स्थानीय कर्मचारी सेवा ऐन आवश्यक
१४ फागुन २०६९
•
१० मिनेट पाठ
स्थानीय कर्मचारी सेवा ऐन आवश्यक
दुर्गम जिल्लाका स्थानीय र इलाकास्तरका कार्यालयमा यतिखेर कर्मचारी छैनन्। कृषि र पशुसेवा केन्द्रमा प्राविधिक बस्दैनन्। स्थानीयस्तरका अधिकांश कार्यालय सहयोगीस्तरका कर्मचारीले सञ्चालन गरिरहेका भेटिन्छन्। त्यो पनि स्थानीय भए मात्र। जाजरकोट जिल्लाका ३० गाविसमध्ये सदरमुकाम खलंगाका सचिव मात्र नियमित रूपमा कार्यालयमा रहन्छन्। नजिकैको जगातीपुरमा समेत सचिव कार्यालयमा बस्दैनन्। उनी कि त सदरमुकाममा बसिरहेका हुन्छन् या त सुर्खेत वा नेपालगञ्जतिर भेटिन्छन्। दरबन्दी भएका कर्मचारी राजनीतिक पहुँच तथा शक्तिका कारण सुगम, सदरमुकाम वा राजधानीमा काजमा छन्।

जाजरकोटका कुनै पनि स्वास्थ्य स्ांस्थामा अहेब तथा अन्य स्वास्थ्यकर्मी छैनन्। एमबिबिएस डाक्टरको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा एकजना पियनले काम गर्दै आएका छन्। सो स्थानमा दरबन्दी रहेका डाक्टर सदरमुकाममा बस्छन्। सोही जिल्लाको ६ वटा कृषि सेवाकेन्द्रमध्ये जगातीपुरमा मात्र बेला-बेलामा प्राविधिक कर्मचारी पुग्ने गर्छन्, त्यो पनि सदरमुकाम खलंगा भन्दा जगातीपुर सुगममा पर्ने भएकाले मात्र। अन्य सेवा केन्द्रमा प्राविधिक कर्मचारी नपुगेको वर्षौ भईसक्यो। पशुसेवा केन्द्र तथा उपकेन्द्र त खुल्दैनन्। सेवाग्राहीले कर्मचारी खोजी गर्न सदरमुकाम आउँदा काजमा वा तालिममा भएको जवाफ पाउँछन्।
दुर्गम गाउँमा मात्र होइन, सदरमुकाम खलंगाका अधिकांश कार्यालय नियमित रूपमा प्रमुखविहीन हुन्छन्। हरहिसाब मिलाउने बेलामा आर्थिक चलखेल गर्न पाइने भएकाले प्रमुख कार्यालय पुग्ने गर्छन्। नत्र गोष्ठी, सेमिनार, तालिम, काजका नाममा सुर्खेत, नेपालगन्ज वा काठमाडौंमै बसिरहेका हुन्छन्। अनि कार्यालय चाहिँ पियनस्तरको कर्मचारीले चलाइरहेका हुन्छन्।
जाजरकोटमा मात्र होइन, अहिले दुर्गम जिल्लाका गाउँमा कर्मचारी बस्दैनन्। नागरिकलाई सबैभन्दा आवश्यक पर्ने गाविस, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र, पशुसेवा केन्द्रमा कर्मचारी तथा प्राविधिक नभेटिएपछि यी कार्यालयप्रति सेवाग्राहीको नकारात्मक सोचाइ हुने नै भयो। सचिव नहुँदा सिफारिस बन्दैन। जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता गर्न पाएका छैनन्। मालपोत पुग्यो कार्यालय प्रमुख तथा अन्य कर्मचारी नभएकाले काम हुँदैन। बिरामी भयो भने स्वास्थ्य संस्थामा ग्रामीण स्वास्थ्य कार्यकर्ता तथा मातृशिशु कार्यकर्तासमेत भेटिँदैनन्।
दुर्गम स्थानका नागकिलाई सरकारी कार्यालयको बढी नै सेवा चाहिन्छ। किनकि दुर्गममा निजी क्षेत्रको उपस्थिति निकै कम छ। जाजरकोटमा एउटा पनि निजी अस्पतालको त कुरै नगरौं
निजी क्लिनिकसमेत छैन। पशु भेटेनरी तथा कृषिको बिउबिजन पाउने स्थान सदरमुकाममा एक-दुइटा बाहेक छैन। गाउँघरमा एउटा पनि मेडिकल पसल छैन। दुर्गमका समस्या निकै छन्। सरकारी निकायले प्रदान गर्ने सेवा सुविधा समेत नपाएपछि उनीहरूको विपन्नता झन् बढ्दो छ। यस्ता स्थानमा मानव विकास सूचकांक एकदम तल छन्। स्वास्थ्यकर्मी नभएकै कारण झाडापखालाले प्रत्येक वर्ष सयौंको ज्यान जाने गर्छ। सयौं नागरिक मरे पनि स्वास्थ्यकर्मीको व्यवस्था नगर्ने, दरबन्दी भएका स्वास्थ्कर्मीलाई सरुवा वा काजमा राखी कार्यालय खाली गर्ने संस्कारमा कमी आएको छैन। तोकिएको दरबन्दीमा बसी काम नगर्ने र काजमा राख्नेमाथि कहिल्यै कुनै सजाय भएको छैन। अनि नागरिक क्षेत्रबाट प्रभावकारी रूपमा विरोध भएको पाइँदैन।
यसो हुनुको विशिष्ट कारण छ। अहिले देशभरका हरेक कार्यालयका प्रमुख मात्र होइन, पियन तथा भान्छेस्तरका कर्मचारीसमेत सुविधानसम्पन्न स्थान वा राजधानीबाटै दुर्गम जिल्ला र गाउँसम्म लैजाने गरिन्छ। गाविस सचिवदेखि कृषिका प्राविधिक समेत यसै ग्ारिन्छ। अनि फेरि अपायक भयो वा अप्ठ्यारो पर्योि भन्दै राजधानी वा सुविधासम्पन्न ठाउँमा लगी काजमा राख्ने चलन झाँगिदै गएको छ। सेवा क्षेत्रमा काम नगरे पनि कसैलाई कारबाही नहुने कुप्रथा नेपालको निजामती क्षेत्रमा झाँगिदै गएको छ। जसले गर्दा आम जनताले सास्ती बेहोर्नु परिरहेको छ।
दुर्गम गाउँ तथा सदरमुकाममा कर्मचारी बस्दैनन्। तर, यहाँ सुक्ष्म रूपमा हेर्ने हो भने एउटा रोचक तथ्य फेला पर्दछ। त्यो के हो भने लोकसेवा पास गरेर गएका सचिव नबस्ने गाविसमा आन्तरिक स्रोतबाट नियुक्त गरिएका प्राविधिक सहायक तथा सहयोगीले भने कार्यालयमा नियमित रूपमा काम गरिरहेका छन्। लोक सेवा आयोगले सक्षम भनि पास गरेका अहेब नबस्ने स्वास्थ्य चौकीमा स्थानीयस्तरबाट वा गाविसको सहयोगमा नियुक्त अनमी तथा मासिकाले काम गरिरहेका भेटिन्छन्। उनीहरूकै भरमा गाउँको समग्र स्वास्थ्य क्षेत्र चलिरहेको छ। केन्द्रबाट लोकसेवाले सक्षम भनी पठाएको कर्मचारीले दुर्गम क्षेत्रका गरिब जनतालाई कुनै सेवा दिइरहेका छैनन्। बल्ल बल्ल वर्षमा एक पटक कार्यक्षेत्रमा पुग्ने कर्मचारी अतिरिक्त शुल्क नतिरिकन कुनै काम गर्दैनन्।
कर्मचारीको बढ्दो मनोमानी र जे गरे पनि हुन्छ भन्ने सोचाइलाई अन्त्य गर्न परिक्षा प्रणालीमा सुधार गरेर मात्र हुँदैन। परीक्षा प्रणालीमा जतिसुकै सुधार गरेपनि प्रक्रियागत रूपमै सुधार गर्न सकिएन भने अहिलेको जस्तो समस्या युगौंसम्म रहिरहन्छ। यसक्रममा सुधार ल्याउन स्थानीय कर्मचारी सेवा ऐन जारी गर्नु अत्यावश्यक छ। यस किसिमको ऐनमा कर्मचारी नियुक्ति, बढुवा र कारबाहीको अधिकार स्थानीय सरकार अर्थात् गाविस र नगरपालिकालाई नै दिनुपर्छ। यस्तो ऐनमा गाविस तथा नगरपालिकालाई आफ्नो कार्यालयको कर्मचारी नियुक्ति गर्ने मात्र नभई उनीहरूको क्षेत्रभित्र रहेका कृषि, स्वास्थ्य, पशुसेवा लगायत कार्यालयमा समेत नियुक्ति, बढुवा र कारबाहीको अधिकार दिइनुपर्छ। जुन कार्यालयका लागि भनेर नियुक्ति दिइन्छ, त्यहाँबाट सरुवा नहुने व्यवस्था गरिनुपर्छ।
यसो गर्न सकियो भने कर्मचारीमाथिको लगाम स्थानीयस्तरमै पुग्नेछ। जसले गर्दा स्थानीय सरकारका प्रमुखले आफ्नो क्षेत्रभित्रका सचिव, अहेव, कृषि तथा पशु प्राविधिक तथा अन्य कर्मचारी समयमा काममा नआएमा कारबाही गर्ने थिए। त्यसैले अबको नयाँ संविधानमा प्रत्येक तहका सरकारले आफ्ना लागि आवश्यक कर्मचारी आफैं छनोट गर्ने, वृत्ति विकास गर्ने र अख्तियारको दुरुपयोग गरेको पाइए दण्ड दिनसक्ने व्यवस्थाको लागि संवैधानिक सुनिश्चितता गर्नु जरुरी छ।
लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्।
अर्को समाचार
स्थानीय तहले स्वयंसेवक खटाउने
०६ वैशाख २०७५
•
३ मिनेट पाठ
स्थानीय तहले स्वयंसेवक खटाउने
काठमाडौं – अव स्थानीय तहमा प्राविधिक कर्मचारी आवश्यक भए स्थानीय तहले प्राविधिक शिक्षा पढेका विद्यार्थीलाई इन्टर्न वा स्वयंसेवकको रुपमा लिने भएका छन्। मन्त्रीपरिषदले हालै स्विकृत गरेको स्थानीय तहमा सेवा प्रवाह सम्वन्धि व्यवस्था २०७४ मा स्थानीय तहले प्राविधिक कर्मचारी अपर्याप्त भएको खण्डमा इन्टर्न वा स्वयंसेवक परिचालन गर्न सक्ने व्यवस्था गरेको हो।

मन्त्रीपरिषदको यो निर्णयसँगै अव ७ सय ५३ वटै स्थानीय तहले आफुलाई प्राविधिक जनशक्तिको आवश्यकता विश्वविद्यालयबाट तोकिएको शैक्षिक उपाधी हासिल गरेका वा अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्न वा स्वयंसेवकको रुपमा लिन सक्नेछन्। तर यसरी इन्टर्न वा स्वयंसेवक लिँदा एकजनालाई बढीमा तीन महिनाभन्दा बढी लिन नपाइने उल्लेख छ। ‘स्थानीय तहले प्राविधिक कर्मचारी अपर्याप्त भएको अवस्थामा अवधी र कार्य शर्त तोकी सम्वन्धित विश्वविद्यालयसँग समन्वय गरि इन्टर्न तथा स्वयंसेवक परिचालन गर्न सक्नेछ,’ मन्त्रीपरिषदले पारित गरेको स्थानीय तहमा सेवा प्रवाह सम्वन्धि व्यवस्था २०७४ मा भनिएको छ ‘यसरी इन्टर्न वा स्वयंसेवकको अवधी तोक्दा एक व्यक्तिका लागि एक बर्षमा तीन महिनाभन्दा बढी तोकिनेछैन।’

पछिल्लो समय एकातिर प्राविधिक विषय पढेका व्यक्ति खाली हुने अर्काेतर्फ सामान्य प्राविधिक सहायताको अभावमा पनि सरकारी काम प्रभावित भएपछि सरकारले प्राविधिक विषय पढेका विद्यार्थीलाई इन्टर्न वा स्वयंसेवकको रुपमा खटाउन सक्ने व्यवस्था गरेको हो। यस व्यवस्था अनुसार स्थानीय तहले विश्वविद्यालयसँग समन्वय वा सम्झौता गरि कुन कुन प्राविधिक कति संख्यामा खटाउने भन्ने विषयमा सम्झौता गर्नेछन्। सोही अनुसार नियमित अध्ययनको क्रममा हुने इन्टर्नसीप वा अध्ययन पश्चात स्वयंसेवकको रुपमा विद्यार्थी खटनेछन्। इन्र्टन वा स्वयंसेवकले कुन कुन काम गर्ने भन्ने शर्त स्थानीय तहलेनै तोक्नेछ। जस अनुसार इन्जीनियर, कृषी प्राविधिक, पशु प्राविधिक, स्वास्थ्य प्राविधिक, सूचना प्रविधि, बन लगायतका प्राविधिकहरु पर्छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस