मधेस राजनीतिको भविष्य
२२ फागुन २०६९
•
१२ मिनेट पाठ
मधेस राजनीतिको भविष्य
मधेस पहिचान र अधिकारको मागसहित भएको विद्रोहले माघबाट ६ वर्ष पूरा गरेको छ। २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा असहमति राख्दै मधेसी नागरिकले विद्रोह गरेका थिए। संघीय शासन प्रणाली र जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने प्रमुख विद्रोहको घोषित माग थिए। यसभन्दा बढी मधेसी नागरिकले आफ्नो पहिचान खोजेका थिए। मधेसमाथि हुँदै आएको विभेद, बहिष्करण र भेदभावविरुद्ध विद्रोह केन्द्रित थियो। मधेसी पहिचानको संवैधानिक सुनिश्चितता उनीहरुको प्रमख माग थियो। विद्रोहको ६ वर्षको अवधिमा के यी माग पूरा हुन सके? मधेसकेन्द्रित राजनीति गर्नेहरुले के मधेसी नागरिकको यी अपेक्षा संवोधन गर्नेतर्फ कुनै योगदान गर्न सके? वा सत्ताको लुछाचँुडी र भागवण्डामा मात्र केन्द्रित भए? अब समीक्षा गर्ने बेला आएको छ।
संविधान सभाको निर्वाचनमा मधेसी नागरिकले पुराना राजनीतिक दलभन्दा मधेसी दललाई नै विश्वास गरे। मधेसी दललाई चौथो शक्तिको रूपमा राष्ट्रिय राजनीतिमा स्थापित गराए। निर्वाचन आयोगको तथ्यांकअनुसार २०४६ सालयताको संसदीय निर्वाचनमा मधेसी समुदायको उपस्थिति २१ प्रतिशतमात्र थियो। मधेस विद्रोहपछिको संविधान सभामा अपनाइएको मिश्रित निर्वाचन प्रणालीले मधेसीलाई दोहोरो फाइदा भयो। समानुपातिक प्रणालीमार्फत् हरेक दलबाट मधेसीको प्रतिनिधित्व गराउनुपर्ने कोटा प्रणाली लागु भयो। जसको कारण संविधान सभाको निर्वाचन २०६४ मा झण्डै २०० जना मधेसी नेता निर्वाचित भए। यसले उच्च राजनीतिक तहमा मधेसी दलहरुको उपस्थितिलाई बढायो। राष्ट्रपति, उपराष्ट्रपति मधेसी मूलका छन्। यसबीचका हरेक सरकारको गठनमा मधेसी दलहरु बलियो साझेदार बने। गृह, रक्षा, सञ्चार जस्ता महŒवपूर्ण मन्त्रालयको नेतृत्व मधेसी नेताले पाए। यो मधेस विद्रोहको जगमा सम्भव भएको हो। आफ्नो ज्यानको बाजी लगाएर सडकमा निस्किएका मधेसीहरुको रगत र पसिनाको आधारमा सम्भव भएको हो।
यद्यपि मधेस केन्द्रित राजनीतिक दलहरुचाहिँ आफ्ना मतदाताको चाहनाअनुसार चल्न सकेनन्। पद, सत्ता र शक्तिको दलदलमा मधेसी नेताहरु नराम्रोसँग फसे। सत्ता बाहिर रहेको बेलामा मधेसका अधिकार, सवाल र मुद्दालाई उठाउने र त्यसैको भर्‍याङ चढेर सत्तामा पुग्ने मधेसी दलहरुको आम चरित्र बनिरहेको छ। सत्तामा जानका लागि मधेसको मुद्दालाई अलपत्र छाडेर अगाडि बढ्ने र सत्ताबाट बाहिरिने बेला आएमा फेरि तिनै बेवारिसे मुद्दा र सवालको सहारामा आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृति देखिन्छ। यसले मधेसी नागरिकमा निराशा छाएको छ। मधेसका नागरिकहरु यतिखेर भन्न थालेका छन्- मधेस विद्रोहले अन्य आन्दोलनमा जस्तै हामीलाई केही दिएन। जे दियो तिनै उच्च मधेसी नेताहरुलाई दियो।
