दृश्य बडो नाटकीय छ। पोखरा दिनभरको रुन्चे झरीपछि शान्त देखिन्छ। फ्रिजमा राखेर भर्खर झिकेझैं दिन चिसो छ। लेकसाइडको एक खुल्ला रेष्टुरेन्ट भने साँझको अन्तिम प्रहरमा पनि अशान्त छ। भिन्नभिन्न देशका मानिस मानौं एकै ठाउँमा अभिनय गर्दैछन्, भिन्न दृश्य रचना गर्दैछन्।
यस्ता दृश्यको अनुसन्धान हुनसक्छ र अर्थहरु निकाल्न सकिन्छ। पर्फमेन्स स्टडिजले यस्ता सामाजिक पर्फमेन्सहरुको अध्ययन गर्छ। दृश्यको अर्को आयाम पनि छ। लामा लामा कपाल पालेका युवा कलाकार चर्को संगीतको तालमा गीत गाउँदैछन्- बफेलो सोल्जर, इन दि हार्ट अफ अमेरिका!
बब मार्लेको यो प्रतिरोधी गीत गुञ्जिरहँदा 'काठमाण्डू' मा प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी परिषद् गठन गर्ने राजनीतिक कसरत भइरहेको छ। काठमाण्डूबाहिरका 'बफेलो सोल्जर' हरुलाई लाग्छ, यो कसरत कतै सदूर भइरहेको छ। पोखराजस्तो जुन कुनै काठमाण्डूबाहिरको स्थानबाट हेर्दा सत्ताको मुटु केवल काठमाण्डूमा धड्किन्छ। तर सीमान्त शहर पोखराको 'बफेलो सोल्जर' मुलुककै एक मुटु हुन खोजिरहेको छ। किनभने उसलाई विश्वास छ, मुलुकका मुटुहरु धेरै हुन्छन् र ती सबै मुटुको चालले मात्र मुलुकमा नयाँ गति उत्पन्न हुन सक्छ। अहिले मुलुकभर नै यस्ता 'सिपाही'हरु छन्, जो बब मार्लेको नयाँ विम्बले भनेझैं अस्तित्वको लडाईं लडिरहेका छन्।
पोखराका युवा पर्यटन उद्यमी सिरोज कोइराला अकस्मात् भन्छन्, 'यो मुलुकको दुर्भाग्य यही हो कि काठमाण्डू अति शक्तिशाली भयो।' यसो भन्दा उनको लामो दाह्री गम्भीरपूर्वक हल्लिरहेको छ। हो, काठमाण्डू अति शक्तिशाली भएकैले राज्य पुनर्संरचनाको कुरा उठेको हो। काठमाण्डूले सारा शक्तिको अभ्यास गर्ने र बाँकी देशले लुरुलुरु उसको खटन मान्नुपर्ने व्यवस्थाले शक्तिको असन्तुलन पैदा गर्यो। त्यसैको नाभिबाट आर्थिक र सामाजिक असन्तुलन पनि जन्मियो। जहाँ शक्तिको गुरुत्व धेरै हुन्छ, त्यहाँ शक्तिको अति केन्द्रीकरण हुनु अस्वाभाविक होइन। शक्तिको यो चरित्र बुझेका सिरोज त्यसैले टिप्पणी गर्छन्, 'प्रहरीदेखि कर्मचारीसम्म जो शक्तिशाली हुन्छ, उसलाई काठमाण्डूमै बस्नुपर्छ। शक्तिशाली मान्छे जति सबै काठमाण्डूमा बसेपछि पोखराजस्तो ठाउँ विकास गर्न कसलाई मतलब?'
म सम्झन्छु, कुनै पोखरेलीसँग जब भेट हुन्छ, ऊ माछापुच्छ्रे हिमालको कुरो गर्छ। फेवाताल, रहस्यमय सेती नदी र पातले छाँगोको कुरो उप्काउँछ। घान्द्रुक, धम्पुस र अन्नपूर्णको प्रसंग चियाको टेबलमा टक्टकिन्छ। के यो पहिचान र आत्मसम्मानको भोक होइन? पहिचानको राजनीतिक-सामाजिक प्रश्नले सीमान्तकृत जाति, क्षेत्र, दलित, मधेसीहरुको पहिचानको भोक सम्बोधन गर्छ। तर यो आलेखमा पहिचानको अर्को पाटोको कुरा गर्न खोजिएको छ जो अर्थराजनीतिक छ र जसले क्षेत्रीय असन्तुलनको गम्भीर प्रश्न उठाइरहेको छ। पोखरालाई उन्नति गर्ने हुटहुटी भएझैं पूर्वदेखि पश्चिमसम्म विराटनगर, काकरभिट्टा, धरान, राजविराज, वीरगञ्ज, हेटौंडा, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, महेन्द्रनगर इत्यादि कसलाई छैन समृद्धिको आफ्नै उचाई निर्माण गर्ने हुटहुटी? आजकल यस्ता सबै शहरमा व्यापार मेला, साहित्य, कला उत्सव, सांस्कृतिक मेला इत्यादि आयोजना गरिन्छ। शहरजस्तै गाउँ पनि जुर्मुराइरहेका छन्।
चाहे राजनीतिक-सामाजिक पहिचानको मुद्दा होस् वा अर्थराजनीतिक र क्षेत्रीय पहिचानको मुद्दा होस्, यी सबै हुटहुटी एउटै प्रतिरोधी विचारबाट निसृत छन्। त्यो विचार काठमाण्डू अति शक्तिशाली हुने व्यवस्थाको विरुद्ध खडा छ। सेना, प्रहरी, कर्मचारीतन्त्र, न्यायपालिका जस्ता राज्यका सबै अंगका शक्तिशाली व्यक्तिहरु सबैजसोको घर काठमाण्डूमै हुनुपर्ने अरु कुनै कारण होला र? सबैजसो ठूला बैंक, अस्पताल, शिक्षालय, व्यापारिक प्रतिष्ठानका मुख्य कार्यालय काठमाण्डूमै हुनु संयोगमात्र कसरी हुन्छ? पाँचतारे होटलदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म सबै काठमाण्डूमै केन्द्रीकृत छ र अन्यत्र बन्न नसक्ने प्रपञ्च पुरानो व्यवस्थाले रचेर राखेको थियो। पर्यटन व्यवसायकै मुटु पनि काठमाण्डूमै धड्किन्छ। त्यसैले सिरोजको ठम्याइ छ, पोखरालाई त प्रकृतिले संसारकै विचित्र ठाउँ तुल्याइदियो र मात्र यतिसम्म बन्न सक्यो। काठमाण्डूले सक्दो हो त पोखरालाई पनि आफ्नो शक्तिको तानाशाही पखेटाले छोपेर राख्थ्यो।
अझै पनि काठमाण्डू सुदूर देखिन्छ मोफसलबाट। आफन्तजस्तो लाग्दैन। शिकारीजस्तो छ काठमाण्डू। सबै सीमान्त गाउँ र शहरले हुर्काएका पाखुराहरुको श्रम शिकार गरेर लैजान्छ। बुद्धि खोसेर लैजान्छ। कविता र गीत लुटेर लैजान्छ। कला र सिर्जना चोरेर लैजान्छ। तर मुलुकका यी सबै तागत सम्हालेर राख्न सक्दैन, बरु तिनलाई विदेशतिर निर्यात गरेर दलाली सोहोर्छ। काठमाण्डूलाई यस्तो शिकारी कसले तुल्यायो? यो प्रश्नको जवाफ खोज्न अहिले संग्राहालय भइसकेको नारायणहिटी दरबार, लोकतन्त्र आसिन भएको ठानिने सिंहदरबारलगायत् सत्ताका सबै अंगको इतिहास खोतल्नुपर्छ।
