न्यायालयबाट सधैं न्याय हुँदो रहेनछ भन्ने पछिल्लो उदाहरण हो- उपराष्ट्रपति परमानन्द झाको शपथ प्रकरण।
उपराष्ट्रपतिले हिन्दीमा शपथ लिए पनि नेपालीमा लेखिएको शपथको व्यहोरामा हस्ताक्षर गरेका थिए। उनले हिन्दीमा बोलेको भए पनि सर्वोच्च अदालतले न्यायिक मन राखेर हेरेको भए लिखतले गर्दा नेपालीमा शपथ लिएको प्रमाण ठहरिनु पर्ने हो। सर्वोच्चको संयुक्त इजलासले साउन ९ गते उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ गैरसंवैधानिक भएको ठहर गर्दै बदर गर्यो। झाले नेपाली भाषाको शपथको व्यहोरामा हस्ताक्षर गरेको तथ्यतर्फ ध्यान दिएको भए पक्कै पनि त्यस्तो फैसला आउने थिएन। त्यसबाट पनि सर्वोच्चको फैसला पूर्वाग्रहपूर्ण छ भनी उपराष्ट्रपति झाले लगाएको आरोप सही देखिन्छ।
झा सर्वोच्चका पूर्व न्यायाधीश पनि हुन्। उनको न्यायिक कार्यकाल विवादास्पद थियो। उनी चरेस काण्डमा विवादास्पद फैसला गरेपछि पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा घटुवा भएका थिए। प्रधानन्यायाधीशसहित सर्वोच्चका न्यायाधीशहरुमा न्यायालयमा घटुवा भएको पात्र उपराष्ट्रपतिजस्तो मुलुकको दोस्रो ठूलो महत्वपूर्ण पदमा पुगेकामा कताकता आरिस त लागेको हैन उपराष्ट्रपतिले त्यसैलाई संकेत गर्दै सार्वजनिकरुपमै प्रधानन्यायाधीश रायमाझी आफ्नो झगडिया भएको दाबी गरेका थिए। न्यायिक फैसला सधैँ निष्पक्ष हुनुपर्छ त्यसमा पुराना रिसरागका छिटासमेत देखिनुहुन्न।
सर्वोच्चको पहिलो फैसलापछि मधेशवादी तीन दलसमेत सहभागी भएको मन्त्रिपरिषद्ले राष्ट्रपति र उपराष्ट्रपतिले समेत नेपालमा बोलिने जुनसुकै भाषामा शपथलिन सक्ने व्यवस्था गर्न संसदमा अन्तरिम संविधान संशोधन गर्न प्रस्ताव दर्ता गर्नुका साथै उपराष्ट्रपतिसित पुनः शपथका लागि सम्मति मागेको थियो। सरकारले हिन्दीसहित नेपालमा बोलिने सबै भाषामा शपथलिन पाउनुपर्ने उपराष्ट्रपतिको एजेन्डालाई सम्बोधन गर्ने प्रयास गरेको थियो। त्यसमा सरकारमा रहेका मधेशवादी दलमात्र सहमत थिएनन् कि त्यतिबेलासम्म विपक्षी मधेशी जनअधिकार फोरम उपराष्ट्रपतिलाई नेपालीमा शपथपनि नगराउने र राजिनामासमेत नगराउने रणनीतिमा थियो। झा फोरमबाट उम्मेदवार भई उपराष्ट्रपति निर्वाचित भएका हुन्। सरकारले मधेशी दलहरुको समर्थनमा उपराष्ट्रपतिको शपथ प्रकरणमा समाधान खोज्ने प्रयास गरिरहेको थियो। तर पुनः शपथ नलिई पदमा बस्न नमिल्ने भनी परेको अधिकारपृच्छाको रिटमा सोमबार सर्वोच्चको पूर्ण इजलासले गरेको फैसलाबाट सरकारको