मधेसी नेताहरुको व्यवहारसँग स्वयं मधेसी समुदायका युवाहरु क्रुद्ध भएका घटना सार्वजनिक भइरहेका छन्। २०६८ माघ ५ गते काठमाडौको खुल्लामञ्चमा तराई मधेस विद्यार्थी फ्रन्टले आयोजना गरेको कार्यक्रममा युवा, विद्यार्थीहरु आफ्ना नेताहरुप्रति क्रुद्ध देखिएका थिए। नेताहरुकै उपस्थितिमा युवा तथा विद्यार्थीहरु विद्रोही शैलीमा प्रस्तुत भएका थिए। कतिपय विद्यार्थीले कविताबाट त कसैले सोझै नेताहरुलाई कडा शब्दमा अवसरवादी, पदलोलुप र सत्तामुखी भएको भन्दै आलोचना गरेका थिए। यस घटना यस वर्षको मधेस विद्रोहको वार्षिक कार्यक्रम मनाइरहँदा पनि देखियो। मधेसी नागरिक तथा युवाहरुको मधेसी नेतृत्वप्रतिको यस किसिमको चरम निराशा र आक्रोशले मधेसको आगामी राजनीतिमा महŒवपूर्ण अर्थ राख्नेछ।
मधेसमा आर्थिक तथा सामाजिक विषमता व्यापक छन्। काठमाडांैपछि सर्वाधिक वर्गीय विभेद रहेको मधेसमाा जातीय उत्पिडन, महिला हिंसा र छुवाछुत चर्को छ। सिनो नफालेको आरोपमा दलित जाति चमारलाई सजाय दिई आर्थिक नाकाबन्दी गरिएका घटना व्यापक छन्। बोक्सीको आरोपमा महिलामाथि अमानवीय हिंसा गर्ने घटना निरन्तर दोहोरिइरहेका छन्। तर, मधेस विद्रोहका बेलामा नेतृत्व गर्ने वर्गले र नेताले यस्ता सामाजिक अपराध देखेको नदेख्यै गरिरहेका छन्। यस्ता घटनाप्रतिको मधेसी दल तथा नेताहरुको बेवास्ताले उनीहरुप्रतिको जनाधार क्रमशः खस्कँदै गएको छ।
मधेसका अधिकांश जिल्लामा भ्रष्टाचारका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। गाविस, जिविस भ्रष्टाचारका कारण आक्रान्त छन्। उपभोक्ता समितिले कामै नगरी सम्पूर्ण बजेटमाथि अनियमितता गरिरहेका छन्। यस्ता भ्रष्टाचारका घटनामा मधेसका नेतृत्व तह कि त आफै संलग्न छन् या यस्ता घटनामा संलग्नहरुलाई जोगाउन प्रयासरत् छन्। भ्रष्टाचारजन्य घटना नियन्त्रण हुन नसक्दा मधेसमा विकास निर्माणले गति लिन सकेको छैन। केही मधेसी टाठाबाठाहरु मात्र लाभान्वित भएका छन्। यस्ता घटना नियन्त्रणका लागि मधेसको नेतृत्व वर्ग निर्ममरूपमा शून्य सहनशीलतासहित अगाडि आउन जरुरी छ। अन्यथा मधेसको नाममा राजनीति गरिरहेकाहरुको भविष्य यसैले कुरूप बनाउनेछ।
