हामीले अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) मनाउन थालेको अढाइ दशक नाघिसक्यो। तर महिला मुक्तिका कार्यसूची अझै पनि लक्षित समुदायसम्म पुग्न सकेका छैनन्। यो अवधिमा सतहबाट हेर्दा धेरै उथलपुथल भएको देखिन्छ।
तर यो उथलपुथल थोरै महिलाको भागमा मात्र परेको छ। २०४६ सालको राजनीतिक परिवर्तनले महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने एउटा नयाँ समुदाय त जन्मायो तर त्यो समुदायले अधिकांश नेपाली महिलाको उत्पीडन रोक्न पर्याप्त भूमिका खेल्न भने सकेको छैन। अधिकारकर्मी, सञ्चारकर्मी, न्यायिक क्षेत्रबाट वकालत गर्नेहरु, राजनीतिक दलका भगिनी संगठनहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अभियन्ताहरुको समुच्चयमा एउटा संरचनात्मक सञ्जाल निर्माण भए पनि आमनेपाली महिला अझैसम्म पनि मध्ययुगीन पितृसत्तात्मक उत्पीडनको शिकार भएका छन्।
हुन त २०४६ सालदेखि अहिलेसम्मको अवधिलाई नेपाली महिलाको सशक्तीकरण आन्दोलनको स्वर्णकाल भने पनि हुन्छ। तर यो अवधिमा हामीले जति पायौं त्यो एउटा समतापूर्ण समाजका लागि पर्याप्त छैन। २०४६ सालको जनआन्दोलनले पहिलो पटक संसदको निर्वाचनमा दलहरुले पाँच प्रतिशत महिलालाई टिकट दिनैपर्ने अनिवार्य प्रावधानको व्यवस्था गर्योस। यो सकारात्मक उपलब्धि थियो तर व्यवहारमा अर्कै तस्बिर आयो। दलहरुले महिलालाई टिकट दिँदा सकभर नजित्ने क्षेत्रमा मात्र भाग छुट्याए। २०६२/०६३ को जनआन्दोलनपछि संसदमा ३३ प्रतिशत स्थान हुनुपर्ने व्यवस्था गरियो। नेपालको अन्तरिम संविधानद्वारा व्यवस्थित यो प्रावधानलाई व्यवहारमा उतार्न अधिकांश दल असफल भए। प्रत्यक्ष निर्वाचनमा एकीकृत माओवादीतर्फबाट महिला उम्मेदवार धेरै ठाउँमा जितेका कारणले मात्र र समानुपातिक तर्फबाट गणपुरकका कारणले गर्दा विघटित संविधान सभामा ३३ प्रतिशत महिलाको उपस्थिति हुन पुग्यो। विगतका व्यवहारको तुलनामा यो घटना सकारात्मक हो तर संख्यात्मक हिसावले संसदमा पुगेका महिलाले राष्ट्रिय राजनीतिमा कति भूमिका खेले भन्ने प्रश्नले भने बारम्बार झस्काइरहन्छ।
२०४६ पछिको छोटो अवधिमा महिला अधिकारका क्षेत्रमा एकपछि अर्को गर्दै विभिन्न प्रकारका सुधार व्यावहारिक क्षेत्रमा कार्यान्वयन हुन नसक्नु नै सशक्तीकरण आन्दोलनको मुख्य समस्या हो। यही अवधिमा छोरीले छोरासरह अंश पाउने, महिला हिंसाविरुद्ध कडा कारबाही हुने, आमाको नामबाट नागरिकता पाउने व्यवस्था भएको जस्ता कानुन आए पनि त्यसले धेरै महिलाको जीवनमा तात्विक परिवर्तन ल्याउन नसक्नुमा राज्यको कार्यकारी संयन्त्रको कमजोरी देखिन्छ। शिवा हासमी र बिन्दु ठाकुरलाई उनीहरुकै परिवारले हत्या गरेको घटनामा अपराधीहरु कानुनको पञ्जामा परे पनि सीता राईलाई सरकारी कर्मचारीले लुटपाट तथा बलात्कार गरेको घटनामा दोषीलाई जोगाउन भइरहेका निर्लज्ज व्यवहार निन्दनीय छन्। यस्तै सरस्वती सुवेदीको रहस्यमय हत्या र छोरीमैँया महर्जनलाई रहस्यमय हिसावले बेपत्ता गरिएको प्रकरणमा सरकारका सुरक्षा संगठनले राम्रो काम नगरेको तथ्य प्रष्टिसकेको छ। अहिलेसम्म पनि राज्यको पहलकदमी ज्यादै सीमित क्षेत्रमा मात्र छ। सञ्चार माध्यमले दर्शाएका केही घटनाबाहेक सामाजिक जीवनमा महिलाले भोग्नुपरेका विकराल उत्पीडनविरुद्ध राज्यको पहुँच हेर्दा अझै निराशा मात्र देखिन्छ।
