मनसुन रोक्न सकिँदैन तर राजनीतिक दिशाहीनताको हुरी बतास नियन्त्रण गर्न सकिन्छ। तपाईं चुनाव चाहनुहुन्छ भने अझै पनि मनसुनअगावै एउटा अवसर छ- जेठ अन्त्यसम्म।
केही वर्षदेखिको अग्रिम मनसुन र पूर्ण मनसुनबीचको हिसाब हेरेर दुई साताका खडेरी दिनहरुको वैज्ञानिक पूर्वानुमान गर्न मिल्छ। दलहरुको हावाहुण्डरी जस्ता अस्तब्यस्त वार्ताहरुलाई चुनावतर्फ वास्तवमै केन्द्रित गर्ने हो भने झरी नपर्ने त्यस्ता दिनलाई साइत बनाउन सकिन्छ।
तपाईंलाई चुनाव चाहिएको हो भने सबभन्दा पहिला निर्वाचन आयोग भरौं। त्यो आयुक्तविहीन छ। जसलाई सहयोग गर्न चुनावी सरकारको तुफानी बहस चलिरहेको छ, उसकै अस्तित्व देशमा छैन। आयोगमा कर्मचारीमात्र छन्। आयुक्त नभई आयोग बन्दैन। संवैधानिक आयोग आफैंमा स्वतन्त्र, स्वायत्त अधिकार सम्पन्न निकाय हुन्छ। चुनावलाई निष्पक्ष र हस्तक्षेपरहित पार्न भनेरै आयोग खडा गरिएको हो। तर बा"की तीन जना आयुक्तले पनि अवकाश पाइसकेका छन्।
आयुक्तहरु नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवले अवकाश पाएको उमेरका कारणले होइन। आयुक्तको पदावधि ६ वर्ष कटेपछि स्वतः पदमुक्त भएका हुन्। उनीहरुको पुनर्नियुक्ति गर्न सकिन्छ। त्यो गर्न निष्रि नय संवैधानिक परिषद् खोजिरहनुपर्दैन। पहिला परिषद्ले नै उनीहरुको नियुक्तिको सिफारिस गरेको हो। कार्यसम्पादनका क्रममा उनीहरुमध्ये कसैलाई महाभियोगको गुञ्जायस नउठेकाले पुनर्नियुक्तिको निर्णय असंवैधानिक मानिने छैन। दलहरुको सहमतिमा मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गरे पुग्ने व्यवस्था गर्न सकिन्छ।
संसदीय सुनुवाईको संवैधानिक प्रावधान पनि उनीहरुका हकमा अनिवार्य गर्नुपर्ने टड्कारो हुने छैन। किनभने तीन जनै आयुक्त ०६३ सालमा त्यस्तो सुनुवाईबाट पारित भइसकेका हुन्। व्यावहारिक हुने हो भने उनीहरुको पुनर्नियुक्ति सबभन्दा सहज देखिन्छ। कार्यबाहक प्रमुखका रूपमा रहेका उप्रेतीले त ०४८ सालदेखिका निर्वाचन बेहोरिसकेका छन्। उनैलाई प्रमुख आयुक्त बनाउन उपयुक्त हुन्छ किनभने देशका सबभन्दा अनुभवी निर्वाचन पदाधिकारी उनै देखिएका छन्। हाम्रो चुनावका लागि तीनजना आयुक्त आफैंमा पर्याप्त छन्। नयाँ नियुक्तिका लागि हुने राजनीतिक संघर्ष, हानथाप, अनिश्चय र भागबण्डाको प्रतिष्ठाले समय गुजार्ने प्रपञ्चबाट मुक्त हुन सकिन्छ।
नयाँ चुनावअघि निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने व्यवस्था छ। अहिले त झन् दस वर्षे राष्ट्रिय जनगणनाले काठमाडौंलगायत् शहरी क्षेत्र र तराईमा जनसंख्या बढेको देखाएको छ। त्यस्ता क्षेत्रमा स्वाभाविकरूपमा निर्वाचन क्षेत्र बढ्छन्। मतदाताको यथोचित प्रतिनिधित्व खोज्दा पुनर्निर्धारण आवश्यक छ। तर समय छैन। जेठमै चुनाव गर्ने तर्कसाथ चुनावी सरकारको छलफलमा पुनः जुटेका दलहरुले क्षेत्र पुनर्निर्धारणको आवश्यकता बिर्सिदिएका छन्। त्यसो गरेर समयमै चुनावलाई प्राथमिकता दिएका छन्। त्यो हो भने पुनर्निर्धारण अर्को चुनावसम्म पन्छाउन सकिन्छ। त्यसमै बहस थाल्ने हो भने जेठमा भ्याउन सकिँदैन।
