केही दिनअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार सरकारले वन तथा भू-संरक्षण मन्त्रालयको वनस्पति विभागअन्तर्गत रहेको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान ३० वर्षका लागि 'ग्रिनरी नेपाल गार्डेन प्रालि' नामको गैरसरकारी संस्थालाई भाडामा दिने तयारी गर्दैछ।
समाचारमा उल्लेख भएअनुसार 'ग्रिनरी नेपाल गार्डेन प्रालि' का पदाधिकारीले गत असोज ६ गते उद्यान भाडामा दिलाइदिन वन मन्त्रीसमक्ष निवेदन दिएका थिए। उद्यान भाडामा दिलाइदिन 'ग्रिनरी नेपाल गार्डेन प्रालि' का पदाधिकारीले माथिल्लो तहबाट राजनीतिक दबाब दिन लगाएको पनि समाचारमा उल्लेख छ। तर यो प्रालिका निर्देशकले त्यस प्रकारको कुनै राजनीतिक दबाब नदिएको दाबी गर्दै उद्यानको हालको अवस्था दिन/प्रतिदिन झाडीमा परिणत हुँदै गरेको र राज्यले चाहेर पनि यसलाई जीवन्त राख्न कठिन हुने भएकाले देशको एकमात्र ऐतिहासिक वनस्पति उद्यानलाई विश्वकै नमुना उद्यान बनाउने सोच र कार्ययोजनाका साथ उद्यान भाडामा उपलब्ध गराउन मन्त्रालयसमक्ष निवेदन दिएको बताएका छन्।
सरकारले राष्ट्रिय वनस्पति उद्यान निजी संस्थालाई भाडामा दिन तयारी गरिरहेको भन्ने जानकारी प्राप्त भएपछि वनस्पति विभागका वैज्ञानिक तथा कर्मचारीहरूले चर्को विरोध गरेको बताइन्छ। लामो समयदेखि वनस्पतिको महत्वपूर्ण अध्ययन र अनुसन्धानका लागि प्रयोग हुँदै आएको र देशकै राष्ट्रिय गौरव स्थलका रूपमा चिनिने उद्यानलाई निजीकरण गर्न नहुने र निजीकरण गर्नाले नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धिसमेतको उल्लंघन हुने राय वनस्पति विभागले वन मन्त्रालयलाई पेश गरिसकेको बताइन्छ। अहिलेसम्म मन्त्रालयले उक्त वनस्पति उद्यानलाई भाडामा दिनेबारे के/कस्तो निर्णय गरेको छ, त्यसको जानकारी सार्वजनिक भएको छैन। राष्ट्रिय वनस्पति उद्यानलाई निजीकरण गर्नेबारे निर्णय गर्नुअघि नेपाल सरकारले वनस्पति उद्यान स्थापना गर्नुको मूलभूत उद्देश्य र उद्यानलाई निजीकरण गर्नाले उक्त उद्देश्य प्राप्त गर्नमा पर्नसक्ने सम्भावित दूरगामी असरबारे गम्भीर भएर सोच्नु जरुरी छ।
प्रायः हरेक राष्ट्रका प्रमुख शहरमा वनस्पति उद्यान तथा पार्क निर्माण गरिएका हुन्छन्। रंगीविरंगी फूल र हराभरा वनस्पतिले गर्दा वनस्पति उद्यान तथा पार्कको वातावरण रमाइलो हुने गर्छ। उद्यान र पार्कमा जाँदा मानिसलाई मनमा एक प्रकारको आनन्द प्राप्त हुन्छ। सर्वसाधारणका लागि वनस्पति उद्यान र पार्क दुवै फुर्सदको समय बिताउने रमणीय स्थलमात्र होलान्, तर यी दुई संरचनाको मूलभूत उद्देश्यबीच भने ठूलो अन्तर हुने गर्छन्।
पार्क निर्माण गर्नाको मूल उद्देश्य शहरलाई रमणीय बनाउनु र सर्वसाधारणलाई विश्राम गर्ने स्थल उपलब्ध गराउनु रहेको हुन्छ। सामान्यतया पार्कभित्र मौसमअनुसारका केही सीमित प्रजातिका आकर्षक फूल तथा वनस्पति रोपिएका हुन्छन्। यस्ता फूल धेरैजसो विदेशी मूलका (एक्जोटिक) हुने गर्छन्। पार्कमा साधारणतया कुनै प्रकारका जंगली प्रजातिका फूल वा वनस्पति रोपिएका हुँदैनन् र त्यहाँ अध्ययन/अनुसन्धानजस्ता शैक्षिक/प्राज्ञिक क्रियाकलाप हुँदैनन्।
वनस्पति उद्यानको मूल उद्देश्य सर्वसाधारणलाई विश्राम गर्न रमणीय वातावरण प्रदान गर्नुमात्र नभएर वनस्पतिसम्बन्धी गहन अध्ययन र अनुसन्धान गर्नु पनि रहेको हुन्छ। यस्ता उद्यानमा मौसमअनुसारका आकर्षक फूलको अतिरिक्त देश वा विदेशका विभिन्न भूभागमा पाइने शैक्षिक/प्राज्ञिक महत्वका जंगली प्रजातिका वनस्पतिहरू पनि रोपिएका हुन्छन्। वनस्पति उद्यानमा रैथाने, दुर्लभ, लोपोन्मुख र प्राज्ञिक महत्वका वनस्पतिको प्रवर्द्धन, प्रजनन् तथा संरक्षणका लागि विशेष प्रकारका वातानुकूलित गृहको व्यवस्था गरिएका हुन्छन्। वनस्पति उद्यानमा रोपिएका हरेक वनस्पतिको आफ्नै महत्व हुन्छ। कतिपय वनस्पति सर्वसाधारणका लागि काम नलाग्ने झारपातजस्तो देखिए पनि तिनको ठूलो प्राज्ञिक महत्व हुन्छ।
वनस्पति उद्यानको अर्को महत्वपूर्ण कार्य हो, देशमा पाइने वनस्पतिको विस्तृत विवरणसहित अभिलेख (फ्लोरा) तयार पार्नु। यसका लागि देशका विभिन्न भागबाट विभिन्न ऋतुमा संकलन गरिएका वनस्पतिका नमुनालाई वैज्ञानिक र सुरक्षित तरिकाले भण्डार गरिन्छ र तिनको अभिलेख तयार पारिन्छ। यसरी संकलन गरिएका वनस्पतिका भण्डार गृहलाई वैज्ञानिक भाषामा 'हर्वेरियम' भनिन्छ। विश्वका प्रसिद्ध हर्वेरियममा स्थानीय वनस्पतिको मात्र नभएर विश्वका विभिन्न भागबाट संकलन गरिएका वनस्पतिका नमुना पनि भण्डार गरिएका हुन्छन्। कतिपय यस्ता हर्वेरियमले आफ्नो संकलनमा रहेका वनस्पतिको डिजिटल चित्रसहितको विस्तृत विवरण तयार पारेका हुन्छन् र ती विवरण विश्वका कुनै पनि अनुसन्धाकर्तालाई उद्यानका वेभसाइटमार्फत् इन्टरनेटमा उपलब्ध हुने गर्छन्।
वनस्पति विज्ञानका विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नमा वनस्पति उद्यानको विशेष महत्व हुन्छ। त्यसैले प्रायः हरेक विश्वविद्यालयको वनस्पति विभागअन्तर्गत आफ्नै वनस्पति उद्यान निर्माण गरिएका हुन्छन्। वनस्पति उद्यानको आफ्नै सुविधायुक्त प्रयोगशाला हुन्छन्, जहाँ वनस्पतिसम्बन्धी उच्च स्तरको अनुसन्धान हुने गर्छन्। नेपालमा पनि केही पार्क र वनस्पति उद्यान निर्माण भएका छन्। भूगोल पार्क, रत्न पार्क, बालाजु पार्क, शंख पार्क, त्रिभुवन पार्क आदि काठमाडौँका केही सार्वजनिक पार्क हुन् भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय वनस्पति उद्यान (तत्कालीन कोरोनेसन गार्डेन) र गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान काठमाडौँ उपत्यकाभित्रका महत्वपूर्ण वनस्पति उद्यान हुन्।
