विश्वप्रसिद्ध दार्शनिक हेगेलको निधन भएपछि उनका अनुयायीहरुको अवस्थाबारे मार्क्स र एंगेल्सले जर्मन विचारधारामा केही तथ्य उल्लेख गरेका छन्। उनीहरुका अनुसार हेगेलको निधन भएपछि प्रत्येक हेगेलवादीले हेगेलीय दर्शनको आमपद्धतिमध्ये एउटा अंश लिने गर्थ्यो र त्यस अंशलाई आफूजस्तै अर्को आंशिक हेगेलवादीविरुद्ध प्रयोग गर्ने गर्थ्यो। यसरी हरेक हेगेलवादीले हेगेलीय पद्धतिको एउटा अंशलाई हेगेलीय मूल विचारविरुद्ध प्रयोग गर्थ्यो तर ऊ आफुलाई सदैव सच्चा हेगेलवादी ठान्थ्यो।
अहिले नेपालको सन्दर्भमा मार्क्सवादीहरुको अवस्था ठ्याक्कै यस्तै भएको छ। हरेक मार्क्सवादी कम्युनिष्ट पार्टीले मार्क्सवादको एउटा मान्यता समातेर त्यसैलाई सम्पूर्ण मार्क्सवाद ठानिरहेका छन्। अनि आफूजस्तै अर्को आंशिक मार्क्सवादीविरुद्ध त्यही अंशका आधारमा आक्रमण गरिरहेका छन्। नेपालका हरेक मार्क्सवादी पार्टीहरु मार्क्सवादको आमपद्धतिविरुद्धमा उभिएका छन् र पनि आफूलाई पूर्ण मार्क्सवादी नै दाबी गरिरहेका छन्। नेपालका प्रमुख कम्युनिष्ट पार्टीहरु एनेकपा माओवादी होस् या नेकपा एमाले वा नेकपा-माओवादी या अन्य साना कम्युनिष्ट पार्टीहरु नै किन नहुन्, सबैको अवस्था यस्तै छ। सबै पार्टी मार्क्सवादको एउटा हाँगो समातेर आफूलाई पूर्ण मार्क्सवादी कहलाउने धृष्टता गरिरहेका छन्। त्यही एउटा हाँगो अर्थात् अंशलाई आधार मानेर समग्र मार्क्सवादविरुद्ध उनीहरु प्रहार गरिरहेका छन्।
वि.सं. २००६ सालमा भारतीय भूमिमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको इतिहास अध्ययन गर्ने हो भने यो तथ्य थप स्पष्ट हुन्छ। एकदलीय राणा शासन अन्त्य गर्ने, सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्वमा राज्यसत्ता स्थापना गर्ने लक्ष्य बोकेको कम्युनिष्ट पार्टी सुरुदेखि नै गुट/उपगुटको शिकार बन्यो। केशरजंग रायमाझी मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने नाममा दक्षिणपन्थी बने भने पुष्पलालले आन्तरिक सामन्तवादविरुद्ध लड्ने नाममा विदेशी भूमिमै जीवन बिताए।
व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाले गर्दा २०१९ सालमै पार्टी फुट्यो। नेपाली कम्युनिष्टमा साना साना मतभेदमै पार्टी फोर्ने अनि आफूलाई मात्रै असली मार्क्सवादी देख्ने गलत चिन्तन हावी भयो। एक तथ्यांकअनुसार २०४७ सालअघि नै कम्युनिष्ट पार्टीहरुको संख्या डेढ दर्जन पुगिसकेको थियो। अहिले यो संख्या करिब तीन दर्जन पुगिसकेको छ। यस्ता स-साना कम्युनिष्ट पार्टीले मार्क्सवादको एउटा मान्यतामा विश्वास राखेर बाँकी मार्क्सवादको आमपद्धतिविरुद्ध प्रहार गरिरहेका छन्। अहिले पनि केही कम्युनिष्ट पार्टीहरु आफूलाई असली मार्क्सवादी बताउँदै उग्रपन्थी सोचबाट ग्रस्त छन्। उनीहरु मार्क्सवादको सिर्जनात्मक प्रयोग गरिरहेकाहरुलाई पूरै दक्षिणपन्थी देख्छन् अनि केही कम्युनिष्टहरु मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने नाममा पार्टीको नाममात्रै कम्युनिष्ट राखिरहेका छन्। तर, दुवै अतिवादी सोचबाट ग्रस्तहरु आफूलाई नै असली मार्क्सवादी भएको दलिल प्रस्तुत गरिरहेका छन्।
नेपाली मार्क्सवादीबीचको यो द्वन्द्व निकै अगाडि बढिसकेको छ। अब यो द्वन्द्व व्यक्तिगततवरमा ओर्लिसकेको छ। हरेक कम्युनिष्ट पार्टीभित्र देखिएका समूहगत तथा व्यक्तिगत गुटबन्दीले यसैलाई प्रमाणित गर्छ। पार्टीभित्र केही कुरामा फरक मत राखेसँगै आफूलाई असली मार्क्सवादी र कम्युनिष्ट देख्नेहरु हरेक पार्टीमा देखिन्छन्। पार्टीहरुमा समय क्रमसँगै परिवर्तन हुने सामान्य कार्यनीतिकै आधारमा नेपालमा कम्युनिष्ट पार्टीभित्र व्यापक मतभेद र घम्साघम्सी देखिन्छ। स-साना कम्युनिष्ट पार्टीको त कुरै छाडौं, ठूला भनिएका पार्टीभित्र झाँगिएको आत्मकेन्द्रित सोचाइले कम्युनिष्ट आन्दोलन नै बद्नाम हुँदै गएको छ।