त्यो प्रयास मात्र भताभुंग भएन सबै मधेशवादी दल तथा मुलुकका ९१ भाषाभाषीसमेत भड्किएका छन्। जनजाति महासंघको अगुवाइमा ९१ भाषाभाषीले उपराष्ट्रपतिलाई बुधबार नेपालीमा शपथ नलिन आग्रह गर्दै ज्ञापनपत्र दिएका छन्। हिजो उपराष्ट्रपतिसित मधेश र मधेशी दलमात्र थिए भने आज मुलुकमा बोलिने सबै भाषालाई समान हैसियत दिनुपर्छ भन्नेहरुसमेत उनको पक्षमा उभिन पुगेका छन्। फोरमले उपराष्ट्रपतिलाई पुनः नेपालीमा शपथ लिनभन्दा राजिनामा दिन सुझाव दिएको छ। अदालतले मुलुकको यथार्थलाई विचार नगरी फैसला नगर्दा मुलुकमा राजनीतिक दुर्घटना निम्तिने खतरा बढेको छ। फैसलाले नेपाली भाषाको एकाधिकार स्थापना गर्न खोजेको छ। त्यसबाट मधेशी जनता र दललाई मात्र होइन नेपालमा बोलिने अरु भाषाभाषीलाई आफ्नो भाषिक अधिकारका लागि आन्दोलन गर्नुबाहेक अर्को विकल्प छैन भन्ने सन्देश दिएको छ। भाषिक अधिकारका लागि मधेश या अन्यत्र कतै आन्दोलन भड्किएर अप्रिय रुप लियो भने त्यसको दोष सर्वोच्च अदालतको यही निर्णयलाई जान्छ।
सर्वोच्चले सोमबार उपराष्ट्रपतिलाई सात दिनभित्र नेपालीमा शपथ नलिए उनको पद क्रियाशील नहुने निर्णय गरेको छ। सरकारले उपराष्ट्रपतिको एजेन्डालाई सम्बोधन गर्दै पुनः शपथलिन सम्मति मागिरहेका बेला सर्वोच्चको दोस्रो फैसला हतारमा आएको देखियो। सर्वोच्चको पछिल्लो फैसलाअनुसार भदौ १५ देखि उपराष्ट्रपतिको कार्यभार क्रियाशील रहेको मानिने छैन अर्थात् उक्त दिनदेखि अघोषित रुपमा उपराष्ट्रपति झा पदमुक्त हुनेछन्। संविधानमा राजिनामा दिएमा मृत्यु भएमा संसदको दुई तिहाइ बहुमतले हटाएमा मात्र उपराष्ट्रपति पदमुक्त हुने व्यवस्था छ। सर्वोच्चको फैसलाबाट घोषित या अघोषितरुपमा उपराष्ट्रपतिलाई पदमुक्त या कार्यभार रोक्न मिल्दैन। त्यसो गर्ने अधिकार केवल जनताबाट निर्वाचित संसद्लाई मात्र छ। सर्वोच्चले संसद्को क्षेत्राधिकारभित्र हात हाल्न मिल्दैन। झाले नेपालीमा अन्तर्वार्ता दिँदै नेपाली भाषा आउँदैन भनेर नेपाली जनतालाई ढाँटे । उनले हिजो अदालतमा हुँदासमेत नेपालीमै फैसला लेखेका थिए। झूटो बोलेकामा उनलाई जति आलोचना गरे पनि हुन्छ। तर नेपाली बोल्न जाने पनि हिन्दीमा शपथलिन्छु भन्ने अधिकार उनमा छ । मधेशी दल र तिनका नेता हिन्दीलाई नेपाली सरह सरकारी कामकाजको भाषा बनाउन र नेपालमा बोलिने सबै भाषामा शपथलिन पाउने व्यवस्था हुनुपर्ने राजनीतिक एजेन्डा लिएर हिडेका छन्। उपराष्ट्रपतिले लिएको अडान त्यसैको अभिव्यक्ति हो।
balaram@nagariknews.com