नेकपा(एमाले) मोरङ जिल्ला कमिटीको माघ १५ को नवगठित जिल्ला कमिटीको पहिलो बैठक पार्टी अध्यक्ष झलनाथ खनालका अभिव्यक्तिको पक्ष/विपक्षमा विवाद गर्दै तीन घन्टा गुजि्रयो। दुई दिनअघि सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष खनालले पार्टीमा भएको गुण्डागर्दीविरुद्ध बोलेका थिए। पार्टीका अर्का नेता केपी शर्मा ओली पक्षले अध्यक्षको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैंठकका प्रमुख एजेण्डामा प्रवेश गर्नै दिएनन्। उनीहरूको माग थियो- अध्यक्षले बोलेका अभिव्यक्तिको विरोधमा जिल्ला कमिटीबाट खेद प्रस्ताव पारित गरिनुपर्छ।
मोरङको अधिवेशन र त्यसबाट निर्वाचित जिल्ला कमिटीले एमालेको आन्तरिक राजनीतिमा ठूलो अर्र्थ राख्छ। जिल्ला कमिटीको अध्यक्षलगायत् पदाधिकारीमा खनाल पक्षकाले जितेका छन् भने सदस्यहरूको ठूलो समूह ओली पक्षका छन्। मोरङ एमालेको राजनीति विशेष गरेर विराटनगर आसपासको क्षेत्रमा पर्शुराम बस्नेतको एक किसिमको हैकम छ। नयाँ जिल्ला कमिटीमा बस्नेतलगायत् उनका समर्थकको बाहुल्य छ। पहिलो बैंठक भएकाले एमालेका कोशी अञ्चल इन्चार्ज राजेन्द्र गौतम, पूर्व सभासद लालबाबु पण्डितसमेत बैठकमा सहभागस् थिए। गौतम, पण्डित र मोरङ अध्यक्ष महेश रेग्मीको बारम्बारको अनुरोधपछि ओली पक्ष बीचको बाटो अख्तियार गर्न सहमत भयो। जिल्ला कमिटीले ‘उदघाटन सत्रमा अध्यक्षले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको' भन्दै स्वीकार गरेपछि विवाद सामसुम भयो।
पहिलो बैठक एजेण्डामा प्रवेश नै नगरी त्यत्तिकै सकियो, बैठकका लागि निर्धारित एजेन्डा अर्को बैठकका लागि सारियो। अध्यक्ष खनालले उद्घाटन सत्रमा पार्टीमा गुण्डागर्दी बढेको भन्दै आलोचना गरेका थिए। खनालले 'पार्टीको आडमा गुण्डागर्दी, जबर्जस्ती पैसा असुल्ने काम भइरहेको सुनेको' बताउँदै 'त्यस्ताहरूविरुद्ध पार्टीले कारबाही गर्ने धम्की' दिएका थिए। राजनीतिभन्दा पनि 'केटा' हरु परिचालन गरेर पैसा कमाउने प्रवृति बढेकोप्रति खनालको चिन्ता र चासो थियो। यस्तो प्रवृतिका विषयमा एमाले शीर्ष नेतृत्व आपसमा विभाजित देखिन्छ। विशेष गरेर युवा संघमा यो समस्याले गहिरो जरा गाडेको छ। ओली माओवादीको वाइसिएलविरुद्ध युवा संघलाई प्रभावकारी बनाइराख्नुपर्ने आवश्यकता देख्छन््। उनी जुझारू कार्यकर्तालाई प्रोत्साहित गर्छन्, पैसा असुल्नेहरूलाई संरक्षण गर्छन्। खनाल, युवा संघमा देखिएको 'केटा' प्रवृतिको विरोधमा छन्। अर्का नेता माधव नेपाल पार्टीबाट 'डनवाद' अन्त्य हुनुपर्ने मान्यता राख्छन्।
शीर्ष नेतृत्वमा देखिएका यी तीनखालेे मान्यताबीच फागुन ११ देखि बुटबलमा युवा संघको अधिवेशन हुँदैछ। युवा संघको नयाँ नेतृत्व कस्तो आउने हो? संघमा आबद्ध नेता, कार्यकर्ता साथसाथै कतिपय नेताले संरक्षण गरेका 'केटा' हरूको प्रयोगले महाधिवेशन प्रभावित हुने देखिँदैछ। केन्द्रीय नेतृत्वको दाबी गर्ने युवा आफ्नो रक्षा र चुनावमा प्रयोग गर्ने उद्देश्यले दलबलसहित बुटवल पुग्दैछन्। युवा संघलाई अहिलेको जस्तै राखिराख्ने कि यसलाई राजनीतिक अवतरण दिने? अह्म प्रश्न युवा संघका खाँटी कार्यकर्ता र एमाले नेतृत्व सामुन्ने छ। त्यसो त यो प्रवृति एमालेको युवा संघमा मात्र होइन, सबैजसो राजनीतिक दलका युवा संगठनमा 'डन' को बोलवाला देखिन्छ । 'डन' हरू राजनीतिक संरक्षणका निम्ति प्राविधिकरूपमा विभिन्न दलमा आबद्ध भएको वास्तविकता पार्टी नेतृत्वले बुझेको छैन वा बुझेर पनि नबुझेजस्तो गरेका छन्? भन्ने नै कानुनी राज्यका निम्ति चिन्ताको विषय हो।
एमालेका केपी ओली, कांग्रेस नेतृ सुजाता कोइराला, कांग्रेसकै गगन थापा, पूर्व राजा ज्ञानेन्द्र वा राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगर एयरपोर्टबाट पूर्वका विभिन्न क्षेत्रमा जाँदा युवाहरूले मोटरसाइकल स्कटिङ गर्ने गर्छन्। आवश्यकताअनुसार स्कटिङ गर्ने मोटरसाइकलको संख्या थपघट हुन्छ। 'डन' हरू भने सम्बन्धित पार्टीका कार्यक्रम र शीर्ष नेताको स्वागतमा मात्र उत्साहसाथ सहभागी हुन्छन्। बाँकी 'केटा' हरू डनहरूसँग आपसमा मिलेर परिचालन गरिएका हुन्छन् वा डनहरूको निर्देशनमा परिचालित भएका हुन्छन्। स्कटिङमा उत्रिएका जुझारू युवा आफ्नो पार्टीको राजनीतिक दर्शनको पछि लाग्ने नभएर आवश्यकताअनुसार 'डन' हरूले जुटाएको अस्थायी भिड हो भनेर बुझे हुन्छ।
यो प्रवृति व्यवस्ाायी, उद्यमी सबैले आवश्यकताअनुसार आफ्नो सुरक्षार्थ प्रयोग गरेको देखिन्छ। केही साताअघि हेटांैडाबाट चितवनसम्म आउने क्रममा एउटा ट्याक्सी चालकले आफनो अनुभव सुनाए। ती चालकका अनुसार चितवनको ट्याक्सी व्यवसायी संघले, नारायण, हेटौंडा, पथलैया, निजगढ, चन्द्रनिगाहापुर, वीरगन्जसम्म मासिक १० देखि १५ हजार तलव दिएर केही युवा राखेको छ। नारायणगढमा निजी अस्पताल, मेडिकल कलेज अनि जग्गाा कारोबार जस्ता आर्थिक, व्याापारिक गतिविधिमा उनीहरूलाई प्रयोग गर्ने गरिएको छ। ५/६ वर्षयता उल्लेख्यरूपमा थपिँदै अहिले नारायणगढमा मात्र २ सय ट्याक्सी छन्, बढ्ने क्रम जारी छ। टया्क्सीहरू स्वतन्त्ररूपले चल्न सक्तैनन्। संघले तोकेको आलोपालोमा मात्र ट्याक्सी चलाउन पाइने नियम बसालिएको छ। संघले नारायणगढका विभिन्न चोकको भाडा २ सयदेखि ५ सयसम्म तोकेको छ भने टाढा टाढा जानुपर्दा कुन ट्याक्सी जाने र कति पैसा लिने त्यो निर्णय पनि संघकै हुन्छ। अर्थात् ट्याक्सी संघको सिन्डिकेटअन्तर्गत नारायणगढको ट्याक्सी व्यवसाय सञ्चालन भइरहेको छ। व्यवसायीहरूले आफ्नो सिन्डिकेटलाई निरन्तरता दिन र ट्याक्सी चालक र गाडीको सुरक्षार्थ 'युवा' हरू परिचालन गरेको देखिन्छ।
युवाहरूलाई यसरी प्रयोग गरिएकामा विदेशी नियोग, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ) समेत आजित बनेको अनुभव सुनाउन थालेका छन्। दुई महिनाअघि सञ्चारकर्मीसँगको एक छलफलमा संयुक्त राष्ट्र संघ, नेपालका लागि आवासीय प्रतिनिधि रोबर्ट पाइपर र स्विडिस राजदूत थोमस गासले विकासका काममा 'युवा' हरू समस्या भएको तीतो पोखे। उनीहरूले विकासका काममा कमिसन नदिए व्यवधान गर्ने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र उपभोक्ता समिति गठन गर्दा पनि बलबाहुको राजनीति गर्ने गरेको उनीहरूको आँकलन थियो। नेपालको जनसंख्याको ४० प्रतिशतभन्दा बढी (करिव १ करोड ७ लाख ) १५-३९ वर्ष उमेर समूहका युवा छन्। तिनै युवामध्ये नै पर्छन्, बाहुबलको राजनीति गर्नेहरू पनि। बाहुवलको राजनीति गर्नेहरूबाट कानुनी राज्य र प्रतिस्पर्धी व्यवसायलाई गम्भीर चुनौती दिइरहेको बेला एमालेको भातृ संगठन युवा संघको अधिवेशन हुँदैछ। युवा संघलाई 'डन' हरूको क्लब बनाउने कि राजनीतिक नेतृत्व लिने युवाहरूको संगठन? भन्ने गम्भीर प्रश्न एमालेका शीर्ष नेतृत्व सामुन्ने छ।