मतदाता सूची र मतपत्र छाप्न भने भ्याउने अवस्था अझै छ। त्यसकारण जेठभित्र चुनाव गर्ने पहिलो सर्त निर्वाचन आयोगको गाँठो फुकाउने हो। शीतल निवासभित्र चुनावी सरकारमा सहमति खोज्ने राजनीतिक वार्ताहरुलाई बहादुर भवनतिर मोड्ने हो भने अहिलेको उग्र राजनीतिक तापक्रम स्वतः शीतल र व्यावहारिक संवादमुखी बनाउन सकिन्छ। पहिलो सहमति यसमै खोज्ने प्रयत्नमात्रले पनि दलका शीर्ष नेताहरुलाई चुनावको दायित्वप्रति सचेत रहेको देखाउनेछ। राजनीतिक वार्ताले मात्र लोकतन्त्र बचाउन सक्दैन, न सडक संघर्षले। लोकसँग वार्ता नगरी लोकतन्त्र कायम हुन सक्दैन, लोकसँग वार्ता भनेको चुनावमात्र हो।
निर्वाचन आयोग बन्यो भने त्यसको सिफारिसमा सरकारले चुनावको तिथि घोषणा गर्न मिल्छ। प्रधानमन्त्री बाबुराम भट्टराईले भने आफैं जान्ने भएर पहिला मंसिर ७ को मिति घोषणा गरिदिए, त्यो मितिमा पुगेर अर्को मिति नतोकी वैशाखमा गर्ने भनेर मन्त्रिपरिषद्बाट किटिदिए। अहिले जेठ १५ सम्म गर्ने भनेर पार्टी महाधिवेशनमा भनिदिए। त्यो पार्टीको चुनाव हो र निर्विरोध घोषणा गर्ने? उनले गर्ने हो र चुनाव? निर्वाचन आयोग चाहिँदैन? आयुक्त नियुक्ति गर्ने व्यवस्था छैन भन्दै उनी त कर्मचारीबाटै चुनाव गराउन चाहलान्, जसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग चलाइरहेका छन्। जेठ १५ सम्म चुनाव गराउन प्रधान न्यायाधीशलाई सत्ताको चाबी बुझाउने 'अमोध अस्त्र' प्रयोग गरेका छन्। चुनाव गराउने त निर्वाचन आयोगले पो हो, सर्वोच्च अदालतले हो र? न्यायपालिकालाई राजनीतिक अंगभित्र पार्ने माओवादी दस्तावेजको दर्शनका व्याख्याता हुन् उनी तर प्रधानमन्त्रीका रूपमा उनले पार्टीको दस्तावेज पालना गर्ने होइन, देशको संविधान पालना गर्ने हो।
भन्नलाई त भट्टराईले निर्वाचन आयोगमा नियुक्तिको बाटो फुकाउन अध्यादेशको मस्यौदा शीतल निवास पठाइदिएका छन्। त्यो झारा टराई हो। मैले चुनाव गराउँछु भनेकै थिएँ भन्ने देखाउनका लागि। निर्वाचन आयोग कसरी, कस्तो बनाउने भनेर दुई शब्द दलहरुलाई कहाँ सोधेका थिए उनले? आफू सत्तामा रहने वैधानिकताको खोजीका लागिमात्र उनले अध्यादेशको सहारा लिएका हुन्। लोकतन्त्रवादी भएको भए त उनले संविधान जारी नगरी संविधान सभा अवसान हुन पुग्दा सहमतिको पहल गर्ने थिए। उनले त व्यवस्थापिका संसद मात्र भए पनि बाँकी राख्ने प्रस्ताव सुन्न पनि खोजेनन्। निर्वाचन आयोग भर्ने व्यवस्था त के, चुनावका लागि कुनै संवैधानिक प्रावधान गर्ने पनि आवश्यकता ठानेनन्। जिम्मेवारी पनि लिएनन्, मंसिर ७ को असफलताको जिम्मेवारी पनि लिएनन्, अझै विपक्षीहरुलाई नै लाञ्छित गरिरहेका छन्।
