प्रत्येक दुई वर्षमा हुने यस पटकको चिकित्सक सम्मेलनमा भूकम्पपछिको स्वास्थ्य सेवाको तयारी र जिम्मेवारीका विषयमा छलफल हुँदैछ। सम्मेलनपछि चिकित्सकहरुले प्रकोपका अवस्थामा कसरी सेवा दिन सक्नेछन् र त्यसका लागि के के आवश्यक पर्छ भन्ने संभावनाका विषय र क्षेत्र पहिचान गर्लान्। दीर्घकालीनरूपमा प्रकोपपछिको सेवाका लागि बेलैमा चिन्ता लिने काम चिकित्सक समुदायबाट हुनु आफँैमा प्रशंसायोग्य विषय हो। तर स्वास्थ्य सेवासँग जोडिएका धेरै ज्वलन्त मुद्दा छन्, जसका विषयमा पनि छलफल गर्नुपर्ने देखिन्छ।
डाक्टरी दृष्टिकोणबाट हेर्दा नेपालमा चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमण र तोडफोडका घटना बढ्नुले चिकित्सकहरु सेवा प्रवाह गर्न सक्ने अवस्थामा छैनन्। चिकित्सकहरु सुरक्षाको खोजीमा छन्- सेवा प्रवाहका लागि। त्यसको ठीक उल्टो, सेवाग्राहीको नजरमा चिकित्सकहरुको 'लापरबाही' बढ्दै गएको छ। यही आधारमा हुने तोडफोड, आक्रमण र क्षतिपूर्तिका प्रकरणमा कहिलेकाहीँ गलत समूहको प्रयोगसमेत हुने गरेको छ। सेवाग्राही पनि सीप, क्षमता र नैतिकताका आधारमा उपचारका लागि ज्यान सुम्पन सक्ने भरोसायोग्य चिकित्सक र अस्पतालको खोजीमा भौतारिइरहेका छन्।
यी अन्तरसम्बन्धित सवाल हेर्ने हो भने चिकित्सक, अस्पताल र बिरामीका साथै तिनका आफन्तबीचको सम्बन्धमा संकट आएको देखिन्छ। यसको कारण आम सेवाग्राहीले भगवान ठान्ने चिकित्सकका कारण र मन्दिर ठान्ने अस्पतालहरुमा भित्रिएको विकृति हो। यो विश्वास संकटको परिणाम गम्भीररूपमा आइरहेको छ। त्यसैले त जति गम्भीर बिरामी भयो, त्यति नै चिकित्सकहरुले बहाना गर्दै पन्छिन खोज्ने प्रवृति बढ्दै गएको छ। यो पवित्र पेशा अंगाल्न चिकित्सक र बाँच्ने आशा गरेर अस्पतालको ढोकामा पुग्नेहरुका लागि सबैभन्दा चुनौतीको सवाल हो।
त्यसो त नेपालमा अहिले ब्याप्त अराजकताबाट स्वास्थ्य क्षेत्र पनि अछुतो हुन सकेको छैन। बरू, यसबाट स्वास्थ्य क्षेत्र दिन/प्रतिदिन प्रताडित हुँदै गएको छ। स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण गर्नेले राजनीतिक संरक्षणमा उन्मुक्ति पाउँदा थोरै चित्त नबुझ्नासाथ चिकित्सकमाथि जाइलाग्ने प्रवृति डरलाग्दो गरी बढेको छ। यस्ता घटनामा राज्यको मुकदर्शक चरित्रले विशेष सेवा पुर्या्इरहेका समुदायमा इख र आक्रोश बढ्नु स्वाभाविकै हो। तर उच्च चेतना, विशेषखालको सीप भएका र शपथ लिएको व्यक्तिले आक्रोशको निशाना सेवाग्राहीमा पर्न दिन हुँदैन। उनीहरूले आफनो सेवामा समर्पित हुने कुरामा कुनै कमी आउन दिन हुँदैन।
