देशभित्र, देशबाहिर अनेक घटना भइरहेका छन्। यी सबै घटना समयको पदचाप भएर नजिकिन्छन्, चिन्तन मननका निम्ति ध्यान गृहको ढोका खोलिदिन्छन्, अनि टाढिन्छन्।
तर त्यो ढोकाबाट पसेर चिन्तनमनन गर्नुअघि नै हामीलाई हतार लाग्छ, केही न केही प्वाक्क बोल्छौं, लेख्छौं, आआफ्नै पूर्वाग्रह भएर पोखिन्छौं। यसरी पोखिनुमा कति सार्थकता हुन्छ कुन्नि? तर हामी यसैमा अभ्यस्त छौं। अर्काको कुरा सुन्ने, अर्काको आँखाबाट कुनै घटनालाई हेर्ने वा कुनै पनि घटना जन्माउने परिस्थितिबारे बुझ्ने काम गाह्रो लाग्छ हामीलाई।
देशभित्रको राजनीतिको पट्यारलाग्दो नाटक मञ्चन भइरहेकै छ, अनेक उराठलाग्दा नयाँ दृश्य देखापर्दै, हराउँदै गरिरहेका छन्। अर्थ न बर्थका 'बन्द' भइरहेका छन्। यी सबैका बारेमा हामी आआफ्नै ठाउँमा बसेर केही न केही बोलिरहेकै छौं। फोर्ब्सले देखेको विनोद चौधरीको धनदेखि लिएर अर्को गोलार्द्धमा अस्ताएको ह्युगो चाभेजको मृत्यसम्मका हरेक घटनाले चर्चा पाइरहेका छन्।
यिनै चर्चाका बीचमा डा. भगवान कोइरालाको राजीनामा प्रकरणले छुट्टै स्थान बनाएको छ। यो प्रकरण वरिपरि उनले धेरै माया, समर्थन र ऐक्यबद्धता पाइसके। विभिन्न क्षेत्रका असल मानिसबाट उनका सद्गुणहरुबारे यस्तो ऐक्यबद्धता भइरहेको स्थितिमा एउटा साथीले अरु धेरै थपथाप गरिरहनुको खासै अर्थ रहँदैन। तर उनी जस्ता असल र सक्षम मानिसले किन यति धेरै अवरोध सामना गर्नुपर्छ? यस्ता अवरोध स्वाभाविक हुन् कि अस्वाभाविक हुन्? यस्ता अवरोध आइलाग्दा लिनुपर्ने स्वस्थ र सही निर्णय कस्तो हो? अन्य कतिपय कुरामा अत्यन्त सही निर्णय लिन सक्ने र प्रायः सत्यकै पक्षमा उभिने केही असल मानिसहरु पनि कुनै बेला किन राम्रा कामप्रति अवरोध गर्नेहरुको लाममा उभिन्छन्? 'यस्ता बग्रेल्ती प्रश्नहरुबारे भने गम्भीर र सार्थक चिन्तनको खाँचो अनुभव भइरहेको छ। शायद यी प्रश्न एकाध स्वास्थ्य संस्थाका निम्तिमात्र नभएर हामीले बनाउन खोजेको नयाँ नेपालका निम्तिसमेत सान्दर्भिक छन्।
भगवानले राजीनामा दिनुपर्नाका कारण सुन्दा लाग्छ संस्थाभित्रको भ्रष्टाचार, शिक्षण संस्थामा काम गर्ने डाक्टरहरुलाई 'प्राइभेट प्राक्टिस' गर्ने छुट, अनि प्रत्यक्ष/अप्रत्यक्ष राजनीतिक हस्तक्षेपका कारण सृजित विकृतिहरु नै उनका कठिनाई र दिक्दारीका केन्द्रमा छन्। विभिन्नखाले स्वास्थ्य सेवा प्रदायक संस्थाको भूमिका मात्रै स्पष्ट हुने हो भने यस्तो परिस्थिति आउने थिएन होला। अहिले देखा पर्ने गरेको अराजकता, अनुशासनविहीनता र लोभलालचको यति लाजलाग्दो प्रदर्शन देख्नुपर्ने थिएन होला।