संविधानको संरक्षण भनेको लोकतन्त्रको अस्तित्व बचाउनु हो। चुनावबेगर लोकतन्त्र बच्दैन भन्नेहरुले ख्याल गर्नैपर्छ, आउने चैत २८ गते अघिल्लो चुनावको पाँच वर्ष पूरा हुन्छ। दुई महिनासम्म त ग्रेस पिरियड लिन सकिएला तर जेठ पनि गुज्रियो भने लोकतन्त्र शून्यताको अँध्यारो सुरुंगभित्र पस्नेछ। आजैका दिन वा यो साता वा बढीमा केही दिनभित्र निर्वाचन आयोग गठन गर्न सकिएन भने हाम्रो लोकतन्त्रको दाम्लो चुँडिनेछ। भट्टराई नेतृत्वको गठबन्धन सत्तामा रहनु वा नरहनुभन्दा महत्वपूर्ण लोकतन्त्रको अस्तित्व रक्षा गर्न चुनावको घोषणा अपरिहार्य छ। निर्वाचन आयोग गठन नगरी चुनावका लागि सरकार खोज्ने अहिलेको राजनीतिक वादविवादको ब्यस्तताले लोकतन्त्रलाई अस्तब्यस्त बनाउनेमात्र हो। चुनावको मिति सिफारिस गर्ने आयोग पहिला बनाउने भनेर वार्ताको टेबलमा कार्यसूची प्रस्तुत नगरेसम्म यो चरणको वार्ता पनि गोलचक्करमा फसिरहनेछ।
सहमतिको सरकार कहिले बन्ला भनेर चुनाव टारिरहन सकिँदैन। पहिला निर्वाचन आयोग बनाउने र उसको सिफारिसमा जेठभित्र मतदानको मिति घोषणा गर्ने हो भने पनि लोकतन्त्रको वाचा जीवित रहनेछ। मतदानको मिति घोषणालगत्तै निर्वाचन आचारसंहिता लागु हुन्छ। सरकारले आयोगलाई आर्थिक, प्रशासनिक र सुरक्षाको सहयोग पुर्यागउनुपर्ने हुन्छ। कुनै हस्तक्षेप गर्योव वा सत्ताको दुरुपयोग गर्योक भने आचारसंहिता उल्लंघन हुन्छ। आचारसंहिता स्वीकार गर्न र आयोगलाई सहयोग गर्न तत्पर भएन भने सरकारलाई नियन्त्रण गर्न आयोग आफैं सक्षम हुन्छ। उसको त्यो संवैधानिक कर्तव्य नै हो। उसको संवैधानिक भूमिकामा कमजोरी भयो वा सरकारले चुनावी लाभका लागि सत्ताको दुरुपयोग गर्यो् भने आयोगका पक्षमा उभिने सर्वोच्च अदालत छ। संविधानका संरक्षकका रूपमा राष्ट्रपतिको अभिभावकीय हैसियत, प्रभाव र मर्यादा उपयोग गर्नुपर्ने हुनसक्छ। न्यायालयको स्वतन्त्रता रहुञ्जेल निर्वाचन आयोगको निष्पक्षताको आशा गर्न सकिन्छ।
आयोगका लागि बाधा अड्काउ फुकाउँदा दलहरुले पहिला सहमति गरेअनुसार ४ सय जनाजतिको संविधान सभा बनाउनेगरी संविधान संशोधन गर्न सकिन्छ। संविधान बनाइसकेपछि त्यसले पाँच वर्ष पूरा संसदका रूपमा काम गर्छ। ५५ प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित गर्ने समझदारी पहिला भएकै छ। यस्तो प्रबन्ध गर्ने हो भने देश चुनावतर्फ जान्छ, चुनावी सरकारको विवाद मत्थर हुन्छ। सरकार फेर्ने सहमतिको वार्ता जति तन्किए पनि देशलाई घाटा हुँदैन। चुनाव चाहनुहुन्छ भने पहिला आयोग बनाउनुहोस्, चुनावको तिथि घोषणा गर्नुहोस्, मतपत्र छापिँदै गर्छ, तपाईं सरकार फेर्ने वार्ता गर्दै गर्नुहोला। जनतासँग पनि, अरु दलसँग पनि।