपाएपछि अध्यक्षको लाज बचाउन पार्टीले 'महाधिवेसनका लागि उठाएर जोगिएको रकम र पार्टी कोषबाट' राहत दिएको जानकारी त्यस क्षेत्रका प्रतिनिधि तथा भलाद्मीमा गनिनुहुने नेता अमीक शेरचनबाट आएको हो। यमी फाउण्डेसनको चर्चाको स्रोत पनि उहा"कै पार्टी हो। त्यो फाउण्डेसनलाई सहयोग राशि नछुट्याइएको हो भने प्रधानमन्त्रीको 'बाह्र बुँदे गलत प्रचार' मा त्यसको उल्लेख अपेक्षित थिएन।
प्रधानमन्त्री भट्टराईसँग असहमतिका हजार राजनीतिक र हजार आर्थिक विषय होलान्। तर, उहा" मिडियासँग अन्तरक्रियात्मक हुनुहुन्छ। फेसबुकमा अचेल उहा"लाई कमै देखिन्छ। टि्वटरमा उहा" रमाउनुहुन्छ र घण्टौं वाद-विवादमा अल्भि्कनुहुन्छ। रेडियो सुन्नुहुन्छ, टेलिभिजन हेर्नुहुन्छ, पत्रपत्रिका पढेर प्रतिक्रिया दिनुहुन्छ। हेलो सरकार चलाउनुहुन्छ। गाउ"मा जा"दा मिडियाका प्रतिनिधिहरुलाई साथमा लैजानुहुन्छ। उहा"का कट्टर विरोधीले पनि मान्नैपर्ने उहा"को एउटा गुण हो यो। प्रधानमन्त्री भट्टराईसम्म मिडियाको पहु"च जति सुगम छ, त्यति अरु नेतासँग छैन। यस्तो गुण माओवादी पार्टीका अरु प्रभावशाली नेताहरुमा देखिएको छैन। अझ, नेपालका प्रजातन्त्रवादी नेताहरुमा त यस्तो गुणको सर्वथा अभाव छ।
प्रधानमन्त्री भट्टराईको चित्त दुखाइमा परेका अन्य बु"दाबारे लेख्नुपर्ने केही छैन। नेपाली मिडिया राजनीतिबाट पक्कै पनि निरपेक्ष छैनन्। उनीहरु भावनात्मक हिसावले कुनै न कुनै राजनीतिक विचारसँग जोडिएका छन्। जहा"सम्म विकासको कुरा छ, चाहे विमानस्थल होस् वा जलस्रोत, कृषि होस वा सिचाई, निहीत स्वार्थ भएका उद्यमी-व्यवसायी, तिनका संरक्षकका रूपमा रहेका राजनीतिक पार्टीका नेता र विकास प्रवर्द्धकका रूपमा प्रस्तुत हुने गुमास्ताहरु आफ्ना स्वार्थका विसात बिछ्याएर नाका नाकामा बसेको त प्रधानमन्त्री भट्टराईलाई ज्ञात नै होला। व्यवसायको मूल स्रोत नै सरकार भएको हाम्रो जस्तो देशमा मन्त्रीहरुका निर्णयसमेत विभिन्न स्वार्थको पोषणका लागि प्रभावित हुने गरेको उहा"लाई भन्दा बढी कसलाई थाहा होला र?