इतिहासलाई नयाँ कोणबाट पुनर्लेखन गर्न यस कारण जरुरी छ कि अब हामी इतिहासको नयाँ कोर्स रचना गर्दैछौं। र, इतिहासको नयाँ कोर्स शिकारी काठमाण्डूको प्रतिरोध गरेरमात्र बन्न सक्छ। सांस्कृतिक, जातीय मात्र होइन भौगोलिक हिसाबले पनि यो सानो मुलुक विविधतायुक्त छ। त्यसैले ढिलो गरेर भए पनि यहाँ संघीयताको मुद्दा उठ्यो। संघीयताको मुद्दालाई केहीले जातको, भाषाको र अनुहारको बान्कीकै हिसाबले मात्र हेरेका छन्। वास्तवमै यी पहलुहरु महŒवपूर्ण र निर्णायक छन् किनभने मुलुक भनेको सारतत्वमा मान्छेहरुकै मनोवैज्ञानिक, सामाजिक र आर्थिक एकताको सामूहिक भाव हो। तथापि उत्तिकै महत्वपूर्ण छ क्षेत्रीय असन्तुलनलाई सन्तुलनमा बदल्ने अभियान। अनि यो अभियानको मुख्य पाटो हो काठमाण्डूको एकाधिकारवादी शासकीय अभ्यासलाई तोड्नु, जसले आर्थिक र शासकीय शक्तिका हिसाबले मुलुकलाई टुक्रा टुक्रामा विभाजित गरेको छ।
काठमाण्डू एउटा विम्ब हो। सभ्यताको पनि र शक्तिको पनि। सभ्यताको भारी बोक्दाबोक्दै यसले अतिशय शक्तिको भारी बोक्यो र अतिशय शक्तिको अभ्यासले यसलाई अग्लो पर्खालभित्रको दरबारजस्तो तुल्यायो। त्यो पर्खालले मुलुकलाई नै भित्र र बाहिर गरेर विभाजित गरिदियो। एकथरी पर्खालभित्र पस्ने र त्यहाँबाट निसृत शक्तिको अभ्यास गर्ने, अर्कोथरी पर्खालबाहिरै रहने र टाठाबाठाहरुको शासन बेहोर्ने। इतिहासको यही ट्रेजेडीबाट काठमाण्डूको निरंकुश विम्ब निर्माण भयो। किशोर नेपालले काठमाण्डूको पछिल्लो 'नियति' बारे 'हिस्सी हराएको शहर' शीर्षक निबन्धमा लेखेका छन्- राजधानीको ढल र फोहोर, कुण्ठा र निराशा, घात र अन्तर्घात बेहोर्दाबेहोर्दै हाराकिरी गरेको छ काठमाडौँ शहरले। राजधानी नभइदिएको भए काठमाण्डू के हुन्थ्यो? त्यो अर्कै प्रसंग हो। तर यो राजधानीमात्र भएर रहेन, अति शक्तिशाली एकाधिकारको विम्ब पनि बन्यो। एउटा प्राचीन सभ्यता बोकेको शहरका हिसाबले काठमाण्डूले हाराकिरी गर्नुपर्ने नियतिमाथि कविता लेख्न सकिन्छ। तर विडम्बना, काठमाण्डूको विम्ब त्यतिमा सीमित रहेन।
त्यसैले बफेलो सोल्जरहरु आजकल सीमान्त शहरहरुमा जताततै सक्रिय भेटिन्छन्। काठमाण्डूको मुटु टुँडिखेलमा उभिएर बफेलो सोल्जरहरु काठमाण्डूबाहिरका मुटुहरुमा पनि प्राण भर्ने आकांक्षाको गीत गाउँछन्। एउटा पुल बनाउन काठमाण्डू 'डेलिगेसन' धाउँदाधाउँदा दिक्क भइसके सीमान्तका मान्छे। बजेटले बाटो बनाइदिन्छ कि भनेर काठमाण्डूतिर आँखा लाउँदालाउँदा दिलमा फोका उठिसक्यो। कुटिर उद्योग खोल्नकै लागि काठमाण्डू पुगेको तन्नेरी कागज मिलाउँदा मिलाउँदा बूढो हुन्छ तर काठमाण्डूको शक्तिमा हिस्सा हुनेहरु भ्याट छलेका प्रमाणहरु हार्डडिस्कभरी भरेर मस्त निदाउन सक्छन्। टमाटर फलाएर बोरा भर्ने किसान घाटामा छ तर काठमाण्डूको तरकारी मण्डीमा पहुँच हुने दलाल मालामाल भइरहेको छ।
पोखरा शान्त देखिन्छ तर यसको छातीमा पनि लाभा उम्लिरहेको छ। बफेलो सोल्जरहरुको मुटु जहाँजहाँ धड्किरहेको छ, त्यहाँ त्यहाँ लाभा उम्लिरहेको छ।