चिकित्सकहरु पेशागत संगठन नेपाल चिकित्सक संघले अयोजना गर्ने यो सम्मेलनमा आफ्ना पेशागत सवाल निश्चय पनि छलफलको विषय बन्नेछन्। चिकित्सकले पेशागत सवालमा उठेका गम्भीर प्रश्नको जवाफ पेशागत अभ्यासले नै दिनसक्ने बाटो पहिल्याउनुपर्ने हुन्छ। चिकित्साहरु यतिबेला आत्मकेन्द्रित भएर चिकित्सक र पेशागत सुरक्षाको एकोहोरो रटानमात्रै लगाउनु हुँदैन। बरू यसभन्दा पनि चिकित्सकहरुका तर्फबाट भइरहेका र हुनसक्ने आचारसंहिता विपरितका कुरामा समेत आत्मसमीक्षा गर्नुपर्ने हुन्छ। अहिले स्वास्थ्य क्षेत्रमा भित्रिएका कतिपय विकृतिका कारक चिकित्सकहरु स्वयं भएको कुरालाई उनीहरूले खुलस्तरूपमा छलफल गर्नुपर्ने हुन्छ। आफ्ना तर्फबाट हुने गल्ती लुकाउने होइन, आत्मसमीक्षा गर्न जरूरी छ।
बिरामीलाई नचाहिने किसिमको उपचार पद्धति एवं शल्यक्रियाको भारमा पार्ने, लाभ लिएर 'राम्रोभन्दा पनि हाम्रो औषधी लेखाउने' र कमिसन लिएर प्रयोगशाला एवं अन्य महङ्गा परिक्षण गराउने कुरामा चिकित्सकहरुमाथि औला उठिरहेको छ। सरकारी अस्पताललाई प्लेटफर्म बनाउने तर त्यहाँ दिने सेवा र समय कनिष्ठको काँधमा थोपर्दै सोही समयमा निजी अस्पताल धाउने चिकित्सकको संख्या ठूलै छ। कतिपय चिकित्सकमाथि सरकारीमा ढिलासुस्ती गराएर शल्यक्रिया र अन्य परीक्षणका लागि निजीमा लाने आरोप लाग्दै आएको छ।
महङ्गो शुल्क लाग्ने चिकित्सा पूर्ण छात्रवृतिमा पढेर पनि कानुनले तोकेबमोजिम बाहेक ग्रामीण क्षेत्रमा पाइलै टेक्न नचाहने चिकित्सक बहुमत छन् नेपालमा। धेरैजसो चिकित्सकले गाउँमा चिकित्सक जान नमान्नुको कारण पैसा थोरै हुनु हो भन्ने गरेका छन्। गाउँमा गएर सेवा गर्नलाई पेशाअनुसारको सेवाभाव पनि चाहिन्छ। पैसा मात्रै कारण हो भने डेढ सय प्रतिशत भत्ता पाइने वीर अस्पतालका चिकित्सक १२ बजे नै अस्पताल छाडेर हिँड्नु नपर्ने हो। आकर्षक तलब लिएर ५० प्रतिशत भत्तासमेत पाउने त्रिवि शिक्षण अस्पतालका चिकित्सकले पनि त्यसो गर्नु नपर्ने हो। तर सेवाभावले काम गर्छु भनेर कसम खाएपछि थोरै पैसा भयो भन्दैमा विपन्न वर्ग र गाउँमा नजाने प्रवृतिलाई चिकित्सकहरूले चाहिँ कसरी लिएका छन्? यो पनि छलफलको विषय बन्नुपर्ने देखिन्छ। प्रत्येक चिकित्सकले ५ वर्षको अन्तरालमा एक महिना मात्रै ग्रामीण क्षेत्रमा बसिदिने हो भने विपन्न वर्गले सेवा पाउने थिए।
पेशागत मर्यादामा सबै पेशाका मानिस रहनुपर्छ भन्नेमा कसैको पनि दुइमत हुनै सक्दैन। अझ चिकित्सा जस्तो संवेदनशील पेशामा यो अझै महŒवपूर्ण कुरा हो। अन्य सेवा र सुविधाका लागि मानिसले आर्थिक हैसियतअनुसार विकल्प रोज्ला तर स्वास्थ्य सेवामा सधैँ आर्थिक हैसियतअनुसारको सेवा संस्था कुरेर बस्ने समय हुँदैन। आकस्मिकखालका सेवाका लागि सकेसम्म छिट्टै उपचार थाल्नुपर्ने विकल्पमा मानिसले पैसाभन्दा जीवन रोज्छ। र, चुपचाप चिकित्सको भरोसामा मुटु चिर्न दिन्छ, मिगौला निकाल्न दिन्छ र टाउको खोल्न दिन्छ। चिकित्सकप्रतिको यो भरोसा र विशेष सन्दर्भमा जब पैसा बीचमा आउँछ, त्यतिबेला धेरैका घरखेत र ज्यान दुवै सकिने अवस्था आउँछ।
विपन्न वर्गले उपचार नै नपाई ज्यान गुमाउनुपर्ने अवस्था छ। मध्यम वर्गको परिवारमा कुनै एक सदस्यलाई गम्भीर रोग लाग्दा पूरै परिवार सडकमा पुग्ने अवस्था छ। यस्तो अवस्थामा चिकित्सकहरुका अनेक स्वार्थ जोडिँदा पनि स्वास्थ्य सेवा महङ्गो हुँदै गएको यर्थाथ भुल्नुहुँदैन। पछिल्लो दिनमा चिकित्सकको उत्पादन निकै महङ्गो हुनुले पनि चिकित्सकलाई पैसामुखी बन्नुपर्ने बाध्यतामा पुर्याकएको छ। अर्कोतिर चिकित्सा शिक्षामा पछिल्लो दिनमा 'मेरिट' भन्दा 'मनी' हुनेहरूलाई चिकित्सक बन्न सहज हुँदै गएको छ। यस्तो अवस्थामा गुणस्तरीय चिकित्सक उत्पादनबारे बहस चलाउनु पनि उत्तिकै जरूरी छ।
प्रतिकूलताको बीचमा पनि आचारसंहितालाई नभुल्ने चिकित्सक पनि नेपालमा अझै थुपै्र छन्। आमनागरिकलाई त्यस्ता मान्छे चिन्न समय लाग्ला। तर धेरै युवा चिकित्सकले पनि ती आदर्श चिकित्सकलाई चिन्न नसक्नु अचम्मलाग्दो छ। अहिलेको अवस्थामा चिकित्सा पेशामा पैसा पर्याप्त होला तर आचारसंहिता विपरीत लाग्ने प्रवृतिले चिकित्सकको इज्जतमा कमी ल्याएको छ। सोच र ज्ञानका हिसाबले अब्बल नयाँ पुस्ताका चिकित्सकमा पनि सेवाप्रतिको इमानदारिता घट्दै गएको छ।
चिकित्सकले बिरामीसँग लिने पैसामात्रै होइन्, बिरामी र उनका परिवारसँगको सञ्चार, एउटा बिरामीलाई दिने समय पनि बहस गर्नैपर्ने विषय हो। अध्ययनहरूले चिकित्सकसँगको सञ्चारबाट अधिकांश बिरामी सन्तुष्ट नभएको देखाएको छ। चिकित्सक र बिरामी पक्षबीचको द्वन्द्वको एउटा प्रमुख कारण पनि हो यो।
चिकित्सकले बिरामीप्रति प्रदर्शन गर्ने आत्मीयताले मात्रै पनि आधा रोग निको बनाउन सकिन्छ भन्ने बुझ्दाबुझ्दै पनि चिकित्सकहरु व्यवहारमा भने त्यसो गर्न तयार छैनन्। बिरामीलाई दिने समय र गर्ने व्यवहारबारे अरूले भन्दा चिकित्सकले नै सम्झाउँदा राम्रो हाला। चिकित्सक आफैले आफूप्रतिको विश्वास जोगाउन आवश्यक छ। त्यसका लागि यो अहिलेको सम्मेलनमा आफ्नो तर्फबाट भए/हुने गरेका गल्तीहरूको विषयमा आत्मसमीक्षा गर्न जरूरी छ। र, त्यसरी आत्मसमीक्षा गर्दै चिकित्सकहरूले सेवा र बिरामीप्रतिको समपर्णलाई उच्च प्राथमिकता दिएर अघि बढ्नसके त्यसले राम्रै परिणाम ल्याउनेछ।