कीर्तिपुरस्थित त्रिवि वनस्पति उद्यान राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा सन् १९७५ मा स्थापना गरिएको थियो। उक्त उद्यानका लागि त्रिविले ५४ हेक्टर जमिन छुट्ट्याएको थियो। स्थापना हुँदा त्रिवि वनस्पति उद्यानलाई देशकै एक महत्वपूर्ण वनस्पति उद्यानका रूपमा विकास गर्ने योजना थियो। सुरुका वर्षमा उद्यानको निर्माण कार्य तदारुकतासाथ सम्पन्न भएको थियो र उद्यानले निश्चित आकार पनि लिइसकेको थियो। तर पछिल्लो समयमा उद्यानको विकास कार्यमा त्रिविका पदाधिकारी उदासीन देखिए। अहिले उक्त उद्यान लथालिंग अवस्थामा छ। त्रिविका पदाधिकारीले चाहेमा आज पनि उक्त उद्यानलाई त्रिवि कीर्तिपुरस्थित वनस्पतिशास्त्र केन्द्रीय विभागअन्तर्गत राखी देशकै एक महत्वपूर्ण र सुन्दर वनस्पति उद्यानका रूपमा विकास गर्न सकिन्छ।
नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण वनस्पति उद्यान हो- वनस्पति विभागअन्तर्गतको राष्ट्रिय वनस्पति उद्यान। नेपालमा पाइने वनस्पतिको सङ्कलन, उपयोग र सम्बर्द्धन तथा तिनको अभिलेख तयार पार्ने मूल उद्देश्यले २०१६ मा नेपाल सरकारले वनस्पति विभागको स्थापना गरेको थियो। यिनै उद्देश्य पूरा गर्न विभागले २०१९ मा फूलचोकी डाँडाको काखमा रहेको गोदावरी क्षेत्रमा राष्ट्रिय वनस्पति उद्यान स्थापना गरेको थियो। करिब ८२ हेक्टर क्षेत्रफल ओगटेको राष्ट्रिय वनस्पति उद्यानमा ५० वर्षदेखि देशका विभिन्न भागबाट संकलन गरिएका विभिन्न प्रजातिका महत्वपूर्ण वनस्पतिलाई प्राकृतिक तथा वातानुकूलित वातावरणमा संरक्षित गरिएका छन्। वनस्पति विभागका पदाधिकारीअनुसार मुलुकमा पाइने करिब ७ हजार प्रजातिका वनस्पतिमध्ये उक्त उद्यानमा ३ हजारभन्दा बढी प्रजातिका वनस्पति संकलित र संरक्षित छन्। यसैगरी उक्त उद्यानमा नेपाल भ्रमणमा आएका भारत, चीन, बेलायत, जर्मनीलगायत्का कैयौँ सरकार प्रमुख, राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिले जैविक विविधताको संरक्षणप्रति प्रतिबद्धता जनाउँदै रोपेका वनस्पतिका रूख संरक्षित छन्।
राष्ट्रिय वनस्पति उद्यानको एक महत्वपूर्ण इकाइ हो- गोदावरीस्थित वनस्पति संग्रहालय (नेसनल हर्वेरियम)। नेसनल हर्वेरियममा ५ दशकदेखि नेपाली तथा विदेशी वनस्पतिविद्द्वारा देशका विभिन्न भूभागबाट संकलन गरिएका १ लाख ५० हजारभन्दा बढी वनस्पतिका नमुना संग्रहित छन्। यसका अतिरिक्त नेसनल हर्वेरियमको प्रयोगशालामा औषधीजन्य वनस्पति र दुर्लभ तथा लोपोन्मुख वनस्पतिको सम्बर्द्धन, प्रजनन र संरक्षण गर्नेलगायत्का वनस्पति विज्ञानसँग सम्बन्धित विभिन्न अनुसन्धान कार्य सञ्चालन हुँदै आएको छ। नेपालको वनस्पतिबारे अध्ययन/अनुसन्धान गर्न चाहने कुनै पनि स्वदेशी एवं विदेशी अनुसन्धानकर्ताका लागि राष्ट्रिय वनस्पति उद्यान र नेसनल हर्वेरियम एक अपरिहार्य अध्ययन स्थल बनेको छ। त्रिविका वनस्पतिशास्त्रका विद्यार्थीले पनि अनुसन्धानका लागि राष्ट्रिय वनस्पति उद्यान र नेसनल हर्वेरियम नियमितरूपमा प्रयोग गर्दै आएका छन्।