वि.सं.१९९८ सालबाट महिला मुक्ति आन्दोलनकी आदि विद्रोही योगमाया न्यौपानेले आरम्भ गरेको अभियानयता सात दशक बितिसकेका छन्। यो सात दशकमा महिला र पुरुष बराबरीमा रहेको समाज निर्माण गर्ने राज्यको भूमिका कुनै पनि दृष्टिले सन्तोषजनक पाइँदैन। योगमायाका सुधारवादी मागहरु तत्कालीन राणा सरकारले पूरा नगरेपछि उनीसँगै ६८ जनाले अरुण नदीमा जल समाधि लिएका थिए। २००७ सालपछि नेपाली समाजमा आधुनिक मानवतावादी मूल्य स्थापित हुने नयाँ अवसर आयो। तर, महिला र पुरुष समान हुने समाज निर्माणको पक्षमा सुधार हुने कुरा चाँहि साह्रै सुस्त गतिमा रहे। पञ्चायतको ३० वर्षमा महिलाको हक अधिकारका निम्ति खासै केही भएनन्।
अहिले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागेको सन्दर्भमा उठाउनैपर्ने अर्को तीतो सत्य हो- 'अकुपाइ' बालुवाटार। ७१ दिनदेखि जारी यो आन्दोलनलाई कतिपय विश्लेषकले सत्याग्रह पनि भनेका छन्। यो आन्दोलनको औचित्यमा विवाद हुनै सक्दैन तर यसमा सहभागी संस्थाहरुको सहभागिताको रूप हेर्दा सन्तोष मान्ने ठाउँ पनि पाइँदैन। नेपाली महिला मुक्ति आन्दोलनको सबभन्दा ठूलो कमजोरी भनेको दाताहरुसँगको अत्याधिक निर्भरता हो। दाताले आर्थिक सहयोग गरे अभियान सशक्त हुन्छन्, गरेनन् भने शिथिल। अकुपाइ बालुवाटार अभियानमा सहभागिताको रूप हेर्दा यस्तो प्रभाव राम्ररी बुझ्न सकिन्छ। केही संस्था त्यस आन्दोलनमा सहभागी हुने र बाहिरिने क्रम हेर्दा यो आन्दोलनलाई बलियो पार्न फेरि गम्भीर किसिमका प्रयास आरम्भ हुनु आवश्यक छ। कुनै पनि आन्दोलन अत्यधिक परनिर्भर भइरह्यो भने त्यसको विश्वसनीयता स्थापित हुन सक्दैन। यस विषयमा आन्दोलनकारी पक्षको ध्यानाकर्षण हुनुपर्छ। अकुपाइ बालुवाटार अभियानलाई सफलताको निष्कर्षमा पुर्याउनै पर्छ। यो भनेको सरकारलाई चौतर्फी दबाब दिनु र घेराउ गर्नु नै हो। अहिलेसम्म धेरै घटनाका दोषी र पीडकलाई राजनीतिक संरक्षण मिल्ने र दण्डहीनताले प्रश्रय पाउने व्यवहार भइरहेको छ। यसलाई पर्दाफास गर्न आन्दोलनले आफ्नो छवि स्वतन्त्र र नैतिक बनाउनैपर्छ।
आठ मार्चलाई कर्मकाण्डीय र औपचारिकमात्र नबनाउने हो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलनका कार्यसूचीलाई हाम्रो समाजको तल्लो तहसम्म पुर्यायउने विषयमा गम्भीर हुनु आवश्यक छ। महिलालाई बलियो पार्ने प्रमुख साधन हो- आर्थिक स्रोतसाधनहरुमा उनीहरुको पहुँच र स्वामित्व। प्रसिद्ध नाटककार हेनरिक इब्सेनले 'पुतलीको घर' नाटकमा पितृसत्ताको हैकमबाट नोरालाई विद्रोह गर्न लगाए तर विद्रोहपछि नोराको अवस्था के भयो, धेरैले यतातिर ध्यान पुर्यातएको देखिँदैन। त्यसैले आर्थिक अवसर प्राप्त गर्न सक्षम महिला नै राजनीतिक र सामाजिक क्षेत्रमा पनि अगुवा हुने योग्यता राख्छिन्। यसका निम्ति शिक्षा, चेतना, अवसर र स्वामित्वको क्षेत्रमा व्यापक सुधार हुनुपर्छ। यसैगरी मुलुकमा अब बन्ने नयाँ संविधानमा महिला र पुरुष समान रहने न्यायिक समाजको व्यवस्था हुनुपर्छ।