अझ, मिडिया त सधैँभरि उहा"कै पक्षमा उभिएको छ। उहा"लाई प्रधानमन्त्री बनाउन सामाजिक सञ्जाल, टेलिभिजन र पत्रपत्रिकाले अभियान नै गरेको बिर्सन मिल्ने कुरा होइन। राजधानी र विभिन्न शहरका सडक विस्तार अभियानमा उहा"ले पाउनुभएको समर्थनलाई पनि कम आ"क्न मिल्दैन। राजनीतिक प्रक्रियामा पनि लोकतान्त्रिक परम्पराअनुसार, चुनाव घोषणा गर्ने सरकारले नै चुनाव गराउन पाउनुपर्छ भन्ने विचार प्रभावशाली ढंगले स्थापित भएकै हो। प्रधानमन्त्री भट्टराईले आफूसँग सम्बन्धित समाचारलाई वर्गीकृतरूपमा होइन, समग्रतामा त्यसको मूल्यांकन गर्नुपर्छ। उहा"ले आफूप्रति मिडियाले देखाएको चासोको प्रशंसा गर्नुपर्छ।
नेपाली मिडियाको शैली प्रधानमन्त्रीको फेहरिस्तमा भनिएजस्तो गोयबल्स शैली होइन। कम्युनिष्टहरुका लागि प्रीतिकर रहेको गोयबल्स अधिकांश नेपाली पत्रकारको सम्झनामा नआउने शब्द हो। नेपाली मिडियाले कुनै पनि राजनीतिक घटना र उपक्रममा आफ्नो धारणा दिएको छैन। यसले समाचार जसरी आउ"छन्, त्यसरी नै प्रस्तुत गर्ने गरेको छ। प्रत्येक नेताका प्रभाव क्षेत्रभित्र पत्रकार पनि परेका छन्। पत्रकारहरुको छाता संगठन पूरै खण्डखण्डमा राजनीतिक दलहरुको विचारसँग जोडिएको छ। त्यतिले नपुगेर प्रत्येक पार्टीका आ-आफनै पत्रकार संगठन छन्। सरकार र दलहरु यसैमा रमाएका छन्। निश्चय पनि, यो लोकतान्त्रिक समाज निर्माणको विपरित बाटो हो तर सबै राजनीतिक दलहरु यसैमा रमाएका छन्। पत्रकारितामा गोयबल्स शैलीको प्रभाव देखिएको छ भने त्यसको मूल कारण पनि राजनीतिक दल नै हुन। यसको पूरै जानकारी छ प्रधानमन्त्री डा. भट्टराईलाई।
राजनीतिज्ञसँग रोचक मानिस जोडिएका हुन्छन्। अझ, सत्ताको उच्च आसनमा रहेका राजनीतिज्ञसँग रोचक मानिसको कमी नै हु"दैन। सत्ताप्रति समर्पणभाव राख्ने नेपाली परम्परा अद्भूत छ। प्रभावशाली व्यक्तिहरुसँग फोटो खिचाएर त्यसैको प्रभावमा आफूलाई स्थापित गर्न खोज्नेहरुको हामीकहा" कमी छैन। उहिले राणाकालमा श्री ३ महाराजको नियमित भेटमा एक जना चाकरीवाजसँग महाराजले 'के चाहियो तिमीलाई?' भनेर सोध्दा चाकरीवाजले महाराजको दरवार लागेका बेला मौसुफको कानमा फुसफुसाउने मौका पाउ" भनेथ्यो रे। महाराजले दिने कुनै पनि वस्तुको तुलनामा प्रभावशाली वस्तु मागेको थियो उसले। महाराजको कानमा दिनहुँ फुसफुसाउ"दा पाइने शक्तिको तुलनामा अर्को महत्त्वपूर्ण वस्तु के नै हुन सक्छ? यो संस्कार अहिलेसम्म हटेको छैन हाम्रो समाजबाट।
विश्वव्यापीरूपमै एक्काइसौं शताब्दीका मिडिया आगामी समयका लागि जनताका पक्षमा कार्यसूची तय गर्न सक्रिय रहेका बेला नेपाली मिडिया आफ्नै उल्झनमा रमाएको छ। नेपाली मिडिया परिदृश्य बाहिरबाट देखिएजस्तो निश्चय पनि छैन। मिडियाकर्मीहरुले न सरकारका नीति निर्माणमा जनताका पक्षबाट हस्तक्षेप गर्न सकेका छन, न त जनताका एजेण्डालाई वाणी नै दिन सकेका छन्। तैपनि, सन्तोष मान्नुपर्छ कि मिडियाको प्रभाव बढ्दैछ। मिडियामाथि दोष पन्छाएर पानीमाथिको ओभानो बन्ने नेताहरुको प्रवृत्तिमा कमी आउ"दैछ। सरकार प्रमुखले मिडियालाई प्रत्यक्ष सम्बोधन गर्न थालेका छन्। यसलाई नेपाली मिडिया जगतको उपलब्धि नै मान्नुपर्छ।