कला, साहित्य, राजनीतिलगायत् सामाजिक जीवनका सबै क्षेत्रमा सदाबहार अभियन्ता (एक्टिभिस्ट) हरु चाहिन्छन्। समाजमा जति धेरै एक्टिभिस्ट हुन्छन्, उति नै नयाँ विचार आविष्यकार भइरहने सम्भावना रहन्छ र समाज चलायमान भइरहन्छ।
पोखरीमा ढुंगा हान्न संकोच मान्ने कवि र परिस्थितिको दास बन्न रुचाउने समाज दुवैले तरंग सिर्जना गर्न सक्दैनन्। तरंगमा हेलिने साहस नभएको समाज रुढिग्रस्त भइरहन्छ। त्यहाँ नयाँ विचारको आविष्कार र प्रयोग हुने सम्भावना न्युन रहन्छ। उन्नाइसौं शताब्दीका प्रख्यात् लेखक एवम् राजनीतिक एक्टिभिस्ट भिक्टर ह्युगोले भनेका छन्- परिपक्व समयको झिल्को भेट्टाएको एउटा विचार (आइडिया) संसारका सबै सैन्य दस्ताहरुभन्दा शक्तिशाली हुन्छ।
उन्नतिको बाटोमा भएको समाजसँग भने अभियन्ताहरु हुन्छन् जो निरन्तर प्रश्न गर्छन्, तर्कहरुको किल्ला खडा गरेर नयाँ विचारको प्रयोगलाई जोगाउँछन् र फेरि त्यसको समय सकिएपछि त्यो किल्लालाई भत्काएर फेरि नयाँ विचारको इँटा पोल्न थाल्छन्। यसो भनिरहँदा नेपाली समाजमा अभियन्ताहरु छैनन् र हाम्रो समाज उन्नतिको बाटोमा छैन भन्ने अर्थ पस्कन खोजेको होइन। बरु हामी निरन्तर समाज बदल्ने अभियानमा अलि सुस्त छौं भन्ने आलोचनाको भागी भने यो पंक्तिकार स्वयम् पनि छ।
बेलायती नाटककार जर्ज बर्नाड शले एक प्रसंगमा भने- तिमी र मसँग एक-एक वटा स्याउ छन् र हामीले ती स्याउ साट्यौं भने हामी दुवैसँग फेरि एक-एकवटै स्याउ हुन्छन्। तर तिमी र मसँग एक-एकवटै विचार (आइडिया) छन् र हामीले ती आइडियाहरु साट्यौं भने हामी दुवैसँग दुई दुई वटा आइडिया हुन्छन्। धेरै बहस र तर्क/वितर्कमा भाग लिइरहँदा मलाई यस्तो महसुस भइरहन्छ कि म निरन्तर धनी भइरहेको छु। कैयौं बहसहरु किताबसँग गरिन्छ। इन्टरनेट, टिभी, रेडियो र पत्रपत्रिकामा आउने विचारहरुसँग तर्क/वितर्क गरिन्छ। अभियन्ता र सर्वसाधारण मानिसहरुसँगको संगत र छलफलबाट आइडियाहरु बढाइन्छ। अरु कति बहसका निम्ति औपचारिक फोरमहरु बनाइन्छ। झापाका अभियन्ता मित्रहरु अहिले यस्तै एउटा बहसको थलो निर्माण गर्न जुटिरहेका छन्। काँकरभिट्टास्थित रिडर्स झापा नामक एक संस्थाले फागुनको अन्तिम साता आयोजना गर्ने कला साहित्य महोत्सव यस्तै एउटा थलो हुँदैछ।
रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाई मेरा त्यस्तै एक बौद्धिक मित्र हुन्, जो प्रश्नहरु आँखामा बोकेर हिँड्छन् र जवाफको खोजीमा जीवन लगाउने भावनाले उद्वेलित हुन्छन्। जयपुर साहित्य सम्मेलनको चर्चा हुन्छ, काठमाण्डूमा हुने नेपाल साहित्य सम्मेलनको रजगज हुन्छ, के त्यस्तै बहसको थलो सिमान्त शहर काँकरभिट्टामा हुन सक्दैन? वास्तवमा यस्तो विचारले मलाई पनि उद्वेलित गर्छ। ठूला महानगरहरुको छायाँमा मात्र ठूला बहस हुने परम्परा तोड्नु भनेको एकात्मक शासन तोड्ने अभियानकै अंश हो। काठमाण्डूबाहिरको जून मोफसलको जून हुने र मोफसलको जून मलिन हुने रुढ मान्यतालाई जरैदेखि उल्टाउनकै लागि संघीयताको कुरो उठेको हो, शासकीय सर्तमा। शासकीय ढाँचामा यो सर्त पूरा हुन बाँकी छ तर सपना भने जाज्वल्यमान भइसकेको छ। रिडर्स झापाका अन्य अभियन्ताहरु सौरभ मैनाली, सन्तोष आचार्य, दीपक पोखरेल, हरि तिम्सिनालगायत्लाई सोध्नूस्, त्यो टिम समाजलाई झक्झक्याउन तयार छ।
कवि विमला तुम्खेवासँग कविता चर्चा भयो एकपटक। विमलाको चिन्ता थियो, कविता किन कम पढिन्छ? मेरो तर्क थियो, कविताले समयको नयाँ स्वर उच्चारण गर्नका लागि नयाँ शैली आविश्कार गर्नु जरुरी छ। अनि कविताको व्यापक अभियान सिर्जना गर्ने अभियन्ताहरुको पनि खाँचो छ। अनेक मान्यताका पर्खाल भत्किरहेका छन्, समाजभित्रबाट अर्को नयाँ समाजले चियाएर हेर्दैछ, भत्किएका चीजका खण्डहर पनि छन् र बन्दै गरेका चीजका चम्किला अनुहार पनि छन्। कवि भने समाजका यी यथार्थबाट बाह्र हातको टाँगोले पनि नभेट्ने दूरीमा बसेर गम खाइरहेको छ। यसरी कसरी पो बन्न सक्ला कविताको अभियान? आखिर कविताको अभियान भनेको पनि समग्र समाजकै एक अभियान न हो।
जगैदेखि समाज हल्लिएको छ। दाँत साटिने बेलाको बच्चा जस्तै थोते अनुहारले खिस्स हाँसिरहेको छ हाम्रो समाज। झरेको दाँत हातमा लिएर रुने बेला कहाँ हो र यो? नयाँ दाँत उम्रँदा सुन्निने गाला र आउने ज्वरो दुवैको सामना गर्न तयार हुनैपर्छ। जातवादी सत्ताले बनाएको विभेदकारी किल्लाभित्र हुर्किएको समाज हो यो। त्यसैले यदाकदा हाम्रा सोच्ने तरिका जातवादी छँदैछन्। मस्तिष्कमा एउटा नयाँ झ्याल बनाएर दुनियाँलाई हेर्ने फरक दृष्टिकोणको रचना नगरी बदलिँदैनौं हामी। डिभी चिट्ठा भर्न मरिहत्ते गर्ने र बुद्ध नेपालमा जन्मिएको पुरानो चिठ्ठा खोलेर आत्मरति लिने दोहोरो चरित्रले हाम्रा मस्तिष्क भरिएका छन्। प्रकृतिले दिएको सगरमाथा देखाएर आफू अग्लिएको भ्रममा बाँचेको धेरै भयो। अब यो भ्रमले मात्र अग्लिन दिँदैन हामीलाई।
