विभिन्न सञ्चार माध्यम र खासगरी युवा जमातमा केही दिनदेखि प्रहरीले चलाएको चुल्ठे-मुन्दे्र अभियानले निकै चर्चा पाएको छ। प्रहरीले यो हप्ता अपराध नियन्त्रण गर्ने नाममा लामो कपाल पाल्ने र मुन्द्रा लगाउने जति जो कोहीलाई पनि बाटैघाटै समातेर कपाल काटिदिए। र, मुन्द्रा झिकिदिएर करिब एक हजार जनालाई अभिभावकको जिम्मा लगाइदिए। ‘अपराध' सम्बन्धी प्रहरीको परिभाषामा कपाल पाल्नु र मुन्द्रा लगाउनु पनि पर्दोरहेछ। यही भएर नै प्रहरीले चुल्ठे-मुन्द्रे अभियान चलाइएको रे! अझ चुरो कुरो त के रहेछ भने कपाल काटिदिनु र मुन्द्रा निकालिदिनु भनेको ‘एउटा चुल्ठे-मुन्द्रे भद्र व्यक्तिमा परिवर्तन भई चोरी, लुटपाट, डकैती र गुण्डागर्दीका घटनामा कमी आउनु' हो रे! समाजमा व्याप्त विभिन्नखाले अपराध नियन्त्रण गर्नका लागि प्रहरीले सुरु गरेको यो अभियानलाई आम नागरिकले स्वागत गर्नुपर्नेमा त्यस्तो पाइएन। बरु, उल्टै सञ्चारमाध्यमलगायत् समाजिक सञ्जालहरूमा यस अभियानको खिल्ली उडाइयो। अझ कतिपयले केही समययता विभिन्न ‘डन' हरूको सम्पत्ति छानबिनको कुरा उठिरहेको र सबैतिरबाट त्यसमा चासो देखाइएकाले यसतर्फको ध्यान अन्तै मोड्नका लागि प्रहरीले यस्तो अभियान चलाएको भन्ने टिप्पणीसमेत गरेको पाइयो।
एकातिर लामो कपाल पालेको र मुन्द्रा लगाएको कुरालाई अपराध गरेको रूपमा हेरिएको छ। तर, अर्काेतिर सरकार अदालतबाट सजाय सुनाएका दोषीहरूलाई आममाफी दिन र पत्रकार डेकेन्द्र थापाका हत्यारालाई उम्काउन लागिपरेको छ। यो स्थितिलाई चित्रण गर्दै आक्रोश पोख्ने काम पनि भयो। ती आक्रोशहरू केवल आक्रोश मात्र थिएनन्। वास्तविकता पनि हुन् किनकि कुनै पनि व्यक्ति लामो कपाल पाल्दैमा वा कानमा मुन्द्रा लगाउँदैमा अपराधी हुने होइन। र, यदि त्यस्तो व्यक्ति अपराधी नै हो भने पनि प्रहरीले एकदिन समातेर चुल्ठा-मुन्द्रा झिकिदिंदैमा उसको आपराधिक मानसिकतामा चामत्कारिक परिवर्तन आउँदैन। अर्थात्, भद्रभलाद्मी वा साधुसन्त हुन सक्दैन। बरु उसलाई झन् यस्ता अपराध गर्न सजिलो पर्छ। किनकि आवरणमा ऊ एकदम भलाद्मी देखिन्छ, जसका कारण प्रहरी निगरानीमा पनि पर्दैन। यसले गर्दा उसले ढुक्कले आफ्नो पेशा गर्न पाउँछ। फेरि के हुलिया परिवर्तन गर्दैमा मानसिकता परिवर्तन हुन सक्छ?