वनस्पति विभागले पाँच दशकमा नेपालका वनस्पतिबारे महत्वपूर्ण अध्ययन गरेका छन् र दर्जनभन्दा बढी कृतिहरू प्रकाशन गरिसकेका छन्। यसैगरी नेपालका वनस्पतिको विस्तृत अभिलेख, फ्लोरा अफ नेपालको पहिलो खण्ड प्रकाशित गर्नमा पनि राष्ट्रिय वनस्पति उद्यान र नेसनल हर्वेरियमको ठूलो योगदान रह्यो। यसरी गोदावरीस्थित वनस्पति उद्यानले नेपालमा वनस्पतिसम्बन्धी अध्ययन/अनुसन्धानमा उल्लेखनीय भूमिका खेल्दै आएको छ। विगतमा राष्ट्रिय वनस्पति उद्यान तथा हर्वेरियमको विकासका लागि सरकारबाट ठूलो प्राथमिकता र महत्व प्राप्त हुँदै आएको थियो। तर, पछिल्लो समयमा उद्यानको विकासप्रति राज्य उदासीन हुँदै आएको देखियो।
यिनै पृष्ठभूमिमा सरकारले राष्ट्रिय वनस्पति उद्यानलाई एक निजी संस्था 'ग्रिनरी नेपाल गार्डेन प्रालि' लाई ३० वर्षका लागि भाडामा दिन लागेको समाचार बाहिर आएको छ। उक्त वनस्पति उद्यानलाई मन्त्रालयले वास्तवमै निजीकरण गर्ने निर्णय गरेमा त्यो निर्णय दुर्भाग्यपूर्ण साबित हुनेछ किन कि यस्तो निर्णयका कारण उद्यानले ५० वर्षदेखि गर्दै आएको वनस्पतिसम्बन्धी अध्ययन/अनुसन्धान एवं संरक्षण र सम्बर्द्धन कार्यमा प्रतिकूल असर पार्नेछ। अध्ययन/अनुसन्धानको थलोसमेत रहेको राष्ट्रिय वनस्पति उद्यानको विकास र व्यवस्थापन गर्नु कुनै निजी उद्यान, नर्सरी वा सार्वजनिक पार्कको व्यवस्थापन गर्नुजस्तो गैरप्राज्ञिक कार्य होइन। राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्वको गोदावरी उद्यानलाई निजीकरण गर्नु घाटामा सञ्चालन हुँदै आएका अन्य कुनै सरकारी वा अर्धसरकारी निकायलाई निजीकरण गर्नुजस्तो सामान्य कुरा पनि होइन।
५ दशकदेखि राष्ट्रिय वनस्पति उद्यानमा संरक्षित हजारौँ प्रजातिका जीवित वनस्पति र नेसनल हर्वेरियममा संग्रहित वनस्पतिका लाखौँ नमुना हाम्रो राष्ट्रको अमूल्य सम्पदा हुन्। उक्त सम्पदाको उचित जगेर्ना गर्नु वनस्पति विभागका वैज्ञानिकको मात्र चिन्ताको विषय नभएर नेपालका समस्त वनस्पतिविद्को पनि चिन्ताको विषय हो। वनस्पति उद्यान कुनै निजी तथा नाफामूलक संस्थालाई भाडामा दिएर सरकारले केही राजस्व प्राप्त गर्ला वा उद्यानलाई सुन्दर पार्कमा परिणत गर्न सकिएला तर यसलाई अध्ययन/अनुसन्धान र वनस्पतिको जैविक विधिताको संरक्षण र सम्बर्द्धन गर्ने महत्वपूर्ण थलोका रूपमा विकास गर्न सकिन्न।
वनस्पति हाम्रो देशको अमूल्य प्राकृतिक सम्पदा हो। यसको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो। तसर्थ कुनै निजी संस्थालाई भाडामा दिनुभन्दा गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई नेपालको वनस्पतीय जैविक विविधताको संरक्षण र सम्बर्द्धनसम्बन्धी अध्ययन/अनुसन्धानको उत्कृष्ट केन्द्र (सेन्टर अफ एक्सिलेन्स)का रूपमा विकसित गर्नेतर्फ राज्यको ध्यान जानु उचित हुनेछ। वनस्पति विभागका पदाधिकारी र वैज्ञानिकले पनि ठोस कार्ययोजनासहित यसतर्फ आवश्यक पहल गर्नु जरुरी छ।