दुई पटकसम्म निर्वाचनको मिति सारेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्री पदबाट बहिर्गमन प्रायः सुनिश्चित भइसकेपछि आफ्नै निवासमा बोलाएर निवर्तमान प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई फेरि निर्वाचन आयुक्तको जिम्मेवारी लिनका लागि अनुरोध गरेको समाचार पढ्दा उदेक लाग्यो।
जुनबेलासम्म प्रधानमन्त्री भट्टराईले नै निर्वाचन गराउने झिनो सम्भावना बाँकी थियो, निर्वाचन आयोग पूर्णरूपमा खाली हुँदासम्म निर्वाचनका लागि आयोग आवश्यक पर्छ भन्नेतिर उनले पटक्कै ध्यान दिएनन्। त्यसको साटो यो सरकार २५ वर्षसम्म, ३० वर्षसम्म, १० वर्षसम्म यसैगरी चलिरहन्छ भन्ने भाषणमै समय बिताए। त्यतिमात्र होइन, 'मलाई काम गर्न कानुनले रोक्यो, विधिले रोक्यो, विधानले रोक्यो, न्यायालयले रोक्यो, न्यायाधीशले रोके, मैले गरेका निर्णय न्यायालयले रोक्यो' जस्ता आदि कुण्ठा रोदनमै बिताए। अन्ततः अन्य राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नुको साटो उनले बहालवाला प्रधान न्यायाधीशलाई सत्ता हस्तान्तरण गर्नु उचित र उपयुक्त सम्भि्कए। त्यसो त जुन राजनीतिक आस्था र पृष्ठभूमिबाट भट्टराई र पुष्पकमल दाहाल आएका हुन्, यो उनीहरुका लागि स्वाभाविक थियो।
शक्ति पृथकीकरणको सिद्धान्तलाई लेनिनवाद, माओवादले स्वीकार गर्दैन। पर्याप्त व्याख्या नभएको हेटौंडा महाधिवेशनले पास गरेको पुँजीवादी जनवादले पनि शायद यसलाई स्वीकार गर्दैन। पुँजीवादी जनवाद मुस्किलले देंगवाद होला, बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था र बहुलवादसित सामीप्यता राख्ने कुनै राजनीतिक दस्तावेज भने होइन। सम्पत्तिको हदलाई एउटा हदसम्म यसले स्वतन्त्रता देला तर व्यक्तिको स्वतन्त्रतालाई असीमित आकारमा भने यसले स्वतन्त्रता दिँदैन। राज्यको हस्तक्षेप व्यक्ति र सम्पत्ति दुवैमाथि हुने यसको जनवाद भन्ने शब्दले बुझाउँछ नै। राज्य र व्यक्तिको सम्बन्धलाई स्पष्टरूपमा व्याख्या गरिएको छैन। बलियो राज्य र कमजोर व्यक्तिको सम्बन्धको विकसित रूप पुँजीवादी जनवाद हो। राज्यको अघिल्तिर व्यक्ति निरीह छ, कमजोर छ। उत्पादनलाई खुकुलो छाड्ने, संकुचित तुल्याउने, मुनाफा घटाउने, बढाउने, पुँजीको अकार संकुचित गर्ने, विस्तार गर्ने कुरा उत्पादक या व्यवसायीको हातमा छैन, सबै राज्यको हातमा छ। व्यक्ति राज्यरूपी एउटा ठूलो मेसिनको पूर्जामात्र हो।
यही पृष्ठभूमिमा एनेकपा माओवादी निर्वाचनको नाटक मञ्चन गर्दैछ। त्यसकारण पनि दल विशेषको महत्ता यहाँ गौण छ। स्वतन्त्र व्यक्ति पनि ग्राह्य हुन सकेन। मूल उद्देश्य नै पहिले त बहुदलीय व्यवस्थामा आवश्यक मानिएका संस्थाहरु, जसले त्यो व्यवस्थाको खम्बाका रूपमा काम गर्छन्, तिनीहरुलाई ध्वस्त गर्नुहुन्छ। र, त्यस्ता धेरै खम्बा ध्वस्त भइसकेका पनि छन्। धर्म, संस्कृति, आर्थिक संघ/संस्था, राजनीतिक संस्था, सामाजिक संरचना विशेषगरी मूलभूत राजनीतिक संरचनामा चोट पुर्याुउनु उनीहरुको उद्देश्य हुन जान्छ। लोकतान्त्रिक राजनीतिक मूल्य र मान्यताका मूल धरोहर शक्ति पृथकीकरण, कार्यपालिका, व्यवस्थापिका एवं न्यायपालिका हुन्। डेढ वर्ष लामो शासनकालमा कार्यपालिकाको कुनै मूल्य मान्यता, नैतिक धरातल यो सम्पूर्ण कुरो बिर्सेर कार्यपालिका प्रमुखका हैसियतमा भट्टराईले शासन गरे। विभिन्न दलको गठबन्धनको शासन, हुने नहुने कुनै कुरो गर्न उनले बाँकी राखेनन्। कानुनले दिएको नदिएको, अन्तर्राष्ट्रिय मानदण्ड, मापदण्ड उनलाई केही स्वीकार्य/अस्वीकार्य भन्ने नै रहेन। आफ्नै दलबाट अनेक किसिमको विरोध, स्वयं अध्यक्षबाट नै गरिएको आग्रह या अनुरोधलाई पनि उनले टेरेनन्। भ्रष्टाचारको चरमचुली चढेको आभाषसमेत पनि उनलाई भएन। अनेक प्रकृतिका लाञ्छनाले उनलाई छोएन। उनले गरेको असल कामको बयान गर्दैमा उनको समय बित्यो, जुन कुनै पनि काम उनले सुरु गरेका भने होइनन्, काठमाडौंको सडक विस्तारको नाममा घर भत्काउनुबाहेक।
उनी एउटा महत्वपूर्ण पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्ति हुन्। उनको चासो त हुँदै नहोस् भन्न सकिँदैन। तर, अब आउने प्रधानमन्त्री निर्वाचन सम्पन्न गर्नका लागिमात्रै आउने हुन्। निर्वाचन सम्पन्न गर्नका लागि उनको आवश्यकता के-के हो भन्ने कुरो अब बन्ने प्रधानमन्त्रीले नै बुझ्ने हो। अरुले बुझाइदिने हो भने उनले निर्वाचन सम्पन्न गराउने कुरामा अहिले नै शंका गरेे हुन्छ। होइन भने उनको आवश्यकता उनी आफैं बुझ्छन्। उनलाई सिकाउनका लागि बहिर्गमित प्रधानमन्त्रीले निर्वाचन आयुक्तदेखि लिएर महालेखापरीक्षक हुँदै लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबै हस्तान्तरण गरेर जानुपर्ने आवश्यकता छैन। संविधानका धारा पनि कुन-कुन संशोधन गर्नुपर्ने हो, यो पनि सुझाउनुपर्ने आवश्यकता छैन। बाधा अड्काउ कहाँ-कहाँ फुकाउनुपर्ने हो भन्ने कुरा पनि वर्तमान प्रधानमन्त्रीले सुझाउनुपर्ने आवश्यकता छैन।
दलबीच प्रधान न्यायाधीशलाई आगामी निर्वाचन गराउन प्रधानमन्त्री बनाउने सैद्धान्तिक सहमति भएकाले यी सबै कुरा उनले बुझेका छन् तर सर्वोच्च न्यायिक निकायको अवस्था के हुन्छ? न्यायाधीशको संख्या त एक घट्ला तर प्रधान न्यायधीशले गर्नुपर्ने भूमिको कसले गर्छ? प्रधानमन्त्रीले? प्रधानमन्त्रीकै खिलाफमा मुद्दा पर्न गएका अवस्थामा गुहार्ने कसलाई? त्यसबेला प्रधान न्यायाधीशको भूमिकामा इजलासमा प्रधानमन्त्री बस्ने या प्रधानमन्त्रीकै भूमिकामा? लेखक विधिवेत्ता होइन, ऊ आफैं यसको जवाफ जान्दैन। तर यति बुझ्न कठिन हुँदैन, यो अँध्यारोलाई चिर्नका लागि मटि्टतेलको भुटुन हालेर तरकारी पकाएको जस्तै हो। जुन तरकारी खान भने नसकिएला।