स्वामित्व र उत्तरदायित्वका हिसावले विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदायक संस्था छन् यो देशमा। इतिहासको यो चरणमा यी सबैखाले संस्थाहरुको उपस्थिति स्वाभाविक हो। यिनका बीचमा स्पष्ट कित्ताकाँट हुने हो भने आआफ्ना क्षेत्रमा आआफ्नै जिम्मेवारी निर्वाह गरेर बस्थे होलान् चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु। जो आफ्ना जिम्मेवारी निर्वाह गर्दैनन्, जो अनुशासनविहीन हुन्छन्, तिनलाई त्यही किसिमको कार्बाही गर्न पनि सजिलो हुन्थ्यो होला। यी विभिन्न कित्ताका बीचमा स्पष्ट, पारदर्शी नियमले बाँधेका समयसापेक्ष सहकार्यको उपाय पनि निस्कन्थ्यो होला। तर अहिले जस्तो अस्पष्टता छ यो मामलामा, त्यसले गर्दा अनगिन्ती विकृति जन्माउने, जोगाउने र हुर्काउने काम भइरहेको छ।
अहिले देशमा भएका स्वास्थ्य संस्थाहरु स्वामित्वका हिसाबले मोटामोटी ५ किसिमका देखिन्छन्- १) देशभर फैलिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको सञ्जाल। २) मेडिकल कलेजहरुका शिक्षण अस्पताल र तिनका अङ्गहरु जसको स्वामित्व थरीथरीको छ। ३) गैरसरकारी संस्थाहरुले चलाएका अस्पताल र स्वास्थ्य संस्था। ४) भरखरै देखा पर्न थालेका सहकारी अस्पताल र स्वास्थ्य संस्था र ५) निजी स्वामित्वका अस्पताल र स्वास्थ्य संस्था। इतिहासको यो चरणमा हाम्रो जस्तो देशमा यी सबै किसिमका स्वास्थ्य संस्थाको अस्तित्व स्वाभाविक हो। 'स्वास्थ्य र शिक्षा अबदेखि राज्यको दायित्व हो, कसैले टाउको दुखाउनुपर्दैन' भन्नेदेखि लिएर 'स्वास्थ्य, शिक्षालगायत् हरेक क्षेत्रलाई बजारको प्रतिस्पर्धामा छाडिदेउ न, सब ठीक भइहाल्छ नि!' भन्नेसम्मका अतिवादी स्वरहरु सुनिइरहेका छन्, अरु केही समयसम्म सुनिइ नै रहने छन्। तर यी पाँचै किसिमका स्वास्थ्य संस्थाहरुको उपादेयता छ अहिलेको स्थितिमा। समस्या कहाँ छ भने सबैले उस्तै-उस्तै काम गरिरहेका छन्, कसको के भूमिका र के उत्तरदायित्व भन्ने स्पष्ट छैन, यिनका बीचमा कुनै सीमारेखा छैन।
स्वास्थ्य सेवाको सरकारी सञ्जालले देशको स्वास्थ्य नीतिको प्रतिनिधित्व गर्ने हो। राज्यले जनतासँग गरेको प्रण र अन्तर्राष्ट्रियरूपमा देखाएको प्रतिबद्धतालाई व्यवहारमा अनुदित गर्ने माध्यम हो, सरकारी स्वास्थ्य सेवा। यसअन्तर्गतका स्वास्थ्यकर्मीलाई आकर्षित गर्न राज्यले साहस देखाउन सक्नुपर्छ। सही निर्णय लिन सक्नुपर्छ। 'निजी क्षेत्रमा पनि काम गर, पैसाचाहिँ उता कमाउ, जागिरचाहिँ यता खाउ' भन्दा त विकृति नमौलाए अरु के हुने? सरकारी सेवामा काम गर्दा गर्व हुने स्थिति सृजना गर्न सक्नुपर्छ राज्यले।
शिक्षण अस्पतालहरुले देशको चिकित्साशास्त्र र स्वास्थ्य प्रविधिको उच्चतम् स्तरको प्रतिनिधित्व गर्नुपर्ने हो। राज्यले त्यसैका निम्ति सहयोग गर्नुपर्ने हो शिक्षण-अस्पतालहरुलाई। शिक्षण-अस्पतालमा प्राध्यापन र अनुसन्धानको रहर पनि गर्ने अनि 'प्राइभेट प्राक्टिस' को लोभ पनि नछाड्ने व्यक्तिहरुबाट शिक्षण अस्पतालको मिसन पनि पूरा हुन सक्दैन र तिनको गरिमा पनि जोगिन सक्दैन।
गैरसरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुको काम स्वास्थ्य सेवाका विभिन्न मोडेल तयार गर्ने हुन सक्छ। अन्य संस्थाभन्दा गैरसरकारी गैरनाफामूलक संस्थाहरुमा स्वाभाविकरूपमा हुने लचकता र तरलताका कारण स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका विभिन्न ढाँचा तयार गर्न सम्भव हुन्छ। यस्ता ढाँचाले कुनै बेला सरकारी संयन्त्र र सञ्जालमा रहेका खाली ठाउँ पूरा गर्न सहयोग पुग्न सक्छ भने कुनै बेला तिनलाई राज्यले नै अपनाउन सक्ने सम्भावना पनि हुन सक्छ।
अचेल धेरै राजनीतिक दलहरु समाजवादका कुरा गर्छन्। तिनलाई भोट हाल्ने जनतालाई एक ठाउँमा राख्ने हो भने देशका बहुसंख्यक जनतालाई 'समाजवाद' बेचेर खाइरहेका छन् भन्ने देखिन्छ। तर तिनको कुनै पनि गतिविधिमा समाजवादको छायाँसम्म पनि देखिँदैन। सहकारी संस्थाहरु एक अर्थमा समाजवाद निर्माण गर्ने इँटा र ढुङ्गा हुन्। सहकारी स्वास्थ्य संस्थाहरुले जनताको स्वामित्वको समाजवादी स्वास्थ्य सेवाको नमुना तयार गर्न सक्नुपर्ने हो।
निजी क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थाहरुले कमाउन खोज्नु कुनै अनर्थ हैन। तर राज्यले तिनको भूमिका स्पष्टसँग तोक्न सक्छ। यति सुन्दर देश छ। स्वास्थ्य पर्यटनको प्रचुर र असीमित सम्भावना छ यो देशमा। तर यहाँ त उल्टो पो भइरहेको छ- सामान्य रोगव्याधिका लागि पनि बाहिर गइरहेका छन्, हाम्रै नेताहरु। भएको अलि-अलि धन पनि बाहिरिइरहेको छ। बाहिर जाने धनलाई जोगाउन सकेबापत र विदेशीको पैसा भित्र्याउन सकेबापत निजी क्षेत्रलाई राज्यले सक्दो सहयोग गर्ने हो भने धेरै गर्न सक्छ निजी क्षेत्रले पनि।
अहिले स्वामित्वका यी पाँचै क्षेत्रका स्वास्थ्य संस्थाहरु जस्तो हुनुपर्ने हो, त्यस्ता हुन सकेका छैनन्। किनकि, यिनको भूमिका र उत्तरदायित्व नै स्पष्ट गरिएको छैन। यी सबै किसिमका स्वास्थ्य संस्थाबीच संस्थागतरूपमै आवश्यक सहकार्य र सहयोगको स्पष्ट दिशाबोध हुनसक्ने नीति बनेका छैनन्। नत्र सरकारी र गैरसरकारी संस्थाबीच, नाफामुखी र गैरनाफामुखी संस्थाबीच, प्राज्ञिक र सेवाप्रधान संस्थाबीच हरेक क्षेत्रको अर्को क्षेत्रसँग सार्थक र गतिशील सम्बन्ध, सहकार्य संस्थागत तहमै हुन सक्दो हो।
यति स्पष्टता भइदिएको भए भगवान कोइरालाले अहिले भोग्नुपरेको जस्तो कठिनाई भोगिरहनुपर्ने थिएन होला। विभिन्न तप्काका जनताले भगवान कोइरालाप्रति देखाएको स्नेह, विश्वास र ऐक्यबद्धताले उनको मन पक्कै पग्लिएको होला। यति बेला आफैँले भने उनीसँग प्रत्यक्ष कुरा गर्न पाएको छैन। संस्थाहरुमा असल मानिसहरुले काम गर्न खोज्दा कस्ता कस्ता बाधा अड्चन आउँछन्, धेरथोर हामी सबैले भोगेका छौं। 'मलाई गर्न दिएनौ, ठीकै छ। आफैँ गरिखाउ त अब!' भनी छाडेर हिँड्ने बानी एक किसिमका प्रष्टक्ताहरुको हुन्छ नै। त्यो थाहा पाई पाई कसरी जबर्जस्ती गरुँ, भगवानलाई। तर उनले यसरी छोड्दा सम्भावनाहरुले भरिएको एउटा महत्वपूर्ण संस्थामा पहिरो जान सक्छ। त्यो बुझेर उनले सही निर्णय गर्लान् भन्ने आशा त गर्नै पर्योा!