केही समयअगाडि एनेकपा माओवादीबाट छुटि्टएको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य आफूलाई असली कम्युनिष्ट मान्छन् अनि मार्क्सवादको सिर्जनात्मक प्रयोगमार्फत् अगाडि बढ्न खोज्ने एमाओवादीलाई दक्षिणपन्थी देख्छन्। गत साता एनेकपा माओवादीको महाधिवेशन चलिरहँदा नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले काठमाडांैमा पत्रकार सम्मेलन गरेर 'लेण्डुप दोर्जे जन्माउने तयारी' भनी दिएको अभिव्यक्ति हेर्ने हो भने यसै कुरालाई थप बल दिन्छ। उनले क्रान्तिका नाममा धोका दिनेहरु लेन्डुप दोर्जे भएको आरोप लगाए। बादलले एनेकपा माओवादीका दस्तावेज अध्ययन गर्दा सैद्धान्तिक, राजनीतिक र सांगठनिकरूपमा दक्षिणपन्थी विसर्जनवादमा भासिएको आरोप लगाए। तर बादललाई आफू जडसूत्रमा जकडिँदै गएको कुनै हेक्का छैन। उता मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने नाममा मुख्य दुस्मनसँगै सहबास गर्नसमेत एनेकपा माओवादीका नेताहरु पछि पर्दैनन्। कुनै बेलामा बन्दुकको नालबाट साम्यवाद स्थापना गर्ने भन्दै जनयुद्ध लडेको एनेकपा माओवादी यतिखेर मार्क्सवादलाई सिर्जनात्मक प्रयोग गर्ने नाममा पुँजीवाद हुँदै समाजवादको बाटोमा अघि बढ्ने भएको छ। नाममात्रको कम्युनिष्ट राखेर एनेकपा माओवादी उही पुरानो पुँजीवादी राजमार्गमा आइपुगेको छ। उसलाई आफ्नो मार्क्सवादी लगौटी खुस्किसकेको कुनै हेक्का छैन। वास्तवमा यी दुवै पार्टी मार्क्सवादको एउटा मान्यता समातेर बाँकी सबैमाथि प्रहार गर्ने र आफूलाई मात्रै असली मार्क्सवादी देखाउने धृष्टता गरिरहेका छन्।
एनेकपा माओवादीभित्र पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको आ-आफ्नै गुट छन्। गुटैपिच्छेको आ-आफ्ना मार्क्सवादी बुझाई पनि छन्। नेकपा एमालेमा पनि यस्तै रोग छ। नाममात्रको मार्क्सवादी रह्यो भनी अन्य कम्युनिष्ट पार्टीहरुको आलोचना खेपिरहेको एमालेमा पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी ओलीका आ-आफ्नै गुट र मार्क्सवादी बुझाई छन्। एउटै पार्टीको ब्यानरमुनि बसेर पनि आन्तरिक मतभेद, गुट/उपगुटका कारण मार्क्सवादलाई आफूअनुकूल व्याख्या गरिरहेका छन्। आफूलाई असली मार्क्सवादी देखाउने नाउँमा अरुलाई गाली गर्ने हेगेलको मृत्युपछिको हेगेलवादी चिन्तन माओवादी र एमाले दुवैमा देखिन्छ।
हुन त मार्क्सवाद आफैँमा निरन्तर परिष्कारको प्रक्रिया हो। कम्युनिष्ट पार्टीको घोषणापत्र सन् १८४८ मा लेखेपछि पनि मार्क्स र एंगेल्स आफँैले पटकपटक त्यसलाई परिमार्जन र परिस्कार गरेका छन्। यसैगरी माार्क्सलाई एंगेल्सले, मार्क्स र एंगेल्स दुवैलाई लेनिनले, लेनिनलाई स्टालिनले, स्टालिनलाई माओत्सेतुङले समय र स्थानका आधारमा परिष्कार गरेका छन्। तर पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीहरुमा देखिएका आत्मकेन्द्रित बहस, विवाद र छलफलहरु यस्तो परिमार्जन गर्ने तहमा नभई र सिर्जनात्मक नभई व्यक्तिगत र आत्मकेन्द्रित देखिन्छ। नेपालमा अहिलेसम्म क्रियाशील राजनीतिक दलहरुको हैसियतका आधारमा जनमत आँकलन गर्दा करिब ६२ प्रतिशत जनमत संविधान सभामा मार्क्सवादी कम्युनिष्टहरुको पक्षमा आएको थियो। तर, करिब तीन दर्जनको संख्यामा रहेका कम्युनिष्ट पार्टीले आ-आफूमा खुट्टा तानातान गर्दा मुलुकले कुनै उपलब्धि हासिल गर्न सकेन। संविधान नै जारी गर्न नसकेर संविधान सभा विघटन भयो। अतः मार्क्सवादको सानो अंश समातेर आमपद्धतिविरुद्ध प्रहार गर्ने चिन्तन नेपाली कम्युनिष्टहरुमा रहेसम्म आंशिक मार्क्सवादीबाट समाज रूपान्तरण गर्ने काममा कुनै उपलब्धि हुन सक्ने देखिँदैन।
(लेखक त्रिविबाट समाजशास्त्रमा एमफिल गर्दैछन्।)