चाहे राजनीतिको नाममा होस् या सत्ताको नाममा भएका अपराध हुन् अथवा सुरक्षाकर्मीकै नाममा बाहिर आएका अपराधका घटना हुन् ती सब आवरणकै खोल ओढेर भएका त छन्! राजनीति गर्नेहरू राजनीतिमा आफ्नो बर्चस्व बनाइराख्न र सत्ताको भर्याङ चढ्न अपराध गर्नेहरूको संरक्षण गर्छन्। बरू, त्यसमा होडबाजी गरिरहन्छन्। पछिल्लो समय हेर्दा लाग्छ, अपराधीकरण र गुण्डागर्दीविना राजनीतिको खेती नै सप्रिन सक्दैन। अनि सुरक्षाकर्मीको कुरा गर्ने हो भने विमानस्थलको विदेसी मुद्रा तस्करी र खाडीबाट फर्केकी युवती बलात्कारका घटना सुरक्षाकर्मीबाटै भएका हुन्। के यी सब चुल्ठे र मुन्द्रेबाटै भएका हुन् र? होइन भने आपराधिक क्रियाकलापमा लागेका वास्तविक चुल्ठे-मुन्द्रेलाई समातेर जेल हाल्नुको सट्टा हुलिया बदलेर छोडिदिनुले के साँच्ची नै समाजमा अपराध, चोरी, डकैती र लुटपाटमा कमी आउन सक्ला? बरु यस्तो कार्यले त झन् असुरक्षा पो बढाउन सक्छ!
प्रहरीले यस्ता अपराधमा संलग्न व्यक्ति वा युवाहरूलाई समातेर केही दिन सम्झाई बुझाइ गर्ने, मानसिकरूपमा उनीहरूमा परिवर्तन ल्याउनेखालका प्रवचनसहितका कक्षा सञ्चालन गर्ने, नैतिकता र आचरण सम्बन्धमा विज्ञहरूबाट प्रवचन दिने, मनोविश्लेषकहरूबाट उनीहरूलाई उचित परामर्शको व्यवस्था गराइने हो भने गलत आचरणमा लागेका युवाहरूले सुधि्रने मौका पाउँथे होला। देशको अस्तव्यस्त राजनीति र जटिल संक्रमणकालीन अवस्थाले गर्दा समाज अपराधीकरणले अत्यधिक मात्रामा ग्रस्त भएको र युवाहरू आपराधिक क्रियाकलापमा संलग्न भएको कुरालाई कसैले नकार्न सक्दैन। मूल्य मान्यताको अभाव एकातिर छ भने उचित अवसर र रोजगारका स्रोतहरूको उपलब्धताबाट युवाहरूलाई राज्यले सम्बोधन गर्न सकिरहेको छैन। देश बनाउने भन्ने नेताहरूले राष्ट्रको सबैभन्दा महŒवपूर्ण शक्ति (युवा) लाई आचरण सिकाउन सकेका छैनन्। यस सन्दर्भमा ‘राजनीति खराब भएको खराब मानिसका कारण होइन, असल मानिसले त्यसमा चासो नदेखाएर हो' भन्ने रविशंकरको भनाई अर्थपूर्ण छ। यस भनाइलाई सोझो अर्थमा बुझ्ने हो भने असल मानिसले राजनीतिमा हात हाल्दैनन्। हुन पनि राजनीतिलाई फोहोरी खेल सम्झनेहरू त्यो फोहोरमा खुट्टा डुबाउन चाहन्नन् तर त्यही ‘फोहोर'लाई ‘मोहोर' देख्नेहरू त्यो फोहारमा हाम फालेपछि बाहिर निस्कनै चाहन्नन्। अनि सम्पूर्ण अपराधको जड त्यही राजनीति बन्छ, अपराधीको संरक्षकचाहिँ राजनीति गर्नेहरू भइदिन्छन्। यसको सञ्जाल तोडिनसक्नुको हुन्छ। तर सुरक्षाकर्मीहरू भने युवाहरूका चुल्ठा र मुन्द्रा झिकेर सुरक्षाको प्रत्याभूति दिएको नाटक गरिरहेछन्, नागरिकका आँखामा छारो हाल्न खोजिरहेका छन्।