मधेस विद्रोहको बेला रोपिएको साम्प्रदायिकताको भावना अझै पूर्णरूपमा अन्त्य भएको छैन। यस्तो भावना अन्त्य नभइकन मधेसमा स्थायी शान्ति सम्भव छैन। मधेस विद्रोहले भत्काएको सामाजिक सद्भाव र सहिष्णुतालाई नयाँ चिराबाट पुनर्निर्माण गर्न मधेसी नेतृत्व चुकेकै हो। यसले मधेसको आगामी राजनीतिलाई प्रत्यक्षरूपमा असर पार्नेछ। यता मधेसमा अहिले भइरहेको अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणलाई मधेसी नेताहरुले नै संरक्षण गरिरहेका छन्। राजनीतिक उद्देश्यको नाम र आवरणमा गरिने हत्या, हिंसा, अपहरण, चन्दा, फिरौती तथा अन्य आपराधिक गतिविधिले पहिचान र सम्मानको मधेस विद्रोहको जायज मागलाई कमजोर र विवादित बनाइरहेको छ। तर, यस सवालमा मधेस विद्रोहको नेतृत्व चूपचाप छ। जबसम्म अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणलाई न्युनीकरण गर्न सकिँदैन, तबसम्म मधेसका मागहरु सुनुवाईको ठोस दिसातर्फ अगाडि बढ्न सक्दैनन्। यो मधेसी नेतृत्वले बुझ्नु जरुरी छ।
मधेस आफैँमा विविधता र बहुलताको अनुपम नमुना र भण्डार रहेको छ। भोजपुरी, मैथली, राजवंशी, थारु, अवधीलगायत्का धेरै भाषाभाषी, पचासांै जातजाति र जनजाति तथा हिन्दु, मुस्लिम र बौद्धलगायत् विभिन्न धर्मालम्बीहरुको बसोबास रहेको मधेस विविधताको भण्डार जस्तै छ। अहिलेसम्म मधेस विद्रोहको माग तथा अन्य गतिविधिलाई सुक्ष्मरूपमा हेर्दा त्यहाँका अगुवाहरुले यस विविधतालाई सम्बोधन गरेको पाइँदैन। अबको दिनमा मधेसभित्रको विविधता र संप्तरंगी इन्द्रेणी चरित्रलाई एउटै मधेस वा मधेसी शब्दले मात्र चिनाउन प्रयास गर्नु वा मधेसी साझा चिनारी बनाउने प्रयास गर्नु भनेको महेन्द्रले विविधतालाई बेवास्ता गर्दै सबै नेपालीलाई एउटै मालामा उन्ने दुस्साहस गर्नुजस्तै हुनेछ। त्यो अन्ततोगत्वा मधेसका लागि घातक हुनेछ। मधेसको नेतृत्वले यस सप्तरंगी चरित्रलाई बेवास्ता गरिरहे भने त्यसले मधेस राजनीतिमा महŒवपूर्ण अर्थ राख्नेछ।
मधेसको मुद्दालाई लिएर राजनीति गरिरहेका पार्टीहरुबीचको एकपछि अर्को फुटले मधेसका एजेण्डालाई कमजोर बनाउँदै लगिरहेको छ। सत्ता प्राप्तिका लागि र आफैँ सत्तामा पुग्नका लागि भएका यस्ता फुटले मधेस विद्रोहका नेतृत्वकर्ता र मधेसका मुद्दा लिएर राजनीति गरिरहेकाहरुप्रतिको विश्वास घट्दो छ। यदि सत्ताको खेलबाट मधेसको नेतृत्व तह बाहिर आउन सकेन भने मधेसका मुद्दाहरु झन् झन् कमजोर बन्दै जानेछन्। जसरी पनि सत्तामा पुग्ने लक्ष्य बोकेर वेदानन्द झा, बद्री मण्डलझैं वर्तमान मधेसी नेतृत्व तह पनि अगाडि बढ्यो भने केही समय त मधेसका मुद्दा ओझेलमा पर्नेछन् तर त्यसले फेरि अर्को विद्रोह तथा आन्दोलनका लागि आधारभूमि तयार पार्नेछ। त्यस विद्रोह वर्तमान नेतृत्व र यसको निरन्तरतालाई अस्वीकार गर्दै आफ्नो हक अधिकार स्थापित गराउने बाटोमा अगाडि बढ्नेछ।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस