माघ २ गते सम्पन्न नेकपा-माओवादीको कमलादी महाधिवेशनले उठाएका मुद्दाहरु माघ २६ मा सम्पन्न एनेकपा (माओवादी) को हेटौडा महाधिवेशनमा जोडतोडले उठ्यो। तर, हेटौडामा उठेका विषय कमलादीमा उठेनन्। जनमुक्ति सेनाको अपमानपूर्ण ढंगले विघटन गरेको, जनयुद्धका प्रतिबद्धतालाई त्यागेको, सरकारबाट जनहितका काम गर्न नसकेको, 'राष्ट्रघात' गरेको, शिविरमा कमाण्डरहरुले गरेको भ्रष्टाचारलाई लुकाएको, मूल नेतृत्व सर्वहारावर्गीय चरित्रबाट पुँजीपति वर्गमा बदलिएको, आदि विषय हेटौंडामा सहभागी प्रायः सबै प्रतिनिधिले उठाए। कमलादीमा यी विषय किन उठेनन् भने एमाओवादीसँग सम्बन्ध विच्छेद गर्नुअघि नै हालको नेकपा-माओवादी नेतृत्वले सँगै हुँदा तिनै मुद्दा उठाएर तीव्र अन्तरसंघर्ष चलाएको थियो। त्यही अन्तर्संघर्षकै कारण आठ महिनाअघि नयाँ पार्टी निर्माण भएको थियो।
करिव महिना दिनको अन्तरमा नयाँ नीति र नेतृत्वका लागि गरिएका दुवै महाधिवेशनले नेतृत्वमा खासै नयाँपन नदेखाए पनि कार्यदिशा भने ठीक विपरित तय गरेका छन्। अर्थात् चुनुवाङ वरिपरि हुँदै बालाजु, खरिपाटी, पालुङटारसम्म पुष्पकमल दाहाल-मोहन वैद्य समूहबीच चलेको अन्तरसंघर्षले अहिले आएर स्पष्ट स्वरूप पाएको छ। र, महाधिवेशनबाट एमाओवादीले मासबेस पार्टी र नेकपा-माओवादीले क्याडरबेस पार्टीको स्वरूप देखाएका छन्। एक हिसावले भन्ने हो भने एकीकृत माओवादीले संसदीय धार र नेकपा-माओवादीले क्रान्तिकारी कम्युनिष्ट धार लिएका छन्। नेकपा-माओवादीको कार्यदिशा 'जनयुद्धको जगमा जनविद्रोह भन्ने रहेको छ भने एमाओवादीको 'आर्थिक क्रान्ति' रहेको छ। मुख्यतः 'प्रचण्डपथ' को संश्लेषण, फ्युजनको कार्यदिशा र संविधान सभाको औचित्यबारे कमलादीमा गम्भीर बहस भयो र दोस्रो राष्ट्रिय सम्मेलनबाटै गल्ती भएको स्वीकार गर्दै नेकपा-माओवादीले जहाँबाट गल्ती भएको त्यहीँबाट सच्याउने काम गरेको छ। एमाओवादीले भने नेपाली जनवादी क्रान्तिको मुख्य काम सम्पन्न भइसकेको र पुँजीवादी क्रान्तिमार्फत् समाजवादी क्रान्तिलाई पूर्णता दिने एमालेको रोडम्यापलाई पछ्याएको छ। बरु एमाओवादीले एमाले युवा नेता घनश्याम भुषालले अघि सारेको राजनीतिक कार्यदिशा चोरेको आरोप लगाउँदा पनि दाहालले कुनै जवाफ दिन सकेका छैनन्।
नेपाली जनवादी क्रान्तिको मुख्य काम सकेर पुँजीवादी (आर्थिक) क्रान्तिमार्फत् बाँकी काम सक्ने एमाओवादीको घोषणा र नेपाल अहिले पनि अर्ध-सामन्ती र नवऔपनिवेशिक अवस्थामा रहेको र नेपाली क्रान्तिको चरित्र अहिले पनि जनवादी नै भएको नेकपा-माओवादीको ठम्याई नै दुई माओवादीका मुख्य नीतिगत भिन्नता हुन्। फरक-फरक विचार र कार्यदिशा ठोस गरेका यी दुई माओवादीले आफूअनुकूलका मोर्चा निर्माण गरेका छन्। यसले गर्दा नेकपा-माओवादीले क्रान्तिको र एमाओवादीले प्रतिक्रान्तिको सेवा गर्न बाध्य हुनेछन्। र, त्यसले अन्ततः हरेक आन्दोलन र संघर्षमा धोका पाएर आक्रोशित जनता क्रान्तिकारी कित्तामा धु्रवीकरण हुने स्थिति सिर्जना हुनेछ। बरु, विगतदेखि संसदीय धारको राजनीतिमा वर्चश्व कायम गर्दै आएका कांग्रेस-एमालेसँगै एमाओवादी पनि त्यही धारमा मिसिएको छ।
हिजो तत्कालीन नेकपा (माओवादी)को नेतृत्वको हैसियतमा पुष्पकमल दाहाल र बाबुराम भट्टराई स्वयंले संसदीय व्यवस्थाको खिलापमा दीर्घकालीन जनयुद्धको कार्यदिशा बनाउन सघाएका थिए। पालुङटार विस्तारित बैठकसम्म 'अहिले पनि नेपाली जनताको प्रधान अन्तरविरोध साम्राज्यवाद, विस्तारवादद्वारा पालितपोषित नोकरशाही दलाल पुँजीपति वर्गसँग छ' भन्ने एमाओवादी अध्यक्ष दाहालले गैरकम्युनिस्ट मधेसवादी दलको आडमा सरकार पाएकै भरमा नेपाली जनवादी क्रान्तिको मुलभूत काम सम्पन्न भएको देखे पनि त्यसलाई महाधिवेशन प्रतिनिधिले 'सरकारका कारण पार्टी धुमिल भएको' भन्ने निष्कर्ष निकाल्दै अस्वीकार गरिदिएका छन्।
माथि उल्लिखित घटनाक्रम र त्यसले सिर्जना गर्ने परिस्थितिले मूख्यतः दाहाल-भट्टराई र एमाओवादीलाई निक्कै कठिन स्थितिमा पुर्या उँदैछ। त्यसैले त एमाओवादीको आगामी गन्तव्य के भन्ने विषयमा नेतृत्वले स्पष्ट गर्न सकेको छैन। 'रुपान्तरणको विकल्प छैन, एकताको विकल्प छैन र विद्रोहको विकल्प छैन' भन्ने पालुङटार विस्तारित बैठकको म्यान्डेटलाई लत्याएर दाहाल-भट्टराईले 'शान्ति र संविधानको बाटो' त लिए। तर, त्यसमा अहिले आफ्नो नीति पूर्णतः असफल भइसकेको र यही गलत कदमले आफँैलाई नियन्त्रण गर्नै नसक्ने स्थितिमा पुर्यातएको दुवै नेताले बुझिसकेका छन्। नक्कली क्रान्तिको गोरेटोमा सिंगो पार्टी पंक्तिलाई डोहोर्यायउँदै शान्ति प्रक्रियामा आएसँगै दाहाल-भट्टराईको 'मौलिक क्रान्ति' ले मुलुक र एमाओवादीलाई भड्खालोमा पुर्याएएको ठम्याई कार्यकर्ताको छ, जुन हेटौंडा महाधिवेशनमा पनि देखियो। जनवादी क्रान्ति आंशिक सफल भएको र बाँकी पुँजीवादी क्रान्तिमार्फत् समाजवाद ल्याउने घोषणा गरेर दाहालले विगतमा पार्टी र क्रान्तिकारी कार्यकर्तालाई झुक्याएको आफंैले पुष्टि गरेका छन्।
कांग्रेस-एमालेको सत्तामुखी आन्दोलनबाट अत्तालिएर दाहालले आफ्नो पार्टीको सातौं महाधिवेशनमा आवश्यक परे 'धक्कामूलक विद्रोह' गर्ने बताए। रोडम्याप पुँजीवादी ल्याउने अनि धक्कामूलक विद्रोह पनि भन्ने दाहालको विगतको दोधारे शैली हेटौंडा महाधिवेशनमा पनि स्पष्ट देखियो। पालुङटारको जनविद्रोहको कार्यनीतिलाई त्यागेका दाहालले आफू प्रत्यक्ष सहभागी भएको खारा लडाईँको मोर्चाबाट गम्भीर धक्काको महसुस गर्दै 'जनयुद्ध अन्त्य' को घोषणा गरे। तिनै दाहाल स्वयंले 'धक्कामूलक विद्रोह' को ध्वाँस दिनु आफैँमा हाँस्यास्पद छ। 'नयाँ जनवादी क्रान्ति' त्यागेर एमालेसँग मिल्ने 'पुँजीवादी क्रान्ति' को कार्यदिशा ल्याएका दाहालले सरकारबाट बाहिरिनेबित्तिकै आफ्नो र पार्टीको हालत विजोग हुने संकेत पाएर हेटौंडा महाधिवेशनमार्फत् नक्कली विद्रोहको ध्वाँस दिँदै विपक्षीहरुलाई तर्साउन खोजेका छन्। यो महाधिवेशनबाट सरकार छोड्दा आत्मघाती हुने ठहरसहित सकभर सरकार नछाड्ने, पुँजीवादी रोडम्याप तय गर्ने योजनाबाहेक अरु नयाँ केही भएन। सरकार छोड्दा आत्मघाती ठान्नु भनेको जनाधारबाट विच्छेद भएको निष्कर्षमा पुग्नु हो। त्यसैले त सरकारमै रहिरहने कार्यदिशा ल्याउनु एमाओवादीको बाध्यता हो।
प्रधानमन्त्रीसमेत रहेका भट्टराईले महाधिवेशनमा प्रतिनिधिले उठाएका सवालको जवाफ दिने क्रममा 'यदि सरकारमा नभएको भए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्यााइसक्थे', भन्ने भनाईले नै पुष्टि हुन्छ कि दाहाल-भट्टराई आफु सिद्धिने डरले कति अत्तालिएका छन् भनेर। एकातिर अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट डराउनुपर्ने, अर्कोतिर नेतृत्वको हैसियतले १० वर्षे जनयुद्धको जिम्मेवारी लिने र त्यसको औचित्य पुष्टि गर्नुको सट्टा भाग्न खोज्ने प्रवृति छ। 'जनयुद्ध' र हेगस्थित 'अन्तर्राष्ट्रिय फौजदारी अदालत' बाट भाग्ने र उम्कने हजारौ प्रयत्न गरे पनि उनीहरुलाई नेपाली जनता र स्वयं आफ्ना कार्यकर्ताबाट बच्न भने धेरै मुस्किल पर्नेछ।
लेखक अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका केन्द्रीय संयोजक हुन्।