भीमबहादुर तामाङ अत्यन्तै सरल र भद्र मानिस हुनुहुन्थ्यो। मैले उहाँलाई २०४१/४२ सालतिर काठमाडौंमा बीपी कोइराला निवास जयवागेश्वरीमा पहिलोपटक भेटेको थिएँ। उहाँ शालीन र प्रकृतिपे्रमी हुनुहुथ्यो। जे काम गर्न पनि अप्ठयारो नलाग्ने उहाँका कोमल हातहरू फूलका बोटबिरुवाको संरक्षण र सम्बर्द्धनमा लागिरहन्थे। नयाँ-नयाँ फूलका बिरुवा संकलन गर्नु मात्र उहाँको जीवनपद्धति देखिँदैनथ्यो।
त्यसको अलावा राजनीतिक विश्लेषण गर्न पनि उहाँ तत्पर देखिनुहुन्थ्यो। गाउँघरका ठेट नेपाली शब्द बोल्न रुचाउने उहाँको अर्को स्वभाव थियो। 'ठिटामिटाहरू' भनेर युवकहरूलाई उहाँ बडो ठ्ट्यौली पारामा सम्बोधन गर्नुहुन्थ्यो। अलिक बेग्लै खालका झर्रा तर अपभ्रंश शब्द प्रयोग गर्न उहाँ रुचाउनुहुन्थ्यो।
जयवागेश्वरीबाट कोइराला परिवारका सदस्यका साथ गिरिजाबाबु र डा. शशांक कोइरालाको परिवार महाराजगन्जमा सर्दाको बखतमा पनि उहाँ कोइराला निवास महाराजगन्जमा आवतजावत गरिरहनुहुन्थ्यो। उहाँको दिनचर्या र सक्रियतामा कुनै कमी आएको थिएन। नयाँ-नयाँ फूलका बिरुवा संकलन गर्नु र त्यसलाई फूलबारीमा लगाउनु, गमला र बारीका फूललाई उकेरा लगाउनु तथा पानी सेंचन गर्नु उहाँको सौख थिए। पत्रपत्रिका अध्ययन गर्नु, लेख रचना तयार पार्नु, त्यसलाई पत्रपत्रिकामा छपाउनु, पुस्तकको अध्ययन गर्नु उहाँको दैनिकी थियो। उहाँ पुस्तकको पारखी हुनुहन्थ्यो। नयाँ-नयाँ पुस्तक पढ्ने र त्यस पुस्तकको समीक्षा गर्ने साथै अरु साथीहरूसँग पुस्तकको बारेमा विचार विमर्श गर्ने उहाँको स्वभाव थियो।
गाउँले साथीभाइहरूलाई बिरामी पर्दा उहाँले उपचारका लागि अस्पताल पुर्यासउने गर्नुहुन्थ्यो। डाक्टरको उहाँसग घनिष्ठता हुने गर्थ्यो, जसले गर्दा सुलभ उपचार पाएर ती मानिसहरू खुसीसाथ घर फर्कन्थे। उहाँ स्पष्ट, सरल र रसिलो मानिस हुनुहुन्थ्यो। काठमाडौं रहँदा उहाँ दोलखाको जिरी र चरिकोट गइ नै रहनुहन्थ्यो। जिरी र चरिकोटका रमाइला कुरा सुनाउनु हुन्थ्यो। महामानव बीपी कोइराला, र उहाँकीे धर्मपत्नी सुशीला कोइरालाका कुराहरू, विगत र वर्तमानका राजनीतिक परिदृश्यहरू भीमबहादुर दाइले विस्तारपूर्वक भन्ने गर्नुहुन्थ्यो। एउटा आदर्श महिला भनेर सुशीला आमाका कुराहरू उहाँ गरिरहनु हुन्थ्यो- 'सुशीला एउटा असल नारी भएर जीवनपर्यन्त बाँच्नुभयो। उहाँले कहिल्यै केही कुराको लागि बीपीसँग गुनासो गर्नु भएन। बीपीलाई हरेक क्रियाकलापमा साथ दिनुभयो।'
राजनीतिमा अनेक आरोह अवरोह आइरहँदा पनि भीमबहादुर दाइ नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा दुई दशकभन्दा बढी समयसम्म निरन्तर रहनुभयो। एकपटक मन्त्रीसमेत हुनुभएका उहाँ कहिल्यै पनि गुट/उपगुटको राजनीतिमा सक्रियतापूर्वक लाग्नुभएन। उहाँ नेपाली काग्रेसको मूलधारमा सधैं रहिरहनुभयो। भीमबहादुर दाइ मूल्य, मान्यता निष्ठा र आदर्शका प्रतिमूर्ति हुनुहुन्थ्यो। उहाँ बीपी जीवित रहुन्जेल बीपीको अनुयायी भएर विश्वासिलो भूमिकामा रहनुभयो भने किशुनजी र गिरिजाबाबुको समयमा पनि उहाँले निरन्तर पार्टीको काममा उहाँहरूलाई सक्दो सहयोग पुर्यारइरहनुभयो। गिरिजाबाबुसँग उहाँ निरन्तर सम्पर्कमा बसिरहनुभयो। तर, कहिल्यै पनि पदलोलुपता देखाउनु भएन।
भीमबहादुर दाइले जीवनभर भद्र अवज्ञा आन्दोलन, सत्याग्रह आन्दोलन र समाजवादी चिन्तनलाई अघि बढाइराख्नुभयो। सानादेखि ठूला मानिससम्मका चिरपरिचित र व्यवहारिक ज्ञान भएका व्यक्ति भीमबहादुर दाइ हुनुहन्थ्यो। नेपालको हरेक प्रजातान्त्रिक र गणतान्त्रिक आन्दोलनमा उहाँको भुमिका उल्लेखनीय थियो। सादा जीवन उच्च विचारका धनी भीमबहादुर दाइको जीवन नेपाली कांग्रेस पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तारमा बित्यो। घरव्यवहार, पारिवारिक मोह त्यागेर उहाँले एउटा कुशल विचारक र चिन्तकका रूपमा जीवनयापन गर्नुभयो।
'तामाङ' थरको मानिस भएर पनि जनजातिका मुद्दालाई मात्र बोकेर उहाँ राजनीतीमा कहिल्यै अग्रसर हुनुभएन। यदि उहाँमा पदलोलुप भएको भए कैयांैपटक जनजातिका मुद्दाको आडमा उहाँ माथिल्लो लाभदायक पदमा पुग्नु हुन्थ्यो होला। तर, उहाँले कहिल्यै जातीय कुरा गर्नु भएन। सबैलाई उत्तिकै सम्मान र आदर गर्ने बानी उहाँको थियो। उहाँले राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर जीवन पद्धतिलाई अगाडि बढाउनुभयो। शिक्षण पेशाबाट जीवनको सुरुवात गर्नुभएका भीमबहादुर दाइको जीवन राजनीतिक संघर्षमा नै बित्यो। राजनीतिमा लाग्ने मानिसका लागि उहाँ एउटा उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो। एउटा निष्ठावान्, मूल्य मान्यतामा अडिग, कर्मयोगी, सिद्धान्तनिष्ठ, सादगी जीवन निर्वाह गर्ने सरल र असल व्यक्तिलाई नेपाली जनताले सदैव सम्भि्करहनेछन्। अहिले राजनीतिक वृत्तमा नैतिकताको खडेरी परेका बेला त उहाँजस्तो इमान्दार र कर्मठ राजनीतिज्ञको सम्झना आइरहन्छ।