उकालो, ओरालो, घुम्ती हुँदै निर्वाचनमा पुगिन्छ भन्ने विश्वासका साथ राजनीतिक दलहरु यो सहमतिसम्म पुगे। अब प्रश्न उठ्छ कि यो सहमतिले जेठ १५ नै किन भनौं के निर्वाचन सम्पन्न गर्न सकिन्छ? यो प्रश्नले फेरि अर्को शंकाको घरको जग हालिदिएको छ नेपाली जनमानसमा। अस्वाभाविक पनि होइन। नयाँ जनगणनाले नेपालको नयाँ चित्र कोरेको छ। हिमाल पहाड, तराईमा जनसंख्या घटी-बढीको, तद्नुरूपको क्षेत्र विभाजन होस् भन्ने माग हुनु अस्वाभाविक भन्न सकिँदैन। नयाँ मतदाताको संख्या पनि निश्चितरूपमा बढेको छ। त्यसलाई पनि नाइँ भन्न सकिँदैन। हिजोको संविधान सभाको संख्या अत्यन्तै ठूलो भयो, अब त्यसलाई घटाउँ्क भन्ने दलहरुका बीचको एउटा सहमति जस्तै भएको छ। त्यो घटाउने काम त्यति सजिलो छैन। हिजो किन बढाइयो, आज किन घटाइँदैछ। त्यसमा कुनै तर्क छैन।
संघीयताको विषयमा जनमतको माग भएको छ, संघीयतालाई नै लिएर दलहरु फुटेका छन्। केही नेताले भन्दैमा संघीयता हुनुपर्छ, केही नेताले माग्दैमा यतिवटा र उतिवटा हुनुपर्ने र यति र उतिको विवादमा संविधान सभा नै विघटन गर्नुपर्ने अवस्था आएकै हो, भएकै हो। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती हुन्जेल मेसिनबाटै भोटिङ हुने कुरा हुँदै थियो, फेरि कागजको कुरा उठिरहेको छ। मेसिन कहाँ हरायो, कागज किन आयो? कागजको भोटको अवस्था त गएको निर्वाचनमा देखिएकै हो। कागजको निर्वाचनमा कुन हदसम्मको भय, बन्दूक, रुपियाँको चलखेल हुन्छ भन्ने कुरो प्रधानमन्त्रीका सल्लाहकार रामेश्वर खनालको भनाईबाट पनि बुझिन्छ। सिंगै अर्थतन्त्रलाई चलायमान बनाउने सक्न हदैसम्मको खोलो बग्दोरहेछ निर्वाचनमा। विकास बजेटमा खर्च गर्न सक्दैन सरकार, चुनावमा खर्च गर्न सक्छन् नेताहरु। यसलाई नियन्त्रण गर्न सक्ने कुनै संयन्त्र छैन हामीसँग।
प्रधान न्यायाधीशलाई निर्वाचित बारका सदस्यहरुको प्रधानमन्त्री हुने सल्लाह रहेन, विद्वत् समुदायको रहेन, मैले सम्मान गर्ने र पत्याउने नागरिक समाजको पनि रहेन। त्यसैगरी मैले सम्मान गर्ने र पत्याउने राजनीतिक दलका मेरा मित्रहरुको पनि रहेन। मैले पढेका, बुझेका, मेरा राजनीतिक दर्शन र आस्थाका पुस्तकमा लेखिएका कुराहरुले पनि मलाई यो कुरो उचित लागेन। तर, म एउटा दलको अनुशासनमा बाँधिएको मान्छे हुँ। व्यक्तिगतरूपमा भन्नुपर्दा म यो विचारको विरुद्धमा छु र पनि अब यो मुलुकको प्रधानमन्त्री प्रधान न्यायाधीश नै हुने हुनेछ। दुईटा भूमिका एउटै व्यक्तिले गर्न सक्दैन। साहित्यमा मात्रै विसंगतिवाद हुन्छ, राज्य सञ्चालनमा हुँदैन। राज्य सञ्चालनमा विसंगतिवाद मेरै जीवनकालमा म भोग्न बाध्य छु। त्यसो त पञ्चायतकाल पनि भोगेरै आएको हुँ।