अलि पर जानूस्, सगरमाथा चीनमा छ भन्दिन्छ कसैले। कायरोमा भेट भएका केही लेखकहरुले हामीलाई यस्तै भने। तिनको हाजिरजवाफ कमजोर रहेकोमा हाँस्नु कि हामीले आफूलाई चिनाउने केही बनाएका रहेनछौं भनेर विस्मात मान्नु! यद्यपि नेपाली समाज विस्मात मानेर मुर्झाउने मुडमा छैन। मानिसहरु अनेक अभियान बनाइरहेका छन्। बहसमा उत्रिएका छन् र कागजको डुंगा तैरिएको हेरेर नयाँ जहाजको इन्जिनियरिङ गर्ने मुडमा छन्। झापाली मित्रहरुको जागरुकता, उत्साह र खटाइ देखेर मेरो यस्तो मान्यता बलियो बनेको छ। जिरोबाट जनयुद्धको भेल बनाउने समाज भइसक्यो अब, पुरानो समाजको खण्डहर हेरेर रुनेवाला छैन। बरु पुराना परिभाषाहरु बदल्ने अभियान सिकिसकेको छ नेपाली मस्तिष्कले।
झापा कुनैबेला चेतनाको फिलिङ्गो रोप्ने ठाउँ थियो। पछि अर्को फिलिङ्गो उठाएर ज्वाला बनाउने रोल्पा जन्मियो। काठमाण्डूको इतिहास मात्र नेपालको इतिहास हुने जमाना अब रहेन। भद्रपुरका गल्लीहरुमा साइकल कुदाएको सम्झना छ मसँग पनि। पृथ्वीनगर गाविसको भीमनगर भन्ने पुनर्वासकृत गाउँमा बाल्यकाल बिताएका क्षणहरु 'नोस्ट्याल्जिक' बनाएर ब्युँझन्छन्। सतार समुदायको हेलमेल र राजवंशी साथीहरुको मित्रता अनि राई, लिम्बू, दलित समुदायका छिमेकीहरुसँग आँत मिलाएर हुर्केको समयका अंशहरु मभित्र अझै जीवित छन्। दीपक पोखरेलले फोनमा कला साहित्य महोत्सवको भव्य तयारीमा जुटिरहेको सुनाइरहँदा म पुनः एकपटक झापा पुग्ने उल्लासमा छु। तर यी सबै उल्लासहरुभन्दा ठूलो उल्लास बदलिएको समाजसँग अन्तर्क्रिया गर्ने अवसरको जाँतोमा घुमिरहेको छ। अनि त्यो जाँतोसँगै घुमिरहेको छ एउटा सपना, जो इतिहासको कायाकल्प भइरहेको एउटा समय बाँच्ने अभिलाषामा सजेको छ।
कहिलेकाहीँ निराशाका बाँसुरीहरु बजेको सुनिन्छ। अभियन्ताहरु थाकिसकेको घुर्मैलो विश्वासले पाउ पसार्न खोजेजस्तो पनि देखिन्छ। तर थोते बच्चा हाँसिरहेको विम्बका अघिल्तिर निराशाहरु कमजोर लाग्छन्। दृढ विश्वास छ कि गाला सुन्निएकोमा चिन्तित नखरमाउलो अनुहार हुन सक्दैन हाम्रो साझा विम्ब। नक्कली दाँत हाल्ने नक्कली सपना होइन नेपाली समाजको, बरु नयाँ दाँत उमार्ने भगिरथ प्रयत्नमा हजारौं अभियन्ता जन्मिरहेका छन् र हुर्किरहेका छन्। यी अभियन्ता अनेक अनुहारमा सक्रिय छन्। राजनीतिमा, कलामा, साहित्यमा, संगीतमा, विज्ञानमा, प्राज्ञिक संसारमा र अरु कैयौं क्षेत्रमा फरक-फरक ढाँचाकाँचामा काम गरिरहेका अभियन्ताहरु! समाजका सबै अंश झक्झक्याउने र बदल्ने अभियान जारी छ। यो अभियान यसै रोकिनुहुँदैन, न त अडिनु नै हुन्छ। कायाकल्प भइरहनु र अर्को कायाकल्पको सपना सजाइरहनुले नै हाम्रो सगरमाथालाई पनि हाम्रै तुल्याउनेछ।